Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Wednesday, December 29, 2021
२३ जना लेखकका रमाइला र सन्देशमूलक कथाहरु
Monday, December 27, 2021
बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो : डा. सत्यमोहन जोशी
डा. जोशी भन्नुहुन्छ – अब बालसाहित्यका लागि राष्ट्रिय आयोग पनि बन्नुपर्छ । जसले देशका बालबालिकाकालाई असल बालसाहित्य प्रदान गर्न व्यवस्थित रुपमा काम गर्नुपर्छ ।
मन्तव्यका क्रममा उहाँले बालबालिकाले असल बालसाहित्य पढ्न पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा राज्य त्यति जिम्मोवार देखिएको छैन । बालसाहित्य संगठानहरु पनि सानो सानो समूहमा एक्ला एक्लै सक्रिय हुँदा नेपाली बालसाहित्यले फड्को मार्न नसकेको हो भन्नुभयो कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखक, समीक्षक र विलक्षण बालप्रतिभाहरुलाई पुरस्कृत गरियो । ट्रस्टका सचिव महेश पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्दै पुरस्कृत र सम्मानित प्रतिभाबारे प्रकाश पार्नु भएको थियो ।
जस अनुसार वरिष्ठ बालसाहित्य लेखक सम्मानबाट २०७७ का लागि कल्पना प्रधान, गोपाल पराजुली र २०७८ का लागि रामबाबु सुवेदी र डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित हुनुभएको थियो । त्यस्तै उत्कृष्ट समीक्षक सम्मानबाट अरुण नदी खत्री सम्मानित हुनुभयो । समारोहमा विविध विधाका आधा दर्जन बालप्रतिभाहरुलाई पुरस्कृत गरिएको थियो । जसमा अभिनय विधामा मयूर बस्नेत, सिर्जना विधामा कर्णसिंह खड्का र आरम्भ अधिकारी, साहस विधामा मुस्कान खातून र चित्रकलामा सन्ध्या कार्की पुरस्कृत हुनुभयो ।
त्यस्तै ट्रस्टले वर्ष २०७८ का लागि बालसाहित्य प्रवर्धन पत्रकारिता पुरस्कार केटाकेटी अनलाइनका उपसम्पादक सरिता अर्याल र उत्कृष्ट युवा चित्रकार पुरस्कार चित्रकार विनीता बुद्धाचार्यलाई प्रदान गरेको छ । कार्तिकेय ट्रस्ट नेपाल बालसाहित्य लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित ट्रस्ट हो । यस ट्रस्टले हालसम्म १ सय बढी बालप्रतिभा र ५० बढी वरिष्ठ लेखक तथा युवा प्रतिभाहरुलाई पुरस्कृत र सम्मानित गरिसकेको छ ।
उक्त समारोहमा चन्द्रागिरि नगरपालिका वडा नं. १५, काठमाडौँका वडा अध्यक्ष उत्तम बहादुर राउतले आफ्नो वडामा बालसाहित्य प्रवर्धनका लागि १५ लाखको कोष बनाउने घोषणा गर्नुभएको थियो । समारोहमा नेशनल ओपन कलेज, सानेपा, ललितपुरका प्रमुख शीतल कुमार कार्की, ब्राइट फ्युचर हाइस्कुल, तीनथाना, नैकाप, काठमाडौँका प्रिन्सिपल दयाराम थापा, क्वेस्ट नेपालका अध्यक्ष एवम् ग्यालेक्सी पब्लिक स्कुलका प्रिन्सिपल सुरिना गुरुङ, काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका प्रिन्सिपल सुनिता पौडेल, करेन्ट पब्लिकेसनका निर्देशक किरण गौतम, नारी साहित्यकारहरुको संस्था गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ, होटल मनाङका संचालक गीतकार देवेन्द्र गिरी, प्याब्सनका उपाध्यक्ष दीपिका रिमाल, पुस्तकालय विशेषज्ञ इन्दिरा दली, चाइल्ड केयर क्लबका अध्यक्ष रोज गार्डेन प्रधान, वरिष्ठ साहित्यकारहरु सुशीला देउजा र कविता पराजुली लगायत विशेष अतिथिका रुपमा सहभागी रहनुभएको थियो ।
