Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Friday, March 6, 2020
Saturday, February 29, 2020
Useful Links for World Children's Literature
Abraxas Festival
American Association of School
Libraries
Association for Library Services to
Children
Young Adult Library Services
Association
Astrid Lindgren Memorial Award
Biennial of Illustrations Bratislava
- BIB
Bologna Children’s Book Fair
Books for Keeps: UK independent
children's book magazine
Chihiro Art Museum, Japan
Children's Book Circle
CODE : Canada's International
Literacy Agency for Children
Frankfurt Book Fair
SM - Premio Iberoamericano SM de
Literatura Infantil y Juvenil
The Horn Book: publications about
books for children and young adults
The National Sections
of IBBY in Europe present a selection of books for children
International Federation of Library
Associations and Institutions - IFLA
International Youth Library -
Internationale Jugendbibliothek
Ilustrarte — International Biennial
Exhibition of Children’s Books Illustration
Inclusive minds: working together to
create truly inclusive, diverse and accessible books for children
International Research Society for
Children's Literature - IRSCL
International Publishers Association
Kodomo: digital gallery of world
picture books.
Literacy Trust
International Literacy Association
Centre for the Book, Library of
Congress
Nalibali: sparking children's
potential through storytelling and reading
Nami Island International Picture
Book Illustration Concours
Outside in World: exploring world
books in translation
Project for the Study of Alternative
Education in South Africa - PRAESA
Society of Children's Book Writers
and Illustrators
Takamtikou: review of children’s
literature in Africa, the Arabic World, the Caribbean and the Indian Ocean
Teaching Books: a rich database
resource for schools to promote reading
UNESCO
UNICEF
Worlds of Words
काभ्रे/फागनु ११ । बालसाहित्य प्रतिष्ठान
नेपालले व्यवस्थापन गर्दै आएको
साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ । काभ्रेकै भमरकोटमा रहेको गणेश उच्च माविमा आइतबार आयोजित एक समारोहमा प्रमुख अतिथि साहित्यकार गोविन्द कँडेर आँसु तथा उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले नगद ११, १११/- सहितको उक्त पुरस्कार बालप्रतिभा तामाङलाई प्रदान गर्नुभयो । समारोहमा बोल्दै पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूहरूले सहर बाहिर दूररदाजमा रहेका प्रतिभा खोजेर पुरस्कृत गर्ने बताइन् । पुरस्कारले आफूलाई हर्षित तुल्याएको भन्दै बालप्रतिभा तामाङले आफ्ना साथीहरूलाई प्रतिभा नलुकाउन आग्रह गर्नुभयो । उहाँ प्रतिकूल आर्थिक अवस्थामा रहेर पनि पढाइलेखाइ, सिर्जना र वक्तृत्वकलामा सधैँ अब्बल रहँदै आउनुभएको विद्यालयका प्राचार्य सापकोटाले बताउनुभयो । कार्यक्रममा साहित्यकारहरू महेश पौड्याल, अदिप अधिकारी, सुदर्शन पौडेल, रिजन मायालु तथा सुवास राईले बालप्रतिभा तामाङलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

Tuesday, February 18, 2020
Storytelling by Nayan, Class 5, Brihaspti Vidyasadan, Naxal, KTM
