Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Thursday, May 4, 2017
Sunday, April 30, 2017
Book Discussion with SCHOOL CHILDREN विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं/ लर्नस क्लब, रिलाएन्स कोएड स्कुल र बुकआर्ट नेपालको आयोजना तथा केटाकेटी अनलाइन पत्रिका र स्कूल लाइफ म्यागाजिनको सहकार्यमा बालसाहित्य लेखक कार्तिकेयका तीनवटा कृतिहरुमाथि विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कार्तिकेय लिखित बालचित्रकथाहरु आमा, पपी छुट्यो, म चोर होईन र फुच्ची नानी सूर्य भेट्न गइन् गरी तीनवटा कृतिहरुको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिहरुमाथि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका थिए ।
अन्तरक्रियामा सहभागी नौ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु र आकर्षक छपाई भएको यो किताब पढ्दा आफूहरुलाई कथा अझ लामो भइदिएको भए हुन्थ्यो कि भन्ने लागेको प्रतिक्रिया दिएका थिए । केही बालबालिकाले फुच्ची नानीले कसरी सपना देखिन् ? भन्ने प्रश्न रमाइलोसँग सोधेका थिए । साथी उनीहरुले फुच्ची नानी आकाशमा पुग्दाको क्षण मज्जा आएको विचार व्यक्त गरेका थिए । हरेक किताबमा आठ–आठ जना बालप्रतिभाहरुले विचार व्यक्त गरेको कार्यक्रममा सहभागी बालबालिकाहरुले म चोर होईन कथा माथि प्रतिक्रिया दिंदा रमाएका थिए । उनीहरुले कार्यक्रममा उक्त कथा नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले यस्ता छलफल कार्यक्रमले लेखकलाई ठूलो हौसला र प्रेरणा मिल्ने रहेछ भन्नुभएको थियो । उहाँले बालबालिकाहरुको प्रश्न सुनेर आफू चकित भएको र उनीहरुबाट आफूले धेरै सिक्न पाएकोमा आयोजकवर्ग र बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो ।
लेखक कार्तिकेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिलयन्स कलेजका प्रिन्सिपल रवीन्द्र जंग थापा, कार्यक्रम निर्देशक सुबोध खनाल, अनिल खतिवडा, पटकथाकार हेमन्त खतिवडालगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रिन्सिपल थापाले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो ।
क्लबका निर्देशक सुबोध खनालले क्लबले बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि सशक्त ढंगले काम गर्ने उद्देश्य लिएको बताउनुभएको थियो ।

Book Discussion with SCHOOL CHILDREN बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Saturday, April 15, 2017
दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ ...

५० वर्षको उमेर पूरा भएपछि साहित्य लेख्न शुरु गर्नु भएर पनि आफ्नो लेखनमा नयाँ जोश र जागर भर्न सफल लेखिका श्रेष्ठसँग यस पटकको ३ प्रश्नमा केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
प्रश्न १. तपाईंले साहित्य लेख्न किन ढिलो शुरु गर्नु भयो ?
