Wednesday, December 6, 2017

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक २७ गते सोमवार ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकारहरु गीता केशरी, इन्दिरा दली, जलेश्वरी श्रेष्ठ, माया ठकुरी र वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न यस कार्यक्रम गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले अग्रज महिलाहरुको बालिका छँदाको अनुभूति वर्तमान पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बालिका छँदाको अनुभूति सुन्ने–सुनाउने यस कार्यक्रममा इन्दिरा दली, गीता केशरी, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा शीला, डा. अरुणा उप्रेती, सुशीला देउजा, भागीरथी श्रेष्ठ, डा. गार्गी शर्मा, सुस्मिता नेपाल, सन्ध्या पहाडी, लक्ष्मी उप्रेती, रजनी ढकाल, उर्मिला पन्त पाण्डेय, सावित्री थापा, गंगा कर्माचार्य पौडेल, रश्मी असफल, ललिता दोषी, गंगा लिगल, रुकु कार्की, शान्ति सापकोटा, सरु सुवेदी, मञ्जु ज्ञवाली र ज्ञानू अधिकारीलगायतले आआफ्नो अनुभूति सुनाउनुभएको थियो ।
साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन बालसाहित्य प्रतिष्ठानले अनुरोध गरेको छ ।

Author ANURADHA Says

'Mero Kathako Alien' is my first chapter book. I had written this story many years ago. However, during that time publishers were not ready to publish chapter books very willingly. It is finally published and I am very happy.
Mero Kathako Alien is a science based fantasy story about a girl named Juni and her alien friend who is actually a character from her story that comes alive. Together, they do a lot of adventurous things.
The beautiful illustrations in the book are by Suman Maharjan. The story is edited by Nayan Raj Panday dai and it is published by Kathamandu Publication.
 
I write for children because I love doing so. It's therapy for me. By writing for them, I am actually writing for myself. From an early age I was introduced to the world of books and I have been in love with books ever since. My mother, who herself is a writer, really pushed me into writing stories for children. At first I was hesitant but slowly I enjoyed writing. I was even more motivated to write when I realized that there are not enough good Nepalese children literature in the market. I hope my books will make children as happy as I used to be reading books when I was little.
 
The current situation of Nepalese Children's Literature is very promising. There are a lot of talented people writing and illustrating for children's books. And there are quite a number of publications who are aware of what a good children book should be like.
However, a lot of work needs to be done in order to develop a reading culture in Nepal, especially for children's literature. This is a joint effort by parents, schools, children and people who work in the field of book and book publishing. And the starting point towards this effort is the publication of good children literature.

हार्दिक समवेदना

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।
दाजु, केटाकेटी अनलाइन परिवार, बालसाहित्य प्रष्ठिान नेपाल परिवार र केटाकेटी मिडिया परिवार हजुरको गुनप्रति सधैं नतमस्तक भइरहने छ । 
हार्दिक हार्दिक हार्दिक समवेदना छ हजुरमा सम्पूर्ण नेपाली बालसाहित्य प्रेमीहरुको तर्फबाट पनि ।
Sun, 11/19/2017 - 18:44