बृहस्पती विद्यासदन स्कूल, नक्साल, काठमाडौँमा कक्षा ५ मा अध्ययनरत नयनको कथावाचन । नयनले सुनाउनु भएको यो कथाको किताब कथालय प्रकाशनले प्रकाशित गरेको हो । यो कथाका लेखक कार्तिकेय, अनुवादक अनुराधा र चित्रकार ध्रुव प्रजापति हुनुहुन्छ ।
https://www.youtube.com/watch?v=XkBXb-tWoNI
#WorldReadAloudDay
#Children's Literature Foundation Nepal
#Tell and Listen to Stories Everyday
www.bvs.edu.np
www.ketaketionline.com
www.ketaketi.com.np
clfnnepal.blogspot.com

Sunday, February 16, 2020
Thursday, January 9, 2020
प्रयास नेपालमा बालकथा र कविता लेखन कार्यशाला
काठमाडौँ/ प्रयास नेपाल, बालुवाटार, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि
आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत पुस २५ गते शुक्रबार
सम्पन्न भयो ।
कार्यशालामा उक्त आश्रममा आश्रित २५ जना बालबालिकालाई लेखकद्वय कार्तिकेय र देवु लुइँटेलले कथा–कविता लेखन तथा वाचन प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा बालसाहित्य लेखक देवु लुइँटेलले छन्द कविता लेखनको तालिम दिनुभएपछि अभ्यासका क्रममा बालबालिकाहरुले कविता रचना गरी सुनाएका थिए । लेखक लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी भएका थिए ।
दोस्रो चरणमा बालसाहित्य लेखक कार्तिकेयले कथा लेखन र वाचनबारे प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा कार्तिकेयले आफ्ना रमाइला बालकथाहरु राम र श्याम दुवै बेस्सरी रोए, डस्टर उड्यो र फर्सीबहादुरको कथा हाउभाउसहित वाचन गरी सुनाउनु भएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको थियो ।
प्रयास नेपालका अध्यक्ष मनी जोशीको सभापतित्व र उक्त संस्थाका महासचिव रत्न कार्कीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष मनी जोशीले सिर्जनात्मक क्षमताको विकासले बालबालिकाहरु अध्ययनशील र जिम्मेवार बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा लेखक लुइँटेलले बालबालिकामा पठन बानीको विकास गर्न सिर्जनात्मक लेखन तालिम र पुस्तकमाथि छलफल गर्ने कार्यक्रमहरुको विशेष महत्व हुने धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लिखित बालतथ्यपुस्तक सम्पदा परिचय र सन्दर्भकथाहरु, जलेश्वरी श्रेष्ठ लिखित बालचित्रकथा जंगलको हीही, सुशीला देउजा लिखित नेपाली बालसाहित्यमा एउटै कृतिमा चार भााषा समावेश गरी प्रकाशित पहिलो बालचित्रकथाकृति बाघ र बाबा, कविता पराजुली लिखित बालकविता संग्रह निदरी, शैलेन्दुप्रकाश नेपाल लिखित बालकविता संग्रह जूनलाई चुम्ने इच्छा, कार्तिकेय लिखित बालकथा संग्रह भ्यागुताको न्याय, अनुष्का पौडेल लिखित बालचित्रकथाकृति बाघभैरव जात्रा लगायत एक दर्जन कृतिहरु संस्थाको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयकी ममतामयी माता देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको सिर्जनात्मक लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र र लेबोरटरी स्कूलमा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई 'मिट दि अथर' शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ६ स्थानमा यो कार्यक्रमको आयोजना गरिने भएको छ ।

Sunday, December 22, 2019
फरक क्षमताका बालबालिकासँग लेखक
काठमाडौँ, पुस ६/ बालसाहित्य प्रतिष्ठान
नेपाललको नियमित कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम
अन्तर्गत यस महिना फरक क्षमताका बालबालिकालाई लेखक देवु लुइँटेलले छन्द