कार्यक्रममा पुरस्कृत बालप्रतिभाहरु मयूर बस्नेत, मुस्कान खातून, कर्णसिंह खड्का र आरम्भ अधिकारीले सिर्जना वाचन र सारगर्भित विचार व्यक्त गरी सबैको मन जित्नुभएको थियो । कार्यक्रमको व्यवस्थापनमा लक्ष्मीराज दहालको नेतृत्वमा कीर्तिका पौडेल, राधिका पौडेल र गोकर्ण तिमल्सिनाले सहयोग गर्नुभएको थियो ।
बालसाहित्य र बालिकाकालाई माया गर्ने विशिष्ट महानुभावहरुको भव्य उपस्थितिमा सम्पन्न यस कार्यक्रमको सुमधुर संचालन साहित्यकार देवु लुइँटेलले गर्नुभएको थियो ।
Sunday, November 28, 2021
हार्दिक बधाई
आदरणीय विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित प्रतिष्ठित पुरस्कार रमेश विकल बालसाहित्य पुरस्कार २०७८ बाट यस प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरेलाई पुरस्कृत गरी हौसला प्रदान गर्नुभएकोमा रमेश विकल साहित्य प्रतिष्ठान परिवारप्रति हार्दिक आभारी छौँ । साथै यस सुखद अवसरमा यस प्रतिष्ठानका अध्यक्ष कार्तिकेयज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
बालसाहित्य प्रतिष्ठान नेपाल परिवार
Tuesday, October 19, 2021
शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना
आदरणीय मनोरमा जफाज्यूलाई शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
८९ वर्षीय आदरणीय जफाको दक्षिण एसियामा बालसाहित्यको विकास र यस विधाप्रति सबैको ध्यानाकर्षक गराउन विशिष्ट योगदान रहेको छ ।
आदरणीय लेखक जफाको शुभ जन्मदिनको सुखद अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा विभिन्न बालगृहहरुमा आश्रित १ सय जना अनाथ बालबालिकाहरुलाई ३ सय प्रति बालपुस्तक वितरण गर्ने र विभिन्न आश्रममा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।
Friday, October 15, 2021
Wednesday, September 29, 2021
Monday, September 27, 2021
Thursday, September 23, 2021
Wednesday, September 22, 2021
Saturday, September 18, 2021
Monday, September 13, 2021
Saturday, July 24, 2021
Saturday, July 10, 2021
Tuesday, June 29, 2021
खुसीको खबर

यस सुखद अवसरमा लेखक सुशीला देउजाज्यूलाई प्रतिष्ठान परिवार हार्दिक बधाई ज्ञापन गर्दछ । साथै यस कृतिमा आफ्ना अमूल्य शुभेच्छा मन्तव्य व्यक्त गर्नुहुने आदरणीय अग्रजहरु वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, डा. धनन्जय रेग्मी, कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड, हिरण्यकुमारी पाठक, अध्यक्ष, गुञ्जन (नारी साहित्य संस्था), प्रतीक ढकाल, अध्यक्ष, नियात्रा समाज नेपाल, डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष, यात्री अनुसन्धान केन्द्र, प्रा.डा. ध्रुवकुमार घिमिरे, अध्यक्ष, नेपाल बालसाहित्य समाज, प्रमोद प्रधान, अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र सम्पादक कार्तिकेय घिमिरे, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपालप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
यस अवसरमा प्रतिष्ठान परिवार काष्ठमण्डप विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
Thursday, June 10, 2021
Monday, May 17, 2021
Wednesday, April 28, 2021
सुशीला देउजा लिखित तीन बालकृति विमोचित
ललितपुर, वैशाख १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार सुशीला देउजा लिखित तीनवटा बालकृतिहरू १४ गते मंगलवार लोकसाहित्य भवन, ललितपुरमा आयोजित समारोहमा विमोचन गर्नुभयो ।
