Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Saturday, July 24, 2021
Saturday, July 10, 2021
Tuesday, June 29, 2021
खुसीको खबर

यस सुखद अवसरमा लेखक सुशीला देउजाज्यूलाई प्रतिष्ठान परिवार हार्दिक बधाई ज्ञापन गर्दछ । साथै यस कृतिमा आफ्ना अमूल्य शुभेच्छा मन्तव्य व्यक्त गर्नुहुने आदरणीय अग्रजहरु वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, डा. धनन्जय रेग्मी, कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड, हिरण्यकुमारी पाठक, अध्यक्ष, गुञ्जन (नारी साहित्य संस्था), प्रतीक ढकाल, अध्यक्ष, नियात्रा समाज नेपाल, डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष, यात्री अनुसन्धान केन्द्र, प्रा.डा. ध्रुवकुमार घिमिरे, अध्यक्ष, नेपाल बालसाहित्य समाज, प्रमोद प्रधान, अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र सम्पादक कार्तिकेय घिमिरे, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपालप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
यस अवसरमा प्रतिष्ठान परिवार काष्ठमण्डप विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
Thursday, June 10, 2021
Monday, May 17, 2021
Wednesday, April 28, 2021
सुशीला देउजा लिखित तीन बालकृति विमोचित
ललितपुर, वैशाख १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार सुशीला देउजा लिखित तीनवटा बालकृतिहरू १४ गते मंगलवार लोकसाहित्य भवन, ललितपुरमा आयोजित समारोहमा विमोचन गर्नुभयो ।
विमोचित कृतिहरूमा सम्पदा दर्शन- बालनियात्रासङ्ग्रह, महिमा- बालउपन्यास र चारुमतीको रहस्य- बालचित्रकथा रहेका छन् ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले भन्नुभयो, “बालबालिकाहरुलाई नेपाली गौरवमय सम्पदाबारे जान्न अभिप्रेरित गर्ने उद्देश्य सह्रानीय रहेको छ, उनीहरुलाई आफ्नो देश नेपालप्रति गर्व गर्दै यस्ता सम्पदा दर्शन जस्ता उपयोगी कृतिहरु प्रकाशन हुनु स्वागत योग्य कार्य हो । नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाहरुले हाम्रा सम्पदा र गौरवहरुबारे बालपुस्ताका लागि केही काम गर्न नसकिरहेको वर्तमान अवस्थामा लेखक सुशीला देउजा र प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालबाट राम्रो काम भएको छ । यो कामले शृंखलाका रुपमा निरन्तरता पाओस्, यही शुभेच्छा व्यक्त गर्दछु ।”
समारोहमा बोल्दै गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकले लेखक देउजा सक्रियतासाथ लेखनमा लागिरहेकोमा बधाई दिनुभयो ।
विमोचित कृतिहरु र लेखक देउजाको लेखनीबारे समीक्षा गर्दै यात्री अनुसन्धान केन्द्रका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालले एकै वर्ष ३ वटा फरकफरक विधाका बालकृतिहरु प्रकाशन गरी लेखक देउजाले बालसाहित्यमा सक्रियता बढाएकोमा बधाई दिनुभयो । उहाँले नियात्रा लेखकले बालबालिकाका लागि पनि नियात्रा लेखनमा चासो दिनुले नेपाली बालसाहित्यको नियात्रासाहित्यको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमोचित कृतिहरु चारुमती एउटा रमाइलो बालचित्रकथा, सम्पदा दर्शन विश्वसम्पदा सूचीमा रहेका नेपालका १० सम्पदाहरुको भ्रमण गरिएको जानकारीमूलक बालनियात्राकृति भएकाले यी तीनवटै कृतिबाट बालबालिकाहरुले फरक सन्देश, सूचना र मनोरञ्जन प्राप्त गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
![]() |
सुशीला देउजा |
समारोहमा बोल्दै लेखक सुशीला देउजाले हामी नेपालीले हाम्रा गौरवमय कुराबारे आफ्ना बालबालिकालाई बढीभन्दा बढी कुराहरु भन्नुपर्छ भन्ने विचारबाट प्रेरित भएर विमोचित कृतिहरु रचना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा सम्पदाहरुप्रति गौरव गर्नुपर्छ । पुर्खाको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने आव्हान सम्पदा दर्शन कृतिको हो भने चारुमतीको रहस्य कृतिमा नयाँ पुस्ताले अग्रज हजुरबाहजुरआमाहरुको भावनाको सम्मान गर्दै माया र सेवा दिनुपर्छ भन्ने आग्रहलाई एउटा कौतूहलतापूर्ण कथा बुनेर भनेकी छु र महिमा कृतिमा एउटी बालिकाको साहसले हराएको बाबु भेटिनुभएको कथा समेटेकी छु । यी कृतिहरु लेख्नेक्रममा बालबालिकाहरु माझमा गई कथा सुनाएर र अन्तरक्रिया गरेर धेरै कुरा सिकेकी छु । यो क्रमलाई निरन्तरता दिँदै जाने मेरो कोसिस रहनेछ किनकि हामीले किताब लेख्ने नै ती बालबालिकालाई खुसी र प्रेरणा दिनको लागि हो भन्ने मलाई लाग्दछ ।”
बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले नेपाली बालबालिकालाई नेपालप्रति गौरव गर्न प्रेरित गर्ने कृति प्रकाशन गर्नु प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ भन्नुभयो ।
कार्यक्रम प्रतिष्ठानका कार्यक्रम संयोजक गोकर्ण तिमल्सिनाले संयोजन गर्नुभएको थियो ।
Tuesday, March 23, 2021
Tuesday, January 26, 2021
पराक्रम बालप्रतिभा पुरस्कार २०७७ प्रेम चेपाङलाई
पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको छ । कोषका अध्यक्ष बालसाहित्यकार कार्तिकेय घिमिरेको अध्यक्षतामा, शनिबार काठमाडौँमा बसेको बैठकले उक्त पुरस्कारका लागि चितवनकोे इच्छाकामना नगरपालिका, वडा नम्बर ६ का १३ वर्षीय बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय गरेको छ । रू ११,१११ धनराशी तथा प्रमाणपत्र रहेको उक्त पुरस्कार फाल्गुन महिनामा प्रदान गरिने पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले जानकारी गराएकी छिन् । प्रतिकूल आर्थिक अवस्थाका बीच पछाडिएको र अल्पसङ्ख्यक जातिका रूपमा चिनिएको चेपाङ समुदयमा हुर्केका प्रेम चेपाङलाई उनको प्रतिभाको विकास गर्न तथा उनको समुदायलाई नै प्रतिभा विकासको बाटोमा लाग्ने प्रेरणा प्रदान गर्नका लागि यो छनोट गरिएको अधिकारीले बताइन् । बालक प्रेम भक्तपुरको गठ्ठाघरस्थित इमान्युल एकेडेमीमा कक्षा ७ का विद्यार्थी हुन् ।
२०७५ मा स्थापित यो पुरस्कार यसअघि मस्तिष्क घातका कारण हाटखु्ट्टा चलाउन नसक्ने तर नाकले लेख्ने दोलखाका बालकवि दर्शन केसी, तथा प्रतिभाशाली वक्ता काभ्रेकी तारा तामाङलाई प्रदान गरिएको थियो ।