वाचन र लेखनको प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा नेपाल अपाङ्ग केन्द्र,
बुङ्मती, ललितपुरमा आश्रित २५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कार्यक्रममा लेखक लुइँटेलले रमाइलो गरी आफ्ना र पाठ्यपुस्तकका रचनाहरु वाचन गर्दै बालबालिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो । बालबालिकाहरु अत्यन्त खुसी भएका थिए ।
कार्यक्रममा दृष्टिविहीन लगायत विविध किसिमका अपाङ्गता भएका बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अपाङ्ग सेवा कन्द्रका अध्यक्ष दयाराम महर्जनले कार्यक्रम अत्यन्त राम्रो भएकाले महिनामा एकपटक आएर यस्तो प्रशिक्षण गरिदिनुहन लेखक लुइँटेललाई आग्रह गर्नुभएको थियो । कार्यक्रम पुस ४ गते शुक्रबार सम्पन्न भएको थियो ।

Thursday, December 19, 2019
Thursday, December 5, 2019
Monday, November 18, 2019
MEET THE AUTHOR WITH SCHOOL CHILDREN
काठमाडौँ,
मंसिर ३/ बालसाहित्य प्रतिष्ठान नेपालको विद्यालयका बालबालिकासँग लेखक
नियमित मासिक कार्यक्रमको कार्तिक महिनाको कार्यक्रम अन्तर्गत बालसाहित्य
लेखक प्रभा भट्टराईसँग क्यामेलिया मावि, कालिमाटी, काठमाडौँमा अध्ययनरत ३९
जना बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो ।
बालसाहित्य प्रतिष्ठान नेपाल, बालसाहित्य छलफल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्रमणि अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले लेखक परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमले बालबालिकामा पठन संस्कार बढाउने र उनीहरु भित्र लुकेर रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा वरिष्ठ बालसाहित्य लेखक भट्टराईले आफ्ना अनुभवहरु सुनाउनुका साथै रचना वाचन गर्दै छन्द लेखनबारे चर्चा गर्नुभएको थियो । उहाँको कविता वाचन सुनेर बालबालिकाहरु एकदमै खुसी हुनुभएको थियो ।
बालबालिकाहरु सक्रिय सहभागी हुनुभएको उक्त कार्यक्रममा उहाँहरुले आफ्ना रचना वाचन गर्दै लेखकसँग छलफल पनि गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको लेखक प्रभा भट्टराईको परिचयको छोटकरी अंश :
प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा
एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते
चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका
पनातिनी हुनुहुन्छ ।
उहाँका मातापिता आमा मिठ्ठु आचार्य र पिता नारायणदत्त शास्त्री आचार्य हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.फिल. सम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ ।
उहाँले लामो समयदेखि पद्मकन्या क्याम्पसमा पढाउँदै आउनुभएको छ । उहाँको पहिलो प्रकाशित रचना 'आमा' कविता हो । जुन २०३३ सालमा 'बालक ' पत्रिकामा प्रकाशित भएको थियो । यसैगरी उहाँका 'पोसिला', २०६०, 'मेरो सानो भाइ' लगायत बालकविता संग्रहहरु र 'सन्तु र सुगा', २०६१ लगायत थुप्रै बालकथा र बालचित्रकथाकृतिहरु प्रकाशित छन् । छन्दोबद्व कवितामा विशेष दख्खल राख्नुहुने कवि आचार्यको वि.सं. २०६२ मा 'सरित संगम' नामक कवितासंग्रह प्रकाशित भएको थियो । उहाँले लेखन, सम्पादन र अनुवादका क्षेत्रमा पनि काम गर्नुभएको छ ।
विद्यार्थी जीवनमा स्कूल/कलेजमा पढ्दा कवि आचार्यले साहित्यिक प्रतियोगिताहरुमा धेरै पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । उहाँको सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा कविता वाचनका अडियो सामग्रीहरु अत्यन्त रुचिकर छन् । तिनले पाठक र स्रोताबाट निक्कै प्रसंशा बटुलेका छन् । उहाँ हाल ताहाचाल, काठमाडौँमा छोरा र छोरीसँगै बस्नुहुन्छ ।
