Saturday, May 2, 2020

नयनको ३ प्रश्न

लेखक : कार्तिकेय घिमिरे, चित्र : भेक्टर स्टक

नयन नाम गरेको एउटा बालक थियो कहिलेकाहीं उसलाई लाग्थ्यो कि कहिले के गर्नुपर्छ भन्ने कुरा उसलाई थाहा नै छैन
एउटा असल मान्छे बन्न चाहन्छु तर कसरी बन्ने ?” एकदिन उसले आफ्ना साथीहरुलाई सोध्यो
नयनका साथीहरु पनि उसलाई सहयोग गर्न चाहन्थे तर कसरी सहयोग गर्ने भन्ने कुरामा उनीहरु अलमलिएका थिए

एकदिनको कुरा हो, नयन हस्याङफस्याङ गर्दै दौडिँदै आयो त्यतिबेला उसका मिल्ने तिन साथीहरु फर्सीबहादुर, आशा रामजनम पनि चौरमा आइसकेका थिए
मसँग प्रश्न छन् यदि मैले यसको उत्तर थाहा पाएँ भने संसारकै सबैभन्दा असल मान्छे बन्न सक्छु    रे नयनले उत्साहित हुँदै भन्यो  
ती प्रश्न के के हुन् ?” तिन जना साथीले उत्सुक हुँदै सोधे
नयनले भन्यो, प्रश्न यी हुन् :
. कुन काम गर्ने सही समय कहिले हो ?
. सबैभन्दा महत्वपूर्ण को हो ?
. कुन काम ठिक हो ?
नयनका साथीहरुले उसको पहिलो प्रश्नको बारेमा धेरै सोचविचार गरे
फर्सीबहादुरले भन्यो, “मलाई लाग्छ, ठिक समय कुन हो भन्ने थाहा पाउन त्यो कामबारे विचार गरेर योजना बनाउनु पर्छ
आशा, त्यतिबेला बास्केटबल समातेर उनीहरुको कुरा सुनिरहेकी  थिई
मलाई लाग्छ, कुनै कुरामा ध्यान दिएर चनाखो भयौ भने तिमीले कति बेला के गर्ने थाहा पाउन सक्छौ आशाले भनी
राजनम, जो चौर छेउमा रहेको भित्तामा केही लेख्न व्यस्त थियो उसले भन्यो, “ तिमीले एक्लै सबै कुराको ध्यान कसरी राख्न   सक्छौ ? बनाउनु पर्छ सहयोग गर्ने साथीहरुको एउटा टिम बनाउनु पर्छ उनीहरुले तिमीलाई कति बेला के गर्ने भनेर सल्लाहा   दिनेछन्
नयनले सबै साथीको विचार ध्यान दिएर सुन्यो अनि दोस्रो प्रश्न गर्दै भन्यो, “सबैभन्दा महत्वपूर्ण को हो ?”
आकाशतिर हेर्दै फर्सीबहादुरले भन्यो, “मजस्तो रोबोटलाई बनाउने वैज्ञानिक ?”
आशाले भनी, “मेरो स्कुलको हेडसर
रामजनमले भन्यो, “जसले अरुका लागि कानुन बनाउँछन्
नयनले एकछिन फेरि सोच्यो साथीहरुले दिएको उत्तर सम्झिरहने कोसिस गर्यो अनि फेरि तेस्रो प्रश्न गर्दै भन्यो, “कुन काम ठिक  हो ?”
आकाशमा उड्नु फर्सीबहादुरले भन्यो
रमाइलो गर्नु, मजासँग खेल्नु आशाले हा हा हा हाँस्दै भनी
प्रतिस्पर्धा गर्नु अरुलाई जित्नु रामजनमले बुरुक्क चार हातमाथि उफ्रिँदै भन्यो
