Wednesday, February 17, 2010

वरिष्ठ लेखिका गीता केशरी

गीता केशरी वि.सं.१९९७ असार २७ गते पकनाजोल, नयाँ बजार काठमाडौंमा जन्मनु भएको हो । उहाँ नेपाली साहित्यको वरिष्ठ लेखिका हुनुहुन्छ । उहाँको दशवटा उपन्यास र तीनवटा कथा-सङ्ग्रह गरी १३ वटा कृतिहरु प्रकाशित भएका छन् ।
नेपाली साहित्यको इतिहासमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम महिला सदस्यसचिव बन्न सफल हुनुभएकी केशरीले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत नौवटा विशिष्ट पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ । उहाँ बालसाहित्य प्रतिष्ठान नेपाल, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष र www.ketaketi.org (पहिलो नेपाली अनलाइन बालपत्रिका) को वरिष्ठ सल्लाहकार हुनुहुन्छ । उहाँ अहिले सार्क राइर्टस फाउन्डेसन नेपालको नेपाल च्याप्टरको सह-अध्यक्षका रुपमा नेपाली साहित्यलाइ विश्वभरि फैलाउने उद्देश्यमा क्रियाशील हुनुहुन्छ ।
लहर नाम गरेको कृति वरिष्ठ लेखिका केशरीको पछिल्लो कृति हो । यस कृति वि.सं.२०६५ मा प्रकाशित भएको हो । यसलाई पन्त स्मृति प्रतिष्ठानले प्रकाशित गरेको हो । उहाँको अगुवाइमा स्थापित यो प्रतिष्ठानले हरेक वर्ष लेखक, कलाकार र बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
वरिष्ठ लेखिका केशरीको लहर कथाकृतिमा उहाँका १७ वटा रमाइला कथाहरु रहेका छन् । यस कृतिमा रहेका माया र शान्ति, सम्झनाको चिनो, जिज्ञासा र सुरक्षा शीर्षकका चारवटा कथाहरुमा लेखिकाले बालमनोविज्ञानको पक्षलाई सुन्दर र सशक्त ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

Saturday, January 23, 2010

बालउपन्यास विमोचन र बालकथावाचन कार्यक्रम सम्पन्न


गत वर्ष मदन पुरस्कार विजयी वरिष्ठ साहित्यकार युवराज नयाँघरेले सरोज शाही लिखित बालउपन्यास शिशिर र रुद्राक्षको विमोचन गर्नुभयो । समारोहमा बैद्यराज सुवर्ण वैद्य, डा. घनश्याम खतिवडा, महेश पौड्याल प्रारम्भ, गोपाल पराजुली, दुर्गा शाही र प्रमोद प्रधानले पुस्तकको वारेमा बोल्नुभएको थियो ।
          साथै सोही समारोहमा बालकथावाचन कार्यक्रम पनि सम्पन्न भएको थियो । काठमाडौंका विभिन्न विद्यालयका सयजना बालबालिकाहरू सहभागी भएको यस कार्यक्रममा बालबालिकाहरु र बालसाहित्यकारहरुले कथावाचन गरेका थिए । कार्यक्रममा बालप्रतिभा सुनिल दाहाल र बालसाहित्य लेखकहरु ऋसभदेव खनाल, कार्तिकेय घिमिरे र महेश पौड्याल प्रारम्भले कथावाचन गरेका थिए । त्यस्तै समारोहमा साहित्यकारहरु प्रभा भट्टराइ र सरिता थापाले गीति कवितावाचन गरेका थिए । समारोहमा यस वर्ष कोषबाट सम्मानित प्रतिभाशाली बालगायक राहुल भुजेलले आफ्नो नयाँ एल्बमको दुइवटा गीत गाएर गायन प्रतिभा प्रस्तुत गरेका थिए ।
      कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले आयोजना गरेको यस कार्यक्रम कोषका संस्थापक सदस्य वरिष्ठ शिक्षाविद दयाराम थापाको सभापतित्वमा भएको थियो । साथै समारोहमा बालक्लबको गतिविधिको फोटो प्रदर्शनी र प्रयोग भएका बालखेलौनाहरुको प्रदर्शनी र बिक्री गरी बालक्लबको कोष बृद्धि च्यारिटी कार्यक्रम पनि गरिएको थियो ।

Tuesday, January 19, 2010

युवराज नयाँघरेको रमाइलो बाल्यकाल Childhood days memory of writer Yuvaraj Nayaghare

युवराज नयाँघरे वरिष्ठ साहित्यकार हुन् । यिनले भर्खरै वर्ष २०६५ का लागि मदन पुरस्कार पाएका छन् । यो पुरस्कार नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार हो ।
वि.सं. २०२६ सालमा इलाममा जन्मिएका नयाँघरे निकै राम्रा निवन्ध र यात्रा संस्मरणहरु लेख्छन् । उनका निबन्धका ६ वटा र यात्रा संस्मरणको एउटा गरी ७ वटा कृतिहरु प्रकाशित छन् ।
नयाँघरे नेपाली निवन्धलाई सरल, रसिलो र पढ्दा मज्जा आउँने गरी लेखेर पाठकमाझ आकर्षण बढाउँन सफल लोकप्रिय लेखक हुन् । उनको पछिल्लो निवन्ध कृति 'एक हातको ताली' बाट उनले मदन पुरस्कार पाएका हुन् । यो पुरस्कार बाहेक उनले राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कार, अर्न्तर्राट्रिय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कार (अमेरिका), शंकर लामिछाने युवा निवन्ध पुरस्कार, भूपालमान कार्की युवा साहित्य पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानहरु पाएका छन् । उनको निवन्ध त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा पढाइ हुँदै आएको छ ।  
       अमेरिका, जापान, सिंगापुर, भारत, भूटान र नेपालका ६० जिल्लाको भ्रमण गरेका वरिष्ठ लेखक नयाँघरेको बाल्यकालको सम्झनालाई यस अंकमा प्रस्तुत गरेका छौं । उनी आफ्नो सम्झना सुनाउँदै भन्छन्

बाल्यकालदेखि नै उत्सुक मानिस हुँ म ।
मलाई केटाकेटीदेखि नै सबै प्राणी र जीवजन्तुको गतिविधिले आकर्षित गर्थ्र्यो । रुखहरु कसरी हल्लन्छन्, पानीमुनिका लेउ कसरी बाँच्छन्, पखेटाबिनै भ्यागुता पानीमा कसरी दगुर्छन् जस्ता कुराले मेरो मनमा प्रश्न उब्जाइरहन्थे ।
वि.सं. २०२६ सालमा इलाममा मेरो जन्म भएपनि बाल्यकाल धेरै ठाउँमा बित्यो । झापा, मोरङ र भारतका केही ठाउँमा मैले बाल्यकाल बिताएँ । यसैले मेरा स्थायी साथीहरु भएनन् । म बिरामी धेरै हुने हुनाले धेरै ठाउँमा राखी मलाई हुर्काइयो ।
म अलिक एकान्तप्रेमी थिएँ । होहल्लामा पटक्कै बस्न, लेख्न सक्दिन ।
सानोमा मेरो स्मरण शक्ति एकदम तीब्र थियो । भूगोल, इतिहास, साहित्य र पत्रपत्रिका प्रति मेरो विशेष रुचि थियो । सामान्यज्ञानमा भएका साहित्य वारेका जानकारीहरु र भूगोल खण्ड खूब मनपर्थ्र्यो मलाई ।
संसारका सबै देशका राजधानी र सरकार प्रमुखहरुको नाम कन्ठै पार्थें । सामान्यज्ञानमा पढिएका नामहरु अहिले पनि मेरो मनमा छँदै छन् ।

मेरा साथी पुस्तक थिए ।
म अलिक ठूलो भएपछि ठूला दाइ र दिदीका किताब पढ्न थालें । नबुझे पनि पत्रिकाका सबै समाचार पढ्थें म ।
खास गरी गोठाला जाँदा म भैसीमाथि चढेर पुस्तक पढेरै दिन बिताउँथें । भैसीमै चढी पुस्तक पढ्दै निदाउँथें, ब्यूझन्थें ।
म अलिक लाज मान्ने खालको मानिस हुँ । अहिले पनि म अरुसँग खुलेर कुरा गर्दिन ।
म सानो छँदा, गाउँमा कोही नयाँ दुलही आए भने मलाई अति लाज लाग्थ्यो । एकपटक साह्रै तिर्खा लागेर भूजेलका घरमा पानी खान गएँ । घर बाहिरकी बूढीले भनिन्- दुलही, पानी ल्याइदे बाहुन नानीलाई !
नभन्दै भर्खरै विवाह भएर आएकी नौली दुलही देखेर म टाप ठोकें । मलाई नयाँ दुलही देखेर अति नै लाज लाग्थ्यो ।
म यात्राको सौखीन हुँ ।
कतिपटक घरबाट स्कुल हिडेको मान्छे- अन्तै डुलेर तीन चार दिनमा घर आएको छु । त्यति बेला मलाई घरकाले गाली हैन, नयाँ ठाउँको वारेमा भन्न लगाउँथे ।
मलाई नाच्न, गाउँन कहिल्यै आएन । केटाकेटीमा मैले यतातिर उत्तिको ध्यान दिइन ।
मलाई पुस्तक साह्रै मनपर्थे । म एक रातमा सिंगै पुस्तक पढिसक्थें । हिन्दीमा लेखिएका वार एण्ड पिस, महाभारत, प्रेमचन्द र रवीन्द्रनाथ टैंगोरका गीतान्जली मैले एक-एक रातमै पढी सकेको हुँ । परीक्षाको अघिल्लो दिन पनि साहित्यका पुस्तक पढ्थें म । यसले गर्दा धेरै पटक मेरो पढाइ कमजोर भएको छ ।
त्यो बेला मेरो गाउँमा मट्टितेलको दुःख थियो । त्यसैले राती अबेरसम्म बत्ती बाल्न पाइन्नथ्यो । त्यसैले गृहकार्य दिउँसै र स्कुलमै गर्थें म । अनि पुस्तक पसलबाट भाडामा ल्याएका किताबहरु म रात-रातभर सिरकले बत्ती छोपेर अरुले थाहा नपाउँने गरी पढ्थें । अर्को दिन किताब नबुझाए जरिबाना तिर्नुपर्दथ्यो । त्यो बेला घरबाट दिने साताको एक सुका पैसा मैले यसरी नै किताब पढेर सक्थें । दाजु र साथीहरु त्यो पैसा खैनी खाएर सिध्याउँथे । विद्या पुस्तक पसल मोरङबाट किताब लगेर पढ्थें म ।
संसारका उत्कृष्ट साहित्यका पुस्तकहरु मैले त्यतिखेरै पढें । लेखनाथ, देवकोटा, रवीन्द्रनाथ, अन्तोन चेखब, शेक्सपियर र टाल्सटायका नेपाली र हिन्दीमा लेखिएका पुस्तकले मलाई नयाँ बाटो देखायो र आज लेखक बनायो ।
म सानोमा लाज मान्ने र डराउँनेखालको मान्छे थिएँ ।
एकपटक झापा अनारमनि महेन्द्र रत्न माविमा कविता सुनाउँन नाम लेखाएँ । तर वाचन गर्न डर लाग्यो । मेरो कविता अरुले नै सुनाए । मैले रुखमा चढेर आफ्नो कविता अरुको मुखबाट सुनें । म आफै सुनाउँन डराउँथें । धेरै पटक कविता सुनाउँन नाम लेखाएँ तर सुनाउँन गइन । तर सँधै रुख चढेर सुन्थें आफ्नो कविता ।
हरेक शुक्रवार साहित्यिक कार्यक्रम हुन्थ्यो । एकपटक आफ्नो कविता सुनिसकेपछि रुखबाट ओर्लदै थिएँ- हेड सर दाताराम शर्माले मलाई च्याप्प समात्नु भयो । र, खारेर सोध्नुभयो । मैले सबै कुरा बताइदिएँ ।
त्यो दिनदेखि मन्चमा गएर कविता सुनाउँन अलिअलि आँट गर्न थालें । म भावुक र कल्पनामा हराउँने मान्छे हुँ । बाल्यकालमा म गाउँगाउँ डुल्थें । बिहानै देखि हिडेको मान्छे बेलुकामात्र घर र्फकन्थें ।
म घरमा बाठो छोराको रुपमा गनिन्थे । मेरा एक भाइ र दुइ दाइहरु छन् । त्यस्तै एक दिदी र दुइ बहिनीहरु छन् । म कृषकको छोरा हुँ । मेरा परिवारमा कला, साहित्यमा अरु कोही लागेका छैनन् ।
म जतिखेरै पुस्तकमै रमाउँने हुनाले मेरी आमाले मलाई किताबको गोठालो भएर खान्छस् कि क्या हो भन्नु हुन्थ्यो । र, उहाँ मायाले सुमसुम्यायर हाँस्दै भन्नुहुन्थ्यो- मेरो छोरो अक्षरको गोठालो हो । र, आज वास्तवमा म ज्ञान र पुस्तककै गोठालो भएँ ।
म लेखेरै जापान, सिंगापुर र अमेरिका पनि पुगें । लेखक भएरै बाँच्नलाई अमेरिकाबाट पनि फर्केर आएँ । त्यसैले म साँच्चिकै अक्षरको गोठालो हुँ कि क्या हो, मेरी आमाको प्यारो अक्षरको गोठालो ।
Photo: Nav Raj Wagle 

