Sunday, August 5, 2012

केटाकेटी नेपालका नियमित कार्यक्रमहरू

१. बालप्रतिभा पुरस्कार बितरण,
  – कार्तिकेय बालप्रतिभा पुरस्कार ।
  – प्रारम्भ बालप्रतिभा पुरस्कार ।
  – प्रयास नेपाल शैक्षिक प्रोत्साहन छात्रवृति ।
२. पिछडियका समुदायका बालबालिकाको लागि स्टेसनरी सामान बितरण, शैक्षिक प्रोत्साहन सहयोग (प्रयास नेपालसँगको सहकार्यमा)
३. केटाकेटी न्युज बालपत्रिका प्रकाशन ।
४. अग्रज लेखकका बालसाहित्यिक कृतिहरू र बालप्रतिभाका कृतिहरूको प्रकाशन ।
५. बालबालिकामा पठन संस्कारको विकासका लागि विभिन्न बालसाहित्य गोष्ठी, लेखनवारे छलफल र कथावाचन कार्यक्रमहरू ।

तपाईंले कसरी सहकार्य गर्न सक्नुहुन्छ ः

१. आवश्यक सरसल्लाह दिएर र आफ्नो क्षेत्रमा यस्ता कार्यक्रमको आयोजनामा अग्रसरता लिएर ।
२. यस अभियानमा दाता सदस्य बनेर ।
३. आफ्नो घरमा रहेका पुराना लत्ताकपडा र स्टेसनरी सामानहरू सहयोग गरेर ।
४. सामाजिक जागरणका कार्यक्रमको लागि आवश्यक सहयोग गरेर वा सहयोगीसम्म पुग्ने कार्यमा सहयोग पु¥याएर ।
५. विलक्षण अपाङ्ग र प्रतिभाशाली बालबालिकाको कृति÷एल्बम प्रकाशन र उत्पादनलाई स्पन्सर गरेर ।
६. बालसाहित्य पुस्तक सेट  किनेर आफ्ना बालबालिकालाई कोसेली लगिदिएर वा समुदायका सामाजिक कार्यक्रमहरू (जन्मदिन, व्रतवन्ध आदिमा) मा उपहार लगिदिएर वा समुदायका विभिन्न पुस्तकालयलाई दान÷ सहयोग÷ उपहार दिएर ।
७. अन्य, जुनसुकै क्षेत्रका बालहितकारी कार्यमा हामीसँग सहकार्य गर्ने वातावरण सिर्जना गरिदिएर .............................
तपाईं हाम्रो भेट सुखद र फलदायी बन्न सकोस् भन्ने कामना गर्दछौं ..............    केटाकेटी नेपाल परिवार, ९८४१४७७५१५

No comments:

Post a Comment