Thursday, June 6, 2019

कार्तिकेय ट्रस्टको जरुरी सूचना

यस ट्रस्टले विगतमा झैँ यस वर्ष पनि कार्तिकेय बालप्रतिभा पुरस्कार वितरणका लागि बालप्रतिभा छनोट गर्नुपर्ने भएकाले निम्न प्रतिभा भएका बालबालिकाहरुको नाम सिफारिस गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । साथै यो सूचनालाई सबैतिर पुर्याउन सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
सिफारिसका लागि निम्न योग्यता भएका बालबालिकाहरु योग्य हुनेछन् :
१. बालपुस्तकहरु धेरै पढ्ने सिर्जनात्मक क्षमता भएका, साहित्य लेखन र कथावाचनमा अब्बल, १६ वर्षमुनिको हुनुपर्नेछ ।
२. फरक क्षमताका विलक्षण प्रतिभाहरु (जस्तै– शारिरीक रुपमा कमजोर हुँदाहुँदै पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने दृष्टिविहीन, हातखुट्टा गुमाएका वा यस्तै अन्य फरक क्षमताका । फरक क्षमताका प्रतिभाहरुमा पनि पुस्तक पढ्ने, छामेर पढ्ने र अडियो बुक सुन्ने विलक्षण क्षमतावान् प्रतिभाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।)
३. जीवनमा अभाव र प्रतिकूल अवस्थामा हुर्किएर पनि जीवनलाई उज्यालो भविष्यतर्फ अग्रसर गराउन प्रयासरत बालप्रतिभाहरु पनि यस पुरस्कारका लागि योग्य मानिनेछन् । पुरस्कारका लागि छनोटमा पर्न सफल बालप्रतिभाहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिनेछ ।
पुरस्कार २०७६ को बालदिवस भाद्र २९ गते प्रदान गरिने भएकाले सिफारिसहरु २०७६ साउन ७ गते भित्र पठाइसक्नुपर्नेछ । सिफारिस पत्र इमेल वा पोस्ट बक्सबाट पठाउन सकिने छ ।
थप जानकारीका लागि : मोहन कार्की, अध्यक्ष
कार्तिकेय ट्रस्ट, कालोपुल, सिफलचौर, काठमाडौँ, नेपाल ।
पोस्ट बक्स २५८५९ काठमाडौँ, नेपाल । इमेल :
kartikeyatrust1999@gmail.com

No comments:

Post a Comment