Wednesday, January 13, 2010

साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि Child Story of Kartikeya Ghimire


आमा ! आमा !! आमा !!!
प्रथा चिच्याउँदै आमा छेउमा आइपुगिन् । उनले खुसी हुँदै आमालाई आफ्नो जाँचको मार्कसिट देखाउँदै भनिन् - थाहा छ नि आमा, यसपालि त म पूरै कक्षामा फस्ट भए नि !
छोरीको यति राम्रो कुरा सुनेर आमाले उनलाई नजिक डाकेर गम्लङ् अंगालो मार्नु भयो । प्रथाले खुसी हुँदै आमाको गालामा चप्प म्वाईं खाइन् ।
फेरि आमा पहिला जस्तै गरी बैठक कोठाको कुनामा बसेर पुराना लुगा पट्याउँदै बोरामा हाल्न थाल्नु भयो ।
होइन आमा यो के गर्न लाग्नु भएको ? पुराना लुगा बेचेर चटपटे खाने हो कि क्या हो ? - प्रथाले आमालाई जिस्काउँदै मस्किदै भनिन् ।
खै छोड, आफू त पुराना लुगा लगेर पानी पुरी खाइन्छ - आमाले पनि मुसुक्क हाँस्दै भन्नुभयो ।
एकछिन पछि आमा छोरी दुबै एक अर्कालाई हेरेर गलल्ल हाँसे ।
त्यसपछि प्रथा आमाको नजिकै आएर बसिन् । आमाले कराउँदै भन्नु भयो - नानी, तिमी उता जाऊ । यो लुगाको धूलोले रुघा लाग्छ । मैले यो थन्क्याएपछि सँगै बसूँला ।
यति भनेर आमा फतफताउँदै कराउँनु भयो - होइन यी मेरा दुइजना छोराछोरीका पनि कति धेरै लुगा हो । दुइ बोरा पो भयो ।
आमा खुइया गर्दै उठ्नु भयो र अलि परका तीन चारवटा लुगा टिप्न थाल्नु भयो ।
प्रथालाई टाढा बसेर आमाको गन्थन सुन्दा-सुन्दा दिक्क लाग्यो । उनले टेलिभिजन छेउमै रहेको रेडियो खोलिन् । रेडियोमा मै छोरी सुन्दरी कसरी भरुँ पानी बोलको गीत बजिरहेको थियो । प्रथा कम्मर मर्काइ-मर्काइ नाच्न थालिन् । आमा छोरीको ढङ्ग नमिलेको नाच हेरेर मरी-मरी खितित्त हाँस्न थाल्नु भयो ।
होइन हो मेरी पुतलीलाई पनि के सुर चढ्छ हँ - खै बाटो छोड त नानी, म तलको स्टोर कोठामा यो पुरानो लुगाको बोरा थन्क्याएर आउँछु ।
आमा एउटा बोरा बोकेर कोठाबाट बाहिर निस्कनुभयो । प्रथा गीतको तालमा रमाइरहिन् । अचानक गीत बन्द भयो र समाचारको टङ् टङ् धून आयो । एकछिनपछि रेडियोमा समाचार सुरु भयो । प्रथाले त्यति वास्ता नगरी समाचार अलिअलि सुनिरहेकी हुन्छिन् । तर अचानक आफ्नो घर छेउको चौरको नाम आएर त्यहाँ एउटी सातवर्षीय बालिका जाडोमा न्यानो लुगा लगाउँन नपाएर मरिन् भन्ने समाचार सुनेपछि उनी झसङ्ग हुन्छिन् । त्यसपछि उनले निकै ध्यान दिएर त्यो पूरै समाचार सुन्छिन् ।
समाचार सकिएपछि प्रथा थचक्क सोफामा बस्छिन् । उनको मनमा ओहो ! न्यानो लुगा लगाउँन नपाएर सानी बहिनी मरिन् भन्ने कुरा खेलिरहन्छ ।

आमा अझै फर्कनुभएको छैन ।
प्रथा आमाले पुरानो भनेर फाल्नलाई थुपार्नु भएको एक बोरा लुगा हेरेर आफू आफैसँग बोल्छिन् - मेरो घरमा यति धेरै बाक्लो लुगा छ । तर त्यो बहिनीसँग एउटा पनि बाक्लो लुगा नभएर ऊ मरी त ? - यति भन्नासाथ प्रथा गम्भीर हुन्छिन् । उनी हतार-हतार बोराभित्र हात छिराएर बाक्ला, मोटा र न्याना लुगाहरु निकाल्न थाल्छिन् । उनी तीनचार थरी मोटा लुगा सुइटर, ज्याकेट एकातिर थुपारेर त्यही भूँइमा थचक्क बस्छिन् । अनि उनी एक्लै कराउँदै भन्छिन् - होइन, यस्तो किन भएको हो - म पनि केटी । ती बहिनी पनि केटी । मसँग लुगा फालाफाल छ । तर ती बहिनीसँग एक जोर पनि छैन ।

यस्तो किन भयो ? - अचानक प्रथा जोडले चिच्याउँदै कराइन् । आमा, दौडदै कोठाभित्र छिर्नु भयो । उहाँले अचम्म मानेर प्रथालाई हेर्नु भयो । फेरि उहाँको ध्यान पुराना लुगातिर गयो । आफूले मिलाएर बोरामा हालेको लुगा छोरीले निकालेकी देखेर उहाँले रिसाउँदै भन्नुभयो - होइन, नानी तँ किन मात्तिएकी ? यो लुगा किन निकालेकी हँ ?

प्रथा आमाको कुरा सुनेको नसुन्यै गर्छिन् । उनको आँखा अचानक बुवाले बिहान ल्याउँनुभएको नागरिक पत्रिकामा पर्छ । त्यो पत्रिकामा रेडियोमा समाचारमा भनिएको बहिनीको फोटो छापिएको हुन्छ । फोटोमा माघको जाडोमा च्यातिएको फ्रक र कट्टु गन्जी मात्र लगाएर कठांग्रीएर मरेकी सानी बहिनीको फोटो हुन्छ । त्यो देखेर प्रथा एकदमै ब्याकुल हुन्छिन् । समाचारको अन्तिम लाइनले उनको मन एकदमै छटपटाउँछ । त्यो अन्तिम लाइनमा ती सानी बहिनी विद्यालय पोशाक नभएर स्कुल नगएकी, उसकी आमा बिरामी भएर तीनदिनदेखि भोकै र छिमेकी महिलाले काममात्र लगाएर आमा बिरामी भएपछि खान नदिएको भन्ने कुराहरु हुन्छन् ।

त्यो समाचार पढेपछि प्रथा झन दुःखी हुन्छिन् । उनको मन धरधरी रुन्छ । त्यही बेला आमाले ल छोरी हलुवा खाऊ भनेर हलुवा ल्याएर दिनुहुन्छ ।

प्रथा घरी हलुवालाई त घरी भूँइमा फिजाइएका पुराना कपडालाई हेर्न थाल्छिन् । एकछिनपछि खै के सोचेर हो प्रथा जुरुक्क उठि्छन् । उनी फेरि बोराबाट पुराना मोटा लुगा निकाल्न थाल्छिन् ।

आमालाई छोरीको यो चाला देखेर एकदमै रिस उठ्छ । उहाँले ए काली तैले मलाई हेपेकी भनेर दुइ झापड हिर्काउँनु हुन्छ ।

प्रथा आँखाभरि आँशु पारेर राता-राता आँखा पार्दै ठिङ्ग उभिन्छिन् । उनी जोडले चिच्याउँदै कराउँछिन् - हो, मैले तपाईंलाई हेपेकी हुँ । आज बिहान मेरै टोलकी एउटी बहिनी मोटो न्यानो लुगा लगाउँन नपाएर मरी । उसले तीनदिन देखि केही खान पाएकी थिइन । तपाईं किन यसरी पुराना लुगा घरमै सढाउँनु हुन्छ आमा ? किन आमा, किन तपाईं मेरै छोराछोरीले मात्र खाउँन्, मेरैले मात्र लाउँन् भनेर अरुलाई वास्ता गर्नुहुन्न ? अस्ति बिहान त्यो चिम्सी बहिनीकी आमाले खाना माग्दा तपाईंले किन दिनुभएन ? यति धेरै पुराना नाना उसकी छोरीलाई किन दिनुभएन ? समाचारको छिमेकी तपाईं नै हो आमा ?

आमाले ट्वाल्ल परेर हेरिरहिन् ।

प्रथाले झन जोडले घुक्क घुक्क रुँदै भनी - आमा, के गरीबहरु मान्छे होइनन् र ? (के गरिबहरु मान्छे होइनन् र ? उनी रेडियो भूइँमा फाल्दै कराइन् )

अनि प्रथा समाचार छापिएको पत्रिकालाई गम्लंग अंगालो मारेर ठिङ्ग उभिन् र आमातिर फर्किएर भनिन् - म आजदेखि एउटा बाचा गर्छु । त्यसपछि उनले आफ्नो खल्तीबाट पाँच रुपियाँको नोट निकालिन् र त्यो नोट समाचारमा छापिएको फोटोमाथि राखेर उनले भनिन् - साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि । म अबदेखि सँधै हरेक दिन आफ्नो खाजा खर्चबाट पाँच रुपियाँ जोगाएर तिमी जस्तै गरिब साथीहरुलाई सहयोग गर्नेछु ।
के तपाईं यसको लागि तयार हुनुहुन्छ ? - प्रथाले पत्रिका पढिरहेका साथीहरुलाई सोधिन् ।
त्यसपछि अचानक, प्लिज नाईं नभन्नुस है, बरु मसँगै उता हेर्नुस् भनेर उनी सडकतिर हेर्न लागिन् ।
सडकमा बिहान जाडोले कठाङ्ग्रीएर मरेकी बहिनीको लास बोकेर मानिसहरु रामराम सत्ते हो भन्दै हिडिरहेका थिए ।

Monday, January 11, 2010

वर्तमान सन्दर्भमा बालसाहित्य लेखकका चुनौती र समाज परिवर्तनको सवाल By Kartikeya Ghimire


अहिले विश्व विज्ञान र प्रविधिको तीब्रतर विकासँगै अगाडि बढिरहेको छ । विज्ञानका क्षेत्रमा भएका ठूला-ठूला आविष्कारहरुको चमचमाउँदो चमक र प्रविधिको उच्चतम् उपयोगले गर्दा आज मानव जातिले यसको भरपूर आनन्द लिइरहेको अवस्था छ । एकातिर मानिसका हरेक दैनन्दिन क्रियाकलापमा ठूलो परिवर्तन देखा परिरहेको छ भने अर्कोतिर मानिसको यस दिमाखी विजय, अर्थोपार्जन गर्ने रस्साकस्सी र शक्ति प्रदर्शनको प्रतिस्पर्धाको होडबाजीका कारणले प्रकृति नै संकटमा परेको छ । अर्थात् पृथ्वी, पानी, आकाश र हिमालमा नै यसको असरको संकेतका काला बादलहरु मडारिन थालिसकेका छन् । कार्बनको कहालिलाग्दो दुस्चक्रमा प्रकृतिको पद्घति नै डगमगाउँदो अवस्थामा पुग्ने संकेत देखिन थालेको छ । 