मैले आफू ५० वर्षको उमेर पुगेपछि साहित्य लेख्न शुरु गरे पनि मसँग साहित्यिक मन र विद्रोही भावना सानै देखि थियो । म सम्झन्छु बच्चामा म भाइलाई धेरै मलाई किन थोरै भनेर आमासँग झगडा गर्थें । आमाको पिटाइ र हप्काइ बढी खाने छोरी थिएँ म । त्यतिबेला मेरा दिदीबहिनीहरु चित्त बुझाएरै बसेका हुन्थे तर म समान हुनुपर्छ भन्ने कुरामा दृढ थिएँ । यसरी एकातिर समाजको छोराछोरीप्रतिको विभेदको चलनले गर्दा म असन्तुष्ट थिएँ भने अर्कोतिर जब मेरो श्रीमान् बाहिर जानुभएको समयमा मेरो नागरिकताले छोरीहरुसँग सम्बन्धित सरकारी काम भएन त्यसपछि मलाई यो विभेदको संस्कारले झन् बढी पीडा दियो । जसले यो आक्रोश पोखिन मात्र बाँकी थियो । जुन २०४५÷४६ सालतिर चितवन जंगल लजमा मैले आफ्नै संयोजनमा सम्पन्न गरेको साहित्यिक बनभोजमा पोख्ने मौका पाएँ । त्यतिबेला मनमा दबिएका भावना पोख्दै गर्दा मेरा आँखा रसाएका थिए । हो, वास्तवमा त्यही गोष्ठी मेरो लेखनका लागि उर्जा बन्न पुग्यो । मैले त लेखकहरुका लागि यी विषय पनि हुन सक्छन् भनेर अनुभव साटेकी थिएँ । तर सहभागी सबैले तपाईं नि लेख्न सक्नुहुन्छ लेख्नुस् भनेर हौसला दिनुभयो । यसरी त्यो कार्यक्रबाट फर्केर आएको चार महिनामा मैले चारवटा कथा लेख्न पुगें । यसरी मेरो साहित्य लेखनको यात्रा शुरु हुन पुग्यो ।
अर्को कुरा ममा सानैदेखि साहित्य र साहित्यकारप्रतिको लगाव धेरै थियो । म सम्झन्छु, किशोरावस्थामा म साथीहरुलाई म त साहित्यकारसँग विवाह गर्ने हो भन्दा मेरा सहपाठीहरु साहित्यकार त झोले हुन्छन्, तिमीलाई दुई छाक खान नि दिन नसक्लान् नि भन्थें । तर, किन किन मेरो मनमा साहित्यकारसँग विवाह गर्ने ठूलो इच्छा थियो । साहित्यकारप्रति ठूलो श्रद्धा थियो । जुन इच्छा वरिष्ठ कवि द्धारिका श्रेष्ठसँग विवाह भएर पूरा पनि भयो । विवाहको समयमा केटी हेर्न आउँदा केटा कवि साहित्यकार पनि हो भन्ने कुराकाट म धेरै प्रभावित भएको थिएँ ।
जहाँसम्म साहित्य लेख्न ढिलो शुरु गर्नुको कारण छ, विद्यालय पढ्दा अलिअलि लेख्ने गर्थें तर घर व्यवहारको जिम्मेवारीले थिचेर त्यो निरन्तर रुपमा आउन सकिरहेको थिएन । छोरीहरु हुर्किएपछि मैले आफूलाई स्वतन्त्र महसुस गरें अनि साहित्य लेखनमा रमाउन थालें । साहित्य लेखनमा रमाउन परिवारको सहयोग, साहित्यकारको संगत, चराजस्तै स्वतन्त्र उड्ने मन र सबैप्रति सहिष्णु मन पनि चाहिने रहेछ भन्ने मलाई लाग्न थालेको छ । त्यसैले साहित्य लेख्न चराजस्तै उड्ने मन चाहिन्छ ।
प्रश्न २. तपाईं केटाकेटी छँदाको अनुभव बताइदिनुस् न ।
म केटाकेटी छँदा दुःखी थिएँ । बुबाले कान्छी आमा ल्याएर अलग्गै बस्नुभएको थियो । बुबाको माया नपाउँदा आमाको स्वभाव चिढचिढे थियो । हामीसँग रिसाइ रहनु हुन्थ्यो । वास्तवमा आमा र बुबा दुवैको माया मैले चाहे जति पाउन सकिनँ । दाजुभाइलाई मात्र स्कुल पढ्न पठाउने चलन थियो । एकदिन आमासँग दुई रुपियाँ पैसा मागें र आफैं गएर विद्यालयमा भर्ना भएँ । त्यसरी मैले पढ्न शुरु गरेपछि मेरा बहिनीहरु र मेरो टोलका छोरीहरु सबै स्कुल भर्ना हुन गए । यसरी विस्तारै छोरीलाई नि पढाउनु पर्छ भन्ने सोचाइ त शुरु भयो । तर, म सम्झन्छु त्यतिबेला म जिद्दी भएर हो कि वा सही कुरामा पछि नहट्ने भएर पनि होला आमा र हजुरबुबाको बढी पिटाइ मैले नै खाने गर्थें । तर पनि मैले हिम्मत हारिनँ, पढ्दै गएँ पढ्दै गएँ र आज साहित्यकार भएरै छाडें । आज सानो ठूलो जे होस् साहित्यकारको रुपमा परिचय बनाएकी छु । यसका लागि मलाई मेरो श्रीमान्ज्यूको पनि ठूलो सहयोग रहेको छ । उहाँले राम्ररी साहित्यको महत्त्व बुझ्नुहुने भएर नै कहिले पनि मलाई लेखनमा बाधा गर्नु भएन ।
प्रश्न ३. अहिले के लेख्दै हुनुहुन्छ ?
