Saturday, June 30, 2012

अमेरिकामा बस्ने १० वर्षका प्रतिभाशाली नेपाली बालक पुरस्कृत

काठमाडौं । कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले कार्तिकेय बालप्रतिभा पुरस्कार २०६९ बाट अमेरिकामा बस्ने १० वर्षका प्रतिभाशाली नेपाली बालक हिमाँशु निभा कुँवरलाई पुरस्कृत गरेको छ । उनी सिर्जनशील र विलक्षण प्रतिभा भएका बालक हुन् । उनले सात वर्षको उमेरमा स्नो फल नामक कविता संग्रह र ९ वर्षको उमेरमा कलरफुल ब्वाय नामक संस्मरण संग्रहमो कृति प्रकाशन गरेका छन् । अंग्रेजी भाषामा लेख्ने उनी अनलाइनमा रेडियो कार्यक्रम संचालन गर्ने कान्छा प्रतिभा पनि हुन् । उनलाई यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले आयोजना गरेको कोषको दशौं वार्षिकोत्सवको विशेष अवसरमा प्रयास नेपालका अध्यक्ष मनी जोशी, लिटिल मिस वल्र्ड विपश्वी पौडेल र प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले नगद रु पाँच हजार एक सहित संयुक्त रुपमा यो पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत बालक हिमाँशुले तेस्रो कृति यात्राका सम्झनाहरु तयार गरेका छन् । जसलाई कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले प्रकाशित गरिदिने भएको छ । उनी अहिले अमेरिकाको नर्थ क्यारोलिनामा रहेको स्टोनी प्याइन्ट इलेमेन्ट्री स्कुलमा कक्षा ५ मा पढ्छन् ।

No comments:

Post a Comment