वास्तवमा यो समय हरेक प्राणीका लागि चुनौतीपूर्ण समय हो । यो बेला यो पृथ्वीमा आश्रित हरेक प्राणीको जीवन संघर्षमय अवस्थामा गुज्रिरहेको छ । वातावरणमा प्रतिकूल अवस्था सिर्जना गर्न उद्यत ठूला र धनी राष्ट्रहरुको कारण यो समस्या आगामी दिनमा अझ बढी घनीभूत हुँदै भयाबह बन्दै जाने खतरा छ ।

यसरी आफू र आफ्नो लागि मात्र चिन्ता गर्नुपर्ने समूहभन्दा अलिकति माथि रही एउटा सर्जक भएर आफ्नो रचनामार्फत् असंख्य जनतामा चेतना, मनोरन्जन र सन्देश फैलाउँने दायित्व बोकेको लेखकका लागि यस यस अवस्थामा निकै चुनौतीहरु छन् । त्यसमा पनि भर्खरै समाज र विश्वलाई बुझ्दै गरेका अनि आफूलाई पनि चिन्दै र चिनाउँदै गरेका साना बालबालिकाहरुका लागि बालसाहित्य लेख्ने लेखकका लागि भने यो समयको लेखन अझ बढी सशक्त चुनौतीपूर्ण छ । किनकि ठूला पाठक त आफूले पढ्ने कुरा फिल्टर गरेर लिनसक्ने सामर्थ्य राख्छन् । उनीहरुले थुप्रै आरोह अवरोहहरुलाई भोगिसकेका हुन्छन् । अनुभव पनि उनीहरुको ठूलो अस्त्र हुन्छ । तर बालबालिकाहरुको हकमा यो पृथ्वीका हरेक काम कुरा नयाँ हुन्छन् । अर्थात् उनीहरु जीवनको प्रारम्भमा हुन्छन् । भर्खरै-भर्खरै भोगिरहेका हुन्छन् यी भीडका मानिसहरुलाई, अनि अनि छातीमै कुल्चिएर अघि बढ्ने यी विकास र परिवर्तनका तीब्रताहरुलाई पनि ।

हो, यहाँनिर प्रश्न उठ्नसक्छ । आज बढ्दै गएको अशान्ति र अनेकखालका उताचढावका बीचबाट एउटा सौहार्दपूर्ण बालापन हामीले हाम्रा बालबालिकाहरुलाई कसरी दिन सक्छौं ? कसरी दिने हामीले उनीहरुलाई सुन्दर बालापन ब्यतित गर्ने मौका ? प्रश्न यो जति सहज छ । त्यतिकै जटिल पनि छ । हरेक कुरामा बयस्कहरु हावि भएको हाम्रो समाजमा बालबालिकाका

इच्छा, आकांक्षा र कामनाहरु पनि निरुत्तर हुने गरेका छन् । त्यसैले यो रिक्तता, यो शून्यता र यो जटिल जडतालाई चिर्दै अघि बढ्नका लागि बालबालिकाहरुले सँधै एउटा कुशल बालसाहित्य लेखकको छत्रछायाँ खोजिरहेका हुन्छन् । उनीहरुलाई कल्पनाको उडान गराउँने, सोच्ने शक्तिमा भरपूर विकास गराउँने र समाजको यथार्थसँग साक्षात्कार गराउँने जस्ता यी विविधखालका साहित्य उनीहरुका घरको ढोका-ढोकामै पुर्याइनुपर्छ ।

     आज हाम्रो देशमा कृति प्रकाशनको कोणबाट हेर्दा बालसाहित्यको स्थिति एकदमै राम्रो छ । गैर सरकारी संस्थाहरुले गाउँगाउँमा स्थापना गरेका पुस्तकालयमा किताबहरु किनेर पुर्याइरहेका छन् । त्यसैले यो बेला बालसाहित्यका पुस्तक प्रकाशनको बाढी आइरहेको छ । तर अधिकांश प्रबाशकले चिनेजानेका र नजिककाहरुको किताब छापेर बालसाहित्यमा लगानी बढाइरहेका छन् । एकदमै थोरै लेखकहरुमात्र यस क्षेत्रमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि टिकेका र भविष्यमा पनि यही क्षेत्रमा समर्पित हुन्छु भनेर लागेका देखिन्छन् । अहिलेका लेखकहरुको ठूलो हूल अहिले आएको चमकधमकलाई हेरेर यो मौसमको बाजा बजाएर थोरबहुत नाम र दाम कमाउँने ध्याउँन्नमा बालसाहित्य लेखक बन्न आतुर भएर यस क्षेत्रमा हाम्फालेका छन् ।

अतः धेरै भन्दा धेरै लेखक बालसाहित्यमा सहभागी भएको वि.सं.२०६६ को आजको मितिसम्मको यो सुखद सन्दर्भमा यो पुस्तक प्रकाशनको बाढीलाई नराम्रो भन्ने पक्षमा म छैन । किनकि जुन-जुन लेखकका कृतिहरु जो-जो प्रकाशकहरुले छापे ती सबैले लगानी उठ्ने वातावरण देखेर नै छापे । यसबाट लेखक र प्रकाशक दुबैलाई फाइदा भयो । फाइदा हुनु यो आफैमा सकारात्मक पक्ष हो । यसको हामीले स्वागत गर्नैपर्छ । किनकि ती पुस्तक गाउँगाउँका पुस्तकालयमा पुगेपछि ती क्षेत्रका बालबालिकाले पढ्नेछन् र तिनलाई पनि फाइदा पुग्नेछ । त्यसैले यो सबैको फाइदाको कुरा हुन पुगेको छ । जुन सँधै स्वागतयोग्य रहिरहने छ ।

तर यहाँनिर उठाउँन खोजिएको मुख्य विषय के हो भने पुस्तक प्रकाशनको सशक्त माहोल बन्दै गएको बालसाहित्य लेखकहरुका लागि वर्तमान सन्दर्भमा केही महत्वपूर्ण चुनौतीहरु छन् । तिनलाई सामना गर्न सक्ने दक्षता उनीहरुले हासिल गर्नसक्नुपर्छ । त्यसका लागि अब चुनौतीका पहाडहरुबारे नै बहस केन्द्रीत गरौं ।

पहिलो चुनौती बदलिदो विश्वको विषयगत विविधताको पक्ष हो । आज हरेक दिन, हरेक क्षण नयाँ-नयाँ क्षेत्रमा विकासहरु भइरहेका छन् । त्यसैले अब बालसाहित्य लेखकले परिवर्तनको त्यो तीब्र गतिलाई बुझ्न सक्नुपर्छ । ऊ परिवर्तन प्रति चनाखो हुनुपर्छ र उसले हरेक परिवर्तन र विकास जसले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्छन् त्यस्ता विषयको जानकारी राख्नुपर्छ । यो उसको लागि चानचुने चुनौती होइन ।

त्यस्तै अर्को महत्वपूर्ण चुनौती पाठकको विविधताको चुनौती हो । हामी माझमा एकातिर शहरका उच्चतम् प्रविधिमा रहमाइरहेका बालबालिकाहरु छन् । अर्कोतिर शहरमै पनि मूलतः सरकारी विद्यालयमा पढिरहेका प्रविधिको सुविधाबाट बन्चित बालबालिका छन् । र, अर्को थरी बालबलिकाहरु छन् ती भने भूगोलको विकटता, राज्यको बेवास्ता र गरिबी दुस्चक्र अनि हरेक कुराको अवसरबाट बिल्कुलै बन्चित छन् । आफूलाई बालसाहित्य लेखक हुँ भन्नेले यी सबैथरी बालबालिकाको निम्ति लेख्न सक्नुपर्छ । यो ठूलो चुनौतीपूर्ण कुरा हो । यसको सामना गर्नसक्ने सिप र धैर्य हाम्रा लेखकहरुमा हुनु जरुरी छ ।

हो, आज वास्तवमै विविध भूगोल, समाज र विविध सन्दर्भमा बाँचिरहेका बालबालिकाहरुबीचको भावनात्मक एकता कमजोर छ । यहाँ एकथरी बालबालिकहरु वर्षभरि घिउँ भातमा रमाउँछन् भने अर्कोथरि वर्षको तीन महिना चमलको भात खान पाउँन पनि पुकारा गरिरहेका छन् र झन अर्कोथरी त चामलको भात खान त के खाना खान नै छाक गन्नुपर्ने स्थितिमा छन् । खै हामी बालसाहित्य लेखकले लेख्न सकेको यो भावनात्मक दुरीलाई कम गर्दै यी सबैलाई जोड्नेखालको बालसाहित्य ? हामी आफूलाई बालसाहित्य लेखक हौं भन्नेहरुले । यो हाम्रा लागि अर्को ठूलो र अहम् चुनौती हो ।

अस्ति भर्खरको कुरा हो, मेरी छिमेकी दिदीले आफ्ना दुइजना छोराछोरीको पुराना लुगा भनेर तीन बोरा पोको पारेर मेरै अगाडि स्टोर कोठामा थन्क्याइन् । ती थन्किदै गरेका हरेक लुगा मैले हेरेको थिएँ । यहाँ जाडोमा आङ्ग ढाक्न नपाएर बालबालिकाहरु मरिरहेका छन् । अब ती लुगा मुसाले खाएर त्यतिकै सड्ने भए । किनकि ती दिदीलाई लुगा दिने संस्था खोजिरहने झन्झट गर्ने फुर्सद छैन । खै हामीले लेखेको बालसाहित्य पढेका ती नानीहरुले ममी हाम्रो नाना ती गरिब बालबालिकालाई दिनुपर्छ भनेर भन्न सकेको ?

  त्यसैले अब हामीलाई हिमाल, पहाड र तराईका बालबालिकालाई यस्तै मुद्दामा एकाकार बनाएर जोड्नेखालको बालसाहित्य चाहिएको छ । यहाँ जापानका बालबालिकाहरु आएर सहयोग गर्छन् तर हाम्रा आफ्नै बालबालिकाहरु संवेदनहीन भएर बसेका छन् । यो पक्षलाई भत्काउँन अब हामीले सामाजिक संवेगका बालसाहित्यहरुको बाढी ल्याउँनुपर्छ । आफ्नै समाजभित्रका हरेक बालबालिकाको संवेग पढ्न हामी बयस्क बालसाहित्य लेखकले त सकेका छैनौं भने कलिला बालसाथीहर्रुलई किन दोष दिने ?

 यहाँ आफूलाई बालसाहितयको विज्ञ हौं भन्नेहरु आज लेखकको हाँकका कुरा

 गर्छन् । तर उनीहरु छेपारो, बिरालो र खरायोको बालसाहित्य लेख्छन् र उच्चतम् प्रविधिमा रमाइरहेका सात प्रतिशत बालबालिकालाई मात्र समेटेर लेख्छन् । अरुको डलर खाएर जलवायु परिवर्तन र ल्यापटपका कुरा लेख्छन् ।

यस्तै एउटा लेखक म पनि हुँला, तपाईं पनि हुनुहोला, ऊ पनि होला र उनी पनि होलिन् । यस्तो अवस्थामा मैले लेखेको बालसाहित्यले मेरो समाज परिवर्तन गर्नसक्ने सामर्थ्य राख्छ, भोलि सुन्दर देश निर्माण गर्छ भनेर मैले कसरी विश्वास राख्ने ? भो म विश्वास गर्न सक्दिन । त्यसैले यो अविश्वासलाई जित्दै, अविश्वासको कालो बादल हटाउँनेखालको बालसाहित्य लेख्नु नै म, तपाईं,

तिमी, हजूर सबै बालसाहित्य लेखकहरुको आजको चुनौती हो । के तपाईं यसका लागि तयार हुनुहुन्छ ?

