Sunday, April 21, 2019

BOOK DONATION PROGRAM 2019

यस प्रतिष्ठानका अध्यक्ष श्री कार्तिकेयले आज क्लासिक आर्ट ग्यालरीमा आयोजित बाल चित्रकला प्रदर्शर्शनीमा सहभागी बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै उहाँले बालचित्रकला प्रदर्शनीको उद्घाटनका क्रममा अहिले देशलाई सिर्जनशील कलाकारहरुको आवश्यकता रहेकाले सानैदेखि चित्रकलामा सक्रिय बालबालिका सफल चित्रकार बन्न सक्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो । समारोह ग्यालरीका प्रमुख वरिष्ठ कलाकार सरिता डंगोलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा सहभागी बालचित्रकारहरुलाई वरिष्ठ भारतीय लेखिका मनोरमा जफा लिखित जादुको सिसाकलम र कार्तिकेय लिखित जादुको कथा पुस्तकहरु उपहार प्रदान गरिएको थियो ।







वरिष्ठ कलाकार सरिता डंगोल