Monday, May 20, 2013

दृष्टिविहिन बालिकाको गीति एल्बम तयार हुँदै

(Blind Child Talent Sarita Adhikari) कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको दशौं वार्षिकोत्सवका अवसरमा विशेष प्रतिभाको रुपमा पुरस्कृत बालप्रतिभा दृष्टिविहिन गायिका सरिता अधिकारीको बालगीति एल्बमका गीतहरु धमाधम रेकर्ड भई तयार हुँदै गरेको खबर प्राप्त भएको छ । यस एल्बममा अमेरिकामै बसोबास गरिरहनुभएका लेखकहरु अन्तर्राराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्री, साहित्यकार नीलम कार्की नीहारिका र विनोद रोकाका गीतहरु रहेका छन् । त्यस्तै प्रथम दृष्टिविहिन सरकारी महिला अधिकृत नीरा अधिकारी सहित भगवती पौडेल, महेश पौडेल, कार्तिकेय, झमक घिमिरेलगायत १० जना लेखकका गीतहरु एल्बममा समावेश हुने केटाकेटी मिडियाले जानकारी गराएको छ । (First Blind Lady Government Officer Ms. Nira Adhikari)

No comments:

Post a Comment