Tuesday, June 29, 2021

खुसीको खबर

यस बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित आदरणीय लेखक सुशीला देउजा लिखित सम्पदा दर्शन (बालनियात्रासंग्रह) काष्ठमाण्डप स्कुलमा कक्षा ६, ७ र ८ मा सहयोगी पाठ्यपुस्तकका रुपमा पढाइ हुने भएको छ । यस किताबमा विश्वसम्पदा सूचीमा रहेका नेपालका १० वटा विश्सम्पदाहरुको चर्चा गरिएको छ । 

यस सुखद अवसरमा लेखक सुशीला देउजाज्यूलाई प्रतिष्ठान परिवार हार्दिक बधाई ज्ञापन गर्दछ । साथै यस कृतिमा आफ्ना अमूल्य शुभेच्छा मन्तव्य व्यक्त गर्नुहुने आदरणीय अग्रजहरु वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, डा. धनन्जय रेग्मी, कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड, हिरण्यकुमारी पाठक, अध्यक्ष, गुञ्जन (नारी साहित्य संस्था), प्रतीक ढकाल, अध्यक्ष, नियात्रा समाज नेपाल, डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष, यात्री अनुसन्धान केन्द्र, प्रा.डा. ध्रुवकुमार घिमिरे, अध्यक्ष, नेपाल बालसाहित्य समाज, प्रमोद प्रधान, अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र सम्पादक कार्तिकेय घिमिरे, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपालप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।  

यस अवसरमा प्रतिष्ठान परिवार काष्ठमण्डप विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन  गर्दछ ।



No comments:

Post a Comment