यदि तयार हुनुहुन्छ भने बालसाहित्य सम्मेलनको नारा जलवायु परिवर्तन र यसको असर होइन समाज परिवर्तनका लागि बालसाहित्य लेखक र बालबालिकाको भूमिका भन्ने मूल नारा लिएर अगाडि बढ्नुस् ।

त्यसैमा सक्रमणकालीन नेपालको कल्याण छ ।

जय बालसाहित्य ।

विजयी बालबालिका ।। 

Saturday, January 9, 2010

ड्राइभर अंकल आज किन रोए ? Children's Story of Kartikeya Ghimire


म आशा हुँ । म काठमाडौंकै एउटा विद्यालयमा कक्षा ४ मा पढ्छु । आज म फेरि तपाईलाई आफ्नो कुरा सुनाउन आएकी छु । यो हाम्रो पहिलो भेट हो ।
आज मैले सुनाउने कुरा दुइ दिन अगाडिको हो । जुन दिन मेरो फाइनल जाँच सकिएको थियो ।
त्यो बिहानको समय थियो । मौसम एकदमै शान्त थियो । निकै रमाइलो पनि थियो । जाँच सकिएकोले मेरो मन हलुका फुरुङ भएको थियो । हो, त्यही विहान मैले मेरो बाबाको गाडी हाँक्ने ड्राइभर अंकललाई आँगनको एउटा कुनामा टोलाएर रुँदै बसेको देखें । म उनको नजिक गएँ । मलाई देख्नासाथ उनी मुसक्क हाँसे । तर उनको अनुहार अझै चिन्तित नै थियो । त्यसपछि मैले सोधें- अंकल तपाईं आज किन रुनुभएको नि ?
मेरो प्रश्न सुनेर उनी एकछिन भूइँतिर हेरेर केही बोलेनन् । मैले फेरि सोधें- भन्नुस् न अंकल तपाईंलाईं आज के भयो, किन नबोल्नुभएको ? मैले यति धेरै कर गरेपछि उनी केही बोल्न खोजेका थिए । तर अचानक बाबाको आवाज आयो- ल राम दाइ, छिटो गाडी निकाल आज हामी धुलिखेलतिर जानुपर्ने भयो ।
गाडी घुइयाँ गर्दै घरबाट बाहिर निस्कियो । म ड्राइभर अंकललाई हेरेको हेर्यै भएँ । बाबाले 'बाई छोरी' भन्दा पो म त झसंङ् भएँ ।
बाबा जानुभएपछि मलाई झन छटपटि भयो । ड्राइभर अंकल आज किन रोए भन्ने कुरा जान्न मलाईं निकै मन लाग्यो । म दौडदै छत मास्तिर कुँदें । छतमा मामु कर्लेस फोनमा गफ मार्न मस्त हुनुहुन्थ्यो । पन्द्र मिनेट कुर्दा पनि मामुको गफ सकिएन । म दिक्क लागेर फेरि तलतिर बैठक कोठामा आएर बसें । मेरो बैठक कोठाबाट अलि पर थुप्रै झुपडीहरु भएको बस्ती देखिन्थ्यो । मैले झ्याल छेउमै गएर एकछिन खोला छेउमा लस्करै बनाएका ती घरहरु हेरें । मलाई आज किनकिन ती घरहरु भएको ठाउँमा जान मन लाग्यो । म कसलाई साथी लिएर जाऊ भनेर एकछिन घोत्लिएँ । फेरि बाबाले भन्नु भएको सम्झें- 'मेरी छोरी ९ वर्षी भइसकी अब उसले सानो-सानो काम आफै गर्नुपर्छ नि ।'
मलाई बाबाको त्यो विचार ठीक लाग्यो । त्यसपछि मैले त्यो बस्तीमा एक्लै जाने विचार गरें । त्यहाँ जाने भन्नासाथ मैले सम्भिए अंकलको घर पनि त्यही त हो नि ! 'अब म त्यही अंकलको घर खोज्दै त्यहाँ जानें ।'- मैले मनमनै योजना बनाएँ । त्यसपछि म फटाफट घरबाट बाहिर निस्किएँ । मामुले देखेर घर र्फकनु पर्ला कि भन्ने मलाई ठूलो डर थियो । तर अहँ मलाई घरका कसैल देखेेनन् । म बिस्तारै दौडदै एउटा भत्केको पुल छेउमा पुगें । बागमतीको ढल ठस्स गन्हाएको थियो । म नाक थुन्दै फेरि दौडिएर झुप्रा घरहरु भएको त्यो गाउँ बस्तीभित्र छिरें । एउटा सानो गल्लीको बाटो हुँदै म हिडिरहेकी थिएँ । त्यो बाटो अलि-अलि अँध्यारो थियो । थुप्रै घरमा राता र सेता सुङ्गुरहरु पालेका थिए । मैले अलि पर एउटा कुनामा चारजना केटाहरुले गुच्चा खेलिरहेको देखें । उनीहरुले एकदमै फोहोर लुगा लगाएका थिए । म उनीहरुको छेउमा पुगेपछि उनीहरु गुच्चा त्यही छोडेर घरतिर भागे । म छक्क परें । त्यही छेउमा एउटी बूढी आमै सुतिरहेकी थिइन् । उनी सुतेको घरमाथि प्लास्टिकको छानो थियो । वरिपरि बार थिएन खुल्ला थियो । मैले उनलाई 'नमस्ते' भनें । ती आमै केही बोलिनन् । मैले फेरि अलि ठूलो स्वरमा रामहरि ड्राइभर बस्ने ठाउँ थाहा छ भनेर सोधें । उनले औलाले इसारा गरेर चार घर पर रहेको एउटा टिनले छाएको माटाको घरमा देखाइन् । म हतार-हतार त्यो घरतिर लम्किएँ ।
घर अगाडि पुगेपछि मैले ध्यान दिएर त्यो घरलाई हेरें । घर एकदमै पुरानो थियो । वरिपरि भित्ताहरु चर्केर भत्किन लागेका थिए । उत्तरतिरको भित्ता त खसिसकेको थियो । छाना पनि आधा मात्र थियो आधा भागमा प्लाष्टिक लगाइएको थियो । मैले ढकढक गरेर ढोका ढकढक्याए र अलिकति ठेलें । मैले ठेल्नासाथ ढोका गर्ल्याम्म ढल्यो । म डरले थुरथुर भएँ भित्रबाट एउटी आइमाइ मान्छे 'कोहो' भनेर कराउँदै आइन् । मलाई देखेपछि उनी चुप लागिन् । अचम्म मानेर मलाई हेर्न थालिन् । मैले मलाई चिन्नुहुन्छ भनेर सोधें । उनले टाउको हल्लाएर चिन्छु भनिन् । उनले हतार-हतार एउटा गुन्द्री ल्याएर ओछ्याइन् । मलाई त्यही बस्न आग्रह गरिन् । म त्यहाँ बस्न सकिन । मलाई त ड्राइभर अंकल रुनुको रहस्य थाहा पाउँनु थियो । मैले कुरा खोतल्ने विचारले सोधें- यहाँ तपाईं र ड्राइभर अंकलमात्र बस्ने हो - मेरो बोली सुनेर भित्रबाट एउटी मेरी बहिनी उमेरकी फुच्ची म पनि यही बस्ने हो भन्दै आइन् । मैले ती बहिनीको अनुहारमा हेरें । उनको आँखाभरि आँसु सुकेको दाग थियो । मैले नानुलाई आफू छेउमा डाकेर माया गर्दै सोधें- नानु रोएकी हो, किन रोएकी मेरी प्यारी बहिनी ? मैले यति भन्नासाथ त्यो बच्चीले आँखाभरि आासु पार्दै मलाई हेरी । उसले मेरो हात च्याप्प समाती । ऊ घुक्क-घुक्क रुन थालि । उसले केही डराए जस्तै गरी 'दिदी आमा' भनेर चोर औलाले आमा भएतिर देखाइ । मैले ड्राइभरनी अन्टीलाई पुलुक्क हेरें । उनी पनि रोइरहेकी थिइन् । मैले फेरि बच्चीलाई हेर्न थालें । ऊ अहिले मेरो काखमा बसेकी थिई । ऊ मलाई केही भन्न खोज्दै थिई । घरि-घरि ऊ कहिले आमालाई र कहिले मलाई हर्ेर्ने गर्थी । उसको आँखाबाट आँसु भने बगिरहेको थियो । मैले बिस्तारै उसको टाउको मुसार्दै सोधें- भन, बहिनी तिमीलाई के भयो ?
मैले यति भन्नासाथ बच्चीले फेरि मेरो हात च्याप्प समाती । ऊ जुरुक्क उठेर मेरो पछाडि गएर उभिई । उसले हिक्क-हिक्क आवाज निकाल्दै भनी- दिदी, म पढ्न जानें । म ... ।
विचरी उसले यति मात्र भन्न भ्याएकी थिई । उसकी आमा दौडेर आइन् । उनले उसलाई समातेर दुइ झापड हानिन् । बच्ची दिदी, दिदी भन्दै पिटाइबाट बच्न मेरो खुट्टामा समातेर रुन थाली । त्यसपछि मलाई खपिनसक्नु भयो । म पनि बाबा भनेर रुन थालें । म रोएपछि ड्राइभरनी अन्टी डराइन् । उनी चुप लागिन् । मैले त्यो बच्चीलाई च्याप्प समातेर आफ्नो अंगालोमा कसें । ऊ अभ पनि घुक्क-घुक्क रुदै थिइ ।
हो, ठीक त्यतिबेला मैले आफ्नो खुत्रक्के सम्झें । त्यो भित्र भएको भरि पैसालाई पनि सम्झें । त्यसपछि मैले आँट गरेर भनें- बहिनी अब तिमी भोलि देखि दिदीसँगै स्कुल पढ्न जाने है ।
मेरो कुरा सुनेर बहिनी बिस्तारै मुसुक्क हाँसी । मैले उसका नरम-नरम राम्रा गालामा म्वाईं खाँदै भनें- आज तिमी म सँग मेरो घरमा जाने है !
घडीको सुइ धेरै घुमिसकेको थियो । घाम बिस्तारै-बिस्तारै अस्ताउँन थालेको थियो । म बहिनीलाई लिएर हतार-हतार घर गएँ । घर पुगेपछि मामुले मलाई गम्लङ् अंगालो मार्नु भयो । मैले सबै कुरा मामुलाई भनें । मैले खुत्रुकेमा जम्मा गरेको पैसाको धक्कु लगाएपछि बल्ल मामुले हाँस्दै मेरो कुरा टेर्नु भयो ।
अहिले बेलुकाको ठीक सात बजेको छ । बाबाको गाडी ढुइया आएर आँगनमा रोकियो । म बहिनीलाई लिएर हतार-हतार आँगनमा आइपुगें । बाबाले छक्क परेर बहिनीलाई हेर्नु भयो । उहाँले अलि रिसाउँदै भन्नुभयो- को हो छोरी यो नानू ? जसलाई पायो त्यसलाई घर ल्याउँनुहुन्न ।
म पनि के कम मैले पनि कडि्कदै भनें- बाबा, यो ड्राइभर अंकलको खुसी हो । तपाईंले पढ्न पैसा नदिए के, म उसलाई मेरो खुत्रुकेको पैसाले पढाउँछु ।
मैले यति भन्नासाथ ड्राइभर अंकल त गाडी पुस्नै छोडेर दौडेर आइपुगे । बहिनी दौडदै गएर अंकलको अंगालोमा बाँधिन पुगी । बाबाले एकछिन मलाई हेर्नु भयो र एकपल्ट हाँसिरहेका ड्राइभर अंकललाई । त्यसपछि उहाँले घरका सबैलाई आँगनमा डाक्दै भन्नुभयो- ल सुन घरका सबैजना आजबाट यो बच्चीलाई पढ्ने खर्च सबै मेरी छोरीले दिन्छिन् रे हा हा हा ।
बाबाले यसी जिस्काएको मलाई मन परेन । मैले आँखाभरि आँसु पार्दै आँखा रातो पादैं भनें- हो, म दिन्छु । बाबाले मलाई दिने दिनको पचास रुपियाँट बीस रुपिया यो बहिनीलाई दिन्छु । मेरो खुत्रुकेमा भएको सबै पैसा यसको भर्ना गर्न र ड्रेस किन्न दिन्छु ।
म यति भनेर घुक्क-घुक्क रुँदै मामुको अंगालोमा गएर रुन थालें ।
बाबाको मन न हो म रोएको देखेपछि के अडिन सक्थ्यो र । उहाँ त्यो खुसी बहिनी बोकेर मेरो छेउमा आउनु भयो । उहाँले मेरो छेउमा बहिनीलाई राखेर भन्नुभयो- ल ठीक छ छोरी, मलाई तिम्रो इच्छा शक्ति राम्रो लाग्यो । अब भोलिबाट दुबै छोरी एउटै स्कुलमा पढ्न जानू ।
बाबाले यति भनेपछि मैले ड्राइभर अंकललाई हेरें । उनी हाँसिरहेका थिए । तर उनको आँखाबाट आँसु बगिरहेको थियो । मामुले हामी दुबैलाई अंगालो खोलेर डाक्नुभयो । म र बहिनी दुबै मामुको अंगालोमा बाधियौं । आज मैले मेरो मामुलाई पनि निकै खुसी देखें, किनकि आज हाम्रो घरमा बाबाले भनेको होइन छोरीले भनेको कुरा सबैले मानेका थिए । मेरो मनको कुरा बुझ्ने मामु, बाबा, ड्राइभर अंकल, अन्टी र बहिनी सबै जनालाई धेरै-धेरै धन्यवाद । अब मेरी बहिनी मसँगै स्कुल जान पाउने भई । आहा, क्या मज्जा ।
साभार: भ्वाइस अफ चिल्ड्रेन, मासिक बालपत्रिका, वैशाख २०६६ बाट ।

