Children's Literature Foundation Nepal (CLFN)| बालअधिकार प्रवर्द्धनका लागि बालसाहित्य P. O. Box 25859 Kathmandu, Nepal Email : childacademy43@gmail.com, Phone : 977- 9801077515, 9841477515, whatsApp/Viber: 977-01-9841477515 President : Kartikeya, Email: kartikeyaghimire@gmail.com
Monday, March 19, 2012
बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्
राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत्
पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश
लामिछानेले भने– छोराछोरी
बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानी–छानी किताब पाइन्छ भन्ने सुनेर आएको
।
छेउमै उभिएर
बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्– मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका
भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू
धेरै भएको कथा पनि मनपर्छ ।
यसपल्टको मेलामा
काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना
छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए ।
उनीहरूले रमाइला–रमाइला
बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो
थियो ।
बुवासँगै किताबको
पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् – मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा
खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला
देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए
।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !’
वास्तवमा
यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर
काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौ–धौ प¥यो । उनले गुनासो गर्दै भनिन्– अलि स्पष्ट जानकारी दिने सिस्टम भएन ।
कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो
कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब
खोज्नै गाह्रो !
यसरी
विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने
मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य ।
उनी भन्छन्– वास्तवमा
बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन्
मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्–
बालसाहित्यले बालबालिकाको
सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।
By
Kartikeya
बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू – कार्तिकेय घिमिरे
बालसाहित्य
लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर
मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत
गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने
तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ
।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक
सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ ।
साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी
बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल
बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष
पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र
भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य
लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा
बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक
पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य
लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको
हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने
काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि
गरिएको छ ।
एउटा बालक जो ६
वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिई–लिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न
चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न
पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग
पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने
यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी
पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक
स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत
गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि
रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव
स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार,
भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले
एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९
वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ
। साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा
उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस
अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता
राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश
वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने
साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने
एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब
बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट
समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा
पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै
भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै
व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने
तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा
रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै
भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् ।
तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार
गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय
र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न
।
यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य
अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत
चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा
तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र
स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित
बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित
भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर
समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला
प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै
नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको
बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले
मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि
४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको
वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा
उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो
प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि
६ वर्षका नानीको हकमा छोटा,
रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के
कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान
बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो
उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा
अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५
वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर
ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका
लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत
गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको
छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो
भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले
सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक
देखिन्छ ।
लेखनको
सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई
लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका
कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको
उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका
सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना
गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ ।
मिति २०६८ फागुन ९
Tuesday, February 7, 2012
रङ्गमञ्चमा महेश पौड्याल र “आमा नहुँदा एक साँझ” (कार्तिकेय घिमिरे)
पछिल्लो समयमा नेपाली बालसाहित्य लेखन मौलाएको अवश्य छ, तर विधागत रुपले हेर्दा बाल–एकाङ्की र बाल–नाटक सङ्ख्यात्मक रुपमा पछि परिरहेको छ । यदाकदा फाट्टफुट्ट निस्कने बाहेक बालबालिकाहरूका लागि नाटकको क्षेत्र त्यति मौलाएको देखिँदैन । तर प्रभावकारिताका हिसाबले हेर्ने हो भने सोझै मञ्चनमा जान सहज हुने हुनाले सबै विधाहरूभन्दा प्रभावकारी विधा नाटक नै हो भन्ने कुरामा कुनै विवाद छैन । यस्तो अवस्थामा बाल–एकाङ्की लेखन र प्रकाशन आफैंमा एक अत्यावश्यक र स्वागतयोग्य कार्य हो भन्ने मलाई लाग्दछ । महेश पौड्यालको एकाङ्की सङ्ग्रह “आमा नहुँदा एक साँझ” प्रकाशित हुनु नेपाली बालएकाङ्कीको क्षेत्रका लागि एक सुखद सन्दर्भ हो भन्ने मैले ठानेको छु ।
महेश पौड्याल नेपाली बालसाहित्य क्षेत्रमा नयाँ नाम होइन । मौलिक कथाकार, कुशल अनुवादक, सशक्त कथावाचक र खरो समालोचकका रुपमा परिचित पौड्याल बालमनोविज्ञान र बालसुलभ मानसिकताका राम्रा जानकार हुन् । लामो समय विद्यालयमा शिक्षक भई बिताएका पौड्यालले बालबालिकासँगको सामिप्यताले आफूलाई बालसाहित्य लेखनतिर तानेको कुरा भन्दै र लेख्दै आएका छन् ।
नाटक लेखन क्षेत्रमा यसै कृतिमार्फत् पौड्याल पहिलोपल्ट नाट्यकृति लेखकका रुपमा प्रकाशित भएका हुन् । तर उनमा नाट्यसाधना भने लामो समयदेखि रहेको देखिन्छ । सानै उमेरदेखि नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने उनको स्वभाव रही आएको छ । भारतमा स्कुल र कलेजको अध्ययन गरिरहँदा पनि उनले दाजुको कर्तव्य, देशको माटो, दाइजो र कमल आदि नाटक लेखन र निर्देशन गरेका थिए । साथै यी नाटकमा स्वयंले अभिनय पनि गरेका थिए ।
नेपालमा पौड्यालले पहिलोपल्ट २०६० सालमा प्लेटोको “द एलेगोरी अफ द केभ” को नाट्य रुपान्तरण गरी स्वयंले निर्देशन गरेर भक्तपुरको एक स्कुलमा मञ्चन गरेका थिए । ठूलो रङ्गमञ्मा भने उनी २०६७ मा देखा परे । त्यतिबेला उनको लेखन र निर्देशनमा, बालमनोविज्ञानमा आधारित नाटक “चङ्गा” को प्रदर्शन शैली थिएटरले आयोजना गरेको प्रथम बालनाटक महोत्सवमा भयो । धेरै प्रसंशा पाएको उक्त नाटकको सफलतापछि उनको “बिगौती त खाने खाने” शीर्षकको नाटक मानसराजको निर्देशनमा मञ्चित भयो । जसमा हुरेसु नेपाल बालग्रहमा आश्रित बालबालिकाहरूसँगै उनी स्वयंले पनि अभिनय गरेका थिए । रसियाली नाटककार निकोलाइ गोगोलको नाटक “सरकारी निरीक्षक” मा नगराध्यक्षको चुनौतीपूर्ण भूमिकामा दर्जनौं पल्ट उत्रिएर उनले आफूलाई एक प्रतिभावान् नाट्य कलाकारको रुपमा पनि परिचत गराइसकेका छन् । पछिल्लो समयमा प्रसिद्ध रसियाली कथाकार आन्तोन चेखोभको बालकथा “वाङ्का” को उनले नेपालीमा नाट्य रुपान्तरण गरेका छन्, जसलाई तेस्रो बालनाटक महोत्सवमा शैली थिएटरले मञ्चन गरिरहेको छ ।
बालएकाङ्की प्रकाशनको प्रसङ्गमा उनको पहिलो बालएकाङ्की “आकाश” लोकप्रीय राष्ट्रिय दैनिक राजधानीमा २०६६ मा प्रकाशित भएको हो । त्यसपछि “विजय” शीर्षकको एकाङ्की भ्वाइस अफ चिल्ड्रेन पत्रिकाले २०६७ मा प्रकाशित ग¥यो । उक्त एकाङ्की युनाइटेड पब्लिकेसनले प्रकाशन गरेको “मेरो नेपाली माला” पाठ्यपुस्तक श्रृङ्खलाको कक्षा पाँचको पाठ्यपुस्तकमा पनि पर्न सफल भएको छ ।