विमोचित कृतिहरूमा सम्पदा दर्शन- बालनियात्रासङ्ग्रह, महिमा- बालउपन्यास र चारुमतीको रहस्य- बालचित्रकथा रहेका छन् ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले भन्नुभयो, “बालबालिकाहरुलाई नेपाली गौरवमय सम्पदाबारे जान्न अभिप्रेरित गर्ने उद्देश्य सह्रानीय रहेको छ, उनीहरुलाई आफ्नो देश नेपालप्रति गर्व गर्दै यस्ता सम्पदा दर्शन जस्ता उपयोगी कृतिहरु प्रकाशन हुनु स्वागत योग्य कार्य हो । नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाहरुले हाम्रा सम्पदा र गौरवहरुबारे बालपुस्ताका लागि केही काम गर्न नसकिरहेको वर्तमान अवस्थामा लेखक सुशीला देउजा र प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालबाट राम्रो काम भएको छ । यो कामले शृंखलाका रुपमा निरन्तरता पाओस्, यही शुभेच्छा व्यक्त गर्दछु ।”
समारोहमा बोल्दै गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकले लेखक देउजा सक्रियतासाथ लेखनमा लागिरहेकोमा बधाई दिनुभयो ।
विमोचित कृतिहरु र लेखक देउजाको लेखनीबारे समीक्षा गर्दै यात्री अनुसन्धान केन्द्रका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालले एकै वर्ष ३ वटा फरकफरक विधाका बालकृतिहरु प्रकाशन गरी लेखक देउजाले बालसाहित्यमा सक्रियता बढाएकोमा बधाई दिनुभयो । उहाँले नियात्रा लेखकले बालबालिकाका लागि पनि नियात्रा लेखनमा चासो दिनुले नेपाली बालसाहित्यको नियात्रासाहित्यको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमोचित कृतिहरु चारुमती एउटा रमाइलो बालचित्रकथा, सम्पदा दर्शन विश्वसम्पदा सूचीमा रहेका नेपालका १० सम्पदाहरुको भ्रमण गरिएको जानकारीमूलक बालनियात्राकृति भएकाले यी तीनवटै कृतिबाट बालबालिकाहरुले फरक सन्देश, सूचना र मनोरञ्जन प्राप्त गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
![]() |
सुशीला देउजा |
समारोहमा बोल्दै लेखक सुशीला देउजाले हामी नेपालीले हाम्रा गौरवमय कुराबारे आफ्ना बालबालिकालाई बढीभन्दा बढी कुराहरु भन्नुपर्छ भन्ने विचारबाट प्रेरित भएर विमोचित कृतिहरु रचना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा सम्पदाहरुप्रति गौरव गर्नुपर्छ । पुर्खाको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने आव्हान सम्पदा दर्शन कृतिको हो भने चारुमतीको रहस्य कृतिमा नयाँ पुस्ताले अग्रज हजुरबाहजुरआमाहरुको भावनाको सम्मान गर्दै माया र सेवा दिनुपर्छ भन्ने आग्रहलाई एउटा कौतूहलतापूर्ण कथा बुनेर भनेकी छु र महिमा कृतिमा एउटी बालिकाको साहसले हराएको बाबु भेटिनुभएको कथा समेटेकी छु । यी कृतिहरु लेख्नेक्रममा बालबालिकाहरु माझमा गई कथा सुनाएर र अन्तरक्रिया गरेर धेरै कुरा सिकेकी छु । यो क्रमलाई निरन्तरता दिँदै जाने मेरो कोसिस रहनेछ किनकि हामीले किताब लेख्ने नै ती बालबालिकालाई खुसी र प्रेरणा दिनको लागि हो भन्ने मलाई लाग्दछ ।”
बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले नेपाली बालबालिकालाई नेपालप्रति गौरव गर्न प्रेरित गर्ने कृति प्रकाशन गर्नु प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ भन्नुभयो ।
कार्यक्रम प्रतिष्ठानका कार्यक्रम संयोजक गोकर्ण तिमल्सिनाले संयोजन गर्नुभएको थियो ।