Monday, August 10, 2020

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बालसाहित्य प्रकाशन ‘जेलभित्रकी सानी’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अमेरिकाबाट लेखक, अधिवक्ता एवम् हाल राष्ट्रिय सूचना आयोगको प्रवक्ता रहनुभएकी

अधिकारकर्मी कमला ओलीको जेलभित्रकी सानी बालकथासंग्रह प्रकाशित भएको आदरणीय लेखक एवम् अनेसासका ट्रस्टी गीता खत्री अध्यक्ष रहनुभएको कार्यकालमा प्रकाशित यस कृतिमा सपनाको संघर्ष, बदलाको भावना, बिछोडमिलन, जेलभित्रकी सानी, व्यस्तताको परिणाम, गरिब जीवन, उसमाथि गोली चलेको रात, छाउपडी वेदना  शंकाको परिणाम गरी वटा कथाहरु रहेका छन्

यी कथाहरु पढ्दै जाँदा नेपाली समाजमा बालबालिकाहरुले भोगिरहेको समस्या पीडाले पाठक मनलाई भावुक बनाउँछ  लेखक ओली भन्नुहुन्छजेलभित्रकी सानी मैले विभिन्न समयमा लेखेका कथाहरुको संग्रह हो यसमा नेपाली समाजको दर्द, पीडा यथार्थ प्रतिबिम्बित गर्ने कोसिस गरेकी छु देशमा २०५२ सालदेखि २०६२ सालसम्मको द्वन्द्वको समयमा बालबालिकामा परेको नकारात्मक असरलाई मैले कथामा विषयवस्तु बनाएकी छु समाजको यथार्थलाई उजागर गर्ने सकारात्मक सन्देश दिने मेरा कथाहरुको मूल विशेषता हो भन्ने मलाई लागेको

अनेसासका ता. अध्यक्ष गीता खत्रीले प्रकाशकीय मन्तव्यका भन्नुभएको लेखक कमला कानुन व्यवसायी मात्र होइनन्, उनी पत्रकार पनि हुन् खास गरी बालबालिकाको हितका लागि लेख्ने संघर्ष गर्ने पत्रकार पनि

अनेसासको ७६ औँ थुँगाका रुपमा प्रकाशित यस कृतिमा भर्खरै निवर्तमान हुनुभएका अनेसासका अत्यन्त सक्रिय पूर्व अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्यका क्रममा भन्नुभएको कथाकार ओलीको प्रस्तुत कथासंग्रहमा उनका नवीन सोच बलियो शिल्पकला उद्घाटित भएको

जम्माजम्मी ३२ पृष्ठ, आवरण रंगीन भित्री एकरंगी छपाइ रहेको यस कृतिको मूल्य रु. ७० रहेको चित्रकार उमेशचन्द्र अधिकारीका सुन्दर चित्रहरुले सजिएको यस कृति लेखक ओलीले आफ्ना मातापिता स्व. नारायण ओली सावित्रा ओलीलाई समर्पण गर्नुभएको मातापितालाई कृति समर्पणका क्रममा उहाँ भन्नुहुन्छमेरा परमपुज्य पिता स्व. श्रीनारायण ओली ममतामयी माता सावित्रा ओली जसले मलाई यस धर्तीमा जन्म दिएर सभ्य मान्छेका रुपमा बाँच्न सिकाउनुभयो, आमजनसमुदायको पक्षमा शिर ठाडो पारेर उभिरहने बाँचिरहने प्रेरणा दिनुभयो

Saturday, August 8, 2020

बालसाहित्य पढौँ, समीक्षा लेखौँ अनि पुरस्कार जितौँ

नेपाली बालसाहित्य पढौँ, समीक्षा लेखौँ अनि पुरस्कार जितौँ । 
अब ३ हप्तासम्मका लागि बालकोसेली प्रकाशनबाट प्रकाशित एवम् आदरणीय लेखक शान्तदास लिखित, अनुदित वा सम्पादित कुनै एक कृतिको बारेमा समीक्षा लेखेर पठाई पुरस्कार जित्न सक्नुहुनेछ । 

