Wednesday, April 1, 2020

International Children's Book Day


Since 1967, on or around Hans Christian Andersen's birthday, 2 April, International Children's Book Day (ICBD) is celebrated to inspire a love of reading and to call attention to children's books.
Each year a different National Section of IBBY has the opportunity to be the international sponsor of ICBD. It decides upon a theme and invites a prominent author from the host country to write a message to the children of the world and a well-known illustrator to design a poster. These materials are used in different ways to promote books and reading. Many IBBY Sections promote ICBD through the media and organize activities in schools and public libraries. Often ICBD is linked to celebrations around children's books and other special events that may include encounters with authors and illustrators, writing competitions or announcements of book awards.
IBBY Slovenia is the sponsor for International Children's Book Day 2020.
Current and past posters are available from the IBBY Secretariat. A catalogue of posters and messages that have appeared between 1967 and 2002, created on the occasion of the 50th anniversary of IBBY is also available.

2020 ICBD - Slovenia

A Hunger for Words

Where I live, bushes turn green in late April or early May, and are soon populated by butterfly cocoons. These look like wads of cotton or candy floss, and the pupae devour leaf after leaf until the bushes are stripped bare. When developed, the butterflies fly away, however, the bushes have not been destroyed. As summer comes around, they turn green again, each and every time.
This is a picture of a writer, a picture of a poet. They’re eaten away, bled dry by their stories and poetry, which, when they’re finished, fly away, retire into books and find their audience. This happens again and again.
And what happens with these poems and stories?
I know a boy who had to have eye surgery. For two weeks after the operation, he was only allowed to lie on his right side, and after that was not permitted to read anything for a month. As he finally got hold of a book after a month and a half, he felt as if he was scooping up words from a bowl with a spoon. As if he was eating them. Actually eating them.
And I know a girl who grew up to be a teacher. She has told me: Children who hadn’t been read to by their parents are impoverished.
Words in poetry and in stories are food. Not food for the body, not food that can fill up your stomach. But food for the spirit and food for the soul.
When one is hungry or thirsty, their stomach contracts and their mouth turns dry. They look for anything to eat, a piece of bread, a bowl of rice or corn, a fish or a banana. The hungrier they grow, the narrower becomes their focus, they become blind to everything but the food that could sate them.
The hunger for words manifests itself differently: as gloominess, obliviousness, arrogance. People suffering from this sort of hunger don’t realize their souls are shivering cold, that they’re walking past themselves without noticing. A part of their world is running away from them without them being aware of it.
This type of hunger is sated by poetry and stories.
But is there hope for those who have never indulged in words to ever satisfy this hunger?
There is. The boy reads, almost every day. The girl who had grown up to be a teacher reads stories to her pupils. Every Friday. Every week. If she ever forgets, the children are sure to remind her.
And what about the writer and the poet? As summer comes, they’ll turn green again. And again, they’ll be eaten away by their stories and their poems that will then fly away in all directions. Again and again.

SOURCE:

