Thursday, August 27, 2020

राष्ट्रिय बालदिवसका अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता

 काठमाडौ, भदौ ११

राष्ट्रकवि माधव घिमिरेज्यूमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय बालदिवस २०७७ का अवसरमा कार्तिकेय ट्रस्ट नेपालले अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको ट्रस्टका अध्यक्ष मोहन कार्कीले प्रेस विज्ञप्ती मार्फत् जानकारी गराउनु भएको छ । हाम्रा ‘राष्ट्रकवि माधव घिमिरे’ विषयक यस प्रतियोगितामा भाग लिन ९ देखि १८ वर्षसम्मका बालबालिबालिकाहरुले आफ्नो वक्तृताको ५ मिनेट लामो भिडियो बनाएर इमेल पठाउनु पर्नेछ । 

नेपाली भाषामा तयार गरिएको भिडियोमा राष्ट्र, राष्ट्रियताको सवालमा नकारात्मक भाव हुनु नहुने र व्यक्तिगत रुपमा नकारात्मक टिप्पणी गर्न नपाइने आयोजक संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो । देशभरिबाट प्राप्त भएका बालबालिकाका भिडियो मध्ये प्रतियोगीको उमेर र शैक्षिक तह अनुसारको मौलिक भाषा, तर्कपूर्ण शैली र प्रभावकारी वक्तृतालाई प्राथमिकतामा राखी मूल्यांकन गरिने विज्ञप्तीमा भनिएको छ ।

भदौ २५ गतेभित्र कार्तिकेय ट्रस्टको इमेल  kartikeyatrust1999@gmail.com मा भिडियो पठाइसक्नुपर्ने यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो पुरस्कार स्वरुप क्रमश  ५ हजार नगद र १ हजार ९ सय मूल्यका बालपुस्तकहरु गरी जम्मा रु. ६९००, ३ हजार नगद र १ हजार ३ सय मूल्यका बालपुस्तकहरु गरी जम्मा रु. ४३०० र २ हजार नगद र १ हजार ३ सय मूल्यका बालपुस्तकहरु गरी जम्मा रु. ३३०० प्रदान गरिने बताइएको छ । 

पुरस्कृत प्रतिभाहरुको प्रस्तुति र पुरस्कार वितरण जुमबाट गरिने यस कार्यक्रमको मिडिया पार्टनर केटाकेटी अनलाइन युट्युब च्यानल (डिजिटल बालपत्रिका) र बालसाहित्य प्रतिष्ठान नेपाल रहेका छन् ।

अध्यक्ष मोहन कार्की

No comments:

Post a Comment