Monday, August 29, 2016

दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न


भक्तपुर । राष्ट्रिय बाल दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन), भक्तपुरको संयुक्त आयोजनामा दुई दिने बालकथा लेखन तथा वाचन कार्यशाला भाद्र १२ र १३ गते सम्पन्न भयो । नेशनल प्याब्सनस“ग सम्बद्ध स्थानीय दस विद्यालयका बिस जना बालबालिकाहरु सहभागी रहेको सो कार्यशालामा प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले प्रशिक्षण दिनुभएको थियो । यस कार्यशालामा तयार भएका कथाहरु समावेश गरी ‘भक्तपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशन गरिने कार्यक्रम संयोजक रश्मी खागीले बताउनुभयो । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहमा उत्कृष्ट दस कथाहरु छनोट गर्नुका साथै सहभागी विद्यार्थीलाई केटाकेटी मिडियाको सहयोगमा बालपुस्तकहरु उपहार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । छनोट भएका दस कथाहरु नेशनल प्याब्सन केन्द्रीय कार्यालयले आयोजना गर्न लागेको राष्ट्रिय कथा लेखन प्रतियोगितामा पठाइने भएको छ ।

No comments:

Post a Comment