म कथा, बालकथाहरु लेख्दैछु । एउटा कथा संग्रह र नेपाल भाषाका रमाइला लोककथाहरुलाई पुनर्कथन गरी एउटा चित्रकथाको गरी दुईवटा किताब निकाल्ने तयारी गर्दैछु । साथै बालकथा संग्रह पनि निकाल्ने योजना छ । वास्तवमा मलाई कुनै पनि विषयले असाध्यै धेरै प्रभावित गरेपछि त्यो विषयमा लेख्न मन लाग्छ । त्यो विषयमा नलेखुन्जेलसम्म मनमा छटपटी भइरहन्छ । लेखिसकेपछि आनन्द लाग्छ । मेरा लागि साहित्य लेखन एउटा नशा जस्तै बनेको छ । साहित्य लेख्नु, साहित्यकार मित्रहरुसँग रमाउनु, विभिन्न साहित्यकारहरुको स्मृतिमा पुरस्कारहरु स्थापना गरी साहित्यकारहरुलाई सम्मान गर्न पाउनु यी सबै कुरा मेरा लागि प्रिय छन् । त्यही भएर अहिले म यही क्षेत्रमा नै रमाइरहेकी छु । हरेक दिन भेट्न आउनुहुने कोही न कोही साहित्यकारज्यहरुसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा जाँदाको भेटघाट र छलफल नै मेरो लेखनका उर्जा हुन् ।
हार्दिक धन्यवाद
Book Donation Program 2017
अन्तराष्ट्रिय बालपुस्तक दिवस तथा हान्स क्रिस्चियन एन्डर्सनको जन्मजयन्तीका अवसरमा ‘केटाकेटी अनलाइन किताब नभएका ठाउँमा किताब’ कार्यक्रमका लागि नगद रु. २५००/- (अक्षरुपि रु दुई हजार पाँच सय मात्र) सहयोग गर्नु भइ सन्ध्या सामुदायिक पुस्तकालयलाई पुस्तक सहयोग गर्न सघाउनु हुने सिक्किमका आदरणीय अग्रज व्यक्तित्व श्री सी. पी. गिरिज्यूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । यस कार्यक्रममा सहयोग गर्न चाहनुहुने दाताहरुले केटाकेटी मिडियाको चल्ती खा.नं. ००१०००१०४४००१ (सानिमा विकास बैंक, नक्साल, काठमाडौं) मार्फत् सहयोग गर्न सक्नुहुनेछ ।
Tuesday, August 30, 2016
कार्तिकेय बालप्रतिभा पुरस्कारको नतिजा अब चाँडै घोषणा हुने
यस वर्ष वि.सं. २०७३ को कार्तिकेय बालप्रतिभा पुरस्कारको नतिजा अब चाँडै घोषणा हुने भएको छ । यस वर्ष आफैं आफ्नै देश नेपालको जात्रा पर्वको कथा संकलन गरी चित्रसमेत आफैं बनाएर चित्र पुस्तक तयार गरी पेस गर्ने एकजना बालप्रतिभा र अर्का टाढा रहेर पनि थुप्रै बालसाहित्यका पुस्तकहरु पढ्ने प्रतिभाले पुरस्कार प्राप्त गर्नुहुने भएको छ । अरु फरक किसिमले सिर्जनात्मक क्षेत्रमा काम गरिरहेका बालबालिकाहरु पनि ३ जना थपिँदै हुनुहुन्छ । यस वर्ष भक्तपुरका १ जना, पनौती काभ्रेका १ जना र काठमाडौंका १ जना गरी जम्मा ५ जना बालप्रतिभाहरु यस पुरस्कारबाट पुरस्कृत हुनुहुनेछ । यी सबै प्रतिभाको एउटा÷एउटा कृति पनि प्रकाशित हुने व्यवस्था पनि कोषले मिलाइसकेको छ । यस कोषका संस्थापक अध्यक्ष शिक्षासेवी मोहन कार्की हुनुहुन्छ ।
Monday, August 29, 2016
दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न
भक्तपुर । राष्ट्रिय बाल दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन), भक्तपुरको संयुक्त आयोजनामा दुई दिने बालकथा लेखन तथा वाचन कार्यशाला भाद्र १२ र १३ गते सम्पन्न भयो । नेशनल प्याब्सनस“ग सम्बद्ध स्थानीय दस विद्यालयका बिस जना बालबालिकाहरु सहभागी रहेको सो कार्यशालामा प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले प्रशिक्षण दिनुभएको थियो । यस कार्यशालामा तयार भएका कथाहरु समावेश गरी ‘भक्तपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशन गरिने कार्यक्रम संयोजक रश्मी खागीले बताउनुभयो । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहमा उत्कृष्ट दस कथाहरु छनोट गर्नुका साथै सहभागी विद्यार्थीलाई केटाकेटी मिडियाको सहयोगमा बालपुस्तकहरु उपहार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । छनोट भएका दस कथाहरु नेशनल प्याब्सन केन्द्रीय कार्यालयले आयोजना गर्न लागेको राष्ट्रिय कथा लेखन प्रतियोगितामा पठाइने भएको छ ।
Friday, August 26, 2016
कथा लेखन कार्यशाला सम्पन्न
