कार्तिकेय |
वास्तवमा जीवन र जगत्को व्यापक
अभिव्यक्ति दिने साहित्यिक रचना उपन्यासको प्राण नै कलात्मक भाषा हो अर्थात् त्यो नै
लेखकको आफ्नो शैली हो । उपन्यासको पुस्तक पठनदेखि चलचित्रको पर्दासम्म फैलिन सक्ने
मास अडियन्सका कारणले गर्दा पनि आधुनिक साहित्यमा यसले ठुलो लोकप्रियता ओगटेको देखिन्छ
। तर बिडम्बना नै मान्नुपर्छ यस मामिलामा नेपाली बालसाहित्य गरिब छ । उपन्यास प्रकाशनका
हिसाबले नेपाली बालसाहित्य कंगाल नै छ भन्दा पनि हुन्छ । यही कारणले गर्दा नेपाली बालसाहित्य
मूल धारको नेपाली साहित्यभन्दा पछाडि छ ।
बालसाहित्यले मूलधारको साहित्यसँग काँधमा
काँध मिलाएर हिँड्न नसक्नुको अन्य थुप्रै कारणमध्ये एउटा प्रमुख कारण यो पनि हो । अब
उपन्यासको चर्चातिर नै फर्कौँ, उपन्यासमा समग्र जीवनको चित्रण गरिने भएकाले यो वृहत्
आख्यान हो । यसमा आफ्नो
माटोमा बाँचिरहेका,
बाँच्नका लागि संघर्ष गरिरहेको जीवनको
जीवन्त चित्रण हुने गर्दछ । यसले उनीहरु बाँचिरहेको समाज, संस्कृति र भूगोलको मौलिकता बोकेको हुन्छ । यसले आफ्नो
राष्ट्रिय पहिचान पनि बोकेको हुन्छ । बालसाहित्यमा लेखिने उपन्यासको हकमा त आफ्नो सभ्यता
र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यो विधाको महत्व अझ उच्च रहेको देखिन्छ
। तर नेपाली बालसाहित्यमा उपन्यास प्रकाशनको कमीले गर्दा यो पक्षमा त झन् केही काम
हुनसकेको छैन । यही र यस्तैयस्तै कारणले गर्दा नै नेपाली बालसाहित्यले हाम्रा बालबालिकाहरु
बाँचिरहेको विविध परिवेश, उनीहरुको विविधतायुक्त जीवन शैली, समाज, संस्कृति र समग्र जीवन र जगत्लाई प्रस्तुत गरेर नेपाली
माटोको मौलिक कालजयी रचना दिन सकेको छैन ।
लेखकसँगग आदरणीय उपन्यासकार डायमन शमशेर राणा जसले उपन्यास लेखेर नै धेरै लेखकस्व र ख्याति आर्जन गरेका थिए । |
उपन्यास नै एउटा नयाँ सबैको प्रिय, राष्ट्रले नै स्वामित्व लिने पात्र जन्माउन सक्ने विधा
हो । तर त्यही विधाको विकासका लागि काम हुन सकिरहेको छैन । काम हुनु जरुरी देखिन्छ
। यही कारणले गर्दा हामीले नेपाली बालसाहित्यमा बढीभन्दा बढी लेखकलाई बालउपन्यास लेख्न
प्रोत्साहित गर्नु जरुरी छ । उनीहरुको प्रयासलाई हौसलाको उर्जा दिनु जरुरी छ ।
No comments:
Post a Comment