वरिष्ठ बालसाहित्य लेखक एवम् बालसाहित्य विशेषज्ञ मनोरमा जफा लिखित बालचित्रकथाहरु नेपाली भाषामा प्रकाशित भएको छ । प्रकाशित कृतिहरु हाँस्ने सुगा, सुरि हजुरआमा, सुरि गुरुआमा, हप्पी र जम्पी, चिनु, मिनु, गोगो र जादूको सिसाकलम र एबीसी अल्फाबेट राइम्स बुक गरी ७ थरी रहेका छन् । बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित यी कृतिहरु प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले नेपालीमा अनुवाद गर्नुभएको हो । अल्फाबेट राइम्स एण्ड स्टोरी बुकका सम्पादकहरु मनोरमा जफा, कार्तिकेय र महेश पौड्याल रहनुभएको छ । यसमा सोनाम तामाङका सुन्दर चित्रहरु रहेका छन् । अन्य चित्रकथा कृतिहरुमा अजित नारायण, रेवती भूषण र सञ्जय सरकारका आकर्षक चित्रहरु रहेका छन् ।
थप जानकारीका लागि तलका लिङ्कहरुमा जानुहोस् ।
http://clfnnepal.blogspot.com/2018/03/respected-author-manorama-jafa.html
Children's Literature Book List 2018
http://clfnnepal.blogspot.com/2018/08/blog-post.html
पुस्तक पाइने ठाउँहरु,
ECEM Book Shop, Vanimandal, Lalitpur Phone 016923880/ EKATA BOOKS, Thapathali, KTM/ CLFN Office Kalopul, KTM, Grisma Stationary, Siphalchaur, Kalopul, KTM, phone 014481901- / BOOK PALACE, Putalisadak, KTM, Phone 014243394, SWADESH PRAKASHAN, Bagbazar, KTM Phone: 9841674264-
No comments:
Post a Comment