हाम्रा आदरणीय बालसाहित्य लेखक कविताराम

विक्रम सम्वत् २००४ माघ ११ गते ओखलढुङ्गा, रामबजारमा जन्मनुभएका रामबहादुर श्रेष्ठ नै नेपाली बालसाहित्यका वरिष्ठ लेखक डा. कविताराम हुनुहुन्छ । साहित्यकार कवितारामका नामले एउटा अलग्गै पहिचान बनाउन सफल डा. रामबहादुर श्रेष्ठ अर्थात् कविताराम बुबा नन्दराम र आमा मनमायाका सुपुत्र हुनुहुन्छ । उहाँले वि.सं. २०१८ सालदेखि साहित्य लेखन शुरु गर्नु भएको हो । उहाँले अस्वीकृत साहित्य आन्दोलन र लेखनका माध्यमले नेपाली साहित्यमा पनि एउटा विशिष्ट पहिचान बनाउनु भएको छ । 
बालसाहित्य लेखक कवितारामको बालसाहित्य यात्रा वि.सं. २०३६ सालबाट शुरु भएको हो । उहाँको प्रथम प्रकाशित बालसाहित्य कृति ‘वनदेवी’ हो । यो रुखबिरुवा संरक्षण गरौं र पशुपन्छीलाई बचाऔं भन्ने आव्हानसहित लेखिएको कृति हो । 
आफू बालक छँदा बालसाहित्यका रमाइला किताबहरु पढ्न नपाएकाले आफू बालसाहित्य लेखनमा लागेको डा. कवितारामको भनाइ छ । उहाँ भन्नुहुन्छ, नेपाली बालसाहित्यमा वर्तमान युगको आवश्यकता अनुसारको बालसाहित्य प्रकाशन हुन नसकिरहेको देखेपछि म आफैँ बालसाहित्य लेखनमा होमिएको हुँ । हो, वास्तवमा कवितारमले नेपाली बालसाहित्य लेखनमा विज्ञान बालसाहित्यको बलियो जग बनाउने काम गर्नु भएको छ । उहाँले रचना गर्नु भएका विज्ञान बालउपन्यासहरु बालबालिका माझमा लोकप्रिय छन् । 
आदरणीय लेखक कवितारामले पहिलो बालउपन्यास ‘वनदेवी’ प्रकाशन भएपछि ‘पानीको थोपा’ बालउपन्यास प्रकाशित भयो । यो अत्यन्त रोचक उपन्यास हो । यसमा पानीको थोपाको यात्रालाई रमाइलोसँग प्रस्तुत गरिएको छ । यसपछि उहाँको ‘कमिलाको कथा’, ‘अनौठो यात्रा’, ‘मावलीको यात्रा’, बुद्विबंगाराको फोन (भाग १, २ र ३) र ‘सृष्टि पुराण’ आदि बालउपन्यासहरु र ‘जुजुहिरा’ र ‘अब हारिन्नँ’ जस्ता बालचित्रकथाकृतिहरु र बालकथा कसरी लेख्ने ? आदि पुस्तकहरु प्रकाशित भएका छन् । उहाँले लेख्नुभएका चर्चित बालउपन्यासहरुको अंग्रेजी संस्करण पनि प्रकाशित छन् ।

यसरी नेपाली बालसाहित्यमा किशोर पाठकहरुलाई लक्षित गरी उनीहरुमा रमाइलो साहित्यका माध्यमले वैज्ञानिक चेतना भर्न कवितारामको कलम अत्यन्त सफल भएको देखिन्छ । उहाँले बालसाहित्यलाई ज्ञानविज्ञानसम्म जोड्न लेखनका माध्यमबाट पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘जनकवि दुर्गालाल राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पनि पुरस्कृत गरिएको छ । 
वास्तवमा लेखनबाहेक बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि समर्पित व्यक्तित्व हुनुहुन्छ डा. कविताराम । उहाँले आफूलाई लेखकस्वस्वरुप प्राप्त भएको रकम र विभिन्न पुरस्कारबाट प्राप्त भएको रकमहरु जम्मा गरी कविताराम बालसाहित्य पुरस्कार, बालसाहित्य प्रवद्र्वन पुरस्कार, कविताराम बालप्रतिभा पुरस्कारलगायत विभिन्न पुरस्कारहरु स्थापना गर्नु भएको छ । जुन पुरस्कारहरु विगत लामो समयदेखि प्रदान गरिआइएको देखिन्छ । केटाकेटी अनलाइन पत्रिकाले पनि कविताराम बालसाहित्य प्रवद्र्वन पुरस्कार प्राप्त गरेको थियो । 
यसरी बालसाहित्य लेखक कवितारामले बालसाहित्यमा वैज्ञानिक चेतना प्रदान गर्ने स्थापित लेखकको छवि बनाउँदै बालबालिकाको पठन संस्कार बढाउन पुरुस्कार स्थापना, कथावाचन र लेखन शिविरहरुका माध्यमबाट विशिष्ट योगदान गर्नु भएको छ ।

Monday, July 10, 2017

सफलता शिक्षा सदनमा बालसाहित्यको रमाइलो

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

सफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रममा
सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका   थिए । 

कार्यक्रममा उनीहरुले कथामा भएका पात्रको कल्पना गर्दै थरीथरीका चित्र बनाएका थिए ।
यसरी शनिवारको विदाको दिन सफलता शिक्षा सदनमा पढ्दै ह्याप्पी लाईफ होममा आश्रित २२ बालबालिकाले कथावाचनको रमाइलोमा २ घन्टा समय बिताएका थिए । उनीहरुलाई यो अवसर समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालले प्रदान गरेको थियो । प्रतिष्ठानले फरक परिवेशका बालबालिका माझमा माउन्ट एभरेष्ट कथावाचन अभियान चलाइरहेको छ । यस अभियानले हालसम्म देशको ३७ जिल्लामा कथावाचन गरिसकेको कुरा प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले बताए । 
यसरी २४ गते शनिवार ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सकिएपछि मीठो खाजा खाँदै बुकआर्ट नेपालबाट उपहार प्राप्त बालपुस्तकहरु आफ्नो दराजमा सजाएर बालबालिकाहरु सहयोगी सबैप्रति कृतज्ञ भए ।