पनौती, काभ्रे । बाल साहित्य प्रतिष्ठान नेपाल र ज्ञान विकास सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा एक दिने बालकथा लेखन तथा वाचन कार्यशाला काभ्रेको पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालयमा सम्पन्न भयो । कार्यशालामा स्थानीय १० विद्यालयका बीस जना बालबालिकाहरु सहभागी भएका थिए । सहभागीहरुलाई बाल साहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले बालकथा लेखन तथा वाचनका विषयमा प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा बालबालिकाहरुको माझमा कथा लेखन प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यशालामा सामुदायिक पुस्तकालयका अध्यक्ष महेश कुमार कर्माचार्य, नेपाली लेखक संघ काभ्रेका अध्यक्ष सूर्यप्रसाद लाकोजू, प्रतिष्ठानका सदस्य रश्मी खागी, साहित्यकार सुभद्रा दाहाललगायतको उपस्थिति रहेको थियो । पुस्तकालयका उपाध्यक्ष ओम कृष्ण श्रेष्ठको संयोजनमा सम्पन्न सो कार्यशालामा उत्पादित कथाहरुको संग्रह पनौतीका बालबालिकाको कथा नामक पुस्तक पनि प्रकाशन गरिने भएको छ । नतिजा प्रकाशन तथा उत्कृष्ट तीन कथालेखकहरुलाई पुस्तकालय दिवसका अवसरमा पुरस्कृत गरिने भएको छ । साथै भाद्र १२ र १३ गते भक्तपुरमा पनि नेशनल प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिसँगको सहकार्यमा यस्तै कार्यशालाको आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा उत्पादित कथाहरुको संकलनलाई पनि भक्तपुरका बालबालिकाहरुको कथा नामक पुस्तक प्रकाशन गरिने भएको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानद्वारा सुरु गरिएको यस अभियानमा देशका १५ जिल्लाका बालबालिकाहरुको कथा संकलन प्रकाशन गर्ने लक्ष्य लिएको छ । साथै उक्त अवसरमा कार्तिकेयका उत्कृष्ट बालकथाहरु नामक कृति बालबालिका र लेखकहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
Monday, August 1, 2016
He was a pioneer in the study of children’s books in Ireland ...

Robert was, for many years, a lecturer
in the Church of Ireland College of Education and a regular commentator on
children’s literature in The Irish Times and on various radio
programmes. Even those who had not met him in person felt they knew him well as
a regular contributor to Rattlebag and other programmes.
Robert also hosted his own children’s book show with Dublin Community Radio.
He was a fierce and generous supporter
of those whose work he admired and a staunch supporter of those whose careers
were just beginning. It was our honour to introduce those new entrants to the
children’s book community to Robert as we knew we were passing them into very
safe hands.
Despite all the roles he held within our
organisation and the numerous awards bestowed upon him, we will foremost
remember him as a friend: of the organisation, the board and most especially of
ours. An email or phone call from Robert at the close of the CBI conference, or
an acknowledgement of enjoying reading an article in Inis were
always most happily received. For those of us who joined the organisation many
years ago, he was a quiet reassurance just a phone call away.
We will miss his presence at our events,
his emails and his humour more than we can ever say. The staff and board of
Children’s Books Ireland offer sympathy to Carole, and to their children
Gráinne and Dominic, and their grandchildren. We respect their wish for privacy
as they remember the long and happy years with Robert. It’s very hard for us to
imagine a world without him. It must be unimaginably difficult for them.