Thursday, January 7, 2010

म कलेजमा हिरो थिएँ- Childhood days Memory of Writer Shree Om Shrestha Rodan

श्रीओम श्रेष्ठ रोदन वरिष्ठ साहित्यकार हुन् । यिनले नेपाली साहित्यको निवन्ध, लघुकथा र नियात्रा विधामा महत्वपूर्ण योगदान गरेका छन् । नेपाली साहित्यको राष्ट्रिय पत्रिका मधुपर्कका सम्पादकसमेत रहेका रोदनले साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि उल्लेख्य योगदान गरिरहेका छन् ।
यस अंकमा हामीले यिनै मिलनसार, मायालु र सह्रदयी वरिष्ठ लेखक दाजु रोदनको बाल्यकालका सम्झनाहरु प्रस्तुत गरेका छौं । उनी आफ्नो सम्झना सुनाउँदै भन्छन्-
म वि.सं. २०१९ साल लक्ष्मी पूजाको दिन ललितपुरको झम्सीखेलमा जन्मिएको हुँ । म बुवा शिवप्रसाद र आमा दिलकुमारीको माइलो छोरा हुँ । म एउटा साधारण परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा सातजना हुनुहुन्छ । चारजना दाजुभाइ र एउटी दिदी अनि बुवाआमा हुनुहुन्छ ।
पाँचजना छोराछोरी एउटा बुवाको जगिरले पालिन हामीलाई त्यो बेला गाह्रो थियो । त्यही भएर होला हामी पाँचै जना छोराछोरीले बोर्डिङ स्कुलमा पढ्न पाएनौं । मैले घर नजिकै सानेपामा रहेको टीकाविद्याश्रम स्कुलमा पढें । मेरो औपचारिक शिक्षा त्यो विद्यालयबाट सुरु भए पनि बुवाको जागिरको कारणले गर्दा कहिले भद्रपुर, कहिले बिराटनगर, कहिले जनकपुर, कहिले बीरगन्ज आदि ठाउँमा पुगेर मैले विद्यालय फेरी-फेरी पढें ।
त्यो बेला बुवा नेसनल ट्रेडिङमा काम गर्नुहुन्थ्यो । त्यसो भएको हुनाले धेरैवटा विद्यालयमा पढ्दा पनि म एक कक्षाको एक कक्षामै रहेको अनुभव पनि मैले गरेको थिएँ । किनकि त्यो बेला बुवाको एक वर्षभत्रै तीन चारवटा ठाउँमा सरुवा हुने भएर मेरो पढाइ त्यस्तो भएको थियो । यसरी घुमेर पढ्न पाएकोमध्ये मलाई जनकपुरको गंगाधाममा रहेको विद्यालयमा पढेको याद अझै पनि आउँछ । त्यो विद्यालय एउटा पाटीमा चलाइएको थियो । पाटीमा माथि छत त थियो तर दायाँ बायाँ सबै खुला थियो । त्यही बसेर हामी पढ्थ्यौं । पढ्ने पाटी छेउमै गंगा सागर नाम गरेको ठूलो पोखरी थियो । त्यो बेला हामी सिलेटमा लेख्दै पढ्थ्यौं । कहिलेकाही सिलेट धेरै फोहोर भयो त्यही छेउको पोखरीमा चप्लङ् चोपेर सफा गर्ने गर्दथ्यौं ।
म स्कुल पढेदेखि नै पसलमा बस्ने गरेको थिएँ । बुवाले जागिर खाएको पैसाले मात्र परिवार धान्न गाह्रो भएपछि हामीले पसल खोलेका थियौं । मैले स्नातक बी.ए.सम्म पढुन्जेल पनि पसलमा धेरै समय दिएँ । त्यो बेला पसलको लागि सामान साइकलमा राखेर ल्याउँदा साथीहरुले देख्दा मलाई नमज्जा पनि लाग्थ्यो । के सोचे होलान् भन्ने पनि सोच्थें । तर म आफ्नो काम आफै गर्नुपर्छ भन्ने स्वभावको थिएँ । आफू जस्तो छु त्यो सत्य कुरा साथीहरुबाट लुकाउँन मलाई मन पनि लागेन । यही कारणले गर्दा पढाइमा पनि खट्ने र पसलमा पनि खट्ने मेरो बानी बस्यो । मेरो यो बानीलाई साथीहरुले पनि मनपराएको मैले अनुभव गरेको छु ।
मेरो विद्यालय र कलेज जीवनमा म अतिरिक्त क्रियाकलापमा चर्चित विद्यार्थी थिएँ । कथा, कविता लेख्ने र नाटक खेल्ने भएकाले सबै विद्यार्थीहरुले मलाई चिन्थे । म स्कुल र कलेज जीवनमा त हिरो नै थिएँ । केटी साथीहरु पनि थुप्रै थिए । सबैको माझमा म प्रीय प्यारो पनि थिएँ ।
वास्तवमा त्यो बेला मैले धेरै दुःख गरेर पढेको हुँ । मैले कक्षा एकदेखि स्नात्तकोत्तर एम.ए.सम्मको पढाइ नै दुःख गरेर पूरा गरेको हुँ । मेरो परिवारका सबै जनाले मैले जस्तै दुःख गरेर पढेका हुन् । दुःख गरेर परिश्रम गरेर भएपनि पढ्यो भने राम्रो हुँदोरहेछ भन्ने कुराको गतिलो पाठ मेरो जीवनले नै मलाई सिकाएको छ जस्तो मलाई लाग्छ ।

Sunday, January 3, 2010

Professor Dr. Yoo Jeong Yi

Professor Dr. Yoo Jeong Yi teaches Korean Literature at Hong Ik University in South Korea. In July/August this year, she toured Nepal with thirteen Korean school children. ketaketi found time to talk with her.

ketaketi: Professor Yi, is this your first visit to Nepal ?

Yi: No, second. I had been here in February this year with some Korean authors.

ketaketi: Why a repeated tour in such a short gap, that too with children ?

Yi: I like my children and those of my neighbors to see Nepalese teenagers going to college in smart uniforms. Nepalese teenagers are disciplined, and Koreans need to learn this.

ketaketi: Who sponsored the tour ?

Yi: I paid for my children's expense, and my neighbors did for theirs.

ketaketi: Besides teaching, what else are you involved in ?

Yi: I am a professional writer of Children's Literature. I have published novels and story collections for children. I am planning books on the issues of Nepali children now.

ketaketi: Your inspiration ?

Yi:
You know; Korea is a developed country. But because of war, many Korean children are leaving the country for the West as adopted children. This is a shame on us. The fact touched me and I took to writing. I foreground this issue in my writings. 'Child Rights' is the most preponderant theme in my works.

ketaketi: Did you notice any marked difference between Nepalese and Korean children ?

Yi: Children are children everywhere, sweet and lovely. Yet, Nepalese children are more outspoken, while Koreans are rather reserved and introvert. However, they are creative.

ketaketi: Thank you professor!
                                                                                                                             By Mahesh Paudyal 'Prarambha'