Thursday, July 6, 2017

Story Telling and Brail Book Distribution Program

Story Telling and Brail Book Distribution Program With Visually Impired Children- Story Teller Jaleshwori Shrestha-

Mount Everest Story Telling Express at Bandipur, Tanahu बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला

कविवर द्वारिका श्रेष्ठका पूजनीय मातापिता बुद्धि–रेशमको स्मृतिमा जलरिका साहित्य प्रतिष्ठान र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला गत असार ९ र १० गते सम्पन्न भयो । तालिममा विभिन्न विद्यालयका २२ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कथावाचन तथा लेखनको तालिम बालसाहित्य लेखक तथा देशका ३७ जिल्लामा कथावाचन गरिसक्नुभएका कथावाचक कार्तिकेय घिमिरेले र चित्राङ्कनको तालिम प्रतिभाशाली युवा चित्रकारहरु सुमन महर्जन र सोनाम तामाङले दिनुभएको थियो ।
भानु माध्यमिक विद्यालय, बन्दीपुर, तनहूँमा आयोजित कार्यक्रम उक्त विद्यालयका प्रधानाध्यापक दीप बहादुर खत्रीले संयोजन गर्नुभएको थियो ।
कार्यशालामा बालबालिकाहरुले रचना गर्नुभएको कथा र उहाँहरुले नै बनाउनुुभएको चित्र समावेश गरी ‘बन्दीपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशित गरिने बुकआर्ट नेपाल प्रकाशनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Friday, May 5, 2017

विद्यालयका बालबालिकासँग लेखक सुशीला देउजा

विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमको वैशाख २०७४ को दोस्रो कार्यक्रम क्यामेलिया क्रियटिभ क्लब सिएलएफएन बालसाहित्य छलफल क्लब केटाकेटी अनलाइन पत्रिकाको सहकार्यमा सम्पन्न भयो उक्त कार्यक्रममा बालसाहित्य लेखक सुशीला देउजाको कृतिमाथि विद्यालयका बालबालिकाहरुसँग अन्तरक्रिया सम्पन्न भएको थियो  

कार्यक्रममा सुशीला देउजा लिखित सचित्रबालकथाकृति भगवान्को रुपको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका   थिए
अन्तरक्रियामा सहभागी नौ देखि १३ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु भएको यो किताब पढ्दा रमाइलो लागेको प्रतिक्रिया दिएका थिए  
कार्यक्रममा लेखकहरु सिर्जना शर्मा हिरण्यकुमारी पाठकले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो कार्यक्रममा बोल्दै लेखक देउजाले बालबालिकालाई कस्तो साहित्य मनपर्छ भन्ने कुरा बालबालिकाहरुबाट नै जान्न पाएकोमा आयोजकवर्ग बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो  
लेखक सुशीला देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यामेलिया स्कूल तथा कलेजका निर्देशक रुद्र अधिकारी, कार्यक्रम संयोजक द्रोण कोइराला, लेखकहरु सिर्जना शर्मा, हिरण्यकुमारी पाठक, कार्तिकेय लगायत व्यक्तित्वहरुले रचना वाचन गर्नुभएको थियो कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै निर्देशक अधिकारीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो  