Saturday, December 5, 2015
२५ हजार राशिको बालसाहित्य लेखन प्रतियोगिताको सूचना
केटाकेटी अनलाइनको १५औं वार्षिकोत्सवका अवसरमा केटाकेटी अनलाइन बालसाहित्य प्रतियोगिता, २०७३ मा सहभागी हुनुहुन सबैलाई हार्दिक आब्हान गर्दछौं । प्रतियोगिताका विधाहरुः कथा, कविता, गीत, उपन्यास, लोककथा, दन्त्यकथा, नियात्रा, अनुवाद र संस्मरण । (प्रतियोगितामा सहभागी हुने रचनाको उमेर समूह-- कविता र गीतको ३ देखि ७ वर्षसम्म । कथा, उपन्यास, लोककथा, दन्त्यकथा, अनुवाद र संस्मरणको ९ देखि १५ वर्षसम्म)रचना पठाउने ठेगाना: इमेल ketaketionline@gmail.com, रचना आइपुग्नु पर्ने अन्तिम मिति : २०७३ कार्तिक २३ गते । पुरस्कृतहरुको नाम घोषणा : २०७३ पुष २३ गते । पुरस्कार वितरण : २०७३ माघमा ।(सर्वोत्कृष्ट भई पुरस्कृत हरेक विधाको रचनाकारको एउटा पुस्तक प्रकाशन गरिदिएर लेखकत्व प्रदान गरी पुरस्कृत गरिने छ । लेखकत्व २५ हजार बराबरको हुने छ । लेखकत्व कर कट्टा गरिने छ । उत्कृष्ट रचना प्राप्त भएको विधामा मात्र पुरस्कार वितरण गरिने छ ।१. शुरुमा प्राप्त भएको एउटा रचना (गीत, कविता, कथा, संस्मरण) र उपन्यासको एक भागको अध्ययन गरी प्राप्तमध्ये राम्रा लेखकहरुको लागि लेखन छलफल कार्यक्रमको आयोजना गरी ती लेखकहरुलाई एउटा कृति तयार गर्न लगाइने छ । यसरी कृति तयार गर्ने लेखकलाई घोषणा गरिए अनुसारको पारिश्रमिक कृति प्रकाशित भएको एक महिनाभित्र प्रदान गरिने व्यवस्था गरिएको छ । यो प्रतियोगिता राम्रो लेख्ने तर विविध कारणले कृति प्रकाशन गर्ने अवसर पाउन नसकेका लेखकहरुलाई हौसला दिने उद्देश्यले आयोजना गरिएको हो । सबै उमेर समूहका लेखकहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । रचना पठाउँदा आफ्नो मोबाइल नम्बर अनिवार्य रुपमा लेखी पठाउनुहोस् । विस्तृत जानकारीका लागि केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयलाई ९८४१४७७५१५ नम्बरमा फोन गर्नुहोस् ।
Saturday, July 4, 2015
गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट अन्जना राजवंशी, महेश पौड्याल र गङ्गा पौडेल पुरस्कृत
![]() |
Anjana |
![]() |
Ganga |
गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना
राजवंशी (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।
यो पुरस्कार वरिष्ठ लेखक गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा वि. सं. २०६९ मा साहित्यकार÷समाजसेवी जलेश्वरी श्रेष्ठज्यूको सहयोगमा २ लाखको अक्षयकोश स्थापना गरी शुरु गरिएको हो । वि. सं. २०६९ मा पहिलो पटक यो पुरस्कार साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको थियो ।
यो पुरस्कार किशोर साहित्यको उत्कृष्ट पाण्डुलिपिलाई हरेक वर्ष प्रदान गरिन्छ । यस वर्ष वि. सं. २०७०, ०७१ र ०७२ सालमा पुरस्कृत तिन प्रतिभाहरुलाई एउटै मन्चमा आगामी २०७२ असोजमा पुरस्कृत गरिने कोषबाट जानकारी प्राप्त भएको छ । साथै यही समारोहमा साहित्यकार गोपाल पराजुलीलाई किशोर साहित्य विशेष सम्मान पनि प्रदान गरिने भएको छ ।
पुरस्कृत कृतिको पाण्डुलिपिलाई पुरस्कार कोषको सम्पादन र संयोजनमा अन्तिम रुप दिई व्यवसायिक प्रकाशन संस्थाबाट प्रकाशन गरिने छ । कृतिका लेखकलाई लेखकस्व प्रदान गरिन्छ । यस पुरस्कारबाट पुरस्कृत लेखकलाई नगद रु ११ हजार १ सय ११ र ताम्रपत्र सहित पुरस्कृत गरिने गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले जनाएको छ । कोषका संस्थापक जलेश्वरी श्रेष्ठ, पहिलो वर्ष पुरस्कृत स्रष्टा लक्ष्मी उप्रेती र पुरस्कार बितरण समितिका संयोजक कार्तिकेय सम्मिलित तिन सदस्यीय मूल्याङ्न समितिले यो निर्णय गरेको हो ।
![]() |
Mahesh |
जलेश्वरी श्रेष्ठ
संस्थापक
Tuesday, December 16, 2014
यस वर्ष यी बालबालिकाहरुले पाउँदैछन्, कार्तिकेय बालप्रतिभा पुरस्कार र प्रारम्भ बालप्रतिभा पुरस्कार
मिति
२०७१ पौष ४ गते बिहान ९ बजे एपेक्स कलेज बानेश्वरको हलमा आयोजना हुने एक
विशेष कार्यक्रममा यस वर्ष यी बालबालिकाहरुले पाउँदैछन्, नोबेल