 ९ देखि १८ वर्षसम्मका बालबालिकाहरुले भाग लिन पाउने यस प्रतियोगितामा रु ५ सयको रिचार्ज कार्ड हरेक हप्ता पुरस्कार जित्न सकिने  छ । 
साथै कोरोनाको प्रतिकूल अवस्था सकिएपछि विजयी बालबालिकालाई प्रतिष्ठानबाट प्रकाशित बालसाहित्य कृतिहरु प्रदान गरिने छ । 

 समीक्षा पठाउने ठेगाना 
 इमेल : childacademy43@gmail.com, kartikeyaghimire@gmail.com




Saturday, August 1, 2020

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डेको प्रतिभा | Blind Children Process Pandey

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डे मनछुने गीत गाउँछन् प्रोसेस पाण्डे लेबरोटरी स्कुल, कीर्तिपुर, काठमाडौँमा पढ्छन् । उनी दृष्टिविहीन बालक हुन् । १२ वर्षका प्रोसेस गायनमा विलक्षण प्रतिभा हुन् । उनले कार्तिकेय बालप्रतिभा पुरस्कार र नई बालप्रतिभा पुरस्कार प्राप्त गरेका छन् । संगीत शिक्षक रमेश सुवेदीको साथले गायनमा चम्किलो भविष्य भएका साना कलिला गायक प्रोसेसलाई लेखक कविता पराजुलीले पहिलो गीत रेकर्ड गर्ने अवसर प्रदान गर्नुभयो । उहाँको सहयोगमा प्रोसेसले उहाँले नै रचना गर्नुभएको आमा सम्बन्धी सुन्दर गीत गायका छन् । स्कुलबाट घर आएँ देखिन आमा ... बोलको त्यो सुन्दर गीत गाउन अभ्यास गर्दै गरेका बालगायक प्रोसेस पाण्डे र संगीत शिक्षक रमेश सुवेदीको भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौँ । यो भिडियो हेरेर यसका बारेमा आफ्नो विचार लेखी यसलाई मन पराएर साझा गरिदिनु हुन आव्हान गर्दछौँ ।

दृष्टिविहीन बालप्रतिभा हरिकृष्ण भट्टसँँग कुराकानी

बालसाहित्य प्रतिष्ठान नेपालको आँखा नदेख्ने दृष्टिविहीन बालबालिकाका लागि रेडियो वितरण कार्यक्रममा अन्धा बालबालिका संरक्षण समाज, लोलाङ, काठमाडौँ पुगेका थिए । उक्त अवसरमा उनले दृष्टिविहीन बालप्रतिभा हरिकृष्ण भट्टसँँग दृष्टिविहीनको जीवनमा रेडियोको महत्व बारेमा कुराकानी गरेका छन् ।

Monday, July 20, 2020

बालसाहित्य प्रतिष्ठानका दुई नयाँ किताब

शैलेन्दुप्रकाश नेपाल
बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । वि.सं. २०७६ मा प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।

