
आफूलाई
सानैदेखि विज्ञानमा रुचि रहेको बताउने निश्चलले कवाडीमा फालिएका सरसामानहरु
जुटाएर पाँचवटा र्डोन, ब्यार्टीबाट चल्ने साइकल र मौसमको अवस्थाबारे
जानकारी दिने उपकरण बनाएर सबैको स्याबासी पाएका छन् ।
निश्चल
गाउँमा रहेको कवाडी (थोत्रा सामान किनेर बेच्ने ठाउँ) मा रहेका विभिन्न
पाटपुर्जा जम्मा पारेर आफूले बनाएको ब्यार्टीबाट चल्ने साइकल चढेर नै
विद्यालय जाने गरेका छन् ।

निश्चल भन्छन्, नास्टका प्राज्ञ ऋषि साहले मलाई सिर्जनात्मक कार्यमा सहयोग गरिरिहनु भएको छ ।
विगत दुई
दशकभन्दा लामो समयदेखि फरक-फरक प्रतिभा भएका बालबालिकालाई प्रदान गरिँदै
आइएको यस पुरस्कारबाट पुरस्कृत बालप्रतिभा निश्चललाई नगद दश हजार र
ताम्रपत्र प्रदान गरी एक विशेष समारोहमा सम्मानित गरिने भएको छ । पुरस्कार
बालसाहित्य लेखक कार्तिकेयको लेखकस्वबाट स्थापित भएको हो । यस वर्षको
पुरस्कार राष्टिय बालदिवसका अवसरमा प्रदान गरिने भएको छ ।