शान्ति पुरस्कार २०१४ बाट पुरस्कृत आदरणीय व्यक्तित्व श्री कैलाश
सत्यार्थीज्यूको आर्शीर्वादसहित उहाँको हातबाट कार्तिकेय बालप्रतिभा
पुरस्कार र महेश पौड्याल प्रारम्भ बालप्रतिभा पुरस्कार
१. सुश्री ज्वाला ढकाल, कक्षा ७, सेन्टमेरिज स्कुल
। वर्ष २०७० का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि
सबैभन्दा बढी साहित्यिक कृतिहरु अध्ययन गरेर पनि कक्षामा सँधै प्रथम हुँदै
आएकी विलक्षण छात्रा)२. सुश्री प्रतिष्ठा पौडेल, भक्तपुर, वर्ष २०७० का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि नृत्यकलामा विलक्षण छात्रा, नृत्यक्षमताको कारण देशविदेशमा चर्चित बालिका ।)
३. श्री इलोहँ पत्रिका (सम्पादक नरेशवीर शाक्य), नेपाल भाषामा प्रकाशित हुने मासिक पत्रिका, काठमाडौं, फरक भाषा र परिवेशमा बालसाहित्य प्रवर्धनमा विशेष योगदान दिएकोले वर्ष २०७० का लागि कार्तिकेय बालसाहित्य प्रवर्धन पुरस्कारबाट पुरस्कृत ।)
४. श्री रुपेन्द्र वैद्य, ललितपुर चित्रकलाको क्षेत्रमा आशालाग्दो प्रतिभा, जसले चित्रकलाको माध्यमले बालसाहित्यको उत्थानमा सघाउने विश्वासका साथ वर्ष २०७१ का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि चित्रकलामा रुचि राख्ने छात्रा, जो जीवनको कठिन अवस्थालाई पाखा लगाउँदै उज्यालो भविष्य तर्फ अग्रसर छन् ।)
५. श्री अभिषेक खुलाल, पनौती, काभ्रे । चित्रकलाको क्षेत्रमा आशालाग्दो प्रतिभा, जसले चित्रकलाको माध्यमले बालसाहित्यको उत्थानमा सघाउने विश्वासका साथ वर्ष २०७१ का लागि कार्तिकेय बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि चित्रकलामा रुचि राख्ने छात्रा, जो जीवनको कठिन अवस्थालाई पाखा लगाउँदै उज्यालो भविष्य तर्फ अग्रसर छन् ।)
६. श्री रमेश सुवेदी (संगीतकार, जो आफै दृष्टिविहिन हुन् ।), फरक क्षमताका बालबालिकालाई प्रोत्साहन प्रदान गरी गीतसंगीतका माध्यमले बालसात्यिको विकासमा विशिष्ट योगदान गरी बालसाहित्य प्रवर्धनमा विशेष योगदान दिएकोले वर्ष २०७१ का लागि कार्तिकेय बालसाहित्य प्रवर्धन पुरस्कारबाट पुरस्कृत ।
७. श्री सुशान्तमान सिंह मास्के, कक्षा ८, नोबेल एकेडेमी । वर्ष २०७० का लागि प्रारम्भ बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि साहित्य लेखनमा समर्पित, दुईवटा कृतिहरु प्रकाशित, प्रतिभावान् बालक जसलाई विद्यालयले विशेष छात्रवृत्ति पनि प्रदान गरेको छ ।)
८. सुश्री विज्ञता कार्की, कक्षा ७, एम्बिसन एकेडेमी । वर्ष २०७० का लागि प्रारम्भ बालप्रतिभा पुरस्कारबाट पुरस्कृत (सानैदेखि साहित्य लेखनमा समर्पित, दुईवटा कृतिहरु प्रकाशित, प्रतिभावान् बालिका, चित्रकलामा रुचि राख्छिन् । आफ्नो दुईवटै किताबमा आफैँ चित्र बनाएकी छिन् ।)
I love books, I love stories and I love to draw

On 2nd December she was in United World Trade Center,
Kathmandu, Nepal to discuss about her experiences as a writer,
illustrator and an artist. During that time, we got an opportunity to
meet her.
Sara, is it your first visit to Nepal?
Yes, but not my last, I hope.
When did you start illustration?
I started illustrating children's books in 1998. Before that I was
involved in theatre and painting. I have always loved storytelling in
one form or another.
Why do you write for children? Is there a specific reason?
I
started making children's books because I love books, I love stories
and I love to draw and paint. I think children's books are a great art
form because it gives children and grownups an opportunity to sit
together, read and experience a story and learn something together.
What kind of story do you think children love to listen and read?
If
you ask children about what kind of story do you like to listen to,
without thinking a single second they answer, 'scary story'.
