Thursday, June 6, 2019

कार्तिकेय ट्रस्टको जरुरी सूचना

यस ट्रस्टले विगतमा झैँ यस वर्ष पनि कार्तिकेय बालप्रतिभा पुरस्कार वितरणका लागि बालप्रतिभा छनोट गर्नुपर्ने भएकाले निम्न प्रतिभा भएका बालबालिकाहरुको नाम सिफारिस गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । साथै यो सूचनालाई सबैतिर पुर्याउन सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
सिफारिसका लागि निम्न योग्यता भएका बालबालिकाहरु योग्य हुनेछन् :
१. बालपुस्तकहरु धेरै पढ्ने सिर्जनात्मक क्षमता भएका, साहित्य लेखन र कथावाचनमा अब्बल, १६ वर्षमुनिको हुनुपर्नेछ ।
२. फरक क्षमताका विलक्षण प्रतिभाहरु (जस्तै– शारिरीक रुपमा कमजोर हुँदाहुँदै पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने दृष्टिविहीन, हातखुट्टा गुमाएका वा यस्तै अन्य फरक क्षमताका । फरक क्षमताका प्रतिभाहरुमा पनि पुस्तक पढ्ने, छामेर पढ्ने र अडियो बुक सुन्ने विलक्षण क्षमतावान् प्रतिभाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।)
३. जीवनमा अभाव र प्रतिकूल अवस्थामा हुर्किएर पनि जीवनलाई उज्यालो भविष्यतर्फ अग्रसर गराउन प्रयासरत बालप्रतिभाहरु पनि यस पुरस्कारका लागि योग्य मानिनेछन् । पुरस्कारका लागि छनोटमा पर्न सफल बालप्रतिभाहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिनेछ ।
पुरस्कार २०७६ को बालदिवस भाद्र २९ गते प्रदान गरिने भएकाले सिफारिसहरु २०७६ साउन ७ गते भित्र पठाइसक्नुपर्नेछ । सिफारिस पत्र इमेल वा पोस्ट बक्सबाट पठाउन सकिने छ ।
थप जानकारीका लागि : मोहन कार्की, अध्यक्ष
कार्तिकेय ट्रस्ट, कालोपुल, सिफलचौर, काठमाडौँ, नेपाल ।
पोस्ट बक्स २५८५९ काठमाडौँ, नेपाल । इमेल :
kartikeyatrust1999@gmail.com

Sunday, April 21, 2019

BOOK DONATION PROGRAM 2019

यस प्रतिष्ठानका अध्यक्ष श्री कार्तिकेयले आज क्लासिक आर्ट ग्यालरीमा आयोजित बाल चित्रकला प्रदर्शर्शनीमा सहभागी बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै उहाँले बालचित्रकला प्रदर्शनीको उद्घाटनका क्रममा अहिले देशलाई सिर्जनशील कलाकारहरुको आवश्यकता रहेकाले सानैदेखि चित्रकलामा सक्रिय बालबालिका सफल चित्रकार बन्न सक्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो समारोह ग्यालरीका प्रमुख वरिष्ठ कलाकार सरिता डंगोलको सभापतित्वमा सम्पन्न भएको थियो
उक्त कार्यक्रममा सहभागी बालचित्रकारहरुलाई वरिष्ठ भारतीय लेखिका मनोरमा जफा लिखित जादुको सिसाकलम कार्तिकेय लिखित जादुको कथा पुस्तकहरु उपहार प्रदान गरिएको थियो

वरिष्ठ कलाकार सरिता डंगोल

Tuesday, April 2, 2019

HAPPY INT'L CHILDREN'S BOOK DAY 2019

 This Year our award goes to 
 SENIOR AUTHOR MRS. REBATI RAJBHANDARI CONGRATULATIONS RESPECTED AUTHOR
Since 1967, on or around Hans Christian Andersen's birthday, 2 April, International Children's Book Day (ICBD) is celebrated to inspire a love of reading and to call attention to children's books.
Each year a different National Section of IBBY has the opportunity to be the international sponsor of ICBD. It decides upon a theme and invites a prominent author from the host country to write a message to the children of the world and a well-known illustrator to design a poster. These materials are used in different ways to promote books and reading. Many IBBY Sections promote ICBD through the media and organize activities in schools and public libraries. Often ICBD is linked to celebrations around children's books and other special events that may include encounters with authors and illustrators, writing competitions or announcements of book awards.
IBBY Lithuania is the sponsor for International Children's Book Day 2019.
Current and past posters are available from the IBBY Secretariat. A catalogue of posters and messages that have appeared between 1967 and 2002, created on the occasion of the 50th anniversary of IBBY is also available.

International Children's Book Day

source:  http://ibby.org/awards-activities/activities/international-childrens-book-day/?fbclid=IwAR0KeEgHCgtt58EdjMo95LFhek2toCiIhemXKug-TH3GyBpVTCfa1CCvLH8

Friday, March 8, 2019

सह्रदयी मित्रबन्धुहरुलाई आग्रह

विभिन्न कार्यक्रमका क्रममा दृश्यविहीन (नेत्रहीन) बालबालिका र नवयुवाहरुसँग नजिक हुने मौका मिल्यो ।
उनीहरु माझमा ब्रेलमा बालसाहित्यिक पुस्तकको अभावलाई महसुस गरी वर्ष २०७५ मा ब्रेलबुक प्रकाशन नै बढी प्राथमिकतामा पर्यो । यस वर्ष आदरणीय भारतीय लेखक श्रीमती मनोरमा जफाको
१. हाँस्ने सुगा र अरु बालकथा आदरणीय लेखक श्रीमती जलेश्वरी श्रेष्ठको २. पिङ्की र पुतलीहरु र अरु बालकथा र मैले रचना गरेका ३ वटा बालकथा संग्रहका ब्रेलबुकहरु : ३. म चोर होइन र अरु बालकथा, ४. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा, ५. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा गरी जम्मा ५ वटा ब्रेलबुक मेरी ममतामयी आमा स्व. दुर्गादेवी घिमिरेको स्मृतिमा प्रकाशन गर्ने सौभाग्य प्राप्त भयो । यस पुनित कार्य सफल बनाउनका लागि सहयोग गर्नुहुने ब्रेल एडिटरहरु नीरकुमार मगर, रमेश सुवेदी, समिता शाक्य, कभर डिजाइनर रश्मी खागी, कभर आर्टिस्टहरु अविन श्रेष्ठ, सोनाम तामाङ र विक्की आर्या तथा आदरणीय लेखकद्वय मनोरमा जफा र जलेश्वरी श्रेष्ठज्यूहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै, यस वर्ष अझै २ वटा ब्रेलपुस्तक निस्किने तयारीमा छन् । ती लेखकहरुको नाम अहिले नभन्ने सल्लाह भएको छ ।
यसरी फरक क्षमताका बालबालिकाका लागि ब्रेलबुक प्रकाशन गर्ने यस अभियानमा तपाईं पनि हामीसँग जोडिनुहोस् र आफ्नो कृतिको ब्रेल संस्करण प्रकाशनका लागि प्रयास गर्नुहोस् । आदरणीय सह्रदयी मित्रबन्धुहरु सबैलाई यही आग्रह गर्न चाहन्छु ।
                                                                              by Kartikeya

Wednesday, February 20, 2019

AUTHOR WITH SCHOOL CHILDREN

CLFN's Children's Literature Discussion Club Presents-
AUTHOR WITH SCHOOL CHILDREN
CHELSEA INT'L ACADEMY (VIDHYA SANSKAR SCHOOL), KTM