Saturday, January 2, 2010

किन रोई जानकी ? Modern Child Story Of Kartikeya Ghimire


बापु ! केशव किन जान लागेको हो ?
जानकीले आँगनमा उभिएर आँखाभरि आँशु पार्दै बुवालाई प्रश्न गरी । बुवा केही बोल्न सकेनन् । उनले हरि माड्साबको आँगनमा एकटकसँग हेरिरहे । आँगनमा दुइवटा ट्रक रोकेर राखिएको थियो । ट्रकभरि लुगा, पलङ, भाँडाकुडा, माड्साबका किताब र दराजहरु टन्न लोड भइरहेको थियो । केशव आफ्नो बुवासँगै नियाउरो अनुहार लगाएर ढिङ्ग उभिएको थियो । ऊ घरीघरी आफ्नो घरतिर हेर्दथ्यो । कहिलेकाही पुलुक्क आफूसँगै पढ्ने साथी जानकीको घरतिर पनि हेर्दथ्यो । ऊ जानकीसँग आँखामा आँखा जुँधाएर हेर्न सकिरहेको पनि थिएन । खै आज के भएको हो ? यस्तो किन भयो ?
उसले केही बुझ्न सकेको थिएन । ऊ सानो थियो । भर्खरै कक्षा ४ मा पढ्दै थियो । ऊ सँगै पढ्थी जानकी । जानकी र केशव एकदम मिल्ने साथी थिए । तर खै किन हो । केही दिनदेखि ऊ टोलाएर मात्र बस्ने गरेको थियो । आमाले बाबु अब हामीले जनकपुर छाडेर जानुपर्छ, यो घर पनि बेचिसक्यौं । अब हामी जनकपुरबाट हेटौडा बसाईं सर्ने भनेर भन्नुभएको दिन उसले आमालाई मात्र एउटा प्रश्न गरेको थियो । उसले भनेको थियो- आमा, अब हामी जनकपुर कहिलै फर्कन्नौं त ? केशवको यो प्रश्नले आमालाई निकै गाह्रो बनाएको थियो । उहाँले फरक्क पछाडि फर्किएर सारीको सप्कोले आफ्नो आँशु पुछ्नुभएको थियो ।
आमाबाट यो प्रश्नको उत्तर नपाउँदा केशव झन निराश भएको थियो । ऊ के गर्ने, के नगर्ने केही सोच्न सकिरहेको थिएन ।
ल ल अब सामान लाद्ने र कस्ने काम पूरा भयो । अब गाडी लैजानुपर्छ । अब सबैजना गाडीमा चढ्नुहोस् - ड्राइभर अंकलले तिखो स्वरमा कराउँदै भने । केशव झसंग हुँदै बल्ल आत्तियो । ऊ दौडिदै बेत्तोडले जानकीको आँगनमा पुग्यो । उसले गहभरि आँशु पार्दै जानकीलाई हेर्‍यो । जानकीले टुलुटुलु केशवलाई हेरी । उनीहरु दुबैले केही बोल्न सकेनन् । एकछिन पछि अचानक केशवले जानकीको हात च्याप्प समात्यो । उसले बिस्तारै मसिनो स्वरमा भन्यो- जानकी अब हम जाइबे । केशवले यति मात्र के भनेको थियो । जानकी हिक्कहिक्क रुन थालि । ऊसँगै उभिएका बुवा सियाराम पनि आँखाबाट वलिद्र धारा आँशु बगाउँन थाले । उनले जानकीलाई कपाल मुसार्दै फुल्याए । केशवलाई न्यानो अंगालोमा कसेर भने- बाबु ! सानू बेटा हामीलाई सम्झेर भएनि आऊ है ! हामी मधेसी होइन, तिम्रा बुवाआमा हौं । त्यतिबेलासम्म जानकीकी आमाले पनि दौडदै आएर केशवलाई अंगाल्न भ्याइसकेकी थिइन् । केशव जानकीको हात समातेर घुक्कघुक्क रोइरहेको थियो ।
ठीक त्यति बेला हरिका बुवा केशव माड्सापको चर्को स्वर सुनियो- ए केशव ! तँ कहाँ छस् हँ ? तँ आउँने होस् कि तँलाई छोडेर जाऊ ।
अहँ, केशवले बुवाको चर्को स्वर पनि सुनेन । ऊ जानकीको न्यानो हात समातेर चाचाचाचीको अंगालोमा हिक्क-हिक्क रुँदै थियो । उसलाई आफ्नो प्यारो जनकपुर छोडेर जाने मन नै थिएन ।
अचानक केशवका बुवा माड्साप दौडदै आइपुगे । उनले केशवलाई नजिक तानेर उसको गालामा चड्याम्म हिर्काए । केशव ट्वाल्ल परेर रुँदै उभिरह्यो । त्यसपछि उनले राता-राता आँखा पारेर चारैतिर हेरे । उनले रोइरहेकी जानकी र उसका बुवाआमालाई पनि घोरिएर हेरे । आँगनको कुनामा बाँधिएको कैली गाईलाई त उनले झन ध्यान दिएर हेरे । वास्तवमा त्यो उनकै गाई थियो । सानै देखि उनकै गोठमा हुर्किएको थियो । अनि केशव र जानकी पनि त्यो गाईसँगै हुर्किएका थिए । जानकीकी माई र केशवकी आमा त झन एउटै गाउँका थिए । दुबैलाई छिमेकीहरुले जलेश्वरका दिदीबहिनी हुन् यी भन्थे ।
तर खै आज के भयो । सबै कुरा सकियो । माया, ममता र साथीत्व सबै सकियो । म केशवको बा पहाडीमा परें। उनी जानकीका बापु मधेसीमा परे । खै यो के भयो ?
हरि माड्साब यिनै कुरा सोच्दै टोलाइरहेका थिए । अकस्मात् उनले खुट्टा समातेर हिक्क-हिक्क रोइरहेकी जानकीलाई देखे । उनले जानकीलाई जुरुक्क बोकेर चप्प म्वाईं खाए । केशव दौडिदै गएर बुवाको खुट्टा समाएर उभियो । गहभरि आँशु लिएर उभिएको छोरालाई देखेर हरि माड्साब बिस्तारै झुके । उनी घुँडा टेकेर उभिदै जानकी र केशवलाई गम्लङ्ग अंगालो मारेर ग्वाँ-ग्वाँ रुन थाले ।
अचम्मै भयो । हरि माड्साब यसरी रोएको आजसम्म कसैले देखेका थिएनन् । झन केशव त छक्कै पर्‍यो । उसले पनि बुवा यसरी रोएको कहिल्यै देखेको थिएन ।
बिस्तारै माड्साबको काँधमा हात राखेर जानकीका बापु सियारामले थपथपाउँदै सान्त्वना दिए । माड्साबले गहभरि आँशु पार्दै आफ्ना राता आँखा मास्तिर उठाएर उनलाई हेरे । अचानक माड्साब मैनझै पग्लिए । त्यसपछि उनले गम्लङ्ग सियारामलाई अंगालो मारे । आफ्नो बालककालदेखिको साथीलाई यसरी अंगालो मार्न पाउँदा माड्साब खुसी भए । उनले जानकीकी आमालाई पनि हात समातेर सान्त्वना दिए । केशवले त्यो बेला झलझली आफ्नी आमालाई सम्झियो । आन्दोलनमा पहाडी कर्मचारी भनेर अफिसबाट फर्कदै गर्दा मधेस आन्दोलनकारीले उसकी आमालाई मारेका थिए । आमा हुनुभएको भए फूल्बा चाची कति रमाउँथिन् होली ? म त झन... उसले यो भन्दा बढी सोच्न सकेन । ऊ यिनै कुरा सम्झदै टोलाइरहेको थियो । उसले पुलुक्क बुवालाई हेर्‍यो । बुवा अहिलेसम्म पनि सियाराम चाचाको अंगालोमा बाँधिएर रोइरहेका थिए ।
ए दाइ, यो के नाटक हो ? ट्रकमा सामान हालेर तपाईंहरु यहाँ आएर बस्ने । जाने हो कि नजाने हो ? - ड्राइभर अंकल चिच्याउँदै र कराउँदै आँगनमा नै आइपुगे । माड्साबले अन्तिम पल्ट चाचा, चाची, जानकी र कैली गाईलाई पुलुक्क हेरे । त्यसपछि उनी ल केशव छिटोछिटो हिड है भन्दै फटाफट ड्राइभर अंकलको पछि लागे । केशव वाल्ल परेर घरी बुवालाई र घरी चाचा, चाची र जानकीलाई हेर्न थाल्यो । ऊ एकछिन आँखा चिम्म गरेर उभियो । ठीक त्यति बेला जानकीले दौडदै आएर उसको हात च्याप्प समाति । त्यसपछि उसले भनि- हेर केशव तिमी ठूलो भएपछि जानकी मन्दिरमा आउँनु है । माईले भनेको भगवान् त सबैको हो रे । अनि म पनि तिमीसँगै भूटन देवी माईको मन्दिरमा जाउँला नि है !
केशवले केही बुझेझै गरी टाउको हल्लायो । जानकीले पनि केही बुझेझै गरी बाई-बाई गरी । वास्तवमा जानकी र केशवले त केही बुझेका थिएनन् । उनीहरु त अहिले छुटि्टनुपरेकोमा दुःखी थिए । दुबै बर्र आँशु खसाल्दै हिक्क-हिक्क रुँदै अलग भए । जानकी घरभित्र पसि । केशव दौडदै ट्रकमा चढेर बुवासँगै सिटमा बस्यो ।
त्यसपछि ट्रक धूलो उडाउँदै दौडियो, दौडिरह्यो ।
                                  (समाप्त)
रचनाकाल सन् २०१० जनवरी २, रातको एघार बजे ।
२०६६ पुस १८ गते, शनिवार बेलुका ११ बजे ।

Thursday, November 5, 2009

उदाउँदा तारा एउटा राम्रो प्रयास

धादिङ जिल्लाका २५ जना बालप्रतिभाहरुको कविता समेटिएको उदाउँदा तारा नामक बालकविताकृति प्रकाशित भएको छ । धादिङ जिल्लाका ६२ विद्यालयका १ सय ७२ बालबालिकाहरुले भाग लिएको जिल्लाव्यापि प्रतियोगिताबाट छनोट गरी पुरस्कृत २५ वटा कविता यस संग्रहमा समेटिएको छ । यस कृतिलाई साहित्यकारहरु नवीन बन्धु पहाडी, महेश पौड्याल प्रारभ्भगणेश ढुङ्गानाले सम्पादन गरेका छन् । शान्तिको लागि सेवा नेपाल नामक संस्थाद्घारा प्रकाशित यस कृतिमा उत्कृष्ट कभर तयार गर्ने काम इश्वरकुमार श्रेष्ठले गरेका छन् । साथै प्रकाशन संयोजनको जिम्मेवारी युवा संजाल धादिङले बहन गरेको छ ।
वास्तवमा पिछडिएका भेगका बालबालिकाहरुलाई सिर्जनात्मक बनाउँन यो स्तुत्य प्रयास हो । यसले एकातिर ग्रामीण भेगका बालबालिकाहरुको आवाज समेटेको छ भने अर्कोतिर उनीहरुलाई साहित्य सिर्जनामा सक्रिय हुन पनि प्रेरित गरेको छ ।

मैले धेरै वर्ष झुम्राको बल खेलें Childhood days Memory of Writer Rambabu Subedi

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुन् । यिनी छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार पनि हुन् । यिनै आदरणीय साहित्यकार सुवेदीसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकालको कथाः
मेरी आमाको नाम पवित्रा सुवेदी (घिमिरे) हो र बाको नाम देवीदास सुवेदी हो । मेरी बहिनीको नाम पार्वती न्यौपाने (सुवेदी) हो ।
मेरो न्वारानको नाम झलकनाथ हो, दोस्रो नाम वसन्त हो । मेरो खास नाम बाबुराम थियो तर मेरो गाउँको अर्को एकजना भाइको नाम पनि बाबुराम भएको हुँदा मेरा गुरु गोविन्द बरालले मेरो नामको अक्षरलाई उलटपुलट पारेर मेरो नाम रामबाबु बनाइदिनु भयो । त्यसपछि म रामबाबु भएँ । साहित्यमा मेरो नाम राजीव पनि हो ।
मेरो गाउँको नाम हंसपुर हो । यो कास्की जिल्लामा पर्छ । मादी नदीको छेउमा मेरो रमाइलो गाउँ छ । उत्तरमा अन्नपूर्ण हिमाल, पश्चिममा रुपा र बेग्नासताल, काखमा पास्तो खोलो र घना जंगल रहेको छ । काफल, ऐंसेलु, चुत्रो, जामुनो, तिँदु, कटुस र दक्यौली जस्ता फलहरु मैले थुप्रै खाएको छु । म सानो छँदा मेरो गाउँमा सुन्तला र आँप पनि टन्नै थिए ।
मेरो गाउँमा बाहुन, क्षेत्री, गुरुङ, मगर, कामी, सार्की आदि जातिको बसोबास छ । ती नङ र मासु झै मिलेर बसेका छन् । यिनै जातिका बालुन, सोरठी, भजन, चुड्का, ठाडोभाका, रोदी आदिले मेरो कलिलो मनमा ठूलो प्रभाव पारेका हुन् । दशैं, तिहार, तीज र रतेलीको रमाइलो वातावरणको मज्जा पनि मेरो मनमा ताजा छँदैछ ।
म सानो छँदा मेरो गाउँमा कुनै विद्यालय थिएनन् । त्यतिखेर गाउँमा पीँढीशिक्षा (कसैको पीँढीमा पढाइने शिक्षा) को चलन थियो । मेरा गुरु वृहस्पति न्यौपानेले मलाई पीँढीमै अक्षर चिनाउँनु भएको हो । मैले पेचबहादुर गुरुङ र गणेश श्रेष्ठ गुरुहरुसँग चौतारीमा पढ्न पाएँ । त्यसपछि गुरु स्थानानाथ न्यौपाने र छँगेनी रुद्रनाथसँग मैले कटेरा-झुप्रोमा पढें । त्यसपछि मैले पोखराको संस्कृत पाठशालामा गएर अमरकोश र लघुकौमुदी पढ्न थालें । यसरी कहिले मामाघरमा र कहिले पुरन्चौरमा बसेर पढ्दा पढ्दै वि.सं. २०१४ सालमा मेरो प्रभात प्राइमरी स्कुल खुल्यो । म त्यही स्कुलमा पढ्न थालें ।
गाउँमा खेलकुदमा रमाएका ती दिनहरु सम्झँदा मलाई निकै आनन्द लाग्छ । पांग्रा गुड्काउँदै रमाउँनु, डन्डीबियो खेल्नुको मज्जा नै अर्को थियो । झुम्राको फुटबल खेल्दा त झन म बढी रमाउँथें । मैले धेरै वर्ष झुम्राको बल खेलें ।
मलाई र मेरी बहिनीलाई आमाको काखमा छाडेर मेरो बुवा लाहुर जानुभएको थियो । उहाँको लाहुर भारतको कलकत्ता थियो । केही समय पछि दुइवटा भरिया लगाएर बुवा घर आउँदा म पाँच वर्षो फुच्चे थिएँ । उहाँलाई लिन आमा र म गाउँको छेउसम्म पुगेका थियौं । त्यो बेला मलाई देख्नासाथ बुवाले मलाई अंगाल्नु भयो र बर्र आँसु झार्नु भयो । बुवा रोएको देखेर आमा र म पनि रोयौं । मलाई लाग्छ त्यो आँसु खुसीका पनि थिए र दुःखका पनि थिए ।
मेरो घरमा गाई, भैसी र बाख्रा थिए । भेडा थिएनन् । म गाई-बाख्रा चराउन जान्थें । पाठापाठी मलाई एकदमै मनपर्थे । पाडाबाच्छालाई म एकदमै माया गर्थें । म भकारा सोर्थे, घाँस काट्थें । बाआमालाई सघाउँथें ।
म सात वर्षो हुँदा मेरो बुवा बित्नुभयो । म टुहुरो भएँ । बहिनी टुहुरी भई । आमाले सेता लुगा लगाउनु भयो । आमालाई दुःख थियो । एक्ली नारी विधवा भनेर मानिसहरु हेप्थे । उहाँले धेरै दुःख गरेर मलाई र बहिनीलाई हुर्काउनुभयो र पढाउनुभयो । समाजसँग डराउनु भएन । उहाँले हिम्मत साथ हामीलाई हुर्काउनुभयो, पढाउनुभयो र योग्य बनाउँनु भयो । आमालाई हौसला दिएर मामा चन्द्रकान्त घिमिरेले ठूलो गुन लगाउनु भयो । मलाई थपी-थपी घिउँ खुवाउँने माइजू झनै जाती हुनुहुन्थ्यो । 
मेरी आमा अहिले हुनुहुन्न । उहाँ बित्नु भयो । मलाई लाग्छ मेरी आमा पानीको थोपो र समुद्र दुबै हो । किनकि आमाको माया अपार छ । आमाको देखाएको बाटो अहिले म हिडिरहेको छु । सँधै श्रम र मिहिनेतलाई माया गर भन्ने आमाको आज्ञाले गर्दा नै आज मेरो जीवन खुसी भएको छ ।