अङ्ग्रेजी साहित्यको विद्यार्थी र शिक्षक भएका नाताले पश्चिमी साहित्यको पनि गहन अध्ययन गरेका पौड्याल नेपाली बालसाहित्यका क्षेत्रमा फरक धारको वकालत गर्दै आएका साधक हुन् । उनी परम्परित उपदेशमूलक साहित्य र पूर्ण स्वेरकल्पनावादबाट नेपाली बालसाहित्य मुक्त हुनुपर्ने कुराका पक्षपाती हुन् । आफ्नो साहित्यमा उनले उनको यही विश्वासलाई लिपिबद्ध गरिरहेका छन् । उनका कथाजस्तै उनका एकाङ्की पनि मनोविज्ञानको जगमा उभिएका, गहिरा अभिव्यक्ति हुन् । यथार्थताको अत्यन्त निकट रहेर लेखिएका उनका एकाङ्कीहरूमा वयस्कहरूको गलत बुझाइ र आकलनकै कारण अन्यायमा परेका बालबालिकाको मनोदशा दर्शाइएको हुन्छ । यस सङ्ग्रहमा परेका सबै एकाङ्की यही प्रकृतिका छन् । बालबालिकाका बारेमा लेखिएका भएता पनि प्रौढहरूका लागि धेरै सोचनीय विषयवस्तुहरुको उठान गर्दै बहस सिर्जना गर्ने काम यी एकाङ्कीहरूले गरेका छन् ।
अन्त्यमा म लेखक पौड्यालको सिर्जना शक्ति अझ बढी मौलाउँदै जाओस् भन्ने कामना गर्दै यस कृतिको सफलताको शुभकामना व्यक्त गर्दछु ।
नाटक लेखन क्षेत्रमा यसै कृतिमार्फत् पौड्याल पहिलोपल्ट नाट्यकृति लेखकका रुपमा प्रकाशित भएका हुन् । तर उनमा नाट्यसाधना भने लामो समयदेखि रहेको देखिन्छ । सानै उमेरदेखि नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने उनको स्वभाव रही आएको छ । भारतमा स्कुल र कलेजको अध्ययन गरिरहँदा पनि उनले दाजुको कर्तव्य, देशको माटो, दाइजो र कमल आदि नाटक लेखन र निर्देशन गरेका थिए । साथै यी नाटकमा स्वयंले अभिनय पनि गरेका थिए ।
नेपालमा पौड्यालले पहिलोपल्ट २०६० सालमा प्लेटोको “द एलेगोरी अफ द केभ” को नाट्य रुपान्तरण गरी स्वयंले निर्देशन गरेर भक्तपुरको एक स्कुलमा मञ्चन गरेका थिए । ठूलो रङ्गमञ्मा भने उनी २०६७ मा देखा परे । त्यतिबेला उनको लेखन र निर्देशनमा, बालमनोविज्ञानमा आधारित नाटक “चङ्गा” को प्रदर्शन शैली थिएटरले आयोजना गरेको प्रथम बालनाटक महोत्सवमा भयो । धेरै प्रसंशा पाएको उक्त नाटकको सफलतापछि उनको “बिगौती त खाने खाने” शीर्षकको नाटक मानसराजको निर्देशनमा मञ्चित भयो । जसमा हुरेसु नेपाल बालग्रहमा आश्रित बालबालिकाहरूसँगै उनी स्वयंले पनि अभिनय गरेका थिए । रसियाली नाटककार निकोलाइ गोगोलको नाटक “सरकारी निरीक्षक” मा नगराध्यक्षको चुनौतीपूर्ण भूमिकामा दर्जनौं पल्ट उत्रिएर उनले आफूलाई एक प्रतिभावान् नाट्य कलाकारको रुपमा पनि परिचत गराइसकेका छन् । पछिल्लो समयमा प्रसिद्ध रसियाली कथाकार आन्तोन चेखोभको बालकथा “वाङ्का” को उनले नेपालीमा नाट्य रुपान्तरण गरेका छन्, जसलाई तेस्रो बालनाटक महोत्सवमा शैली थिएटरले मञ्चन गरिरहेको छ ।
बालएकाङ्की प्रकाशनको प्रसङ्गमा उनको पहिलो बालएकाङ्की “आकाश” लोकप्रीय राष्ट्रिय दैनिक राजधानीमा २०६६ मा प्रकाशित भएको हो । त्यसपछि “विजय” शीर्षकको एकाङ्की भ्वाइस अफ चिल्ड्रेन पत्रिकाले २०६७ मा प्रकाशित ग¥यो । उक्त एकाङ्की युनाइटेड पब्लिकेसनले प्रकाशन गरेको “मेरो नेपाली माला” पाठ्यपुस्तक श्रृङ्खलाको कक्षा पाँचको पाठ्यपुस्तकमा पनि पर्न सफल भएको छ ।
अङ्ग्रेजी साहित्यको विद्यार्थी र शिक्षक भएका नाताले पश्चिमी साहित्यको पनि गहन अध्ययन गरेका पौड्याल नेपाली बालसाहित्यका क्षेत्रमा फरक धारको वकालत गर्दै आएका साधक हुन् । उनी परम्परित उपदेशमूलक साहित्य र पूर्ण स्वेरकल्पनावादबाट नेपाली बालसाहित्य मुक्त हुनुपर्ने कुराका पक्षपाती हुन् । आफ्नो साहित्यमा उनले उनको यही विश्वासलाई लिपिबद्ध गरिरहेका छन् । उनका कथाजस्तै उनका एकाङ्की पनि मनोविज्ञानको जगमा उभिएका, गहिरा अभिव्यक्ति हुन् । यथार्थताको अत्यन्त निकट रहेर लेखिएका उनका एकाङ्कीहरूमा वयस्कहरूको गलत बुझाइ र आकलनकै कारण अन्यायमा परेका बालबालिकाको मनोदशा दर्शाइएको हुन्छ । यस सङ्ग्रहमा परेका सबै एकाङ्की यही प्रकृतिका छन् । बालबालिकाका बारेमा लेखिएका भएता पनि प्रौढहरूका लागि धेरै सोचनीय विषयवस्तुहरुको उठान गर्दै बहस सिर्जना गर्ने काम यी एकाङ्कीहरूले गरेका छन् ।
अन्त्यमा म लेखक पौड्यालको सिर्जना शक्ति अझ बढी मौलाउँदै जाओस् भन्ने कामना गर्दै यस कृतिको सफलताको शुभकामना व्यक्त गर्दछु ।
Tuesday, January 24, 2012
वर्ष २०६८ मा कोषबाट पुरस्कृत हुने दुई बालप्रतिभाहरू । यस पटक ६ जना बालप्रतिभाहरू कोषबाट पुरस्कृत हुनुहुने निर्णय भएको छ ।
![]() |
sarita adhikari and sarita aryal |
सरिता अधिकारी कक्षा ८ मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् । दुबै आँखा नदेख्ने १२ बर्षीय सरिताले गीत गाएको उनका संगीत विषयका गुरु रमेश सुवेदीलाई पनि एकदमै मनपर्छ ।
यिनै प्रतिभाशाली छात्रा सरितासँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
म सानैदेखि गाउने गर्थें । कहिलेकाही गीत, कविता पनि लेख्ने गर्छु ।
जिन्दगी के हो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षमय यात्रा हो जिन्दगी ।
आँखा देख्नुहुन्न, बाहिरको संसार कस्तो होला जस्तो लाग्छ ?
संसार रमाइलो छ जस्तो लाग्छ ।
के कुराले गर्दा रमाइलो होला जस्तो लाग्छ ?
साथीभाइ, प्रकृति, विकास आदि कारणले गर्दा रमाइलो भएको होला भन्ने लाग्दछ ।
कसरी ल्याब्रोटरी स्कुलमा पढ्न आइपुग्नु भयो ?
पहिला म पोखराको अमर सिंह उच्च माविमा पढ्थें । पछि दृष्टिबिहिनका लागि यो स्कुल राम्रो छ भन्ने थाहा पाएर पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुँ ।
कस्तो शब्द भएको गीत गाउन मन लाग्छ ?
म जस्तै बालबालिकाको मनको कुरा भन्ने शक्ति भएको गीतगाउन मन लाग्छ ।
गीतको अभ्यास कसरी गर्नुहुन्छ ?
पहिला सुरुमा गीतको शब्दलाई गुरुले भन्दिनुहुन्छ । म ब्रेल लीपिमा लेख्छु । त्यसपछि गुरुको आज्ञा अनुसार गाउने अभ्यास गर्छु ।
एउटा गीत राम्ररी गाउने हुन कति दिन सिक्नुपर्छ ?
बढीमा दुई हप्ता र घटीमा एक हप्ता लाग्ने गर्छ । यस पल्ट पुरस्कार पाएको गीत तयार गर्न मलाई ७ दिन लागेको थियो । प्रतियोगिता चाँडै हुने भएकाले समय छोटो भएका कारण मैले हरेक दिन अलि बढी समय दिएर यो गीतको अभ्यास गरेकी थिएँ ।
तपाईलाई के गर्दा मज्जा लाग्छ ?
मलाई गीत गाउन र फुर्सदको बेला रेडियो सुन्न मज्जा लाग्छ । रेडियोमा म बालकार्यक्रमहरु र गीतहरु सुन्छु ।
तपाईको घरमा कोको हुनुहुन्छ ?
