Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Friday, July 10, 2020
Thursday, July 9, 2020
नेपाली बालसाहित्यमा बालउपन्यास चाहियो, किन ?
![]() |
| कार्तिकेय |
उपन्यास सबै भन्दा लोकप्रिय
साहित्यिक विधा हो । गद्यमा रचना गरिने यो आख्यान विधा अन्य विधाको तुलनामा सबैभन्दा
लोकप्रिय र शक्तिशाली पनि मानिन्छ । उपन्यासमा व्यापक पाठकको रुचि देखिन्छ । पाठकको
आकर्षणका हिसाबले हेर्ने हो भने पनि उपन्यासको स्थिति बलियो देखिन्छ । उपन्यासमा वर्णन
गरिने परिवेश, चरित्र र घट्ना आदि जीवनसँग सम्बद्ध रहने गर्दछन् ।
जसका कारणले उपन्यासको पाठकसँगको सामिप्यता गाढा रहेको हुन्छ ।
वास्तवमा जीवन र जगत्को व्यापक
अभिव्यक्ति दिने साहित्यिक रचना उपन्यासको प्राण नै कलात्मक भाषा हो अर्थात् त्यो नै
लेखकको आफ्नो शैली हो । उपन्यासको पुस्तक पठनदेखि चलचित्रको पर्दासम्म फैलिन सक्ने
मास अडियन्सका कारणले गर्दा पनि आधुनिक साहित्यमा यसले ठुलो लोकप्रियता ओगटेको देखिन्छ
। तर बिडम्बना नै मान्नुपर्छ यस मामिलामा नेपाली बालसाहित्य गरिब छ । उपन्यास प्रकाशनका
हिसाबले नेपाली बालसाहित्य कंगाल नै छ भन्दा पनि हुन्छ । यही कारणले गर्दा नेपाली बालसाहित्य
मूल धारको नेपाली साहित्यभन्दा पछाडि छ ।
बालसाहित्यले मूलधारको साहित्यसँग काँधमा
काँध मिलाएर हिँड्न नसक्नुको अन्य थुप्रै कारणमध्ये एउटा प्रमुख कारण यो पनि हो । अब
उपन्यासको चर्चातिर नै फर्कौँ, उपन्यासमा समग्र जीवनको चित्रण गरिने भएकाले यो वृहत्
आख्यान हो । यसमा आफ्नो
माटोमा बाँचिरहेका,
बाँच्नका लागि संघर्ष गरिरहेको जीवनको
जीवन्त चित्रण हुने गर्दछ । यसले उनीहरु बाँचिरहेको समाज, संस्कृति र भूगोलको मौलिकता बोकेको हुन्छ । यसले आफ्नो
राष्ट्रिय पहिचान पनि बोकेको हुन्छ । बालसाहित्यमा लेखिने उपन्यासको हकमा त आफ्नो सभ्यता
र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यो विधाको महत्व अझ उच्च रहेको देखिन्छ
। तर नेपाली बालसाहित्यमा उपन्यास प्रकाशनको कमीले गर्दा यो पक्षमा त झन् केही काम
हुनसकेको छैन । यही र यस्तैयस्तै कारणले गर्दा नै नेपाली बालसाहित्यले हाम्रा बालबालिकाहरु
बाँचिरहेको विविध परिवेश, उनीहरुको विविधतायुक्त जीवन शैली, समाज, संस्कृति र समग्र जीवन र जगत्लाई प्रस्तुत गरेर नेपाली
माटोको मौलिक कालजयी रचना दिन सकेको छैन ।
![]() |
| लेखकसँगग आदरणीय उपन्यासकार डायमन शमशेर राणा जसले उपन्यास लेखेर नै धेरै लेखकस्व र ख्याति आर्जन गरेका थिए । |
उपन्यास नै एउटा नयाँ सबैको प्रिय, राष्ट्रले नै स्वामित्व लिने पात्र जन्माउन सक्ने विधा
हो । तर त्यही विधाको विकासका लागि काम हुन सकिरहेको छैन । काम हुनु जरुरी देखिन्छ
। यही कारणले गर्दा हामीले नेपाली बालसाहित्यमा बढीभन्दा बढी लेखकलाई बालउपन्यास लेख्न
प्रोत्साहित गर्नु जरुरी छ । उनीहरुको प्रयासलाई हौसलाको उर्जा दिनु जरुरी छ ।
Wednesday, July 8, 2020
