Saturday, February 29, 2020

काभ्रे/फागनु ११ । बालसाहित्य प्रतिष्ठान नेपालले व्यवस्थापन गर्दै आएको
 साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ । काभ्रेकै भमरकोटमा रहेको गणेश उच्च माविमा आइतबार आयोजित एक समारोहमा प्रमुख अतिथि साहित्यकार गोविन्द कँडेर आँसु तथा उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले नगद ११, १११/- सहितको उक्त पुरस्कार बालप्रतिभा तामाङलाई प्रदान गर्नुभयो । समारोहमा बोल्दै पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूहरूले सहर बाहिर दूररदाजमा रहेका प्रतिभा खोजेर पुरस्कृत गर्ने बताइन् । पुरस्कारले आफूलाई हर्षित तुल्याएको भन्दै बालप्रतिभा तामाङले आफ्ना साथीहरूलाई प्रतिभा नलुकाउन आग्रह गर्नुभयो । उहाँ प्रतिकूल आर्थिक अवस्थामा रहेर पनि पढाइलेखाइ, सिर्जना र वक्तृत्वकलामा सधैँ अब्बल रहँदै आउनुभएको विद्यालयका प्राचार्य सापकोटाले बताउनुभयो । कार्यक्रममा साहित्यकारहरू महेश पौड्याल, अदिप अधिकारी, सुदर्शन पौडेल, रिजन मायालु तथा सुवास राईले बालप्रतिभा तामाङलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

No comments:

Post a Comment