Sunday, April 30, 2017

Book Discussion with SCHOOL CHILDREN विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं/ लर्नस क्लब, रिलाएन्स कोएड स्कुल र बुकआर्ट नेपालको आयोजना तथा केटाकेटी अनलाइन पत्रिका र स्कूल लाइफ म्यागाजिनको सहकार्यमा बालसाहित्य लेखक कार्तिकेयका तीनवटा कृतिहरुमाथि विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा कार्तिकेय लिखित बालचित्रकथाहरु आमा, पपी छुट्यो, म चोर होईन र फुच्ची नानी सूर्य भेट्न गइन् गरी तीनवटा कृतिहरुको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिहरुमाथि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका थिए ।
अन्तरक्रियामा सहभागी नौ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु र आकर्षक छपाई भएको यो किताब पढ्दा आफूहरुलाई कथा अझ लामो भइदिएको भए हुन्थ्यो कि भन्ने लागेको प्रतिक्रिया दिएका थिए । केही बालबालिकाले फुच्ची नानीले कसरी सपना देखिन् ? भन्ने प्रश्न रमाइलोसँग सोधेका थिए । साथी उनीहरुले फुच्ची नानी आकाशमा पुग्दाको क्षण मज्जा आएको विचार व्यक्त गरेका थिए । हरेक किताबमा आठ–आठ जना बालप्रतिभाहरुले विचार व्यक्त गरेको कार्यक्रममा सहभागी बालबालिकाहरुले म चोर होईन कथा माथि प्रतिक्रिया दिंदा रमाएका थिए । उनीहरुले कार्यक्रममा उक्त कथा नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गरेर सुनाएका थिए । 
कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले यस्ता छलफल कार्यक्रमले लेखकलाई ठूलो हौसला र प्रेरणा मिल्ने रहेछ भन्नुभएको थियो । उहाँले बालबालिकाहरुको प्रश्न सुनेर आफू चकित भएको र उनीहरुबाट आफूले धेरै सिक्न पाएकोमा आयोजकवर्ग र बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो । 
लेखक कार्तिकेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिलयन्स कलेजका प्रिन्सिपल रवीन्द्र जंग थापा, कार्यक्रम निर्देशक सुबोध खनाल, अनिल खतिवडा, पटकथाकार हेमन्त खतिवडालगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रिन्सिपल थापाले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो । 
क्लबका निर्देशक सुबोध खनालले क्लबले बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि सशक्त ढंगले काम गर्ने उद्देश्य लिएको बताउनुभएको थियो । 

Book Discussion with SCHOOL CHILDREN बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Saturday, April 15, 2017

दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ ...

जलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित   छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
५० वर्षको उमेर पूरा भएपछि साहित्य लेख्न शुरु गर्नु भएर पनि आफ्नो लेखनमा नयाँ जोश र जागर भर्न सफल लेखिका श्रेष्ठसँग यस पटकको ३ प्रश्नमा केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न १. तपाईंले साहित्य लेख्न किन ढिलो शुरु गर्नु भयो ?
मैले आफू ५० वर्षको उमेर पुगेपछि साहित्य लेख्न शुरु गरे पनि मसँग साहित्यिक मन र विद्रोही भावना सानै देखि थियो । म सम्झन्छु बच्चामा म भाइलाई धेरै मलाई किन थोरै भनेर आमासँग झगडा गर्थें । आमाको पिटाइ र हप्काइ बढी खाने छोरी थिएँ म । त्यतिबेला मेरा दिदीबहिनीहरु चित्त बुझाएरै बसेका हुन्थे तर म समान हुनुपर्छ भन्ने कुरामा दृढ थिएँ । यसरी एकातिर समाजको छोराछोरीप्रतिको विभेदको चलनले गर्दा म असन्तुष्ट थिएँ भने अर्कोतिर जब मेरो श्रीमान् बाहिर जानुभएको समयमा मेरो नागरिकताले छोरीहरुसँग सम्बन्धित सरकारी काम भएन त्यसपछि मलाई यो विभेदको संस्कारले झन् बढी पीडा दियो । जसले यो आक्रोश पोखिन मात्र बाँकी थियो । जुन २०४५÷४६ सालतिर चितवन जंगल लजमा मैले आफ्नै संयोजनमा सम्पन्न गरेको साहित्यिक बनभोजमा पोख्ने मौका पाएँ । त्यतिबेला मनमा दबिएका भावना पोख्दै गर्दा मेरा आँखा रसाएका थिए । हो, वास्तवमा त्यही गोष्ठी मेरो लेखनका लागि उर्जा बन्न पुग्यो । मैले त लेखकहरुका लागि यी विषय पनि हुन सक्छन् भनेर अनुभव साटेकी थिएँ । तर सहभागी सबैले तपाईं नि लेख्न सक्नुहुन्छ लेख्नुस् भनेर हौसला दिनुभयो । यसरी त्यो कार्यक्रबाट फर्केर आएको चार महिनामा मैले चारवटा कथा लेख्न पुगें । यसरी मेरो साहित्य लेखनको यात्रा शुरु हुन पुग्यो ।
अर्को कुरा ममा सानैदेखि साहित्य र साहित्यकारप्रतिको लगाव धेरै थियो । म सम्झन्छु, किशोरावस्थामा म साथीहरुलाई म त साहित्यकारसँग विवाह गर्ने हो भन्दा मेरा सहपाठीहरु साहित्यकार त झोले हुन्छन्, तिमीलाई दुई छाक खान नि दिन नसक्लान् नि भन्थें । तर, किन किन मेरो मनमा साहित्यकारसँग विवाह गर्ने ठूलो इच्छा थियो । साहित्यकारप्रति ठूलो श्रद्धा थियो । जुन इच्छा वरिष्ठ कवि द्धारिका श्रेष्ठसँग विवाह भएर पूरा पनि भयो । विवाहको समयमा केटी हेर्न आउँदा केटा कवि साहित्यकार पनि हो भन्ने कुराकाट म धेरै प्रभावित भएको थिएँ ।
जहाँसम्म साहित्य लेख्न ढिलो शुरु गर्नुको कारण छ, विद्यालय पढ्दा अलिअलि लेख्ने गर्थें तर घर व्यवहारको जिम्मेवारीले थिचेर त्यो निरन्तर रुपमा आउन सकिरहेको थिएन । छोरीहरु हुर्किएपछि मैले आफूलाई स्वतन्त्र महसुस गरें अनि साहित्य लेखनमा रमाउन थालें । साहित्य लेखनमा रमाउन परिवारको सहयोग, साहित्यकारको संगत, चराजस्तै स्वतन्त्र उड्ने मन र सबैप्रति सहिष्णु मन पनि चाहिने रहेछ भन्ने मलाई लाग्न थालेको छ । त्यसैले साहित्य लेख्न चराजस्तै उड्ने मन चाहिन्छ ।