रत्नका रत्नप्रसाद

यिनी रत्न पुस्तक भण्डारका संस्थापक रत्न प्रसाद श्रेष्ठ हुन् । यिनले नेपाली बालसाहित्यको विकासमा ठूलो योगदान गरेका छन् । यिनको विशिष्ट योगदानको कदरका लागि हामी यिनको हार्दिक प्रशंसा गर्दछौं । 
         नेपाली बालसाहित्यको अनलाइन चौतारी परिवार

Bravo Editor; Keep it Up!

Many know that Mahesh Paudyal ‘Prarambha’, the editor of http://www.ketaketi.org/, and the editor of many books for children published from Nepal, writes stories. He himself weaves stories for children and in many cases rewrites and decorates others’ stories. But there are few who write about, or know of his personal story. Ketaketinews.com has today undertaken this move to write his story, and we have a reason for that.

Mr. Paudyal has a history of continuously topping examinations of various levels, and recently the same has happened once again. In 1997, he was the district topper of SLC from Senapati district of Manipur (India) where he took his SLC from. His documents reveal that that was the first time his high school made to the position of the rankers. He had been the board topper in English, and had been awarded by the Board of Secondary Education Manipur with a special citation for the accomplishment.
History repeated in 2002, when he became the sole first division holder in the entire Manipur University in English (Honors) Courses and won a gold medal. Prime Minister Man Mohan Singh conferred him the medal in a colorful gathering in the Auditorium of Manipur University. He brought home the laurels once again in 2005, when at home, he topped the Department of English, Tribhuvan University. He is due for recieving a gold medal for the same during the Convocation that may be held sometime in November this year.
His stories do not stop there. For his M.Phil Degree he joined the Institute of Advanced Communication, Education and Research (IACER) under Pokhara University in Spring 2008, and the first semester results brought him 4 points out of 4 in GPA, once again attesting his academic excellence. Just a few weeks ago, the second semester results too came, and history repeated. He has 4 out of 4 once again, and the result is unprecedented in the history of IACER, according to IACER sources. He is already entitled for another big recognition from Pokhara University as well.

The Ketaketinews.com family is proud of having him as our editor. He has a natural flair for writing, and has a special soft corner for children. His records reveal that he published his first poem when he was an eighth grader and his first story in English as soon as he appeared his matriculation exams. He is always busy doing others’ tasks, for which, we know, he gets seldom paid, or duly reciprocated. And yet, he never denies helping any, and still always maintains his marks high.
Congratulations editor, we always wish you a bright future, and a glorious career as an author.

Tuesday, November 3, 2009

किशोर पहाडीको रमाइलो बाल्यकाल

किशोर पहाडी राम्रा कथाहरु लेख्छन् । यिनी नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ लेखक हुन् । यिनै अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उनी बाल्यकालको सम्झना सुनाउँदै भन्छन्
बालखकालको सम्झना गर्दा आफ्नो स्वर्णकालको सम्झना हुन्छ । 'स्वर्णकाल' भनेको उज्यालो समय हो । बालखकालमा हामी अबोध हुन्छौँ । 'अबोध' भनेको केही पनि नजान्ने हो । बालखकालमा हामीले केही जानेका हुँदैनौँ ।
त्यसैकारण होला मेरो स्कूले जीवनको पहिलो दिनको सम्झना गर्दा म कति अबोध रहेछु भनी छक्क पर्छु ।
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित "विजय मेमोरियल हाईस्कूल" । त्यहाँ म ६ वर्षको उमेरमा २ कक्षामा भर्ना भएको थिएँ जस्तो लाग्छ । यो वि.सं. २०१९ सालतिरको कुरा हो । स्कूलको पहिलो दिनमा मेरो मनमा धेरै नै डर थियो । नयाँ ठाउँको डर, नयाँ वातावरणको डर, नयाँ मान्छेहरूको डर, नयाँ शिक्षकहरूको डर ।
त्यतिखेरको मेरो कक्षामा बेञ्च थिएन, सुकुलहरू ओच्छ्याइएका थिए । सुकुल भनेको बस्नको निम्ति परालद्वारा बनाइएको ठूलो चकटी जस्तै चीज हो ।
हामी सुकुलमा बसेर पढिरहेका थियौँ । कक्षामा कुनै शिक्षकले पढाइरहनु भएको थियो । अचानक मलाई सुसुले च्याप्यो । तर डरले गर्दा मैले शिक्षकलाई "म ट्वाइलेट जान्छु" पनि भन्न सकिनँ । कहिले कक्षा सिद्धिएला र जाउँला भनी कुरेर बसिरहेँ । मलाई किन हो किन शिक्षकसँग डर लाग्यो ।
धेरै नै बेर भएपछि पनि कक्षा चाहिँ सिद्धिएन । मैले सुसु रोकेको रोक्यै गरेँ । हुँदा हुँदा हुँदा हुँदा...धेरै नै बेर भएपछि...मैले सुसु रोकिराख्न सकिनँ । सुकुलमा बसेकोबस्यै मेरो सुसु फुस्क्यो । सुकुल जम्मै भिज्यो । अनि म उठेँ । शिक्षककहाँ गएँ र बडो साहसका साथ भनेँ- "मलाई सुसु आयो, सर !"
म त्यसरी उठ्दा कक्षाका सम्पूर्ण विद्यार्थीले मेरो भिजेको कट्टु देखे । अनि "लौ यसले त ... ... सुसु गरिसकेछ, सर" भनी सबै जना हाँस्न थाले । मलाई लाज लागेर आयो ।
स्वास्थ्यको कारण पनि सुसु आएपछि त्यो रोकिराख्नु नहुने रहेछ । यो कुरा मलाई धेरै पछि थाहा भयो । रोकिराख्दा यसरी एक त बेइज्जत हुने, अर्को स्वास्थ्य पनि खराब हुने । सुसु त रोक्न नहुने रहेछ ।

त्यही स्कूलमा फेरि ४ कक्षामा भएको एउटा अर्को घटनाले पनि केटाकेटीहरू कति अबोध हुन्छन् भनी थाहा हुन्छ ।

४ कक्षामा मौखिक जाँच भइरहेको थियो । सर र मिसहरूले सबै विद्यार्थीलाई पालैपालो विभिन्न प्रश्नहरू सोधिराख्नुभएको थियो । हामीहरूले त्यो प्रश्नको जवाफ मुखैले बोलेर दिनुपर्थ्र्यो ।

मेरो पालो आयो । म उभिएँ र शिक्षकहरूको नजिकै गएँ ।

एकजना शिक्षकले सोध्नुभयो- "जनावरहरूमा सबैभन्दा उफ्रन सक्ने जनावर कुन हो ? "

म यति अज्ञानी र अबोध थिएँ कि यस प्रश्नको जवाफ मैले झवाट्ट दिइहालेँ- "...फट्याङ्ग्रा..."

मलाई उत्तर थाहा थिएन । तर घरमा फट्याङ्ग्रा फुत्रुक् फुत्रुक् उ्रिरहेको देख्ने गर्दथेँ । त्यसैले त्यही होला भन्ने ठानेँ ।

शिक्षक शिक्षिकाहरू गलल्ल हाँसे । पछि मैले घर फर्केर सबैलाई आफूलाई सोधिएको प्रश्नहरूको बारेमा भनेँ । सबैजना हाँस्नुभयो । अनि उहाँहरूबाटै थाहा भयो कि जनावरमा सबैभन्दा बढी उफ्रन सक्ने जनावर चितुवा हो भनेर ।
ओहो ! म कति अबोध रहेछु हगि ?

विजय मेमोरियल हाईस्कूलमा मैले ६ कक्षासम्म पढेँ । ६ कक्षापछि म वीरगञ्जमा पढ्न गएँ । वीरगञ्जमा मेरो बुवाको अफिस भएको हुँदा म पनि त्यहाँ गएको हुँ । त्यहाँ म त्रि-जुद्ध बहुउद्देश्यीय विद्यालयमा कक्षा ७ मा भर्ना भएँ । यो २०२४ सालको कुरा हो ।
स्कूलमा मेरो सबैभन्दा मिल्ने साथी थिए- रविन्द्रमानन्द बज्राचार्य । ऊ र म दिनहुँ कक्षा कोठामा किताब राखेपछि केहीबेर सिनेमाघरसम्म घुम्न जान्थ्यौं ।
एक दिन त्यसरी नै घुम्न निस्कँदा हामीले बाटोमा कुनै चीज भेट्यौँ । "बच्छीः मबिया... बच्छीः मबिया..." भन्दै मैले त्यो चीज उठाएँ ।
हामी बालखकालमा कुनै चीज भेट्टायौँ भने "बच्छीः मबिया... बच्छीः मबिया..." भन्थ्यौँ । र, त्यसो भन्दा हामीले त्यो चीजलाई आधा आधा पार्नु पर्दैनथ्यो । नेपाल भाषामा ' बच्छीः' भनेको 'आधा' 'मबिया' भनेको 'दिन्नँ' भनेको हो ।
तर त्यसोभन्दा पनि रविन्द्रले "हुन्न हुन्न...मलाई पनि चाहिन्छ" भन्न थाल्यो ।
त्यो चीज रहेछ- एउटा एयरफोन- रेडियोमा जोडी कानमा लगाई सुन्ने एउटा किसिमको तार ।
'दिन्नँ' भन्ने, 'चाहिन्छ' भन्ने । दुवैजना एक छिन कराइरहृयौँ । अन्तमा हामीले आधा आधा पार्ने नै निधो गर्यौँ । छेउको एउटा ढुङ्गा टिपेर ढ्याङ ढ्याङ हान्यौँ र त्यो एयरफोन फुटायौँ ।
धत्तेरी ! फुटाएपछि त्यो एयरफोन उसलाई पनि काम लागेन, मलाई पनि काम लागेन । नफुटाएको भए त दुइमध्ये एकलाई काम लाग्थ्यो ।
कति अबोध त ! त्यो बेलाका हामी केटाकटीहरु ।

