Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Sunday, March 10, 2019
Friday, March 8, 2019
सह्रदयी मित्रबन्धुहरुलाई आग्रह
विभिन्न कार्यक्रमका
क्रममा दृश्यविहीन (नेत्रहीन) बालबालिका र नवयुवाहरुसँग नजिक हुने मौका
मिल्यो ।
उनीहरु माझमा ब्रेलमा बालसाहित्यिक पुस्तकको अभावलाई महसुस गरी वर्ष २०७५ मा ब्रेलबुक प्रकाशन नै बढी प्राथमिकतामा पर्यो । यस वर्ष आदरणीय भारतीय लेखक श्रीमती मनोरमा जफाको
१. हाँस्ने सुगा र अरु बालकथा आदरणीय लेखक श्रीमती जलेश्वरी श्रेष्ठको २. पिङ्की र पुतलीहरु र अरु बालकथा र मैले रचना गरेका ३ वटा बालकथा संग्रहका ब्रेलबुकहरु : ३. म चोर होइन र अरु बालकथा, ४. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा, ५. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी जम्मा ५ वटा ब्रेलबुक मेरी ममतामयी आमा स्व. दुर्गादेवी घिमिरेको स्मृतिमा प्रकाशन गर्ने सौभाग्य प्राप्त भयो । यस पुनित कार्य सफल बनाउनका लागि सहयोग गर्नुहुने ब्रेल एडिटरहरु नीरकुमार मगर, रमेश सुवेदी, समिता शाक्य, कभर डिजाइनर रश्मी खागी, कभर आर्टिस्टहरु अविन श्रेष्ठ, सोनाम तामाङ र विक्की आर्या तथा आदरणीय लेखकद्वय मनोरमा जफा र जलेश्वरी श्रेष्ठज्यूहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै, यस वर्ष अझै २ वटा ब्रेलपुस्तक निस्किने तयारीमा छन् । ती लेखकहरुको नाम अहिले नभन्ने सल्लाह भएको छ ।
यसरी फरक क्षमताका बालबालिकाका लागि ब्रेलबुक प्रकाशन गर्ने यस अभियानमा तपाईं पनि हामीसँग जोडिनुहोस् र आफ्नो कृतिको ब्रेल संस्करण प्रकाशनका लागि प्रयास गर्नुहोस् । आदरणीय सह्रदयी मित्रबन्धुहरु सबैलाई यही आग्रह गर्न चाहन्छु ।
by Kartikeya

Wednesday, February 20, 2019
Sunday, February 17, 2019
Monday, February 4, 2019
Wednesday, December 19, 2018
Wednesday, December 5, 2018
दृश्यविहीन बालबालिका माझमा चर्चित लेखक महेश पौड्यालको एकल बालकथा वाचन कार्यक्रम सम्पन्न
काठमाडौँ, मंसिर १९
बालसाहित्य प्रतिष्ठान नेपालद्वारा फरक क्षमता र फरक परिवेशका बालबालिकाहरु माझमा आयोजना हुँदै आएको माउन्ट एभेरष्ट स्टोरी टेलिङ एक्सप्रेस कार्यक्रम अन्तर्गत यस पटक दृश्यविहीन बालबालिका माझमा चर्चित लेखक महेश पौड्यालको एकल बालकथा वाचन तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ ।
लेबरोटरी स्कुल, कीर्तिपुरमा आयोजित कार्यक्रममा त्यस विद्यालयमा अध्ययनरत ४० जना दृश्यविहीन बालबालिकाहरु र १० जना शिक्षकहरु सहभागि थिए । लेबरोटरी स्कुलका प्रिन्सिपल डा. लाक्पा शेर्पाको सभापतित्व र चर्चित लेखक महेश पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा दृश्यविहीन शिक्षकहरु रमेश सुवेदी, सीता सुवेदी र ब्लाइन्ड सेक्सनका संयोजक समिता शाक्य र प्रतिष्ठानका अध्यक्ष कार्तिकेय, आध्यात्मिक चिन्तक सुबोध रेग्मी, कवि महेश बाबु लगायतले रचना वाचन गर्नुभएको थियो ।
लेबरोटरी स्कुलका प्रिन्सिपल डा. लाक्पा शेर्पाको शुभकामना मन्तव्यपछि सुरु भएको कार्यक्रमको शुभारम्भमा लेखक महेश पौड्यालले आफ्ना चर्चित कथा हजुरआमा वाचन गर्नु भएको थियो । त्यसपछि उहाँले त्यो अन्तिम मृग लगायत अन्य प्रेरणादायी कथाहरु वाचन गर्नु भएको थियो ।
कार्यक्रमको बिचबिचमा दृश्यविहीन बालबालिका र शिक्षकहरुले आआफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दृश्यविहीन बालबालिकाहरुले आफ्नो क्यारियर कसरी सफल बनाउन सकिन्छ ? कसरी असल विद्यार्थी बन्न सकिन्छ ? लगायत प्रश्नहरुमा छलफल गरेका थिए । बालबालिकाहरुको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा उनीहरु असाध्यै रमाएका देखिन्थे । कार्यक्रमको अन्त्यमा सहभागी बालालिका तथा शिक्षकशिक्षिकाहरुलाई बिहानको खानाको व्यवस्था गरिएको थियो ।
सीएलएफएनको यस कार्यक्रम अध्यक्ष कार्तिकेयका ममतामयी आमा दुर्गादेवी घिमिरे (देवनायकी रामानुजदासी) को स्मृतिमा सौजन्य सहयोगमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा ब्रेल पुस्तकालयका लागि ७ थरी बालपुस्ततकहरु उपहार प्रदान गरिएको थिायो । जुन यस प्रकार रहेका छन् :
१. पिङ्की र पुतलीहरु (वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठ लिखित बालकथाहरु)
२. सुँगा हाँस्यो (वरिष्ठ लेखक मनोरमा जफा लिखित बालकथाहरुको नेपाली संस्करण)
३. को ठूलो (वरिष्ठ लेखक गंगा पौडेल लिखित बालकथाहरु)
४. साँच्चैको हिरो हो कृष्णबहादुर (बालसाहित्य लेखक कार्तिकेय लिखित बालकथाहरु)
५. म चोर होइन ( बालसाहित्य लेखक कार्तिकेय लिखित बालकथाहरु)
६. वाहा ! दुनोट पसलेकी छोरी (बालसाहित्य लेखक कार्तिकेय लिखित बालकथाहरु)
७. पिङ्की एण्ड बटरफ्लाइज (वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठ लिखित बालकथाहरुको अंग्रेजी संस्करण अनुवादक : महेश पौड्याल)

Subscribe to:
Posts (Atom)