Tuesday, January 26, 2021

पराक्रम बालप्रतिभा पुरस्कार २०७७ प्रेम चेपाङलाई

काडमाडौँ, माघ १०/ साहित्यकार महेश पौड्याल समीक्षक रमा अधिकारीले आफ्नो दिवङ्गत पुत्र
पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको कोषका अध्यक्ष बालसाहित्यकार कार्तिकेय घिमिरेको अध्यक्षतामा, शनिबार काठमाडौँमा बसेको बैठकले उक्त पुरस्कारका लागि चितवनकोे इच्छाकामना नगरपालिका, वडा नम्बर का १३ वर्षीय बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय गरेको रू ११,१११ धनराशी तथा प्रमाणपत्र रहेको उक्त पुरस्कार फाल्गुन महिनामा प्रदान गरिने पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले जानकारी गराएकी छिन् प्रतिकूल आर्थिक अवस्थाका बीच पछाडिएको अल्पसङ्ख्यक जातिका रूपमा चिनिएको चेपाङ समुदयमा हुर्केका प्रेम चेपाङलाई उनको प्रतिभाको विकास गर्न तथा उनको समुदायलाई नै प्रतिभा विकासको बाटोमा लाग्ने प्रेरणा प्रदान गर्नका लागि यो छनोट गरिएको अधिकारीले बताइन् बालक प्रेम भक्तपुरको गठ्ठाघरस्थित इमान्युल एकेडेमीमा कक्षा का विद्यार्थी हुन्

२०७५ मा स्थापित यो पुरस्कार यसअघि मस्तिष्क घातका कारण हाटखु्ट्टा चलाउन नसक्ने तर नाकले लेख्ने दोलखाका बालकवि दर्शन केसी, तथा प्रतिभाशाली वक्ता काभ्रेकी तारा तामाङलाई प्रदान गरिएको थियो

No comments:

Post a Comment