उहाँले बाल स्वभाव, चरित्र, जीवन शैली र बाल संवेगलाई टपक्क टिपेर उनीहरुकै लोलीमा, उनीहरुकै बोलीमा सुन्दर काव्यहरु सिर्जना गर्नुभएको छ । यस कारण उहाँका रचनाहरु अत्यन्त लोकप्रिय छन् । उहाँका बालगीतहरुले बालबालिका माझमा राम्रो प्रभाव पारेका छन् । गहिरो छाप छोडेका छन् ।
एउटा असल बालसाहित्य लेखकले बालबालिकाले जसरी नै सोच्न सक्नुपर्छ अनि मात्र ऊ सफल लेखक हुनसक्छ भन्ने बालसाहित्य लेखनको सिद्वान्तलाई हृदयङ्गम गरी भन्ने हो भने लेखक भट्टराईका बालरचनामा त्यो छाप देखिन्छ । उहाँ बालबालिकाले जस्तै साचेर र महसुस गरेर लेख्नुहुन्छ । जसमा सुनमा सुगन्ध थप्ने काम उहाँमा रहेको छन्द लेखन कलाको विलक्षण क्षमता र कवि हृदयले गरेको देखिन्छ ।

Wednesday, November 13, 2019
BRAILLE BOOKS DONATION PROGRAM 2019

काठमाडौं
कार्तिक २९ । बालसाहित्य प्रतिष्ठान नेपालले कार्तिक २७ गते बुधबार
दृष्टिविहिन युवा संगठन नेपालमार्फत् दृष्टिविहिन बालबालिकाहरुका लागि
विभिन्न लेखकहरुका ९ कृतिहरुको ३३३ थान ब्रेल पुस्तकहरु विभिन्न जिल्लाका
दृष्टिविहीन बालबालिकाहरुलाई निःशुल्क वितरण गर्ने गरी सहयोग प्रदान गरेको छ
।
पुस्तकहरुमा रामकाजी कोनेलिखित ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तक सङ्ग्रह ‘मुक्तक मोह’, जलेश्वरी श्रेष्ठको ‘पिंकी र पुतलीहरु’ र सोही पुस्तकको अङ्ग्रेजी संस्करण ‘पिंकी एण्ड द बटरफ्लाईज’ कथा सङ्ग्रह, नेपाल बालसाहित्य समाज र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त परियोजना अन्तर्गत प्रकाशित ‘नेपाली बालकथा’ २० लेखकका बालकथासङ्ग्रह, भारतीय बालसाहित्यकार मनोरमा जफा लिखित ‘हाँस्ने सुगा’, बालसाहित्यकार गंगा पौडेलको ‘को ठूलो’ बालकथा सङ्ग्रह र बालसाहित्यकार कार्तिकेयका ३ बालकथाकृतिहरु ‘वाह ! दुनोट पसलेकी छोरी’, ‘साँच्चैकैको हिरो हो कृष्णबहादुर’ र ‘म चोर होइन’ रहेका छन् ।
कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले विभिन्न परिवेशका बालबालिकाहरुको पठन संस्कृति विकास गर्ने मुख्य लक्ष्य लिई बालसाहित्य प्रतिष्ठान नेपालले २०५८ सालदेखि यस क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिका तथा युवा विद्यार्थीहरुको लागि पाठ्यक्रमभन्दा बाहेकका बालसाहित्यको पनि निकै महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता निजी प्रयासबाट ब्रेललिपिमा पुस्तक प्रकाशन गरिनुले नेपालको सरकारी निकायलाई पनि ब्रेलपुस्तक प्रकाशनका लागि ध्यानाकर्षण हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले दृष्टिविहिन बालबालिका तथा युवा विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएका पुस्तकहरु मात्र पढ्न पाइरहेको सन्दर्भमा उनीहरुको चौतर्फी विकासका निम्ति ब्रेलपुस्तकहरु प्रदान गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । यसले धेरै भन्दा धेरै दृष्टिविहिन बालबालिकाहरुलाई लाभान्वित गर्ने विश्वास व्यक्त गर्दै उहाँले देशभरिका ८० वटा दृष्टिविहिनका लागि विद्यालयहरु तथा स्रोतविद्यालयहरुमा ती ब्रेलपुस्तकहरु निःशुल्क वितरण गरिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यसैगरी संगीतकार तथा बालसाहित्य प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश सुवेदीले ब्रेलपुस्तक वितरण प्रतिष्ठानको प्रारम्भिक कार्य भएको र बालबालिकाहरुको ज्ञान अभिवृद्धि गर्ने खुराकको रुपमा यी पुस्तक रहेको बताउनुभयो । दृष्टिविहिन तथा फरक क्षमताका