Saturday, March 7, 2020

Author with Visually Impaired Children

भक्तपुर, माघ/ नयाँठिमीस्थित आदर्श माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत माघ १६ गते सरस्वती पूजाका अवसरमा सम्पन्न भयो ।
मिट दि अथर विथ स्कूल चिल्ड्रेनको माघ महिनाको यस कार्यशालामा उक्त विद्यालयको अन्धा शाखामा आश्रित १३ जना बालबालिकालाई लेखकद्वय महेश पौड्याल र देवु लुइँटेलले कथा लेखन तथा वाचन एवम् छन्द कविता लेखन तथा वाचन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा लेखक देवु लुइँटेलले छन्द कविता लेखनको तालिम दिनुभएको थियो । उहाँले लोकछन्दमा कविता लेखन तथा वाचनबारे विशेष प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा उहाँले बालबालिका माझमा चर्चित बालकविताहरु वाचन गर्दै सोही अनुसार अभ्यास गराउँदै तालिम दिनुभएको थियो । दुवै लेखकको तालिमपछि अभ्यासका क्रममा बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
लेखकद्व पौड्याल र लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी हुनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखकहरु रमा अधिकारी पौड्याल, रश्मी खागी, जीवनाथ अधिकारी, संगीतकार रमेश सुवेदी, नम्रता मिस र कार्तिकेयले कथावाचन तथा गायन प्रस्तुत गर्नुभएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको हो ।
आदर्श माविका प्राचार्य हेडसर बुद्विकुमार घोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उहाँले सिर्जनात्मक क्षमताको विकासले बालबालिकाहरु ज्ञानको क्षेत्र फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा लेखक कार्तिकेयले आँखा नदेख्ने बालबालिकामा छन्द लेखनको अभ्यासले उनीहरुको सिर्जनात्मक लेखन सिपको विकास हुनुका साथै उनीहरुको गायन सिप तिखार्न पनि लयको ज्ञानले विशेष महत्व राख्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा ब्रेललिपिमा प्रकाशित रामकाजी कोने, जलेश्वरी श्रेष्ठ, मनोरमा जफा, गंगा कर्माचार्य पौडेल र कार्तिकेयका ब्रेलबुकहरु पनि विद्यालयको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो ।
बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयकी ममतामयी माता दुर्गादेवी देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको कथा तथा छन्द कविता लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र, लेबोरटरी स्कूल, कीर्तिपुर, प्रयास नेपाल बालुवाटार र अन्धा शैक्षिक केन्द्रमा कार्यक्रम सम्पन्न भइसकेको छ ।
वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई ’मिट दि अथर’ शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ४ स्थानमा यो कार्यक्रमको आयोजना गरिने कार्तिकेय ट्रस्टका अध्यक्ष÷संरक्षक मोहन कार्कीले जानकारी गराउनु भएको छ ।

Friday, March 6, 2020

Author With School Children

Author with School, Children @ Child Care Club, Children Home, Budhanilkantha, KTM
2076 Fagun Month Program.

Book Talk Program: Author with School Children

                    Book Talk Program: Author with School Children
काभ्रे, २०७६ फागुन । एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा फागुन ७ गते पुस्तक कुराकानी कार्यक्रम सम्पन्न गरियो । प्रा.डा शैलेन्दुप्रकाश नेपाल प्रमुख आतिथि रहनु भएको कार्यक्रमको सभापति एसओएस स्कुल काभ्रेका प्राचार्य नरेश्वर आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अग्रज साहित्यकार जलेश्वरी श्रेष्ठ रहनु भएको थियो । कार्यक्रम विद्यालयको सभा हलमा सम्पन्न भयो । कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका दसजना प्रतियोगि विद्यार्थीहरुले स्वदेशी तथा विदेशी लेखकका मुनामदन, जीवन काँडा कि फूल, हिउँदे छुट्टी, जोहनिसवर्गको यात्रा, पिंकी र पुतलीहरु र अरु बालकथा, जूनलाई चुम्ने इच्छा, चिनु मिनु र गोगो आदि दस पुस्तकको चर्चा गरेका थिए ।
    पुस्तक कुराकानी कार्यक्रममा पहिलो चोटि भाग लिएको तर यसले बालबालिकामा पठन संस्कारको विकास गर्ने, संयमित गराउने, मिहिनेती र अनुशासीत बनाउने भन्दै उक्त कार्यक्रम निकै उपयोगी भएको कुरा प्रमुख अतिथि डा शैलेन्दुप्रकाश नेपालले बताउनु भयो. । उहाँले कसले छरो हिमालमा यति धेरै हिउँ भन्ने एउटा बाल कविता पनि सुनाउनु भयो ।   उहाँको कविता सुनेपछि सबैले तालीले स्वागत गरे । विद्यार्थीले साहित्य सिर्जना कसरी गर्ने र कस्ता पुस्तक पढ्ने सम्बन्धमा वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठले बताउनु भएको थियो ।
करिब दुई घण्टा चलेको उक्त कार्यक्रमको निर्णयकका रुपमा कवि देवु लुइँटेल र गुमानसिं तामाङ रहनु भएको थियो । कार्यक्रममा ममता खरेल प्रथम, इरा श्रेष्ठ दोस्रो, आयुषा विष्ट तेस्रो र इसिका केसी र मञ्जिल परियारले प्रोत्साह पुरस्कार प्राप्त गर्न सफल भएका थिए । पुस्तक कुराकानीमा डा. नेपाल लिखित बालकविता संग्रह 'जूनलाई चुम्ने इच्छा' र जलेश्वरी श्रेष्ठ लिखित 'पिंकी र पुतलीहरु र अरु बालकथा' नामक २ वटा कृतिहरुका वारेमा पनि बालबालिकाहरुले लेखककै उपस्थितिमा सुन्दर समीक्षा प्रस्तुत गरेका थिए । पुरस्कृत विद्यार्थीलाई डा. शैलेन्दुप्रकाश नेपालले बालसाहित्य पुस्तक सेट प्रदान गरी पुरस्कृत गर्नुभएको थियो ।

