बालप्रतिभाको प्रवर्धनका लागि विगत १५ वर्षदेखि काम
गरिरहेको केटाकेटी मिडियाबाट प्रकाशित प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केको
दोस्रो कृति ‘भक्तपुर
घुम्दाको मज्जा’ (यात्रासंस्मरण) कृतिको विमोचन सम्पन्न भयो । वरिष्ठ साहित्यकार एंव संस्कृतिविद्
सत्यमोहन जोशीले लेखक मास्केको कृति विमोचन गर्नुभयो । विलक्षण प्रतिभावान् बालक
सुशान्तले कक्षा ६ मा पढ्दा यो कृति लेखेका हुन् । उनी अहिले नोवेल एकेडेमीमा
कक्षा ७ मा पढ्छन् । उनले ११ वर्षको उमेरमा पहिलो कृति लेखेका थिए । उनी रेडियो
नेपालका बालसमाचारवाचक पनि हुन् । उनको यो कृतिमा भक्तपुर दरवार क्षेत्रमा रहेका
सम्पदाहरुको परिचय फोटोसहित अंग्रेजी र नेपाली दुवै भाषामा रोचक ढंगले दिइएको छ ।
यो पुस्तक केटाकेटी मिडियाले प्रकाशन गरेको हो ।
नोवेल एकेडेमीका प्रधानाध्यापक डा. जयराज आचार्यको
सभापतित्वमा भएको यस कार्यक्रममा केटाकेटी मिडियाका अध्यक्ष कार्तिकेय घिमिरे र
महेश पौड्यालले विमोचित पुस्तकको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा
साहित्यकार गोपाल पराजुली, गोविन्द घिमिरे, धु्रव मधिकर्मी,
बालप्रतिभाहरु रविना घिमिरे र
सुमिक्षा खड्कालगायतले रचना सुनाउँनुका साथै विमोचित कृतिको वारेमा विचार व्यक्त
गर्नुभएको थियो । लेखक सुशान्त मातापिता जयन्ती र सुरेशमान मास्केको एक मात्र छोरा
हुन् ।
No comments:
Post a Comment