Sunday, August 19, 2018

बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित पुस्तकहरुको नामावली र छोटकरी परिचय

 Children's Literature Book Set 2018
बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित पुस्तकहरुको नामावली र छोटकरी परिचय निम्नानुसार रहेको छ
१. बाघ र बाबा (रंगीन बालचित्रकथाकृति) मूल्य रु. १९५/-
नेपाली, अंग्रेजी, नेपालभाषा र मैथिली । चार भाषामा प्रकाशित यो नेपाली बालसाहित्यको पहिलो बालचित्रकथा कृति हो । यसमा एउटा घाइते बाघको रोचक कथा रहेको छ । यस कृतिमा मैथिली, नेपाल भाषा र अंग्रेजी अनुवाद क्रमशः डा. रामदयाल राकेश, नरेशवीर शाक्य र महेश पौड्यालले गरेका हुन् । सुशीला देउजा लिखित यस कृतिको सम्पादक कार्तिकेय हुन् । चित्रकार अविन श्रेष्ठ हुन् ।
२. जोहानिसवर्गको यात्रा (सचित्र बालउपन्यास÷च्याप्टर बुक) मूल्य रु. १३५/-
यो विश्वप्रसिद्घ बालकृति जर्नी टु जोहानिसवर्गको नेपाली संस्करण हो । वेभर्ली नाइडु लिखित यस कृतिको नेपाली अनुवादक विभोर बराल र सम्पादक कार्तिकेय हुन् । आफ्नी विरामी बहिनीको जीवन रक्षा गर्न दिदी र भाइले गरेको रोमान्चक यात्रा यस कृतिमा पढ्न पाइन्छ । किशोर पाठकका लागि यो अत्यन्त उपयोगी कृति हो । चित्रकार अर्पिता शाक्य हुन् ।
३. विड्स अफ जोए  (सचित्र बालकथा संग्रह) मूल्य रु. २५५/-
यो नेपाल र भारतका लेखकहरुका कथाहरु समेटिएको संग्रह हो । यस कृतिमा २३ लेखकका उत्कृष्ट बालकथाहरु रहेका छन् । महेश पौड्याल अनुवादित÷सम्पादित यस कृति किशोर पाठकका लागि अत्यन्त पठनीय रहेको छ । चित्रांकन रिड मिडियाले गरेको हो ।
४. मिउ सेज द लिटिल किट्टी (सचित्र बालकथासंग्रह) मूल्य रु. १९५/-
यो वरिष्ठ लेखक रमेश विकलको अंग्रेजीमा अनुदित बालकथा संग्रह हो । यस कृतिमा लेखक विकलका ५ उत्कृष्ट बालकथाहरु रहेका छन् । महेश पौड्याल अनुवादित÷सम्पादित यस कृति किशोर पाठकका लागि अत्यन्त पठनीय रहेको छ । चित्रकार रश्मी र देव महर्जन हुन् ।
५. पहिलो भेटमा संगालेका अनुभूतिहरु (संस्मरण संग्रह) मूल्य रु. ४५/-
यो वरिष्ठ १२ जना लेखकहरुसँग भेट्दाको अनुभूति संस्मरण कृति हो । यो जीवनीको किताबकी लेखक सन्ध्या सिग्देल हुन् ।
६. बाघभैरव जात्रा (बालचित्रकथा) मूल्य रु. १५५/-
यो बाघभैरव जात्रा कसरी सुरु भयो ? भन्ने विषयमा रहेको किंवदन्ती कथाको सचित्र रंगीन बालपुस्तक हो । वि.सं. २०७३ का लागि कार्तिकेय बालसाहित्य पुरस्कार प्राप्त गर्न सफल यस कृतिका लेखक अनुष्का पौडेल हुन् । यो कृति बालबालिका र किशोर सबैका लागि अत्यन्त उपयोगी रहेको छ । चित्रकार पनि अनुष्का पौडेल नै हुन् । यस कृतिका सम्पादक महेश क्षितिज हुन् ।
७. पिंकी एण्ड द बटरफ्लाइज (बालकथा संग्रह)  मूल्य रु. १५५/-
यो वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठ लिखित १५ वटा बालकथाहरुको संग्रह हो । महेश पौड्याल अनुवादित÷सम्पादित यस कृति बालबालिका र किशोर सबैका लागि अत्यन्त उपयोगी रहेको छ । चित्रकार रोशन डंगोल   हुन् ।
८. विपनाको जिद्दी (बालकथा संग्रह) मूल्य रु. ९५/-
यो शर्मिला घिमिरे लिखित बालकथाहरुको संग्रह हो । रोचक बालकथाहरु रहेको यस कृति बालबालिका र किशोर सबै पाठकका लागि अत्यन्त उपयोगी रहेको छ । चित्रकार शान्ता हिताङ हुन् । यस कृतिका सम्पादक कार्तिकेय हुन् ।
९. रमाइला चित्रकथाहरु (चित्रकथा संग्रह) मूल्य रु. ७५/-
यो शर्मिला घिमिरे लिखित बालकथाहरुको संग्रह हो । रोचक बालकथाहरु रहेको यस कृति बालबालिका र किशोर सबै पाठकका लागि अत्यन्त उपयोगी रहेको छ । चित्रकार रश्मी अमात्य हुन् ।
१०. बुद्घिमान् छोरी (बालकथा संग्रह) मूल्य रु. ८५/-
