Sunday, August 29, 2010

मालश्रीका बारेमा प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ

श्लेश्मा क्षेत्री

प्रा. डा. आचार्य
श्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ
मालश्री (राष्ट्रिय बालप्रतिभा २०६०) श्लेष्मा क्षेत्रीको शोक गद्य साहित्य हो । यो कृति उनले आफ्नी प्यारी साथी मालश्री (डा. ऋषि काफ्लेकी छोरी) को असामयिक निधन भएको शोकमा डुबेर तयार गरेकी छिन् । यस कृतिमा चौधवटा सस्मरणात्मक लेखहरु रहेका छन् । ती सबैमा आ-आफ्नै खालका फरक-फरक स्वादहरु रहेका छन् ।
यस अघि मेरी हजुरआमा सम्झनाका कथाहरु लेखेर यात्रा र संस्मरणका क्षेत्रमा राम्रो प्रतिभा प्रस्तुत गरिसकेकी श्लेष्माको यो कृति पनि सुन्दर शैलीमा लेखिएको छ ।
श्लेष्माले यस कृतिमा कर्णालीमा र्याफ्टिङको दौरानमा डुंगा पल्टिएर मृत्युवरण गर्न पुगेकी साथी मालश्रीलाई आफूले सानो कक्षामा भेटेको बेलादेखि उनीसँग १२ कक्षासम्म पढ्दा बिताएका पलहरुको मार्मिक चित्रण गरेकी छिन् ।
भावनाको गहिरो संवेगमा डुबुल्की मार्दै पाठकलाई पनि शब्द चित्रमय प्रस्तुतिका माध्यमले भावुक बनाउँन सक्नु नै श्लेष्माको लेखनीको खूबी हो । म उनको क्षमताको हार्दिक प्रशंसा गर्दछु ।

1 comment:

  1. बधाई छ श्लेश्मा दिदिलाई । मालश्रीमा मित्र प्रतिको उहाको असिम माया पढ्न पाईने विश्वास लिएको छु । चाढै ने पुस्तक पढ्ने रहर छ मलाई ।

    ReplyDelete