बालबालिकाहरुको पहुँचमा पठन सामग्री पर्याप्त नपुगेको सन्दर्भमा थोरै भए पनि सघाउ पुग्ने उद्देश्यले ब्रेल लिपिमा प्रकाशित यी किताबहरु नेत्रहीन युवा संघसँग सहकार्य गरी दृष्टिविहिन बालबालिका तथा युवाहरुमाझ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा बालसाहित्य प्रष्ठिान नेपालका सहसचिव कविता पराजुली, सदस्य गोकर्ण तिमिल्सिना, प्रतिष्ठानका भक्तपुर संयोजक रश्मी खागी तथा नेत्रहीन युवा संघ नेपालका निर्देशक विश्व श्रेष्ठ, सचिव दुर्गा आचार्यले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

१. मुक्तक मोह (मुक्तक सङ्ग्रह) – लेखक रामकाजी कोने
२. हाँस्ने सुगा र अरु बालकथाहरु – लेखक मनोरमा जफा, नेपाली अनुवाद कार्तिकेय
३. पिङ्की र पुतलीहरु र अरु बालकथाहरु – लेखक जलेश्वरी श्रेष्ठ
४. को ठूलो ? – लेखक गङ्गा कर्माचार्य पौडेल
५. नेपाली बालकथा – २० लेखकका नेपाली बालकथाहरु
६. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथाहरु – लेखक कार्तिकेय
७. म चोर होइन र अरु बालकथाहरु – लेखक कार्तिकेय
८. वाहा ! दुनोट पसलेकी छोरी र अरु बालकथाहरु – लेखक कार्तिकेय
९. पिङ्की एण्ड बटरफ्लाइज (बालकथाहरु) – लेखक जलेश्वरी श्रेष्ठ, अङ्ग्रेजी अनुवाद महेश पौड्याल ।
Monday, October 21, 2019
हार्दिक आभार
![]() |
श्री वसुश्री पाण्डे |
आँखा नदेख्ने दृश्यविहीन बालबालिकाका लागि प्रकाशित 'ब्रेललिपिका बालसाहित्य कृति' र गरिब बालबालिकाका लागि 'बालपुस्तक उपहार' प्रदान गर्ने प्रतिष्ठानको नियमित कार्यक्रमका लागि आदरणीय लेखक/समाजसेवी तथा शिशु सेवा केन्द्र, विराटनगरका अध्यक्ष श्री वसुश्री पाण्डेज्यूले रु. १५०००/- सहयोग गर्नुभएकोमा प्रतिष्ठान परिवार उहाँप्रति हार्दिक आभार प्रकट गर्दछ ।
प्रा. डा. अच्युतमणि आचार्य
संरक्षक, बालसाहित्य प्रतिष्ठान नेपाल ।
Sunday, October 13, 2019
Sunday, September 29, 2019
CONGRATULATIONS
CLFN congratulates its Vice President Mahesh
Paudyal for being awarded with Prasiddha Kanel Memorial Litereary Award,
2019. The award, established by Nepal Shrasta Samaj (Neplese Writers
Society) was conferred upon Mr. Paudyal by Ganga Prasad Uptreti,
Chancellor of Nepal Academy in an event held at the Academy premises on
28 September. The award comprises of a citation and cash Rs. 11111. The
award is given annually to writers of repute, who are less than forty years of age.
MANY MANY CONGRATULATIONS.
-
Prof. Dr. Achyut Mani Acharya
Patron
Children Literature Foundation Nepal (CLFN) and Family

शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना
![]() | ||||
Kartikeya Ghimire, President, CLFN |
हरेक भेटमा मलाई केही न केही टिप्स दिनुहुने कविवरले यस पटक केही दिनअघिको भेटमा मेरो सिर्जनात्मक लेखन सम्बन्धमा छलफलकै क्रममा 'प्रेरणादायी सुझाव' दिनुभयो । जसले मेरो सिर्जनात्मक लेखनको लक्ष्य निर्धारण भयो ।
हार्दिक नमन कविवर । अब म त्यही लक्ष्य प्राप्तिका लागि अग्रसर भएको छु । हजुरको जीवनको सय वर्षबाट १ सय १ वर्ष पुग्ने अन्तिम महिनाको त्यो पहिलो दिन म जीवनभरि सम्झिरहनेछु । त्यो ‘प्रेरणादायी सुझाव’ बारे केही काम गरेर आफ्नो लेखकीय जीवनबाट अझ बढी खुसी र सन्तुष्ट भएपछि विस्तारमा भन्नेछु ।
(फोटो उहाँको निवासमा लिइएको हो । जुन भेटमा उहाँको सचित्र रंगीन बालकथाकृतिको सम्पादनबारे विमर्श गरेको थिएँ ।)
Subscribe to:
Posts (Atom)