यो लेखक कार्तिकेय लिखित बालसंस्मरण कथाहरुको संग्रह हो । रोचक संस्मरणहरु रहेको यस कृति बालबालिका र किशोर सबै पाठकका लागि अत्यन्त उपयोगी रहेको छ । नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित यस कृतिको अंग्रेजी अनुवादक महेश पौड्याल हुन् । चित्रकार सोनाम तामाङ हुन् ।
११. रमाइला बालकविता (बालकविता संग्रह) मूल्य रु. १५५/-
यो १४ जना वरिष्ठ लेखकहरुका बालकविताहरु समेटिएको सचित्र रंगीन बालकविता संग्रह हो । यस कृतिका सम्पादक कार्तिय, चित्रकारहरु सुरेन्द्र महर्जन र देव महर्जन हुन् ।
१२. लिटिल लभर्स (अंग्रेजी बालउपन्यास) मूल्य रु. ६५/-
यो वरिष्ठ लेखक महेश पौड्याल लिखित उत्कृष्ट बालउपन्यास हो । अंग्रेजी भाषामा रहेको यस कृतिका चित्रहरु चन्द्रशेखर पौड्यालले कोरेका हुन् । 
१३. आमा नहुँदा एक साँझ (बालएकाङ्की संग्रह) मूल्य : रु. ६५/-
यो वरिष्ठ लेखक महेश पौड्याल लिखित उत्कृष्ट बालएकाङ्की संग्रह हो । अंग्रेजी भाषामा रहेको यस कृतिका चित्रहरु चन्द्रशेखर पौड्यालले कोरेका हुन् । यस कृतिका सम्पादक कार्तिकेय हुन् ।
१४. डग बुक (तथ्यपुस्तक) मूल्य : रु. २००/-
यो कुकुरहरुको विषयमा लेखिएको तथ्यपुस्तक हो । यस पुस्तकका लेखक नयन घिमिरे हुन् । उनले यस किताबमा विश्वभरि पाइने ३४ थरी डगको बारेमा जानकारी प्रस्तुत गरेका छन् । यस कृतिका सम्पादक महेश पौड्याल हुन् ।
१५. भगवान्को रुप (बालकथा संग्रह) मूल्य रु. १०५/-
यो वरिष्ठ लेखक सुशीला देउजा लिखित बालकथाहरुको संग्रह हो ।
१६. फूलको साथी (बालकथा संग्रह) मूल्य रु. ९५/-
यो वरिष्ठ लेखक डा. शैलेन्दुप्रकाश नेपाल लिखित उत्कृष्ट बालकथाहरुको संग्रह हो ।
१७. जादुको कथा (तथ्यपुस्तक) मूल्य रु. ६५/-
यो जादुको बारेमा रोचक तथ्यहरु समेटिएको तथ्यपुस्तक हो । यो किताब बालबालिका र किशोरहरुका लागि पठनीय छ । यस कृतिका सम्पादक कार्तिकेय हुन् ।
१८. मैले पूजा गरेकी फुच्ची मूल्य रु. २५/-
यो रमाइला बालकथाहरुको संग्रह हो । यस कृतिका सम्पादक कार्तिकेय हुन् ।
१९. केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु र सन्दर्भ कथाहरु मूल्य रु. १२५/-
यो आदरणीय लेखक सत्यमोहन जोशी लिखित उत्कृष्ट कृति हो । रंगीन साजसज्जामा वरिष्ठ कलाकार अशोकमान सिंका चित्रहरुले सजिएको यो कृति बालबालिका र किशोरहरुका लागि पठनीय छ । यस कृतिका सम्पादक कार्तिकेय हुन् ।
२०. जादूको सिसाकलम (बालचित्रकथा) मूल्य रु. १२५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।
२१. सुरि हजुरआमा (बालचित्रकथा) मूल्य रु. १२५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।
२२. सुरि गुरुआमा (बालचित्रकथा) मूल्य रु. १०५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।
२३. हाँस्ने सुगा (बालचित्रकथा) मूल्य रु. १२५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।
२४. हप्पी र जम्पी (बालचित्रकथा) मूल्य रु. १०५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।
२५. चिनु, मिनु र गोगो (बालचित्रकथा) मूल्य रु. १०५/-
यो वरिष्ठ भारतीय लेखक मनोरमा जफा लिखित उत्कृष्ट बालचित्रकथाको नेपाली संस्करण हो । यो कृति बालबालिकाका लागि अत्यन्त उपयोगी छ । नेपाली अनुवादक कार्तिकेय हुन् ।

यी कृतिहरु एक सेटको मूल्य रु. २९५० रहेको छ । प्रतिष्ठानको कार्यालयमै आएर पुस्तक किनेर लैजान चाहने संघसंस्था र वितरकहरुलाई विशेष छुट दिइने छ । कार्यालयमै आएर खरिद गर्न चाहेमा ९८०१०७७५१५ नम्बरमा म्यासेज गर्नुहोस् वा फोन गर्नुहोस् ०१४४८१९०१, ग्रिष्मा स्टेशनरी, सिफलचौर चोक, कालोपुल, काठमाडौं । वा होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यका र देशका विभिन्न शहरका पाठकहरुका लागि दराज डटकम अनलाइन पसल  मार्फत उक्त सुविधा पनि उपलब्ध रहेको छ ।

No comments:

Post a Comment