साथीहरुको कुरा सुनेपछि नयनले धेरैबेर सोच्यो आफ्ना साथीहरुलाई धेरै माया गर्दथ्यो उसलाई थाहा थियो, साथीहरु उसको प्रश्नको उत्तर थाहा पाउन सहयोग गर्न चाहन्थे तर, उनीहरुले भनेका उत्तर नयनलाई त्यति सही हो जस्तो लागेन
यसरी चुपचाप सोच्दासोच्दै अचानक नयनको दिमाखमा एउटा जुक्ति आयो
किन आहा ! आमा’ (हजुरआमा) लाई गएर नसोधूँ ? उहाँ यस पृथ्वीमा ७५ वर्षदेखि हुनुहुन्छ उहाँलाई यी प्रश्नको उत्तर पक्कै थाहा होला नयनले मनमनै योजना बनायो
त्यसपछि फटाफट साइकल चढेर हरिऔंन गाउँसम्म पुग्यो पुग्दा हजुरआमा बगैँचामा खनिरहनुभएको थियो आहा ! आमा बुढी हुनुहुन्थ्यो खन्नु साँच्चै उहाँको लागि गाह्रो काम थियो
नयनलाई देखेर आहा ! आमा खुसी हुनुभयो उहाँले सारीको छेउमा बाँधेको डल्लो फुकालेर नयनलाई पुस्टकारी दिनुभयो नयनले दङ्ग पर्दै खायो
एकछिनपछि नयनले भन्यो, “आहा ! आमा, मलाई गुरुले दिनुभएको प्रश्नको उत्तर थाहा पाएर भोलि साथीहरुलाई सुनाउनु यी प्रश्नको उत्तर भनिदिएर मलाई सहयोग गर्नुहोस् है
हजुरआमाले मुसुक्क हाँस्दै नयनलाई  पुलुक्क हेर्नुभयो
के हो भन उत्तर दिने कोसिस गर्नेछु यति भनेर
हजुरआमा खन्नमै व्यस्त हुनुभयो
नयनले भयो,
पहिलो प्रश्न : कुनै काम गर्ने सही समय कुन हो ?
दोस्रो प्रश्न : सबैभन्दा महत्वपूर्ण को हो ?
तेस्रो प्रश्न : कुन काम सही हो ?
हजुरआमाले ध्यानपूर्वक नाति नयनको कुरा सुन्नुभयो उहाँ मुसुक्क हाँस्नुभयो अनि खनिरहनु भयो
आहा ! आमा तपाईंलाईं खन्न गारो भयो ल्याउनुस्, अब    खनिदिन्छु नयनले भन्यो
हजुरआमालेधन्यबाद !” भन्दै कुटो नयनलाई दिनुभयो एउटी बुढी हजुरआमाको तुलनामा एउटा किशोर केटालाई खन्नु सजिलो काम थियो नयनले छिट्टै नै बगैँचाको सबै बारी खन्ने काम सिध्यायो
जब उसको काम सकियो अकस्मात् आकाश कालो बादलले ढाकेर अँध्यारो भयो हावा हुण्डरी चल्न सुरु भयो ओत लाग्न हजुरआमा नयन हतार हतार घरतिर गए एकनिपछि नयनले म्याँम्याँ गर्दै कोही कराइरहेको सुन्यो कसैले चिच्याएर सहयोग मागिरहेको जस्तो थियो त्यो आवाज नयनले घरको झ्यालबाट यसो चियाएर हेर्यो एउटा बाख्रा गोठको कुनोमा चेपिएको थियो नयनले दौडेर गएर बाख्रालाई लिएर आयो उसले सुमसुम्याएर त्यो बाख्रालाई सान्त्वना दियो बाख्रा यताउति हेरेर झन् जोडले म्याँम्याँ गर्न थाल्यो
बाबु उसको बच्चा, पाठो बाहिर नै छुटेछ आहा ! आमाले भन्नुभयो

