Tuesday, October 19, 2021

शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना

 बालसाहित्य प्रतिष्ठान नेपालका अन्तर्राष्ट्रिय सल्लाहकार सुप्रसिद्ध भारतीय बालसाहित्य लेखक
आदरणीय मनोरमा जफाज्यूलाई शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

८९ वर्षीय आदरणीय जफाको  दक्षिण एसियामा बालसाहित्यको विकास र यस विधाप्रति सबैको ध्यानाकर्षक गराउन  विशिष्ट योगदान रहेको छ ।

आदरणीय लेखक जफाको शुभ जन्मदिनको सुखद अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा विभिन्न बालगृहहरुमा आश्रित १ सय जना अनाथ बालबालिकाहरुलाई ३ सय प्रति बालपुस्तक वितरण गर्ने र विभिन्न आश्रममा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।