Wednesday, December 6, 2017

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक २७ गते सोमवार ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकारहरु गीता केशरी, इन्दिरा दली, जलेश्वरी श्रेष्ठ, माया ठकुरी र वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न यस कार्यक्रम गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले अग्रज महिलाहरुको बालिका छँदाको अनुभूति वर्तमान पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बालिका छँदाको अनुभूति सुन्ने–सुनाउने यस कार्यक्रममा इन्दिरा दली, गीता केशरी, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा शीला, डा. अरुणा उप्रेती, सुशीला देउजा, भागीरथी श्रेष्ठ, डा. गार्गी शर्मा, सुस्मिता नेपाल, सन्ध्या पहाडी, लक्ष्मी उप्रेती, रजनी ढकाल, उर्मिला पन्त पाण्डेय, सावित्री थापा, गंगा कर्माचार्य पौडेल, रश्मी असफल, ललिता दोषी, गंगा लिगल, रुकु कार्की, शान्ति सापकोटा, सरु सुवेदी, मञ्जु ज्ञवाली र ज्ञानू अधिकारीलगायतले आआफ्नो अनुभूति सुनाउनुभएको थियो ।
साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन बालसाहित्य प्रतिष्ठानले अनुरोध गरेको छ ।

No comments:

Post a Comment