नेपाली बालसाहित्यमा सुशीला देउजा र ‘महिमा’ बालउपन्यास
| सुशीला देउजा |
सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह र यात्रा संस्मरण, २०६४), दोभान (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु (कथा संग्रह, २०७०), भगवानको रुप (सचित्र बालकथासङ्ग्रह, २०७१), बाघ र बाबा (बालचित्रकथाकृति, २०७४), पेटको आगो (लघुकथासंग्रह, २०७५) र महिमा (बालउपन्यास, २०७५) गरी ९ कृतिहरु प्रकाशित छन् । उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४, सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट उत्कृष्ट लेखक सम्मान, २०७२ लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ । उहाँले त्रिविविबाट स्नातक गर्नुभएको छ ।
वास्तवमा नेपाली बालसाहित्यमा सुशीला देउजा नयाँ नाम होइन । उहाँ यस क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ ।
यसअघि नेपाली बालसाहित्यमा पहिलो प्रयासस्वरुप एउटै कृतिमा चार भाषा समावेश गरी उहाँको बाघ र बाबा बालचित्रकथाकृति प्रकाशित भएको थियो । उक्त कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ पनि प्राप्त गर्नु भएको थियो । उक्त कृतिमा एकदिन एउटा बाघ दौडिँदै आएर बाबाको कुटी छेउमा भ्वाक्क पछारिन्छ । त्यसपछि बाबाले बाघको उपचार गर्छन् । अनि बाघले पनि बाबालाई आपत परेको बेलामा सहयोग गर्छ । उक्त किताबमा रहेका सुन्दर चित्रहरु वरिष्ठ चित्रकार अविन श्रेष्ठले बनाउनुभएको हो । चारवटा भाषामा एकैचोटि एउटै किताबमा प्रकाशित यो नेपालको पहिलो बालचित्रकथाको किताब हो । अनुवादकहरु डा. रामदयाल राकेश (मैथिली), नरेशवीर शाक्य (नेपाल भाषा) र महेश पौड्याल (अङ्ग्रेजी) ले यस किताबमा काम गर्नुभएको छ । यस कृति बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित भएको हो ।
वास्तवमा अहिले नेपाली बालसाहित्यमा बालउपन्यासको अत्यन्त ठुलो अभाव रहेको छ । यो अभावलाई पूरा गर्न नसकिएको अवस्था छ । यस्तो अवस्थामा लेखक देउजा नयाँ बालउपन्यास महिमा लिएर हामी माझमा आउनुभएको छ । उहाँलाई हार्दिक स्वागत र बधाई छ ।
प्रस्तुत बालउपन्यास महिमा लेखक देउजाको पहिलो बालउपन्यास हो । हराएका बुवा खोज्न एउटी छोरीले गरेकी संघर्षको कथा नै महिमा उपन्यासको मूल कथा हो । बुवालाई असाध्यै माया गर्ने छोरी महिमाका माध्यमले लेखक देउजाले ग्याजेटमा रमाइरहेको वर्तमान पुस्तालाई परिवारको महत्वबारे केही कुरा भन्नुभएको छ । वास्तवमा यस उपन्यासकी नायिका महिमा मार्फत् लेखिका देउजाले आमाबुवाप्रति सहिष्णु बन्न र आफ्नो कर्तव्यप्रति सजग हुन बालबालिकालाई आव्हान गर्नुभएको छ ।
उहाँले यस उपन्यास तयारी गर्दाको क्रममा बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरुलाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावबारे सचेत भई यो उपन्यास तयार गरेको सम्झना साझा गर्नुभएको छ । कृतिमा समावेश लेखकको भनाइ मन्तव्यका क्रममा लेखिका देउजा भन्नुहुन्छ “वास्तवमा असल बालसाहित्य सिर्जना गर्न धेरै मिहिनेत गनुपर्ने रहेछ । यो त सुरुवात मात्र हो । बालबालिकाको संगतले मैले धेरै कुरा सिकेकी छु ।”
