– कार्तिकेय
बालबालिकाका लागि साहित्य लेख्ने सन्दर्भको कुरा गर्दा वि. सं. २०५२ तिर फर्कने गर्छु । जतिबेला म एउटा विद्यार्थी शिक्षक थिएँ । अर्थात् बिहान पढ्थें र दिउँसो पढाउने गर्थें । त्यति बेलाबाट नै बालसाहित्य लेखनको यात्रा शुरु भयो । म सम्झन्छु त्यतिबेला मैले एकदमै रुचाएर पढ्ने बालसाहित्य । लोक र दन्त्यकथाको सरल रुपान्तरण । यस क्षेत्रका लेखक पनि मञ्चमा परिचयक्रममा बालसाहित्यकार भन्दा त्यति खुसी हुँदैनथे । आफूलाई अरु विधाको लेखक भनाउन रुचाउँथे । उहाँ बालसाहित्य लेखक भने मानौं तल्लो दर्जाको लेखकको स्थान थियो त्यतिबेला । प्राय लेखक बयस्कका लागि लेखेर स्थापित नाम थिए । उनीहरु आग्रहमा लेख्थे, पूर्वाग्रहमा लेख्थे । यसरी त्यो बेला बालसाहित्य हुर्कदै थियो । यही मेसोमा वि. सं. २०५५ मा बालक पत्रिका सम्पादन गर्ने मौका पाएँ । त्यसपछि बालसाहित्यको खेती गर्ने काममा सक्रिय हुन पुगें । सम्झन्छु, त्यतिबेला बालसाहित्य लेखकसँगको साक्षात्कार, लेखन उपदेशबाट निर्देशित हुनैपर्छ र यसले नैतिकताको पाठ पढाउनै पर्छ भन्ने मान्यताको पर्खाल ।
तर समय बलवान् हुँदोरहेछ । वि. सं. २०५६ मा धुलिखेलमा भएको बालसाहित्य लेखकको कार्यशालामा सहभागी भएपछि लेखनले कोल्टे फे¥यो । तर पनि बालसाहित्य लेखनमा एउटा ठूलो जमात लोककथाको सरल भाषिक रुपान्तरणमा अलमलिन छाडेन । यसरी बालसाहित्य कस्तो हुनुपर्छ र अब कस्तो लेखिनुपर्छ भन्ने बहस र सेमिनारहरु केही भए, तर पर्याप्त भएनन् ।
आज बालसाहित्यको ठूलो ग्लामर छ । यस क्षेत्रका लेखकहरु मञ्चमा सजिन थालेका छन् । एउटा सुखद दिन आएको छ यतिबेला । तर बदलिंदो युग अनुकुलको बालसाहित्य लेखनको चुनौती हाम्रा सामु उभिएको छ । एकातिर मनोरञ्जनका सामग्रीहरुको बढ्दो पहुँच र अर्कोतिर समयानुकुल बालरुचिलाई संवोधन गर्नुपर्ने आवश्यकता । तथापि नेपाली बालसाहित्यको चौतारीमा केही सुखद कामहरु भइरहेका छन्, अनलाइनमा बालसाहित्यको हुँदै गएको व्यापकता, विषयगत विविधतामा फैलिदै गरेको अवस्था, प्रकाशनमा रङ्गीन साजसज्जा र भाषागत पक्षमा बढ्दै गएको सचेतता, यसका सुन्दर साक्षी हुन् ।
वास्तवमा नेपाली बालसाहित्यको प्रवर्धनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रुम टु रीड को योगदान सह्रानीय छ । यसले नेपाली बालसाहित्य लेखकको किताब गाउँगाउँमा पु¥याएको मात्र छैन । स्तरीय लेखन, साजसज्जा र प्रकाशनमासमेत वलियो मापदण्ड विकसित गर्दै लगेको छ । यहीं क्षेत्रमा अर्को अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रीड नेपालले गरेको योगदान पनि सह्रानीय रहेको छ ।
यसरी आज बालसाहित्य लेखन एउटा चुनौतीपूर्ण मोडमा आइपुगेको छ । वर्षेनी पन्द्र वा बीसवटा किताब निस्किने हिजोको अवस्था आज सरदर २ सय ५० वटाको हाराहारीमा पुगेको छ । पूरापूरा झकिझकाउ छ नेपाली बालसाहित्यको अवस्था । अब परिवर्तित युगलाई वैचारिक धरातलमा पृष्ठपोषण गर्ने बालसाहित्यको खाँचो छ, जुन सहअस्तित्वको भावना, भाइचाराको सम्बन्धले लेपिएको हुनुपर्नेछ । हो, आज जसरी बालसाहित्य दश बिस फाइदा घाटाको मात्र तराजुमा जोखिएर लेखिदै छ, यो जोखिमपूर्ण कदम हो । हामी एउटा असल र जिम्मेवार नागरिक उत्पादनको अभियानमा छौं ।
आजको बालक असल बालसाहित्य पढेर मात्र भोलिको जिम्मेवार नागरिक बन्न सक्छ । त्यसैले बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, उनले त्यही अनुसारको सिप आर्जन गरेकी हुन्छिन्, त्यसरी नै एउटा बालकका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नै पर्छ ।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुन्छन् । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि गरिएको छ ।
एउटा बालक जो ६ वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिई–लिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार, भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९ वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ । साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् । तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न ।
यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र स्वभाववारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सालिन रंगको हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै नभएका क्रियाकलाप मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि ४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि ६ वर्षका नानीको हकमा छोटा, रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५ वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखनको सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ ।

No comments:
Post a Comment