 प्रतिष्ठानबाट वर्ष २०७६ मा प्रकाशित पहिलो कृति जूनलाई चुम्ने इच्छा लेखक नेपालको चौथो बालकवितासङ्ग्रह हो । यसअघि उहाँका झुल्के घाम, मकमक घुर्र र सानी नानी गरी ३ वटा बालकाव्य कृतिहरु प्रकाशित छन् । केटाकेटी मिडियाबाट उहाँको फूलको साथी बालकथासङ्ग्रह पनि प्रकाशित भएको छ ।
    महाकाव्यकार शैलेन्दुप्रकाश नेपालका तीन दर्जन बढी कृतिहरु प्रकाशित छन् । उहाँका जूनू (२०४८), अनामिका (२०५६) र डायना (२०६१) गरी तीनवटा महाकाव्यहरु प्रकाशित छन् । लेखक नेपालले बालसाहित्यका क्षेत्रमा गीत, कविता, कथा र निबन्ध विधामा कलम चलाउनु भएको छ । उहाँले विद्यालयस्तरका थुप्रै पाठ्यपुस्तकहरु पनि लेख्नुभएको छ । नेपाल प्रतिष्ठित पुरस्कार र सम्मानहरुबाट पुरस्कृत तथा सम्मानित लेखक हुनुहुन्छ । 
जूनलाई चुम्ने इच्छा बालकविताकृतिमा १५ वटा कविताहरु छन् । पढ्न बस, स्कुल कहिले जाने, मलाई मनपर्छ, हजुरआमा, दसैँ आयो, मुसो आयो, गुच्चा लगायत यी कविताहरु बालबालिकाको रुचि र भावनालाई समेटेर लेखिएका छन् ।
    राष्ट्रकवि माधव घिमिरेले बालकविता रचना गर्दा लेखक आफूले आफू के सोचिरहेको छु भन्ने होइन बालबालिकाका सुख र दुःखलाई उनीहरुकै भाव र बोलीलाई पक्रेर सरल भाषामा लेख्न सक्नुपर्छ भन्ने धारणा केटाकेटी अनलाइनका लागि गरिएको कुराकानीमा भन्नुभएको थियो । बालकवितामा सरल ठेट नेपाली भाषा र लयात्मकता पनि महत्वपूर्ण हुन्छ भन्ने राष्ट्रकविज्यूको जोड थियो ।         वास्तवमा राष्ट्रकविज्यूको बालकवितालाई हेर्ने यो चश्मा लगाएर हेर्ने हो भने लेखक नेपालका यी बालकविताहरु उत्कृष्ट छन् । यी कवितामा बालबालिकाको हाँसो, समस्या र बाल इच्छा अनि अकांक्षालाई सरल भाषामा व्यक्त गरिएको छ । हरेक कवितामा लयले मिठास थपेको छ । बालकविता लेख्दा शब्दहरुको लयात्मक संयोजनका साथै तिनमा भाव पक्ष पनि बलियो बनाउन सकियो भने ती कविता सुन्दर र पठनीय बन्न सक्छन् भन्ने सन्देश लेखक नेपालका यी बालकविताहरुबाट लिन सकिन्छ । ७ वर्षमुनिका बालबालिकालाई पढेर सुनाउन र त्योभन्दा माथि उमेरकाले आफैँ पढ्न सक्ने यो बालकविताको किताब शुद्ध नेपाली भाषामा बालकविताको स्वाद आफ्ना बालबालिकालाई दिन चाहने हरेक अभिभावक, विद्यालय र पुस्तकालयहरुका लागि यो कृति पठनीय र उपयोगी रहेको छ । 
बुकआर्ट नेपाल, कुलेश्वर, काठमाडौँबाट वितरीत यो किताबमा रंगीन २० पृष्ठ रहेका छन् । मूल्य रु. १ सय ३५ रहेको छ ।

पल्पसा मानन्धर
किताबमा चित्रकार पल्पसा मानन्धरका चित्रहरु रहेका छन् । चित्रकार पल्पसा मानन्धर बालसाहित्य प्रतिष्ठान
नेपालका नियमित चित्रकार हुनुहुन्छ । रिड मिडियामा संलग्न चित्रकार मानन्धरले यस कृतिमा आकर्षक चित्रहरु बनाउनु भएको छ । तिन दर्जन बढी कृतिहरुमा चित्र बनाइसक्नुभएकी मानन्धर नयाँनयाँ शैलीमा चित्र बनाउन सिपालु युवा चित्रकार हुनुहुन्छ । उहाँले चित्रकला विषयमा ललितकलाबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ वर्षका उत्कृष्ट चित्रकार पुरस्कारबाट पुरस्कृत चित्रकार हुनुहुन्छ । उहाँले थुप्रै पटक एकल तथा सामूहिक चित्रकला प्रदर्शनीहरुमा भाग लिइसक्नुभएको छ । उहाँको सुन्दर चित्राङ्कनले यस कृतिलाई अझ बढी आकर्षक बनाएको छ । 

