Friday, March 8, 2019

सह्रदयी मित्रबन्धुहरुलाई आग्रह

विभिन्न कार्यक्रमका क्रममा दृश्यविहीन (नेत्रहीन) बालबालिका र नवयुवाहरुसँग नजिक हुने मौका मिल्यो ।
उनीहरु माझमा ब्रेलमा बालसाहित्यिक पुस्तकको अभावलाई महसुस गरी वर्ष २०७५ मा ब्रेलबुक प्रकाशन नै बढी प्राथमिकतामा पर्यो । यस वर्ष आदरणीय भारतीय लेखक श्रीमती मनोरमा जफाको
१. हाँस्ने सुगा र अरु बालकथा आदरणीय लेखक श्रीमती जलेश्वरी श्रेष्ठको २. पिङ्की र पुतलीहरु र अरु बालकथा र मैले रचना गरेका ३ वटा बालकथा संग्रहका ब्रेलबुकहरु : ३. म चोर होइन र अरु बालकथा, ४. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा, ५. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी जम्मा ५ वटा ब्रेलबुक मेरी ममतामयी आमा स्व. दुर्गादेवी घिमिरेको स्मृतिमा प्रकाशन गर्ने सौभाग्य प्राप्त भयो । यस पुनित कार्य सफल बनाउनका लागि सहयोग गर्नुहुने ब्रेल एडिटरहरु नीरकुमार मगर, रमेश सुवेदी, समिता शाक्य, कभर डिजाइनर रश्मी खागी, कभर आर्टिस्टहरु अविन श्रेष्ठ, सोनाम तामाङ र विक्की आर्या तथा आदरणीय लेखकद्वय मनोरमा जफा र जलेश्वरी श्रेष्ठज्यूहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै, यस वर्ष अझै २ वटा ब्रेलपुस्तक निस्किने तयारीमा छन् । ती लेखकहरुको नाम अहिले नभन्ने सल्लाह भएको छ ।
यसरी फरक क्षमताका बालबालिकाका लागि ब्रेलबुक प्रकाशन गर्ने यस अभियानमा तपाईं पनि हामीसँग जोडिनुहोस् र आफ्नो कृतिको ब्रेल संस्करण प्रकाशनका लागि प्रयास गर्नुहोस् । आदरणीय सह्रदयी मित्रबन्धुहरु सबैलाई यही आग्रह गर्न चाहन्छु ।
                                                                              by Kartikeya

No comments:

Post a Comment