
पुरस्कृत बालिकाहरुमा सुमिक्षा खड्कालाई नगद रु १०,००१।- र निशा गिरीलाई नगद रु ५,००१ सहित पुरस्कत गरिएको थियो । कोषका संरक्षक मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको समारोहमा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, केन्द्रीय बालकल्याण समितिका निर्देशक धर्मराज श्रेष्ठ, प्रथम नायिका भुवन चन्द, वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराइ, वरिष्ठ साहित्यकार गोपाल पराजुली र वरिष्ठ संगीतकार रामकृष्ण दुवालले संयुक्त रुपमा बालप्रतिभाहरुलार्इ पुरस्कृत गर्नु भएको थियो । यस अधि वर्ष २०६४ मा पुरस्कृत बालक गणेश ढुंगानाले समारोहमा सारगर्भित मन्तव्य व्यक्त गरी पुरस्कृत भएपछिको सफलताको कथा सुनाइ सबैलाइ मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषका सचिव महेश पौड्याल प्रारम्भले यस कोष बालबालिकाका निम्ति विगत चौध वर्षदेखि लेखनरत लेखक र स्वतन्त्र पत्रकार कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित भएको र घिमिरेका बालसाहित्यका ३७ वटा कृतिहरू प्रकाशित भएको जानकारी गराउँनु भएको थियो । साथै घिमिरेका एक दर्जनभन्दा बढी कथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकहरुमासमेत समावेश गरिएको छ ।
यो पुरस्कारबाट हालसम्म ४० जना बालबालिकाहरु पुरस्कृत र २४ जना बालबालिकाहरु सम्मानित भइसक्नुभएको छ ।
No comments:
Post a Comment