आमा, बुवा, दिदी र भाइ हुनुहुन्छ । म कान्छी छोरी हुँ । बुवाको कपडा पसल छ ।
भविष्यमा के बन्ने विचार छ ?
भविष्यमा गायक बन्ने उद्देश्य छ । त्यसका लागि म मिहिनेत गरिरहेकी छु ।
मनपर्ने गायक र गायिका कोको हुन् ?
मलाई गायक स्वरुपराज आचार्य, गायिका रेजिना रिमाल र अन्जु पन्त मनपर्छ ।
ब्रेल लीपिमा पढेर किताबका कुराहरु सिक्न र परीक्षामा राम्रो गर्न कत्तिको गाह्रो वा सजिलो के छ ?
सुरुसुरुमा गाह्रो हुँदोरहेछ । तर सिकेपछि बिस्तारै सजिलो हुँदै जानेरहेछ । आँखा देख्ने साथीहरुसँगै बसेर पढ्ने भएकाले कतिपय कुरा त सुनेर पनि बुझ्न र थाहा पाउन सकिन्छ नि !
दृष्टिबिहीन बालबालिकाको पढाइलाई अझ राम्र्रो गर्न के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
पाठ्यपुस्तक, साहित्यका किताब, सामान्यज्ञानका किताब र मनोरञ्जनका किताबहरु बढी बे्रल लीपिमा भइदिए धेरै राम्रो हुने थियो । साथै त्यसरी नै बढी भन्दा बढी राम्रा ज्ञानगुनका किताबहरु सुन्ने किताबका रुपमा उत्पादन भइदिए पनि धेरै राम्रो हुने थियो ।
ठूलो मान्छे हुनुपर्छ कि असल मान्छे हुनुपर्छ जस्तो लाग्छ ?
असल मान्छे बन्नुपर्छ जस्तो लाग्छ । किनकि विचार र भावना असल भएको मान्छे नै सबैभन्दा ठूलो हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईंको होस्टेलको बसाई कस्तो छ अहिले ? यसमा केही कुरा नपुगेको छ कि ?
सजिलो छ । होस्टेलमा बस्छु । गीत सुन्ने साधनको चाहिँ अभाव छ । त्यो पाए अझ बढी आफ्नो क्षमता बढाउन सक्थें भन्ने मलाई लाग्छ । राम्रो गायक बन्न पहिला अरुले गाएका बढी भन्दा बढी गीत सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।
जीवनमा आँखा नदेख्ने भएकोमा पछुतो लागेको त छैन नि ?
जीवनमा एकदमै उत्साहका साथ अगाडि बढिरहेकी छु । मलाई आफू दृष्टिविहीन भएकोमा केही पछुतो छैन । मान्छे जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा नै संघर्ष गरी प्रगति गर्न सक्ने मान्छे नै असल र ट्यालेन्ट मान्छे हो जस्तो मलाई लाग्छ । दुःखमा आत्तिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन । म पनि कहिलेकाही अलिअलि दुःखी हुने गर्छु तर फेरि आत्मविश्वासका साथ अघि बढ्ने गर्छु ।
सरिता अर्याल कक्षा ६ मा पढ्छिन् । उनी पनि आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । सरिता अधिकारीसँगै एउटै स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय बालगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जितेकी थिइन् ।
यिनै प्रतिभाशाली छात्रा सरिता अर्यालसँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
किन गीत गाउनु हुन्छ ?
यो मेरो सानैदेखिको रुचि हो ।
कस्ता गीत गाउन मन लाग्छ ?
बालगीत र लोकगीत गाउछु ।
गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैको मनछुने खालको हुनुपर्छ । त्यसका लागि जीवनमा मेल खाने हुनुपर्छ ।
के कुरा गर्दा रमाइलो लाग्छ ?
गीत संगीत सुन्दा रमाइलो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षको माध्यम हो जीवन । बाँच्नका लागि आफै संघर्ष गर्नुपर्छ ।
होस्टेलको बसाइ कस्तो भइरहेको छ ?
रमाइलो नै भइरहेको छ ।
भविष्यमा के बन्ने उद्देश्य छ ?