प्रश्न २. तपाईं केटाकेटी छँदाको अनुभव बताइदिनुस् न ।
म केटाकेटी छँदा दुःखी थिएँ । बुबाले कान्छी आमा ल्याएर अलग्गै बस्नुभएको थियो । बुबाको माया नपाउँदा आमाको स्वभाव चिढचिढे थियो । हामीसँग रिसाइ रहनु हुन्थ्यो । वास्तवमा आमा र बुबा दुवैको माया मैले चाहे जति पाउन सकिनँ । दाजुभाइलाई मात्र स्कुल पढ्न पठाउने चलन थियो । एकदिन आमासँग दुई रुपियाँ पैसा मागें र आफैं गएर विद्यालयमा भर्ना भएँ । त्यसरी मैले पढ्न शुरु गरेपछि मेरा बहिनीहरु र मेरो टोलका छोरीहरु सबै स्कुल भर्ना हुन गए । यसरी विस्तारै छोरीलाई नि पढाउनु पर्छ भन्ने सोचाइ त शुरु भयो । तर, म सम्झन्छु त्यतिबेला म जिद्दी भएर हो कि वा सही कुरामा पछि नहट्ने भएर पनि होला आमा र हजुरबुबाको बढी पिटाइ मैले नै खाने गर्थें । तर पनि मैले हिम्मत हारिनँ, पढ्दै गएँ पढ्दै गएँ र आज साहित्यकार भएरै छाडें । आज सानो ठूलो जे होस् साहित्यकारको रुपमा परिचय बनाएकी छु । यसका लागि मलाई मेरो श्रीमान्ज्यूको पनि ठूलो सहयोग रहेको छ । उहाँले राम्ररी साहित्यको महत्त्व बुझ्नुहुने भएर नै कहिले पनि मलाई लेखनमा बाधा गर्नु भएन ।
प्रश्न ३. अहिले के लेख्दै हुनुहुन्छ ?
म कथा, बालकथाहरु लेख्दैछु । एउटा कथा संग्रह र नेपाल भाषाका रमाइला लोककथाहरुलाई पुनर्कथन गरी एउटा चित्रकथाको गरी दुईवटा किताब निकाल्ने तयारी गर्दैछु । साथै बालकथा संग्रह पनि निकाल्ने योजना छ । वास्तवमा मलाई कुनै पनि विषयले असाध्यै धेरै प्रभावित गरेपछि त्यो विषयमा लेख्न मन लाग्छ । त्यो विषयमा नलेखुन्जेलसम्म मनमा छटपटी भइरहन्छ । लेखिसकेपछि आनन्द लाग्छ । मेरा लागि साहित्य लेखन एउटा नशा जस्तै बनेको छ । साहित्य लेख्नु, साहित्यकार मित्रहरुसँग रमाउनु, विभिन्न साहित्यकारहरुको स्मृतिमा पुरस्कारहरु स्थापना गरी साहित्यकारहरुलाई सम्मान गर्न पाउनु यी सबै कुरा मेरा लागि प्रिय छन् । त्यही भएर अहिले म यही क्षेत्रमा नै रमाइरहेकी छु । हरेक दिन भेट्न आउनुहुने कोही न कोही साहित्यकारज्यहरुसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा जाँदाको भेटघाट र छलफल नै मेरो लेखनका उर्जा हुन् ।