First
of all, I haven't seen a lot of Nepali illustrations. But I think
Swedish (European) is perhaps a bit more experimental. Probably because
our economies are more stable, the governments give grants for artistic
development etc, so there is more room for experiment and artistic
freedom.
What kind of story is 'White Lines'?
'White lines' is a story about following your path. Losing your path and finding it again. It is also about love and friendship.
By Kabita Sapkota
Thursday, November 27, 2014
कोरियाली साहित्यकारको जीवन कथा

चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आएकी थिइन् । त्यो भ्रमणमा उनीसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए ।
यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उनको जीवनका कथाव्यथावारे कुराकानी गरेका छौं । उनी आफ्नो जीवनकथा सुनाउँदै भन्छिन्
म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।
म सानै देखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर–घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।
एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुई दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै–रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।
हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब । मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।
यसरी मैले रमाउँदै दुईतीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुई दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो । ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ–रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।
हो, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुई तीन पटक सम्झाउँनु पर्दथ्यो ।
यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ–नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।
म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।
यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन सक्छन् ।

नया नेपालको बालसाहित्य
— कार्तिकेय
त्यति बेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी साथीहरुको
साथमा नेपाली बालसाहित्यकारहरुसगको छलफलमा व्यस्त थिए । नेपाल बालसाहित्य समाजको निमन्त्रणामा आएका उनी कसरी बालसाहित्यको क्षेत्रमा जानकारीमूलक पुस्तक लेख्ने भन्ने कुराको जानकारी दिन प्रयासरत थिए ।
यसै सन्दर्भमा राष्ट्रिय पुस्तकालयको हलमा सहकर्मी इंगरको साथमा ‘फ्याक्ट बुक्स फर चिल्ड्रेन’ विषयक छलफलमा सेली पनि उपस्थित थिए ।
छलफल गोष्ठी सामान्य ढंगले चलिरहेको थियो । तर सहभागी एकजना मित्रको एउटा प्रश्नले हलचल पैदा गर्यो । प्रश्न थियो– नेपाली बालसाहित्यले अल्पसंख्यक पिछडिएका वर्गको खिल्ली उडाइरहेको छ, यो पक्ष अब सुध्रिनु पर्छ कि पर्दैन ? किन साहित्यमा तल्लो जात नोकर भएको, अपाङ्ग अपहेलित भएको देखाउने ? फेरि हाम्रा कथामा प्रयोग हुने यस्ता वर्गलाई होच्याउने खालका उखान टुक्का राख्न पनि तुरुन्त बन्द गरिनु पर्छ कि पर्दैन ? आदि इत्यादि ।
वास्तवमा नया“ नेपालमा कस्तो बालसाहित्य लेखिनुपर्छ भनेर सोचविचार गरिरहेको म जस्तो बालसाहित्यको विद्यार्थीको मनमा यो प्रश्नले निकै उद्वेलित गरायो । म सोच्न बाध्य भए“ । अब नया नेपालमा बालसाहित्य कसरी लेखिनुपर्छ त ?