एउटा राम्रो गायिका बन्ने धोको छ । त्यसकै लागि मिहिनेत गरिरहेकी छु ।
Friday, January 20, 2012
केटाकेटी न्युज मासिक पत्रिकाको नयाँ अंक बजारमा आइपुगेको छ । यस अंकको आकर्षण यस प्रकार रहेको छ
![]() |
ketaketi news, year 7, issue 5 |
१. कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वारेमा विशेष सामग्री, कोषले दश वर्षमा के कति बालप्रतिभालाई पुरस्कृत गरयो ? कोको पुरस्कृत भए भन्ने लगायत कोषको वारेमा विभिन्न व्यक्तित्वका विचारहरु ।
२. लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ? उनको विचार र रमाइला फोटोहरु ।
३. वर्ष २०६८ मा कुन कुन बालप्रतिभाहरु पुरस्कृत भए ? ती बालप्रतिभाको परिचय यस अंकमा रहेको छ ।
४. आँखा नदेखेर केभो त, हामी गीत गाएर नै संसार जित्न सक्छौ । दृष्टिविहिन बालिकाहरु सुमधुर स्वरकी धनी सरिता अधिकारी र सरिता अर्यालसँगको मनछुने कुराकानी ।
५. प्रा. डा. अच्युतमणि आचार्यको जाडोमा बालबालिकाको स्वास्थ्य विषयमा लेखका साथै प्रमोद प्रधान, महेश पौड्याल, मोहन कार्की, पारस श्रेष्ठ, भगवती पौडेल, ऋषिराम पाण्डे, श्लेष्मा क्षेत्री, अञ्जना राजवंशी र सुमिक्षा खड्काको विचारहरु ।
६. शुभतारा स्कुलमा कक्षा चारमा पढ्ने प्रतिभाशाली बालिका आँचल भण्डारीको प्रतिभावारे आवरण चर्चा र चीनकी बालप्रतिभा जेनीसँगको कुराकानी, चीनबाट सरोज शाहीको कोसेली ।
७. र, केटाकेटी क्विजका साथै अन्य रमाइला जानकारी एंवं केटाकेटी मिडियाबाट प्रकाशित कृतिहरुवारेको जानकारी यस अंकमा समेटिएका छन् ।
२. लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ? उनको विचार र रमाइला फोटोहरु ।
३. वर्ष २०६८ मा कुन कुन बालप्रतिभाहरु पुरस्कृत भए ? ती बालप्रतिभाको परिचय यस अंकमा रहेको छ ।
४. आँखा नदेखेर केभो त, हामी गीत गाएर नै संसार जित्न सक्छौ । दृष्टिविहिन बालिकाहरु सुमधुर स्वरकी धनी सरिता अधिकारी र सरिता अर्यालसँगको मनछुने कुराकानी ।
५. प्रा. डा. अच्युतमणि आचार्यको जाडोमा बालबालिकाको स्वास्थ्य विषयमा लेखका साथै प्रमोद प्रधान, महेश पौड्याल, मोहन कार्की, पारस श्रेष्ठ, भगवती पौडेल, ऋषिराम पाण्डे, श्लेष्मा क्षेत्री, अञ्जना राजवंशी र सुमिक्षा खड्काको विचारहरु ।
६. शुभतारा स्कुलमा कक्षा चारमा पढ्ने प्रतिभाशाली बालिका आँचल भण्डारीको प्रतिभावारे आवरण चर्चा र चीनकी बालप्रतिभा जेनीसँगको कुराकानी, चीनबाट सरोज शाहीको कोसेली ।
७. र, केटाकेटी क्विजका साथै अन्य रमाइला जानकारी एंवं केटाकेटी मिडियाबाट प्रकाशित कृतिहरुवारेको जानकारी यस अंकमा समेटिएका छन् ।
Wednesday, December 28, 2011
HAPPY NEW YEAR 2012 केटाकेटी मिडिया प्रकाशनबाट प्रकाशित रमाइला किताबहरू
१. फूलको साथी (बालकथा–सङ्ग्रह) – वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालले लेख्नुभएका उत्कृष्ट बालकथाहरूको किताब । मूल्य रु ६५।–
२. जून पोखिएको आँगन (बालकविता–सङ्ग्रह) – प्रतिभाशाली बालिका रविना घिमिरेले लेख्नुभएका उत्कृष्ट कविताहरूको किताब । मूल्य रु ७५।–
३. भक्तपुर घुम्दाको मज्जा (यात्रा–संस्मरण) – प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केले लेख्नुभएको भक्तपुरमा घुमघामको अनुभववारे जानकारीमूलक किताब । मूल्य रु ५५।–
४. मैले पूजा गरेकी फुच्ची (बालकथा–सङ्ग्रह) – साहित्यकार कार्तिकेय घिमिरेले लेख्नुभएका बालकथाहरूको किताब । मूल्य रु २५।–
५. बिपनाको जिद्दी (बालकथा–सङ्ग्रह) – साहित्यकार शर्मिला घिमिरेले लेख्नुभएका उत्कृष्ट बालकथाहरूको किताब । मूल्य रु ६५।–
६. रमाइला चित्रकथाहरू (चित्रकथा–सङ्ग्रह) – विभिन्न साहित्यकारहरूले लेख्नुभएका रमाइला र उत्कृष्ट चित्रकथाहरूको किताब । मूल्य रु ४५।–
७. कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु (बालकथा–सङ्ग्रह) – घिमिरेका १४ वटा बालकथाहरु समेटिएको रमाइलो किताब । मूल्य रु ७५।–
८. इन्र्टेस्टिङ चाइल्ड स्टोरिज फर चिल्ड्रेन (बालकथा–सङ्ग्रह) – कार्तिकेयका ३६ वटा बालकथाहरु अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशित । मूल्य रु २०५।–
९. पहिलो भेटमा संगालेका अनुभूतिहरु – १२ जना वरिष्ठ साहित्यकारसँगको पहिलो भेटघाटवारे बालिका सन्ध्या सिग्देलको रोचक संस्मरण ।
२. जून पोखिएको आँगन (बालकविता–सङ्ग्रह) – प्रतिभाशाली बालिका रविना घिमिरेले लेख्नुभएका उत्कृष्ट कविताहरूको किताब । मूल्य रु ७५।–
३. भक्तपुर घुम्दाको मज्जा (यात्रा–संस्मरण) – प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केले लेख्नुभएको भक्तपुरमा घुमघामको अनुभववारे जानकारीमूलक किताब । मूल्य रु ५५।–
४. मैले पूजा गरेकी फुच्ची (बालकथा–सङ्ग्रह) – साहित्यकार कार्तिकेय घिमिरेले लेख्नुभएका बालकथाहरूको किताब । मूल्य रु २५।–
५. बिपनाको जिद्दी (बालकथा–सङ्ग्रह) – साहित्यकार शर्मिला घिमिरेले लेख्नुभएका उत्कृष्ट बालकथाहरूको किताब । मूल्य रु ६५।–
६. रमाइला चित्रकथाहरू (चित्रकथा–सङ्ग्रह) – विभिन्न साहित्यकारहरूले लेख्नुभएका रमाइला र उत्कृष्ट चित्रकथाहरूको किताब । मूल्य रु ४५।–
७. कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु (बालकथा–सङ्ग्रह) – घिमिरेका १४ वटा बालकथाहरु समेटिएको रमाइलो किताब । मूल्य रु ७५।–
८. इन्र्टेस्टिङ चाइल्ड स्टोरिज फर चिल्ड्रेन (बालकथा–सङ्ग्रह) – कार्तिकेयका ३६ वटा बालकथाहरु अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशित । मूल्य रु २०५।–
९. पहिलो भेटमा संगालेका अनुभूतिहरु – १२ जना वरिष्ठ साहित्यकारसँगको पहिलो भेटघाटवारे बालिका सन्ध्या सिग्देलको रोचक संस्मरण ।
निम्न पुस्तकहरु बिक्री बितरण वारे थप जानकारीका लागि ९८४१४७७५१५
Tuesday, December 27, 2011
Interesting Stories for Children
The anthology Interesting Stories for Children evolves out of the underlying structure of Nepali culture which has the psychology of mythopoetic imagination in its core. The core is the folk culture which still has the innocence of myth. The collection focuses on contemporary issue of conflict and the physical and psychological impacts of conflict on children. The work critiques the present social behaviorism that either misreads or does not read children's minds. The stories invite the readers to be conscious of the most vulnerable group of the society. The narratives both entertain and educate us.