Storytelling Program





               Storytelling Program @ Nepal-Japan Children Library, Lainchaur, Kathmandu

Author With Visually Impaired Children


Blind Child Education Center

                                 Blind Child Education Center, Lolang, Kathmandu

Subhadra Dahal's Book Launching Program

                                  Subhadra Dahal's Children's Book Launching Program
                                   Organised by Achhar Marga @ Panauti, Kavre

Saturday, February 29, 2020

Useful Links for World Children's Literature


Abraxas Festival
American Association of School Libraries
Association for Library Services to Children
Young Adult Library Services Association
Astrid Lindgren Memorial Award
Biennial of Illustrations Bratislava - BIB
Bologna Children’s Book Fair
Books for Keeps: UK independent children's book magazine
Chihiro Art Museum, Japan
Children's Book Circle
CODE : Canada's International Literacy Agency for Children
Frankfurt Book Fair
SM - Premio Iberoamericano SM de Literatura Infantil y Juvenil
The Horn Book: publications about books for children and young adults
The National Sections of IBBY in Europe present a selection of books for children
International Federation of Library Associations and Institutions - IFLA
International Youth Library - Internationale Jugendbibliothek
Ilustrarte — International Biennial Exhibition of Children’s Books Illustration
Inclusive minds: working together to create truly inclusive, diverse and accessible books for children
International Research Society for Children's Literature - IRSCL
International Publishers Association
Kodomo: digital gallery of world picture books.
Literacy Trust
International Literacy Association
Centre for the Book, Library of Congress
Nalibali: sparking children's potential through storytelling and reading
Nami Island International Picture Book Illustration Concours
Outside in World: exploring world books in translation
Project for the Study of Alternative Education in South Africa - PRAESA
Society of Children's Book Writers and Illustrators
Takamtikou: review of children’s literature in Africa, the Arabic World, the Caribbean and the Indian Ocean
Teaching Books: a rich database resource for schools to promote reading
UNESCO
UNICEF
Worlds of Words
काभ्रे/फागनु ११ । बालसाहित्य प्रतिष्ठान नेपालले व्यवस्थापन गर्दै आएको
 साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ । काभ्रेकै भमरकोटमा रहेको गणेश उच्च माविमा आइतबार आयोजित एक समारोहमा प्रमुख अतिथि साहित्यकार गोविन्द कँडेर आँसु तथा उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले नगद ११, १११/- सहितको उक्त पुरस्कार बालप्रतिभा तामाङलाई प्रदान गर्नुभयो । समारोहमा बोल्दै पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूहरूले सहर बाहिर दूररदाजमा रहेका प्रतिभा खोजेर पुरस्कृत गर्ने बताइन् । पुरस्कारले आफूलाई हर्षित तुल्याएको भन्दै बालप्रतिभा तामाङले आफ्ना साथीहरूलाई प्रतिभा नलुकाउन आग्रह गर्नुभयो । उहाँ प्रतिकूल आर्थिक अवस्थामा रहेर पनि पढाइलेखाइ, सिर्जना र वक्तृत्वकलामा सधैँ अब्बल रहँदै आउनुभएको विद्यालयका प्राचार्य सापकोटाले बताउनुभयो । कार्यक्रममा साहित्यकारहरू महेश पौड्याल, अदिप अधिकारी, सुदर्शन पौडेल, रिजन मायालु तथा सुवास राईले बालप्रतिभा तामाङलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

Tuesday, February 18, 2020

Storytelling by Nayan, Class 5, Brihaspti Vidyasadan, Naxal, KTM

बृहस्पती विद्यासदन स्कूल, नक्साल, काठमाडौँमा कक्षा ५ मा अध्ययनरत नयनको कथावाचन । नयनले सुनाउनु भएको यो कथाको किताब कथालय प्रकाशनले प्रकाशित गरेको हो । यो कथाका लेखक कार्तिकेय, अनुवादक अनुराधा र चित्रकार ध्रुव प्रजापति हुनुहुन्छ । 
 https://www.youtube.com/watch?v=XkBXb-tWoNI