त्यसपछि नयन हतारहतार घरबाट बाहिर निस्कियो अघि बााख्रा चेपिएको ठाउँमा पुग्यो त्यहाँ कोही थिएन उसले यताउता ध्यान दिएर हेर्यो गोठ छेउबाट बग्दै गएको कुलो हुँदै बारीमा पुग्यो त्यहाँ उसले खेतमा डरले लुगलुग कामिरहेको अवस्थामा बाख्राको बच्चा पाठो जमिनमा लडिरहेको भेट्यो विचरा त्यो सानो बच्चा निथ्रुक्क भिजेको थियो असाध्यै डराएको थियो तर जिउँदै  थियो
नयनले पाठोलाई हतपत बोकेर घरभित्र लग्यो न्यानो कपडाले पानी पुछिदियो न्यानो पार्न चुल्होमा आगो बालेर सेकिदियो अनि आमा बाख्राको खुट्टाको घाउँमा पनि तेल बेसार लगाइदियो एकछिनपछि विस्तारै उठेर पाठो आमा छेउमा गएर दुध चुस्न थाल्यो बाख्री पाठोलाई चाटेर माया गर्न थाली यही मौकामा नयनले बाख्राको खुट्टामा कपडाको पट्टी बाँधिदियो
नयनको काम हेरेर आहा ! आमा दुर्गा देवी मुसुक्क हाँस्नुभयो उसलाई कपडा फेर्न अर्को लुगा दिनुभयो अनि ओढ्ने ओढाइदिनु भयो एकछिनपछि आमाले उसलाई एक गिलास तातो गाईको दुध दिनुभयो त्यसपछि नयन बेलुका तातोतातो दालभात तरकारी खाएर सुत्यो
भोलिपल्ट सूर्य उदायो चराहरु चिरबिर चिरबिर गर्न थाले फेरि सबैतिर शान्ति छायो अत्यनत सुन्दर देखिएको थियो त्यो हरिऔंनको घरपछाडिको बगैँचा
बाख्राको खुट्टामा पनि सुधार भयो उसले म्याँम्याँ गर्दै आफ्नै भाषामा नयनलाई आफू आफ्नो पाठालाई हावाहुण्डरी झरीबाट ज्यान जोगादिएकोमा धन्यवाद व्यक्त गर्यो
त्यसपछि फर्सीबहादुर, आशा रामजनम पनि गाउँ पुगे उनीहरु नयनको हालखबर बुझ्न आहा ! आमालाई भेट्न गएका  थिए
नयनलाई एकदमै राम्रो महसुस भइहेको थियो उसको मनमा शान्ति थियो उसका साथमा असल मित्रहरु थिए उसले पाठा बाख्राको ज्यान बचाएको थियो तर पनि निराश थियो किनकि अहिलेसम्म उसले प्रश्नको उत्तर थाहा पाउन सकेको थिएन
उसले आहा ! आमा छेउमा गएर फेरि प्रश्नको उत्तर नभनेको गुनासो गर्यो
आहा ! आमाले उसलाई एकटकसँग हेर्दै मुसुक्क हाँसेर भन्नुभयो, “तर, तिम्रो प्रश्नको उत्तर तिमीले पाइसक्यौ बाबु
हो , मैले पाइसकेँ कसरी नि ?” नयनले छक्क पर्दै सोध्यो
फर्सीबहादुर, आशा रामजनम पनि ध्यान दिएर सुन्न चुपचाप   भए
आहा ! आमाले भन्नुभयो, हिजो यदि बगैँचामा तिमीले मलाई खन्न सहयोग गरेर नबसेको भए तिमीले बाख्रा म्याँम्याँ गरी कराएको रोएको सुन्नुपर्ने थिएन त्यसैले सबैभन्दा महत्वपूर्ण समय त्यो थियो जुन तिमीले बगैँचामा बितायौ त्यो समय तिम्रो लागि सबैभन्दा महत्वपूर्ण थिएँ अनि बगैँचामा खन्नु सबैभन्दा सही उचित काम थियो पछि जब हावाहुण्डरी चल्यो तिमीले घाइते बाख्रा देख्यौ तब महत्वपूर्ण समय त्यो थियो जतिबेला तिमीले बाख्राको खुट्टामा औषधी गर्न उसको पाठोलाई न्यनो पार्न समय बितायौ त्यतिबेला तिम्रो लागि बाख्रा उसको बच्चा पाठो नै सबैभन्दा महत्वपूर्ण  थियो   उनीहरुलाई बचाउनु उनीहरुको हेरचाह गर्नु नै उचित सही काम थियो
सधैँ याद राख्नू है, त्यो एउटा समय नै सबैभन्दा महत्वपूर्ण हो त्यो जुन समय हो, जतिबेला तिमी त्यो समयको साथमा हुन्छौ अनि उचित सही काम त्यो हो जसले कसैको भलो गर्छ, जसको भलाइमा तिम्रो सहभागिता रहन्छ
प्यारो नाति नयन, यही नै उत्तर हुन् तिम्रा प्रश्नहरुको अनि संसारमा सबैभन्दा महत्वपूर्ण के हो ? भन्ने प्रश्नको उत्तर पनि यही हो किनकि सम्पूर्ण जीवको कल्याणका लागि नै हामी सबै यस धर्तीमा छौँ एकअर्कालाई सहयोग गरेर आनन्दसाथ बाँचिरहेका छौँ
(लियो टाल्सटायको कथामा आधारित)

No comments:

Post a Comment