देवु लुइँटेल
प्रतिष्ठानबाट वर्ष २०७६ मा प्रकाशित अर्को कृति मेरो गाउँ देवु लुइँटेल लिखित बालकविता सङ्ग्रह हो । लेखक लुइँटेल बालसाहित्य लेखनमा सक्रिय प्रतिभा हुनुहुन्छ । छन्द वाचन, लेखन तथा सम्पादनमा उहाँको सक्रियता प्रशंसनीय रहेको देखिन्छ । यसअघि उहाँका स्वाभिमान (२०७०), नेपाली हिज्जे स्वरुप र प्रयोय (२०७०) लगायत कृतिहरु प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बालपत्रिका बालप्रज्ञाका सम्पादक उहाँले जदौका निबन्ध, ड्रिम्स, स्पन्दन, सहकार्य आदि पत्रपत्रिका तथा कृतिहरुको सम्पादन गर्नुभएको छ । ग्लोबल थिएटर फेस्टिबल मुभमेन्ट, उडिसा, भारत र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, काठमाडौँबाट पुरस्कृत उहाँले पुष्पराग सर्वोत्कृष्ट रचनाकार सम्मान, बुद्ध डेन्टल हस्पिटल सर्वोत्कृष्ट प्रतिभा पुरस्कार साथै काव्य गुञ्जन, छन्द तरङ्ग लगायत संघसंस्थाहरुबाट पुरस्कार सम्मानहरु प्राप्त गर्नुभएको छ । साहित्य सिर्जनाका अतिरिक्त उहाँ बालकविता, कथा र गजल लेखक/प्रशिक्षकका रुपमा पनि चिनिनुभएको छ । उहाँ हाल एसओएस स्कुल, काभ्रेमा नेपाली विषय शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।
 मेरो गाउँ कृतिमा रहेका सुन्दर चित्रहरु चित्रकार पल्पसा मानन्धरले बनाउनु भएको हो । यस कृतिमा रमाइला
१२ वटा बालकविताहरु रहेका छन् । मेरो गाउँमा, पुतली र फूल, इन्द्रेणी, हावा, पानी, साथी, कमिला, मौरी, बादल, आच्छुआच्छु जाडो लगायत विविध शीर्षकमा रहेका यी कविताहरु बालरुचि र विषयका कविताहरु हुन् । यी कवितामा बालबालिकाको भावना पोखिएको छ । बालबालिकाले स्कुलप्रति राख्ने दृष्टिकोण, जाडो हुँदा उनीहरुले पाएको दुःख अनि बादल र इन्द्रेणीलाई हेर्दा बालमनमा उत्पन्न हुने जिज्ञासालाई लेखकले सुन्दर शैलीमा प्रस्तुत गर्नुभएको छ ।
 वास्तवमा वर्तमान समयमा बालबालिकाको सोचाइको स्तर मल्टिमिडियाले गर्दा निकै फराकिलो बनिसकेको छ । उनीहरुलाई शिक्षा दिन्छु भन्ने भावनाबाट प्रेरित भएरबालसाहित्य लेखनमा प्रवृत हुन खोज्नु लेखकका लागि जोखिमपूर्ण हुनसक्छ । एउटा शिक्षक भएका नाताले लेखक लुइँटेल यो कुरामा सचेत देखिनुहुन्छ । यस कृतिमा समावेश कविताहरुमा लेखक कतै पनि शिक्षकका रुपमा प्रस्तुत हुनुभएको छैन । लेखक बालबालिकाको साथीको रुपमा वा बालबालिका स्वयं भएर प्रस्तुत भएका यी कविताहरु पठनीय छन् । बालमैत्री छन् । यस कारण यी कवितामा बाल लोली र बोली सुन्न सकिन्छ । बाल हृदयको स्पन्दन महसुस गर्न सकिन्छ ।  सरल र शुद्ध नेपालीमा लेखिएका बालकविता आफ्ना बालबालिकालाई पढाउन चाहने सबैका लागि यो कृति किनेर पढ्न योग्य रहेको छ । बुकआर्ट नेपाल, कुलेश्वर, काठमाडौँबाट वितरीत यो किताबमा रंगीन २० पृष्ठ रहेका छन् । मूल्य रु. १ सय ४५ रहेको छ ।
 अन्त्यमा प्रतिष्ठानबाट कृति प्रकाशित लेखकद्धय नेपाल र लुइँटेल तथा चित्रकार मानन्धर, डिजाइनर रश्मी खागी लगायत सबैमा हार्दिक बधाई छ । यी सर्जकहरुलाई भविष्यमा पनि यस्तै स्तरीय रचनाहरु सिर्जनाका लागि शुभकामना व्यक्त गर्दछु । 
कार्तिकेय 
 पोस्ट बक्स २५८५९, काठमाडौँ, नेपाल ।