साँच्चै महिमा कृति प्रकाशनअगाडि चेल्सी स्कुलका बालबालिकाहरु माझ गरिएको पाण्डुलिपिमाथि छलफल कार्यक्रम र बालबालिकाबाट प्राप्त सुझावहरुले लेखक मनलाई झकझक्याएको छ । लेखिका देउजाको यो उत्साह र जागरले भविष्यमा उहाँका अन्य उपन्यासहरु पनि पढ्न पाइनेछ भन्ने विश्वास राख्दै उहाँलाई यस कृतिको सफलताको शुभकामना छ । अन्त्यमा महिमा उपन्यास पढ्नुहुन सम्पूर्ण बालबालिकाहरुलाई आव्हान छ । वि.सं. २०७६ चैतमा प्रकाशित असी पृष्ठको यस सचित्र बालउपन्यासको मूल्य रु. २०५ रहेको छ ।
Sunday, July 5, 2020
आफूले रचना गरेको कथाको किताब प्रकाशनका लागि छनोट भएपछि समीर कोजु भन्नुहुन्छ
![]() |
समीर कोजु (जन्म-२०५९/०९/०६)
कथा साहित्यको एउटा रमाइलो विधा हो । कथाले मलाई बाल्यकालदेखि नै उत्साहित बनायो । धेरै कथाहरू
पढेपछि म मेरो आफ्नै कथा लेख्न उत्सुक थिएँ । मेरो उत्सुकता पूरा गरेकोमा बालसाहित्य प्रतिष्ठान नेपाललाई
धन्यवाद छ । लेखक कार्तिकेयको भक्तपुरका बालबालिकाका लागि कथावाचन तथा लेखन कार्यशालामा सहभागी भएपछि मैले रचना गरेको कथा आज किताब प्रकाशनका लागि छनोट भएकोमा म अत्यन्त खुसी भएको छु ।
कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष/संरक्षक आदरणीय मोहन कार्की र बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक आदरणीय प्रा.डा. अच्युतमणि आचार्यप्रति आभारी छु । साथै भक्तपुरमा भएको कार्यक्रमको संयोजक रश्मी खागी दिदीलाई पनि धन्यवाद दिन चाहन्छु ।
मेरो कथाले अप्रत्यक्ष रूपमा यस युगमा
विद्यार्थीहरू बीच इलेक्ट्रोनिक उपकरणहरूले ल्याएको नकारात्मक प्रभावको आलोचना गर्दछ । मलाई यो कथा
लेख्न प्रेरित गर्ने मेरा आमाबुवा र स्कूललाई धन्यवाद दिन
चाहन्छु । म आशा गर्दछु कि तपाईंले यस कथाबाट आनन्द लिनुहुनेछ ।
Teenage talent Sameer Koju is very happy to be selected for the publication of his story. Every year, Children's Literature Foundation Nepal (CLFN) has been training 300 above children and adolescent talents in storytelling and creative writing. The talents participating in this training are happy to write children's literature. We are trying to arouse the interest of the new generation in Nepali children's literature and make them enter the field of writing as well. But the influx of new writers into forceful writing is not satisfactory. We need to work harder for the arrival of new writers and painters in this field.
Because the arrival of a new generation will further develop our children's literature. Therefore, we all need to work together for the arrival of new talents in children's literature writing.