 #WorldReadAloudDay
#Children's Literature Foundation Nepal
 #Tell and Listen to Stories Everyday

www.bvs.edu.np 

www.ketaketionline.com 

www.ketaketi.com.np 

clfnnepal.blogspot.com


Thursday, January 9, 2020

प्रयास नेपालमा बालकथा र कविता लेखन कार्यशाला

काठमाडौँ/ प्रयास नेपाल, बालुवाटार, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत पुस २५ गते शुक्रबार सम्पन्न भयो ।
कार्यशालामा उक्त आश्रममा आश्रित २५ जना बालबालिकालाई लेखकद्वय कार्तिकेय र देवु लुइँटेलले कथा–कविता लेखन तथा वाचन प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा बालसाहित्य लेखक देवु लुइँटेलले छन्द कविता लेखनको तालिम दिनुभएपछि अभ्यासका क्रममा बालबालिकाहरुले कविता रचना गरी सुनाएका थिए । लेखक लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी भएका थिए ।
दोस्रो चरणमा बालसाहित्य लेखक कार्तिकेयले कथा लेखन र वाचनबारे प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा कार्तिकेयले आफ्ना रमाइला बालकथाहरु राम र श्याम दुवै बेस्सरी रोए, डस्टर उड्यो र फर्सीबहादुरको कथा हाउभाउसहित वाचन गरी सुनाउनु भएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको थियो ।
प्रयास नेपालका अध्यक्ष मनी जोशीको सभापतित्व र उक्त संस्थाका  महासचिव रत्न कार्कीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष मनी जोशीले सिर्जनात्मक क्षमताको विकासले बालबालिकाहरु अध्ययनशील र जिम्मेवार बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा लेखक लुइँटेलले बालबालिकामा पठन बानीको विकास गर्न सिर्जनात्मक लेखन तालिम र पुस्तकमाथि छलफल गर्ने कार्यक्रमहरुको विशेष महत्व हुने धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लिखित बालतथ्यपुस्तक सम्पदा परिचय र सन्दर्भकथाहरु, जलेश्वरी श्रेष्ठ लिखित बालचित्रकथा जंगलको हीही, सुशीला देउजा लिखित नेपाली बालसाहित्यमा एउटै कृतिमा चार भााषा समावेश गरी प्रकाशित पहिलो बालचित्रकथाकृति बाघ र बाबा, कविता पराजुली लिखित बालकविता संग्रह निदरी, शैलेन्दुप्रकाश नेपाल लिखित बालकविता संग्रह जूनलाई चुम्ने इच्छा, कार्तिकेय लिखित बालकथा संग्रह भ्यागुताको न्याय, अनुष्का पौडेल लिखित बालचित्रकथाकृति बाघभैरव जात्रा लगायत एक दर्जन कृतिहरु संस्थाको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कार्तिकेयकी ममतामयी माता देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको सिर्जनात्मक लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र र लेबोरटरी स्कूलमा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई 'मिट दि अथर' शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ६ स्थानमा यो कार्यक्रमको आयोजना गरिने भएको छ ।

Sunday, December 22, 2019

फरक क्षमताका बालबालिकासँग लेखक

काठमाडौँ, पुस ६/ बालसाहित्य प्रतिष्ठान नेपाललको नियमित कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना फरक क्षमताका बालबालिकालाई लेखक देवु लुइँटेलले छन्द वाचन र लेखनको प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा नेपाल अपाङ्ग केन्द्र, बुङ्मती, ललितपुरमा आश्रित २५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कार्यक्रममा लेखक लुइँटेलले रमाइलो गरी आफ्ना र पाठ्यपुस्तकका रचनाहरु वाचन गर्दै बालबालिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो । बालबालिकाहरु अत्यन्त खुसी भएका थिए ।
कार्यक्रममा दृष्टिविहीन लगायत विविध किसिमका अपाङ्गता भएका बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अपाङ्ग सेवा कन्द्रका अध्यक्ष दयाराम महर्जनले कार्यक्रम अत्यन्त राम्रो भएकाले महिनामा एकपटक आएर यस्तो प्रशिक्षण गरिदिनुहन लेखक लुइँटेललाई आग्रह गर्नुभएको थियो । कार्यक्रम पुस ४ गते शुक्रबार सम्पन्न भएको थियो ।