A writer who reveals such deep structure of a culture communicates with the essential features of life and its basic systems. The stories written by Kartikeya Ghimire and edited by Mahesh Paudyal are in a very child-friendly language with seriousness of subject matters.
Dr. Arun Gupto
Reader
Central Department of English, Tribhuvan University
INTERESTING STORIES FOR CHILDREN
AUTHOR : KARTIKEYA GHIMIRE
TRANSLATOR/EDITOR : MAHESH PAUDYAL
SIZE : 250 PAGES
PRICE RS. 205/-
PUBLISHED BY : KETAKETI MEDIA PVT. LTD.
AVAILABLE IN THE MARKET FROM PAUSH 15, 2068.
Wednesday, November 9, 2011
Anjana Rajbanshi: An Ever-Optimistic Genius
'Nobody can stop us looking at the stars though it is impossible to touch them. Looking at them keeps our head always high.' This is what Anjana said in our short conversation with her. Anjana Rajbanshi, a smiling, clever and diligent lady, is a permanent resident of Juropani-6, Jhapa. She was born in a middle-class family 17 years back. Studying in an ordinary private school, Miss Rajbanshi topped all the lady candidates in the final SLC Examination 2062, and proved that one does not need an advanced institute to be the winner.
Anjana Rajbanshi is such a rare and beautiful flower that needed neither an expensive park to be bloomed nor a highly-trained gardener to be trimmed. Miss Rajbanshi, a daughter of Pahadsingh and Gausari, started her schooling in an ordinary private school. She attended the classes and performed the assignments. Because of her regular practice and desirous study, she did not feel so difficult to step at the apex of success. She used to read four to five hours daily except school study. At school, she was interested in both curricular and extra-curricular activities. She had been the editor of wall magazine of her school. Quiz, debate, oratory, essay writing etc. were her favorites. Because of her skill, she has already become first in National Essay Competition.
Miss Rajbanshi, though studying Science, believes in invisible power. It is the same power, she says, that inspires her to march ahead in her life. She is very clever to cross-question others and defend her own arguments. She advises others not to run after the definition of life, but rather struggle to do something better. So, for her, life is struggle. Time is always fluctuating. It is why we must be dynamic and cunning to hold its pace. She is very cool, smiling and sensitive. 'I get never angry,' she says, 'but I start weeping when I see my mother sad and unhappy.' Miss Rajbanshi does not have any high ambition in life. In future, she aims to be a normal lady. She does not believe in sex division. She thinks that there is only one sex in nature: human being. She philosophically says, 'Let's not fight in the name of male and female, but move ahead hand in hand for the prosperity of mankind.' (Source : Garden, Monthly- 2063 BS)
Thursday, September 22, 2011
Saturday, September 10, 2011
यिनी प्रतिभाशाली बालप्रतिभा सुशान्तमान सिंह मास्के हुन्
यिनी प्रतिभाशाली बालप्रतिभा सुशान्तमान सिंह मास्के हुन् । यिनले ११ वर्षको उमेरमा अँध्यारोको जुनकिरी नामक कविता संग्रहको कृति प्रकाशित गरेका छन् । यिनै बालप्रतिभाको वारेमा केटाकेटी न्युजको असोज अंकमा चर्चा गरिने भएको छ ।
सुशान्त भन्छन् :
मलाइ देशको वारेमा लेख्न मनलाग्छ, गरिब भएर बाँचेकाहरुलाइ सहयोग गर्न मन लाग्छ, सानो छउन्जेल देशको माया गर्छु भन्ने तर ठूलो भयो कि विदेश जाने युवा चलन मलाइ मनपरेको छैन । यो देशमा गरिब भएर छोराछोरी मार्न बाध्य मातापिताको दुख पनि गहिरो छ । तिनले छोराछोरीको गहिरो दुख देख्न नसकेर यसो गरेका होलान् । किनकी हरेक माता र पिताका लागि छोराछोरी मुटुको टुक्रा हुन् ।
यस्तै गम्भीर विषयमा उनीसँग बहस गरिएको छ ।
Sunday, August 28, 2011
Kartikeya Child Talent Award Trust
Kartikeya Baal Pratibha Puraskar Kosh (Kartikeya Child Talent Award Trust) has been established with a sum collected as remuneration for his writing by Kartikeya Ghimire, who writes for children. The Trust has been, for last ten years, working to promote children's talent. Till date, as many as forty children have been awarded with Kartikeya Child Talent Award. The trust identifies children enduring through difficult socio-economic predicaments, and yet, dauntlessly moving ahead to carve for themselves a bright future. Every year, the awardees are conferred felicitation letter with a sum of Rs. 10,001/- in a colourful ceremony.