CLFN thanks
Monday, June 29, 2020
'वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो' बालप्रतिभालाई प्रदान गरिने पुरस्कारबारे जरुरी सूचना
![]() |
| Chairman Mohan Karki |
यस वर्ष पनि कार्तिकेय बालप्रतिभा पुरस्कार वितरण समारोह २०७७ भाद्र २९ बालदिवसका अवसरमा आयोजना गरिने कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष श्री मोहन कार्कीज्यूले बताउनु भएको छ । अग्रज लेखकलाई सम्मान र नयाँ पुस्तालाई हौसला/प्रेरणा हाम्रो कार्यक्रमको
मूल लक्ष्य रहँदै आएको छ । हामी वर्षभरि धेरै भन्दा धेरै पुस्तक अध्ययन गर्ने र आफूले पढेका धेरै भन्दा धेरै किताबको समीक्षा गर्न सक्ने क्षमतावान् बालप्रतिभाको खोजी गरिरहेका छौँ ।
तपाइर्हंरु माझमा त्यस्ता बालप्रतिभा छन् भने हामीसम्म पुग्ने पुल बनिदिनुस् न है ।
Chairman of Kartikeya Trust Nepal Mr. Mohan Karki has said that the child talent award distribution ceremony will be organized on the occasion of Children's Day this year as well. Respect for senior writers and encouragement / inspiration to the new generation has been the main goal of our program. We are looking for talented children who can read as many books as they want throughout the year and review as many books as they can.
If there are such child talents among you, it should be a bridge to reach us. The children who read the most books throughout the year are awarded the title of Best Student Hero of the Year.
Important information about being rewarded with ten thousand in cash
A meeting chaired by the Chairman of the Trust, Mr. Mohan Karki, has decided to give the Kartikeya Child Talent Award, which has been given for the past two decades, to the children who read the most books throughout the year. This time the trust has decided to give this award to the best reading hero, so send an email to the trust with the list of books you have read.
The trust family will proceed with the selection process in consultation with the selected children and the school being studied. The children to be awarded this year will be awarded with the title of 'Best Study Hero of the Year' with Rs 10,000 in cash.
The Kartikeya Trust has been established in collaboration with senior educationist Mohan Karki by collecting the works of children's writer Kartikeya. The award, which has been given for a long time in collaboration with author Kartikeya and educationist Karki, aims to develop a reading culture among children. For this, the trust has organized many programs among the children. One hundred children have been awarded from the Fund's Educational Incentive Assistance and Child Talent Award and more than one thousand children have been honored with the Educational Incentive Assistance.
सम्पर्क
इमेल kartikeya99@gmail.com