Thursday, December 5, 2019

Monday, November 18, 2019

MEET THE AUTHOR WITH SCHOOL CHILDREN

काठमाडौँ, मंसिर ३/  बालसाहित्य प्रतिष्ठान नेपालको विद्यालयका बालबालिकासँग लेखक नियमित मासिक कार्यक्रमको कार्तिक महिनाको कार्यक्रम अन्तर्गत बालसाहित्य लेखक प्रभा भट्टराईसँग क्यामेलिया मावि, कालिमाटी, काठमाडौँमा अध्ययनरत ३९ जना बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो ।
बालसाहित्य प्रतिष्ठान नेपाल, बालसाहित्य छलफल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्रमणि अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले लेखक परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमले बालबालिकामा पठन संस्कार बढाउने र उनीहरु भित्र लुकेर रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा वरिष्ठ बालसाहित्य लेखक भट्टराईले आफ्ना अनुभवहरु सुनाउनुका साथै रचना वाचन गर्दै छन्द लेखनबारे चर्चा गर्नुभएको थियो । उहाँको कविता वाचन सुनेर बालबालिकाहरु एकदमै खुसी हुनुभएको  थियो ।
बालबालिकाहरु सक्रिय सहभागी हुनुभएको उक्त कार्यक्रममा उहाँहरुले आफ्ना रचना वाचन गर्दै लेखकसँग छलफल पनि गर्नुभएको थियो ।



प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको लेखक प्रभा भट्टराईको परिचयको छोटकरी अंश :

प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
उहाँका मातापिता आमा मिठ्ठु आचार्य र पिता नारायणदत्त शास्त्री आचार्य हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.फिल. सम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ ।
उहाँले लामो समयदेखि पद्मकन्या क्याम्पसमा पढाउँदै आउनुभएको छ । उहाँको पहिलो प्रकाशित रचना 'आमा' कविता हो । जुन २०३३ सालमा 'बालक ' पत्रिकामा प्रकाशित भएको थियो । यसैगरी उहाँका 'पोसिला', २०६०, 'मेरो सानो भाइ' लगायत बालकविता संग्रहहरु र 'सन्तु र सुगा', २०६१ लगायत थुप्रै बालकथा र बालचित्रकथाकृतिहरु प्रकाशित छन् । छन्दोबद्व कवितामा विशेष दख्खल राख्नुहुने कवि आचार्यको वि.सं. २०६२ मा 'सरित संगम' नामक कवितासंग्रह प्रकाशित भएको थियो । उहाँले लेखन, सम्पादन र अनुवादका क्षेत्रमा पनि काम गर्नुभएको छ ।
विद्यार्थी जीवनमा स्कूल/कलेजमा पढ्दा कवि आचार्यले साहित्यिक प्रतियोगिताहरुमा धेरै पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । उहाँको सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा कविता वाचनका अडियो सामग्रीहरु अत्यन्त रुचिकर छन् । तिनले पाठक र स्रोताबाट निक्कै प्रसंशा बटुलेका छन् । उहाँ हाल ताहाचाल, काठमाडौँमा छोरा र छोरीसँगै बस्नुहुन्छ ।
उहाँले बाल स्वभाव, चरित्र, जीवन शैली र बाल संवेगलाई टपक्क टिपेर उनीहरुकै लोलीमा, उनीहरुकै बोलीमा सुन्दर काव्यहरु सिर्जना गर्नुभएको छ । यस कारण उहाँका रचनाहरु अत्यन्त लोकप्रिय छन् । उहाँका बालगीतहरुले बालबालिका माझमा राम्रो प्रभाव पारेका छन् । गहिरो छाप छोडेका छन् ।
एउटा असल बालसाहित्य लेखकले बालबालिकाले जसरी नै सोच्न सक्नुपर्छ अनि मात्र ऊ सफल लेखक हुनसक्छ भन्ने बालसाहित्य लेखनको सिद्वान्तलाई हृदयङ्गम गरी भन्ने हो भने लेखक भट्टराईका बालरचनामा त्यो छाप देखिन्छ । उहाँ बालबालिकाले जस्तै साचेर र महसुस गरेर लेख्नुहुन्छ । जसमा सुनमा सुगन्ध थप्ने काम उहाँमा रहेको छन्द लेखन कलाको विलक्षण क्षमता र कवि हृदयले गरेको देखिन्छ ।