The Trust has also been working to promote creativity and reading habit of children who come from backward and marginalized sectors and communities. Its founder Kartikeya Ghimire, and Secretary and author Mahesh Paudyal have visited more than 30 districts organizing storytelling and writing sessions and children's literary meets. Their movement is still going on. Only that, they need more helping hands to help them continue!
How can the Trust be assisted?
· By taking its life membership
· By taking its annual membership
· By assuming its patronage
For life members, the membership fee has been set at Rs. 5001/- while for annual member, it is Rs.1000/- only. To assume its patronage, the interested donor is expected to pay Rs. 5,00, 100/- only.
The donors shall be introduced in detail, along with their photographs on a coloured page of our monthly mouthpiece Ketaketinews Monthly Magazine.
Friday, April 15, 2011
कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको अनुरोध
लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित कार्तिकेय बालप्रतिभा पुरस्कार कोष दश वर्ष पुगेको अवसरमा स्मारिका प्रकाशन हुन लागेको छ । यस कोषसँगको अनुभूति समेटेर बढीमा ३०० शब्दमा संस्मरणात्मक लेख जेठ २३ गतेभित्र पठाइ सहयोग गर्नुहुन अनुरोध छ । इमेल ketaketi33@gmail.com, kartikeya99@gmail.com
Log onhttp://ketaketionline.com/
Friday, January 21, 2011
धादिङमा बालसाहित्य सम्मेलन सम्पन्न
देशका कुनाकन्दरामा रहेका बालबालिकाहरुको सिर्जनात्मक क्षमता बढाउँने उद्देश्यले विगत नौ वर्षेखि संचालन हुँदै आएको बालसाहित्य सम्मेलन र बालप्रतिभालाई पुरस्कृत, सम्मानित गर्ने यात्राअर्न्तर्गत यो पटक धादिङ जिल्लामा बालसाहित्य सम्मेलन सम्पन्न भएको छ ।
गजुरीमा आयोजित सम्मेलन वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनमा बालसाहित्य प्रतिष्ठान नेपाललाई स्थानीय आयोजकहरु युवा संजाल धादिङ, धादिङ रेडियो र प्राज्ञिक विद्यार्थी परिषदले साथ दिएका थिए । कार्यक्रमको संयोजन रेडियोकर्मी पार्वती श्रेष्ठले गरेकी थिइन् । उनलाई गणेश ढुंगाना, उपेस श्रेष्ठ, अमृत न्यौपाने, लेखक नवीनबन्धु पहाडी र पत्रकार राजेन्द्रप्रताप शाहलगायतले सघाएका थिए ।
पुस्तक प्रदर्शनीमा बालबालिकाहरु |
बालकथा लेखन र बाचनवारे प्रतिष्ठानका अध्यक्ष र महासचिव क्रमशः कार्तिकेय र महेश पौड्याल प्रारम्भले प्रशिक्षण दिएका थिए । कथालेखन कार्यशाला र प्रतियोगिताकोसमेत आयोजना गरिएको सम्मेलनमा एकसय तेतीस जना बालबालिकाहरुको सहभागिता रहेको थियो । उत्कृष्ट पाँच बालबालिकालाई पुरस्कृत गरिएको छ । सिर्जनशील बालप्रतिभाको राम्रो जमघट र सिर्जनामा सक्रिय सर्जकहरुको जमघटले गर्दा कार्यक्रम सफल भएको छ । सम्मेलनमा महेश पौड्याल प्रारम्भ र कार्तिकेयको कथावाचन, युवराज नयाँघरेको रोचक बाल्यकाल र अन्जना राजबंशीसँगको अनुभव साटासाट र छलफलमा बालबालिकाहरु निकै उत्साहित भएका थिए । बीएन पुस्तक संसारद्घारा प्रर्दशनीमा राखिएका पुस्तकहरु पनि उनीहरुले निकै चाख दिएर हेरेका थिए ।
ग्रामीण भेगका बालबालिकामाझमा पुगेर उनीहरुमा बालसाहित्यप्रति रुचि जगाउँदै बालसाहित्यको प्रर्वर्धनमा समर्पित रहने उद्देश्यका साथ सुरु भएको यो यात्रा प्रतिष्ठानले हालसम्म २४ जिल्लामा सम्पन्न गरिसकेको छ ।
Tuesday, January 18, 2011
बालसाहित्य सम्मेलन २०६७ धादिङमा
अब बालसाहित्य सम्मेलनमा धादिङ जाने सुरसार सुरु भयो । यो यात्रामा वरिष्ठ लेखक युवराज नयाँघरे, वरिष्ठ गीतकार विद्याप्रसाद घिमिरे, कार्तिकेय घिमिरे, त्रिविविका अंग्रेजी विषय शिक्षक महेश पौड्याल प्रारम्भ, वरिष्ठ लेखक नारायण तिवारी र इलामका परिचित लेखक वसन्तकुमार बस्नेत, एसएलसि २०६२ को बोर्ड फस्ट छात्रा अन्जना राजबंशी, बालप्रतिभा सुमिक्षा खड्का, नाट्यकर्मी मानसराज र भाइ संजिव खड्का सँगसँगै रहने छौं । यो सम्मेलन रमाइलो हुने आशा गरेको छौं । बीएन पुस्तक संसारले सम्मेलनस्थलमा पुस्तक प्रर्दर्शनी पनि गर्ने कार्यक्रम रहेको छ ।
