Tuesday, December 16, 2014

यस वर्ष यी बालबालिकाहरुले पाउँदैछन्, कार्तिकेय बालप्रतिभा पुरस्कार र प्रारम्भ बालप्रतिभा पुरस्कार

मिति २०७१ पौष ४ गते बिहान ९ बजे एपेक्स कलेज बानेश्वरको हलमा आयोजना हुने एक विशेष कार्यक्रममा यस वर्ष यी बालबालिकाहरुले पाउँदैछन्, नोबेल शान्ति पुरस्कार २०१४ बाट पुरस्कृत आदरणीय व्यक्तित्व श्री कैलाश सत्यार्थीज्यूको  आर्शीर्वादसहित उहाँको हातबाट कार्तिकेय बालप्रतिभा पुरस्कार र महेश पौड्याल प्रारम्भ बालप्रतिभा पुरस्कार
१. सुश्री ज्वाला ढकाल, कक्षा ७, सेन्टमेरिज स्कुल । वर्ष २०७० का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि सबैभन्दा बढी साहित्यिक कृतिहरु अध्ययन गरेर पनि कक्षामा सँधै प्रथम हुँदै आएकी विलक्षण छात्रा)
२. सुश्री प्रतिष्ठा पौडेल, भक्तपुर, वर्ष २०७० का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि नृत्यकलामा विलक्षण छात्रा, नृत्यक्षमताको कारण देशविदेशमा चर्चित बालिका ।)
३. श्री इलोहँ पत्रिका (सम्पादक नरेशवीर शाक्य), नेपाल भाषामा प्रकाशित हुने मासिक पत्रिका, काठमाडौं, फरक भाषा र परिवेशमा बालसाहित्य प्रवर्धनमा विशेष योगदान दिएकोले वर्ष २०७० का लागि कार्तिकेय बालसाहित्य प्रवर्धन पुरस्कारबाट पुरस्कृत ।)
४. श्री रुपेन्द्र वैद्य, ललितपुर चित्रकलाको क्षेत्रमा आशालाग्दो प्रतिभा, जसले चित्रकलाको माध्यमले बालसाहित्यको उत्थानमा सघाउने विश्वासका साथ वर्ष २०७१ का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि चित्रकलामा रुचि राख्ने छात्रा, जो जीवनको कठिन अवस्थालाई पाखा लगाउँदै उज्यालो भविष्य तर्फ अग्रसर छन् ।)
५. श्री अभिषेक खुलाल, पनौती, काभ्रे । चित्रकलाको क्षेत्रमा आशालाग्दो प्रतिभा, जसले चित्रकलाको माध्यमले बालसाहित्यको उत्थानमा सघाउने विश्वासका साथ वर्ष २०७१ का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि चित्रकलामा रुचि राख्ने छात्रा, जो जीवनको कठिन अवस्थालाई पाखा लगाउँदै उज्यालो भविष्य तर्फ अग्रसर छन् ।)
६. श्री रमेश सुवेदी (संगीतकार, जो आफै दृष्टिविहिन हुन् ।), फरक क्षमताका बालबालिकालाई प्रोत्साहन प्रदान गरी गीतसंगीतका माध्यमले बालसात्यिको विकासमा विशिष्ट योगदान गरी बालसाहित्य प्रवर्धनमा विशेष योगदान दिएकोले वर्ष २०७१ का लागि कार्तिकेय बालसाहित्य प्रवर्धन पुरस्कारबाट पुरस्कृत । 
७. श्री सुशान्तमान सिंह मास्के, कक्षा ८, नोबेल एकेडेमी । वर्ष २०७० का लागि प्रारम्भ बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि साहित्य लेखनमा समर्पित, दुईवटा कृतिहरु प्रकाशित, प्रतिभावान् बालक जसलाई विद्यालयले विशेष छात्रवृत्ति पनि प्रदान गरेको छ ।)
८. सुश्री विज्ञता कार्की, कक्षा ७, एम्बिसन एकेडेमी । वर्ष २०७० का लागि प्रारम्भ बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि साहित्य लेखनमा समर्पित, दुईवटा कृतिहरु प्रकाशित, प्रतिभावान् बालिका, चित्रकलामा रुचि राख्छिन् । आफ्नो दुईवटै किताबमा आफैँ चित्र बनाएकी छिन् ।)

No comments:

Post a Comment