मित्रता (बालकथा) By Bidya Sapkota

मुसलधारे पानी परिरहेको थियो । वा-आमा काममा जानुभएको आइपुग्नुभएको थिएन । शनिवारको दिन स्कूल विदा भएकोले राजु घरमा एक्लै थियो । कालुको पनि विहानदेखी अत्तोपत्तो नै थिएन । पानी पनि कत्ति पर्न सकेको, वार्दलिमा उभिएर एक्लै रुन थाल्यो ऊ । भल यति ठूलो आएको थियो कि, दाउराको चाङ्गहरु भत्काउदै लगिरहेको थियो । चराहरु रुखमा क्रुकुक्क परेर वसेका थिए । साथीहरु पनि कोही आउन सकेका थिएनन् । बिहानदेखि पानी परेको रोकिएको थिएन । भोक लागेर पनि राजुको छटपटी वढेको थियो । रोएर उसका आँखा राता भैसकेका थिए । पानी परेको समय भएर होला, वरिपरि कसैले पनि राजुको रुवाइ सुनेनन् ।

रुँदा-रुँदा थाकेर राजु निदाउन लागेको थियो । उसको छेउमै आएर कालु टुक्रुक्क वस्यो । पानीले निथ्रुक्क भिजेको कालुलाइ देखेर राजु खुसी भयो । कालु तँ कहा गएको थिइस् हँ ? मलाइ एक्लै कस्तो डर लाग्यो......... राजुले उसलाइ थपथपाउदै भन्यो । कालुले डराउदै ट्वाल्ल परेर हेरिरह्यो ।

! तैले किन हेरिरहेको नि मलाई ? तलाई पनि त जाडो भयो होला पख् ल । राजुले कपडा खोजेर कालेलाइ पुछिदियो । कालु पनि आत्तिएको जस्तो देखिन्थ्यो । राजुको साथ पाएर थपक्क वसिरहृयो । कालु वोल्न सक्दैनथ्यो तर उसका चम्किला आँखाहरु, लामो-लामो जुँगाको भाषा राजु तुरुन्तै वुझिन्थ्यो । विस्तारै झरि पनि रोकिदै गइरहेको थियो । अघिसम्म भोकले आकुल भएको राजु कालुलाइ भेटेपछि त्यत्तिकै अघाएजस्तो भयो । झुस्यानले पानी बग्ने बाटो छेकिएछ । भल भरिएर वाख्राको गोठ भरिन लागेको थियो, कालुले बुर्लुक्क उफ्रेर नाल खोलिदियो ।
दुवै भोकाएका थिए । आमाले दलानमा खाजा पकाएर राखिदिनुभएको थियो । राजु सानै थियो कालुले राजुको मुखमा हेर्यो अनि सानो बनेर बसिदियो । राजुले उसको जिउमाथि चढेर खाजा झिक्यो अनि दुवै मिलेर खाए । एक्लै डराइरहेको वेला एक अर्काको साथ पाएर दुवै एकदम खुसी भए ।
साँझ परेपछि वावा-आमा आउनुभयो । कालुलाइ राजुसँग वसिरहेको देखेर दङ्ग पर्नुभयो । तर कालु पहिला जस्तो पटक्कै थिएन । कताकता डराएजस्तो, आत्तिए जस्तै गरेर बाहिर हेरिरहेको थियो ।
कालु के भो तलाई ? राजुले सुम्सुम्याउदै सोध्दा आखाभरि आशु बनाउदै कालु राजुसँगै झन् टास्सिएर बस्यो ।
आमा हेर्नु के भो यसलाइ अघि देखी नै डराइरहेको छ । के भयो भनेर सोध्यो कि खाली रुन्छ मात्रै रुन्चे अनुहार लगाउदै अघि देखिको एकएक कुरा आफू आत्तिएको, काले भिज्दै आएको, वाख्रा वचाएको, खाजा खाएको सवै कुरा राजुले बाबुआमालाइ सुनायो ।
राजुको जे कुरा पनि विगारिदिने, खानेकुरा पनी खाइदिने भनेर आमाहरुले नै परको खेतनेर छोड्न कालुलाइ लग्नुभएको थियो तर काले त अघि नै आइपुगिसकेछ । आमालाइ यिनीहरुको यस्तो मित्रता आफूले नदेखेकोमा पछुतो लाग्यो । एउटा विरालोको वच्चाले आफ्नो छोरालाइ त्यत्ति धेरै माया गरेको तर आफू मान्छे भएर पनि उसलाइ सधै दुर्व्यवहार गरेकोमा खिन्नता लाग्यो ।
ल आओ ! खाजा खान आमाले वोलाउनुभयो । राजु आयो तर काले डराएर उतै वसिरहृयो । काले, तँ पनि आइज न, आमाले मायाले बोलाउनु भयो ! राजु र काले दुवैले रमाउँदै सँगै वसेर दूधभात खाए ।
कल्याणपुर - , नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं

Monday, October 26, 2009

भगवान, के यही हो त बालदिवस ? By Pratibha

', राम (राम झल्यास्स व्युझियो) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ? निधार सुमसुम्याउदै रामकी मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो ।
उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् । राम एकैछिन त वाल्ल पर्यो अनि सोच्यो- हैन आज मालिक्नीलाई के भएछ ? सधै चार बजे आएर छालै निकालूला जस्तो गरी चिमोटी चिमोटी चिच्याउने मालिक्नीको मनमा आज म प्रति कताबाट दयाभाव आएछ हँ - सायद दुःखीको पनि दिन आउँछ भनेको साँच्चै रहेछ ! मालिक्नीले सायद अब मलाई पनि आफ्नो छोराजतिकै माया गरिबक्सिन्छ क्यारे ।
ओहो ! राम तिमी अझै पनि बिस्तारामा नै छौ ? उठ गएर हातमुख धोऊ, मैले दूध तताइ दिएँ आज तिमी सानो मालिक....सानोबाबुको स्कूल जानुपर्छ- मालिक्नीले मायालु स्वरमा भनिन् ।
रामलाई अझै पनि सपना हो कि विपना छुट्याउनै मुस्किल भइरहेको थियो । भगवानले एक न एक दिन सबैको पुकार सुन्छ भनेको यही हो क्यारे । ऊ यही सोच्दै बिस्ताराबाट उठ्यो अनि मुख धुन भनि तलको बाथरुम जानलाई पाइला बढायो । यो देखी मालिक्नीले उसलाई हत्तपत्त रोक्दै भनिन्- ओ बाबु, कता तलको फोहोरी बाथरुम हिड्न लागेको ? यहीँ छँदै छ नि सफा, राम्रो बाथरुम । अनि सुन, आजबाट तिमी सानोबाबुको कोठामा नै सुत्नु, मैले सानो बाबुको सर्टमा आइरन गरेकी छु आज सानो बाबु बिरामी छ तिमी उसको स्कुल जानु ल । ल, ल जाउ छिटो गर ।
रामुले अझै पनि होस सम्हाल्न सकेको थिएन । अब ती दुःखका कहालिलाग्दा दिनहरु त केवल कल्पनाका तस्बीरहरु बनी टाँगिने भए, ...हो, सोच्दा सोच्दै उसले कपडा लगायो अनि नास्ता खान गयो । ऊ नास्ता खाएर भुइँमा बस्न लाग्यो । यो देखेर उसका मालिकसाहेबले बाबु, किन भुइँमा बसेको - माथि आउन भनेर समाते अनि माथि आफूसँगै टेबुलमा लगेर नास्ता गर्न लगाए अनि भने- बाबु स्कूलमा राम्रोसंग पढ्नु है । रामले हस् मालिकसाहेब भन्यो । रामु, अब हामीलाई मालिक-मालिक्नी हैन अङ्कल-आन्टी भन्नु र बेलुका कतै नभुलि घर आऊ है, बेलुका तिमीलाई भेट्न थुप्रै अङ्कल-आन्टीहरु आउनुहुन्छ ।
हस्, अङ्कल भन्दै राम झोला बोकेर स्कुल गयो ।
बेलुका उसलाई लिन मालिक्नी यानी आन्टी आएकी थिइन् । रामलाई देखेपछि हात समातेर घर ल्याइन्, अनि घर ल्याएर जुस पिउन दिइन्, त्यसपछि सानोबाबुका राम्रा कपडा ल्याएर लगाउन दिइन् । रामले चुपचाप कपडा फेर्यो एकैछिनमा उसको अङ्कल पनि अफिसबाट आइपुगे । केहीबेरमा नै त्यो घरमा ठूलो भीड जम्मा भयो । कसैको हातमा माइक र कसैको हातमा फूल थिए । रामले केही सोच्नै सकेन । पछि कुरा बुझ्दै जादा ती त कोही पत्रकार, कोही मन्त्री त कोही हाकिम पो रहेछन् । उनीहरु सबैको खातेदारी आन्टीले नै गरिन् । अनि सबैजना पत्रकारले प्रश्न गर्न थाले । राम आत्तिएर केही बोल्नै सकेन । उसको अङ्कलले क्यामरातिर फर्केर भने- राम अलि लजालु स्वभावको छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भयो । कहिल्यै पनि बदमासी गर्दैन, ज्ञानी छ, सधैँ स्कूल जान्छ, भ्याउदा अलिअलि आन्टीलाई सहयोग गर्छ । जे होस्, गर्व लाग्छ एउटा अनाथलाई ल्याएर छोराको स्थानमा राख्न पाउँदा हैन बाबु ? रामु केही प्रतिक्रिया नजनाई केवल कृत्रिम मुस्कान हास्छ । सोफाबाट मन्त्री उठ्छन् अनि मन्त्रीले सबै मान्छेको अगाडि उसको ढोङ्गी अङ्कललाई दोसल्ला ओढाइ प्रमाणपत्र दिन्छन् अनि भन्छन्- आज बालदिवसको दिन यस्तो ठूलो व्यक्तिलाई सम्मान गर्न पाउँदा म पनि हर्षवभोर भएको छु । सबै व्यक्तिमा यस्तै सोच पलाओस् भन्ने कामना गर्दै रामको उज्ज्वल भविष्यको लागि यो २ लाखको चेक दिन चाहन्छु, हस त धन्यवाद ।
त्यसपछि कार्यक्रम सकिन्छ । सबैजना आ-आफ्नो घरतिर लाग्छन् ।

रामले आज बालदिवस रहेछ भन्ने कुरा बल्ल थाहा पायो । मनमा कुरा खेलाउदै टेबुलमा भएको जुस पिउन हात मात्रै के अगाडि बढाएको थियो । उसको हातमा सहनै नसक्ने प्रहार भयो । ऊ रन्थनिएर रातो भयो र बिस्तारै टाउको उठाएर हेर्यो । उसमाथि प्रहार गर्ने त उसकै आन्टी पो रहिछिन् । अनि उसले मसिनो स्वरमा भन्यो आन्टी, फेरि उसको ढाडमा सुम्ल्याउँदै उनले उनले भनिन्- केको आन्टी, मालिक्नीसाहेब भन् । तर आन्टी अघि त.....के को अघि - अघिको कुरा त तेरो भ्रम या भनौँ सपना नै सम्झी । राम केवल आँसु तपतप चुहाएर उभिइरह्यो । मालिक्निसाहेबले भनिन्- ती कपडा फुकाल अनि कतै लगेर मिल्काइदिनु, अब ती कपडा सानो मालिकले लगाउँदैन, अनि सुन् भान्सामा एउटा रोटी छ त्यो रोटी खा अनि यी सबै भाडा माझ, कोठा सफा गर्, भूइँ पुछ् अनि मैला-मैला कपडा धोएर त्यो भर्याङमुनि कै कोठामा गएर सुत्नु, आज पार्टी हामी उतै डिनर गरेर आउछौँ बुझिस् ।
रामले टाउको हल्लाउँदै बुझेँ मालिक्नीसाहेब भन्यो । अनि मनमा आएको पहिरो थाम्नै नसकेर पल्लो कोठामा गएर भक्कानो छुट्ने गरेर रोयो । उसको घाउ यति गहिरो थियो कि त्यसको कुनै मलम, औषधी नै थिएन । उसले भगवानको अगाडि गएर आफ्नो मनको गाठो फुकाउँदै ढुंगाको देवतालाइ सोध्यो भगवान, के यही हो त बालदिवस ?
यो कथा अनलाइन बालकथा प्रतियोगिता २०६५ मा प्रथम पुरस्कार प्राप्त कथा हो