हार्दिक धन्यवाद

INT'L CHILDREN'S BOOK DAY
Book Donation Program 2017 
अन्तराष्ट्रिय बालपुस्तक दिवस तथा हान्स क्रिस्चियन एन्डर्सनको जन्मजयन्तीका अवसरमा ‘केटाकेटी अनलाइन किताब नभएका ठाउँमा किताब’ कार्यक्रमका लागि नगद रु. २५००/- (अक्षरुपि रु दुई हजार पाँच सय मात्र) सहयोग गर्नु भइ सन्ध्या सामुदायिक पुस्तकालयलाई पुस्तक सहयोग गर्न सघाउनु हुने सिक्किमका आदरणीय अग्रज व्यक्तित्व श्री सी. पी. गिरिज्यूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यस कार्यक्रममा सहयोग गर्न चाहनुहुने दाताहरुले केटाकेटी मिडियाको चल्ती खा.नं. ००१०००१०४४००१ (सानिमा विकास बैंक, नक्साल, काठमाडौं) मार्फत् सहयोग गर्न सक्नुहुनेछ ।

Tuesday, August 30, 2016

कार्तिकेय बालप्रतिभा पुरस्कारको नतिजा अब चाँडै घोषणा हुने

यस वर्ष वि.सं. २०७३ को कार्तिकेय बालप्रतिभा पुरस्कारको नतिजा अब चाँडै घोषणा हुने भएको  छ । यस वर्ष आफैं आफ्नै देश नेपालको जात्रा पर्वको कथा संकलन गरी चित्रसमेत आफैं बनाएर चित्र पुस्तक तयार गरी पेस गर्ने एकजना बालप्रतिभा र अर्का टाढा रहेर पनि थुप्रै बालसाहित्यका पुस्तकहरु पढ्ने प्रतिभाले पुरस्कार प्राप्त गर्नुहुने भएको छ । अरु फरक किसिमले सिर्जनात्मक क्षेत्रमा काम गरिरहेका बालबालिकाहरु पनि ३ जना थपिँदै हुनुहुन्छ । यस वर्ष भक्तपुरका १ जना, पनौती काभ्रेका १ जना र काठमाडौंका १ जना गरी जम्मा ५ जना बालप्रतिभाहरु यस पुरस्कारबाट पुरस्कृत हुनुहुनेछ । यी सबै प्रतिभाको एउटा÷एउटा कृति पनि प्रकाशित हुने व्यवस्था पनि कोषले मिलाइसकेको छ । यस कोषका संस्थापक अध्यक्ष शिक्षासेवी मोहन कार्की हुनुहुन्छ ।

Monday, August 29, 2016

STORY WRITING WORKSHOP FOR SCHOOL CHILDREN

दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न

भक्तपुर । राष्ट्रिय बाल दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन), भक्तपुरको संयुक्त आयोजनामा दुई दिने बालकथा लेखन तथा वाचन कार्यशाला भाद्र १२ र १३ गते सम्पन्न भयो । नेशनल प्याब्सनस“ग सम्बद्ध स्थानीय दस विद्यालयका बिस जना बालबालिकाहरु सहभागी रहेको सो कार्यशालामा प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले प्रशिक्षण दिनुभएको थियो । यस कार्यशालामा तयार भएका कथाहरु समावेश गरी ‘भक्तपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशन गरिने कार्यक्रम संयोजक रश्मी खागीले बताउनुभयो । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहमा उत्कृष्ट दस कथाहरु छनोट गर्नुका साथै सहभागी विद्यार्थीलाई केटाकेटी मिडियाको सहयोगमा बालपुस्तकहरु उपहार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । छनोट भएका दस कथाहरु नेशनल प्याब्सन केन्द्रीय कार्यालयले आयोजना गर्न लागेको राष्ट्रिय कथा लेखन प्रतियोगितामा पठाइने भएको छ ।