प्रश्न आफैंमा गम्भीर छ । यसको उत्तर पनि यस्तै हुनुपर्छ भन्ने सहज छैन । तथापि अब हाम्रो लेखनमा विचारले भने ठूलो फड्को मार्न सक्नुपर्छ । हामीले श्रम र पसिनालाई पूजा गरेर बालसाहित्य लेख्नुपर्छ । काम गर्ने ठूलो, बसी बसी खाने सानो र लाछी हो भन्ने सन्देश अब हामीले नया“ ढंगले दिनुपर्छ । किनकि हाम्रा उखानहरु पुराना विचारका जर्जर आस्थाहरु हुन् । तिनमा दलित, उत्पीडित वर्गलाई सधैं होच्याइने (डोमिनेटिङ) पात्रको रुपमा प्रस्तुत गरिएको छ । मधेसका मधेसी दाजूभाइलाई मदिसे भनेर चोर्ने र फट्याइ“ गर्ने रुपमा प्रस्तुत गरिएको छ । दलित दाजुभाइलाई अपहेलित र दास पात्रकाृ रुपमा चित्रित गरिएको छ । त्यसैले अब लेखिने बालसाहित्यमा जातजाति, धर्म, सम्प्रदाय र क्षेत्रका आधारमा कुनै पनि पात्रलाई अवहेलित गरी प्रस्तुत गरिनु हु“दैन । उनीहरुलाई उनीहरुको स्थान विशेषको चरित्रका आधारमा उनीहरुको प्रेरणादायी चरित्रको पक्षलाई जनसमक्ष ल्याइनुपर्दछ ।
यस सम्बन्धमा मेरो एउटा तीतो अनुभव छ । मेरो साथी व्रम्हनारायण साहको ९ वर्षको छोरोले मलाई अस्ति उनको घरमा जा“दा प्रश्न गर्यो । अंकल हामीलाई किन मदिसे भनेको ? मैले त्यो बालकको अवोध मुहारमा हेरें । ऊ एकजना वरिष्ठ बालसाहित्यकारको कथाकृति पढिरहेको थियो । सो पुस्तकको एउटा कथामा मदिसेले बच्चा चोरेर लैजान्छ भन्ने प्रसंग रहेछ ।
त्यति बेला मैले त्यो अवोध बालकलाई केही जवाफ दिन सकिन“ । तर मनमनै सोचे काठमाडौंको बोर्डिङ स्कुलमा पढ्ने मधेसको बच्चोलाई साथीहरुले किन मदिसे भन्छन् ? म पनि मधेसकै हु । यदाकदा काठमाडौंवादको शिकार म पनि भएको छु । तर मलाई आफ्नो भन्दा त्यो बालकको पीडा गहिरो लाग्यो । मैले उसलाई दिने उत्तर पाइन । तर मैले उसको यो प्रश्नबाट एउटा पाठ भने अवश्य सिकें । आज मधेसी र पहाडी बीचको आपसी द्वन्दको आन्दोलनलाई यो परिस्थितिमा पुर्याउन हामी साहित्यकारहरु पनि उत्तिकै जिम्मेवार रहेछौं नेताहरु जत्तिकै । हामी भित्र रहेको संकुचित धारणा र दास मनोवृत्तिका कारणले गर्दा हामीले यी अल्पसंख्यकहरुको मानमर्दन गर्दै थुप्रै लेखेछौं । हामीले यति लेखेछौं कि हाम्रो नया“ पीढि पनि त्यसैमा अभ्यस्त हुन थालेछ । फलस्वरुप आज एकातिर पुरानै दास मनोवृत्तिको पीढि हुर्किएछ र अर्कोतिर आफूलाई अपहेलित महसुस गर्ने मेरो साथीको जस्तै परिवेशका छोराहरु ठूला भएछन् । तिनको पीडा अहिले विद्रोेहको रुपमा सडकमा निस्किरहेको छ ।
त्यसैले अब हामी साहित्यकारले नया“ सोचमा लेख्न थाल्नुपर्छ । हामी आफ्नो लेखनमा समाजको यथार्थ चित्रण गर्ने नाममा मधेस र पहाडलाई अवहेलित गर्छौ । दलित र गरिबको मानमर्दन गर्छौ । अब त्यो प्रथा रोकिनुपर्छ किनकि साहित्यले समाजको सिर्जनात्मक प्रगतिमा साथ दिनुपर्छ, विध्वंसात्मक परिस्थितिको बीजारोपण गर्ने होइन । तसर्थ अब लेखिने बालसाहित्यमा मान्छे मान्छे बीच विभाजनका रेखाहरु कोरिनुहुन्न । एउटा फराकिलो क्षितिज निर्माण गरिनुपर्छ । श्रम गर्ने र पसिना बगाउने एवं आफ्नो कर्मप्रति लगनशील मान्छे नै सर्वश्रेष्ठ मान्छे हो भन्ने निचोड दिनुपर्छ, जाली, फटाहा र वुद्धिको दुरुपयोग गरेर फाइदा लुट्नेको वाहवाही गरिनुहुन्न । कालो, सेतो, रातो, खैरो मान्छे जे जस्तो रंगरुपको भए पनि, हिमाल, पहाड, तराई, मधेस जो जता रहे पनि यी सबै नेपालीको देश नेपाल हो । यी सबै क्षेत्र, वर्ग, सम्प्रदाय र परिवेशका मानिसहरु मात्र नेपाली हुन् भन्ने भावना हाम्रा बालबालिका लाई हामीले दिन सक्नुपर्छ । नया नेपालको निर्माणमा हामी बालसाहित्यकारहरुका लागि यो एउटा चुनौतीपूर्ण दायित्व हो । यसलाई हामीले पूरा गर्नैपर्छ । अनि मात्र हामीले नया“ नेपाल निर्माणका लागि योगदान दिएको ठहरिनेछ । यस तर्फ आजैबाट हाम्रा लेखकहरु सजग रहनु नै नया नेपाल प्रति बफादार भएको मानिनेछ । यिनै बफादार लेखकबाट नै नया नेपालको निर्माणका लागि नया युगको बालसाहित्य लेखिनेछन् ।

Subscribe to:
Posts (Atom)