Friday, March 6, 2020

Book Talk Program: Author with School Children

                    Book Talk Program: Author with School Children
काभ्रे, २०७६ फागुन । एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा फागुन ७ गते पुस्तक कुराकानी कार्यक्रम सम्पन्न गरियो । प्रा.डा शैलेन्दुप्रकाश नेपाल प्रमुख आतिथि रहनु भएको कार्यक्रमको सभापति एसओएस स्कुल काभ्रेका प्राचार्य नरेश्वर आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अग्रज साहित्यकार जलेश्वरी श्रेष्ठ रहनु भएको थियो । कार्यक्रम विद्यालयको सभा हलमा सम्पन्न भयो । कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका दसजना प्रतियोगि विद्यार्थीहरुले स्वदेशी तथा विदेशी लेखकका मुनामदन, जीवन काँडा कि फूल, हिउँदे छुट्टी, जोहनिसवर्गको यात्रा, पिंकी र पुतलीहरु र अरु बालकथा, जूनलाई चुम्ने इच्छा, चिनु मिनु र गोगो आदि दस पुस्तकको चर्चा गरेका थिए ।
    पुस्तक कुराकानी कार्यक्रममा पहिलो चोटि भाग लिएको तर यसले बालबालिकामा पठन संस्कारको विकास गर्ने, संयमित गराउने, मिहिनेती र अनुशासीत बनाउने भन्दै उक्त कार्यक्रम निकै उपयोगी भएको कुरा प्रमुख अतिथि डा शैलेन्दुप्रकाश नेपालले बताउनु भयो. । उहाँले कसले छरो हिमालमा यति धेरै हिउँ भन्ने एउटा बाल कविता पनि सुनाउनु भयो ।   उहाँको कविता सुनेपछि सबैले तालीले स्वागत गरे । विद्यार्थीले साहित्य सिर्जना कसरी गर्ने र कस्ता पुस्तक पढ्ने सम्बन्धमा वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठले बताउनु भएको थियो ।
करिब दुई घण्टा चलेको उक्त कार्यक्रमको निर्णयकका रुपमा कवि देवु लुइँटेल र गुमानसिं तामाङ रहनु भएको थियो । कार्यक्रममा ममता खरेल प्रथम, इरा श्रेष्ठ दोस्रो, आयुषा विष्ट तेस्रो र इसिका केसी र मञ्जिल परियारले प्रोत्साह पुरस्कार प्राप्त गर्न सफल भएका थिए । पुस्तक कुराकानीमा डा. नेपाल लिखित बालकविता संग्रह 'जूनलाई चुम्ने इच्छा' र जलेश्वरी श्रेष्ठ लिखित 'पिंकी र पुतलीहरु र अरु बालकथा' नामक २ वटा कृतिहरुका वारेमा पनि बालबालिकाहरुले लेखककै उपस्थितिमा सुन्दर समीक्षा प्रस्तुत गरेका थिए । पुरस्कृत विद्यार्थीलाई डा. शैलेन्दुप्रकाश नेपालले बालसाहित्य पुस्तक सेट प्रदान गरी पुरस्कृत गर्नुभएको थियो ।

No comments:

Post a Comment