फोन नं. ९८०१०७७५१५ यो नम्बरमा म्यासेज गर्नुहुन अनुरोध छ ।
फोन नं. ९८०१०७७५१५ यो नम्बरमा म्यासेज गर्नुहुन अनुरोध छ ।
ट्रस्टबाट तपाईंलाई फोन गरिने छ ।
Wednesday, June 24, 2020
आज म त्यो किशोर मित्रसँग कुराकानी गर्न आएको छु
- कार्तिकेय
कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो । कुराकानीको सम्बन्ध भाषा सिकाइसँग मात्र छैन, कल्पनाशीलताको विकास र सोचाइको विस्तारसँग पनि छ । साथै यसको महत्वपूर्ण पक्ष भनेको कक्षामा शिक्षकसँगको र घरमा आफ्ना परिवारका सदस्यसँग सामिप्यता बढाउन पनि कुराकानी एउटा महत्वपूर्ण माध्यम हो ।
त्यसैले म आज तिमीसँग कुराकानीबारकोे आफ्नो एउटा संस्मरण सुनाउन आएको छु । कुराकानी अभिव्यक्तिको माध्यम हो । यसबाट तिमीले आफ्नो मनको कुरा भन्न र अरुको मनको कुरा सुन्न सक्छौ । यति मात्र होइन यसले तिम्रो आत्मविश्वास बढाउँछ र समाजमा आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न पनि प्रेरित गर्दछ ।
आफ्नो विचार भन्ने र अरुको विचार सुन्ने बानीले तिमीलाई सबैसँग घुलमिल हुन र मित्रता गर्न मद्धत मिल्दछ । मित्रताले जीवनको स्वस्थ प्रतिस्पर्धा वा भनौं संघर्षका लागि तयार गर्दछ । धैर्यवान् हुन पनि सिकाउछ ।
यसरी अरुको कुरा सुन्दै आफ्नो कुरा भन्दै जाने बानीले विस्तारैविस्तारै आफ्ना मनका कुरा लेख्न र अरुका कुरा साहित्य पढ्न पनि रुचि जगाउँछ । जसले गर्दा सिकाइको क्षितिज फराकिलो हुँदै जान्छ । अनि सोचाइको दायरा बढ्दै जान्छ र अन्ततः ज्ञानको दायरा पनि बढ्छ । जसको सीधा प्रभाव तिम्रो व्यक्तित्वमा पर्दछ । तिमी अरुको दुःखमा सह्रदयी हुने, मिलनसार र मिहिनेती बन्नेछौ । यी गुणले तिमीलाई जीवनभरि असल, सफल र सुखी मान्छे बन्न सघाइरहने छन् ।
म सम्झन्छु, कक्षा ९ मा पढ्दाको समयका मेरा अत्यन्त प्रिय गुरुको सुमधुर सम्झना । उनी कक्षामा धेरै कुराकानी गर्थे । उनको आधा कक्षा त कुराकानीमै सकिन्थ्यो । तर पनि हाम्रा लागि उनी प्रिय गुरु थिए । हामी उनीसँग भावनात्मक रुपमा गाँसिएका थियौँ । उनले पढाएका पाठको उत्तर मजाले लेख्न सक्थ्यौँ । तिनै मेरा गुरुले एकदिन मलाई भनेका कुरा आज मलाई एउटा किशोरको गुनासोले सम्झायो ।
प्रिय किशोर मित्र तिम्रो जवाफ आज म आफ्नै जीवनको घट्नाको स्मरणबाट दिँदैछु । विश्वास छ यसले तिमी र मबिच कुराकानी गर्ने थप विषयहरु उद्घाटित हुनेछन् ।
त्यो दिन म विद्यालयको चौरमा एक्लै उभिएको थिएँ । अलि पर पाँच जना साथीहरु समूहमा बसेर बात मार्दै खाँदै थिए । कताबाट हो, अचानक गुरु मेरो नजिक आए ।
“के भयो ? के सोचिरहेका छौ कार्तिकेय ?” गुरुले अकस्मात् प्रश्न गरे ।
“केही होइन गुरु !” मैले कुराकानीलाई टार्ने कोसिस गर्दै भनेँ ।
“लौ बस आज सँगै चौरमा बसेर खाजा खाऔँ ।” गुरुले मायालु स्वरमा भने ।
म अप्ठ्यारो मान्दै चौरमा बसेँ ।
“कार्तिकेय मैले बुझेको छु तिमी किन साथीहरुको समूहमा हेरेर टोलाएका छौ ।” सरले कुराकनी सुरु गर्दै भने ।
“त्यस्तो केही होइन गुरु ! आज मेरो साथी नआएर म एक्लै भएको मात्र हुँ ।” मैले गाह्रो मान्दै भनेँ ।
“हेर कार्तिकेय आज म तिमीलाई एउटा कुरा भन्छु । तर यो कसैको लागि गाली होइन । सबैका लागि ताली हो र हुनसक्छ । तिम्रा लागि पनि यो कुराकानीको नयाँ विषय हुनसक्छ !” गुरुले कुराकानी सुरु गर्दै भने ।
