Saturday, September 18, 2010

बालकथावाचन र पुरस्कार बितरण

भेनस अंग्रेजी माध्यमिक विद्यालय, जोरपाटीमा बालकथावाचन र पुरस्कार बितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक समय पोखरेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बालबालिका निम्ति साहित्य लेख्ने लेखकहरु धुब्र घिमिरे, तेजप्रकाश श्रेष्ठ, कार्तिकेय घिमिरे र यशु श्रेष्ठले कथावाचन गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार एवं लेखक, गोरखापत्र संस्थानका अध्यक्ष विजय चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अन्तर विद्यालय बास्केट बल प्रतियोगितामा विजयी छात्र र छात्रा समूहका प्रथम र द्घितीय हुने समूहलाई पुरस्कार स्वरुप ट्रफ्री प्रदान गरिएको थियो । कार्यक्रममा खेलमा सबैभन्दा बढी अंक ल्याउँन सफल भई बेस्ट स्कोरर हुन सफल छात्रतर्फ सुरज श्रेष्ठ र छात्रातर्फ रमूना गिरीलाई उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार बितरण गर्दै समारोहका प्रमुख अतिथि चालिसेले बालबालिकाहरुले देश बनाउँने लक्ष्यका साथ पढ्नु पर्ने, विदेश जाने लक्ष्यले पढ्नु नहुने विचार व्यक्त गर्नुभएको थियो । उहाँले साहित्य, संगीत, गायन र कलालगायत जुनसुकै आफूले राम्रो गर्नसक्ने माध्यमबाट देश बनाउँने लक्ष्यमा बालबालिकाहरु अग्रसर हुनुपर्छ भन्नु भएको थियो ।           काठमाडौं/ असोज १ गते

No comments:

Post a Comment