“त्यस्तो कुरा के भएको छ र गुरु ?” मैले जिज्ञासा राख्दै सोधेँ ।
“कार्तिकेय ! अहिले स्कुल जीवनमा मात्र होइन, तिमी बाँचुन्जेल तिमीलाई टाढा राख्न चाहने यस्ता ससाना समूह बन्दै जानेछन् । तर, त्यो बेला जहिले तिमीले सम्झनु, तिमीले पनि तिनीहरुलाई सम्झेर हेरेर आजको जसरी नै समय खेर फाल्ने होइन । आफूलाई सिर्जनशील काममा व्यस्त राखिरहनु । आफ्नो लक्ष्य प्राप्तिका लागि परिश्रम गरिरहनु पर्छ । जस्तै : आजकै दिन अहिलेको समयमा पनि तिमीले ती साना कक्षाका भाइबहिनीलाई खाजा बाँड्न मिसहरुलाई सहयोग गर्न सक्छौ । अरुलाई सहयोग गरेर समय विताउनु पनि सिर्जनशीलता हो । खासगरी तिमी अहिले भएको जस्तो तनावको अवस्थामा त यो झन राम्रो काम हो ...” त्यो दिन गुरुले मलाई ढाप मार्दै मलाई यस्तैयस्तै धेरै कुरा भने ।
“के तपाईंलाई पनि आफू पढ्ने स्कुलमा यस्तो महसुस हुन्थ्यो गुरु ?” मैले उत्सुक हुँदै गुरुलाई प्रश्न गरेँ । किनकि कुराकानी गर्दागर्दै उनीसँगको मेरो सामिप्यता गाढा भइसकेको थियो ।
“अवश्य, म पनि त्यो दिन देखेर भोगेर आएको मान्छे हुँ । त्यहाँ मिठो खाजा खुवाउन सक्ने एउटा साथी भएजस्तै कुनै न कुनै स्वार्थले बनेको समूहले तिमीलाई जीवनका आगामी दिनमा पनि यसरी नै विचलित बनाउन कोसिस गर्नेछन् । तर त्यो दिन तिमीले आज हामीबिच भएको कुराकानीलाई समझनु ।” गुरुले मुसुक्क हाँस्दै भने । म पनि मुसुक्क मुस्कुराएँ ।
प्रिय किशोर मित्र !
तिमीलाई नढाँटी भनूँ, तिमीले आज स्कुलमा आज भोगेको जस्तै मैले पनि भोगेर आएको हुँ । आज मैले काम गर्ने क्षेत्रमा, भोलि तिमीले काम गर्ने क्षेत्रमा पनि तिमीमाथि यसरी नै पिडा दिने कार्य हुनेछ, गरिने छ । तर यसबाट तिमी आफ्नो लक्ष्यमा कहिल्यै विचलित नहुनु । सम्झनु कुनै समूहमा तिमी अटाउन नसक्नु भनेको तिमी उनीहरुभन्दा खास छौ । उनीहरुभन्दा महत्वपूर्ण छौ । जसले तिमीलाई उनीहरुभन्दा अग्लो फरक विशेषताको बनाउने छ । तर यति याद गर्नू आफ्नो कर्म आफैँलाई नढाँटी, आफैँलाई नछली लगनशील भएर गर्नु । आफ्नो पहिलो प्राथमिकताको कर्तव्य दृढतापूर्वक निर्वाह गर्नु । आफ्नो लक्ष्य प्राप्तिका लागि इमान्दार कोसिस गर्नू । तिमी विद्यार्थी हौ दत्तचित्त भएर आफ्नो अध्ययन क्षमतालाई बलियो बनाएर ज्ञान लिनु । यो नै तिम्रो पहिलो प्राथमिकताको कर्तव्य हो । म लेखक हुँ । लेखनका नयाँनयाँ आयामहरुसँग परिचित हुन पढिरहनु र केही नयाँ लेखिरहन कोसिस गरिरहनु मेरो पहिलो प्राथमिकताको कर्तव्य हो । यो कुरा तिमीले कहिल्यै नबिर्सौँ मित्र, त्यो समूहभन्दा बाहिर ठुलो संसार तिम्रो क्षमताको कदर गर्न कुरेर बसिरहेको छ ।
यति गर्न सक्यौ भने तिमीले त्यो समूहमै मिसिएर नै केही सिक्नुपर्छ भन्ने पनि हुँदैन । त्यो भिडभन्दा बाहिर रहेर नै तिम्रो अलग्गै परिचय बन्नेछ । अनि अझ महत्वपूर्ण कुरा तिमीले आत्महत्यासम्बन्धी कुरा कल्पनामा पनि सोच्ने छैनौ । जीवनको महत्व आफैँ बुझ्दै जानेछौ । जीवनको सुन्दरता तिमी माझमा उद्घाटित हुँदै जानेछन् । अनि तिमीलाई आफ्नो जिन्दगी निकै प्यारो लाग्न थाल्नेछ ।
हस् त धन्यवाद । जय नेपाल ।
जय किशोर प्रतिभा ।
Subscribe to:
Posts (Atom)