बालसाहित्य प्रतिष्ठान नेपाल परिवार ।
बालसाहित्य प्रतिष्ठान नेपाल परिवार ।
Saturday, December 25, 2010
कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७ बितरण

पुरस्कृत बालिकाहरुमा सुमिक्षा खड्कालाई नगद रु १०,००१।- र निशा गिरीलाई नगद रु ५,००१ सहित पुरस्कत गरिएको थियो । कोषका संरक्षक मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको समारोहमा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, केन्द्रीय बालकल्याण समितिका निर्देशक धर्मराज श्रेष्ठ, प्रथम नायिका भुवन चन्द, वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराइ, वरिष्ठ साहित्यकार गोपाल पराजुली र वरिष्ठ संगीतकार रामकृष्ण दुवालले संयुक्त रुपमा बालप्रतिभाहरुलार्इ पुरस्कृत गर्नु भएको थियो । यस अधि वर्ष २०६४ मा पुरस्कृत बालक गणेश ढुंगानाले समारोहमा सारगर्भित मन्तव्य व्यक्त गरी पुरस्कृत भएपछिको सफलताको कथा सुनाइ सबैलाइ मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषका सचिव महेश पौड्याल प्रारम्भले यस कोष बालबालिकाका निम्ति विगत चौध वर्षदेखि लेखनरत लेखक र स्वतन्त्र पत्रकार कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित भएको र घिमिरेका बालसाहित्यका ३७ वटा कृतिहरू प्रकाशित भएको जानकारी गराउँनु भएको थियो । साथै घिमिरेका एक दर्जनभन्दा बढी कथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकहरुमासमेत समावेश गरिएको छ ।
यो पुरस्कारबाट हालसम्म ४० जना बालबालिकाहरु पुरस्कृत र २४ जना बालबालिकाहरु सम्मानित भइसक्नुभएको छ ।
Sunday, December 5, 2010
रमाइला बालकथाहरु अंग्रेजीमा
अंग्रेजी भाषामा बालसाहित्य पढ्न रुचाउँने पाठकका लागि खुसीको खबर छ ।
बालसाहित्यकार विष्णुकुमार पौडेलका १२ वटा रमाइला बालकथाहरुको संग्रह अ न्यू प्रोमिस प्रकाशित भएको छ । स्पन्दन श्रेष्ठको अनुवाद र रवि बस्नेत एवं उमेशचन्द्र अधिकारीको चित्रकलामा सजिएको यस कृतिमा बालबालिकाहरुको वातावरण र जीवनशैली वरिपरि रहेर लेखिएका मनछुने कथाहरु रहेका छन् ।
बीएन पुस्तक संसार प्रालि, बागबजार, काठमाडौंले प्रकाशित गरेको यो कृतिको मूल्य रु ५० रहेको छ ।
बीएन पुस्तक संसार बालसाहित्य प्रकाशनमा सक्रिय संस्था हो । यसले हालसम्म थुप्रै बालसाहित्यका कृतिहरुको प्रकाशन गरिसकेको छ । यो संस्थाको सम्पर्क इमेल bishnu_kumar49@yahoo.com हो ।
Tuesday, October 19, 2010
Children's Story by Kartikeya Ghimire वाहा ! दुनोट पसलेकी छोरी
बडा दसैं र तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यो रमाइलो कथा कोसेलीको रुपमा प्रस्तुत गरेका छौं ।
Ketaketi Online Family
म खुर्र दौडेर आई पसलको खाटमा थचक्क बसें ।
आमा असिनपसिन हुँदै ठूलो ताप्केमा दुनोट पकाइरहनु भएको थियो । बुवा पाँच-पाँचवटा दुनोट झोलामा हालेर पोका पार्न ब्यस्त हुनुहुन्थ्यो । खाटसम्म आगोको तातो आएको थियो । म एकछिन त्यही आगोमा हेर्दै टोलाएँ । सँधै जस्तै आज पनि मैले फेरि त्यही प्रश्न आफैले आफैलाई सोधें - मलाई साथीहरु छ्या ! दुनोट पसलेकी छोरी किन भन्छन् हँ ?
उत्तर त मसँगै छ । म साँच्चै दुनोट पसलेकी नै छोरी त हुँ नि ! तर म छ्या ! कसरी भएँ ? आज फेरि मेरो मनले मलाई प्रश्न गर्यो । यो प्रश्नको उत्तर दिन मलाई गाह्रो भयो । मैले बुवाआमालाई फेरि हेरें । दुबैजना असिनपसिन हुँदै काम गरिरहनुभएको थियो । म किताबको झोला त्यही पसलमा छोडेर दौडदै चौरमा पुगें । चौरमा थुप्रै साथीहरु खेलिरहेका थिए । मैले उनीहरु सबैलाई राम्ररी हेरें । त्यसपछि आफ्नै सुरमा चिच्याउँदै भनें - राधा नेताकी छोरी । हरि वकिलको छोरो । गीता व्यापारीकी छोरी र सुभम डाक्टरको छोरो । अनि यी सबै छ्या ! भएनन्, म किन छ्या ! भएँ ?
मेरो वरिपरि कोही थिएनन् । मैले चिच्याएको कसैले सुनेनन् । मेरो मन अब अलि हलुका भयो । म दौडदै साथीहरुको नजिक पुगें । मलाई खेल्न पाउँछु कि भन्ने आशा थियो । अहँ, मैले खेल्न पाइनँ । म नजिक पुग्नासाथ साथीहरु प्रहरी आएजस्तै सतर्क भए । उनीहरुले मलाई हेरेर ओठ लेर्ब्याए । भाइसँगै उभिनुभएकी सिमा दिदीले मतिर हेरेर भन्नु भयो - यो त्यही छेउको सरकारी स्कुलमा पढ्ने केटी ।
त्यसपछि सबैले मलाई जा तँ यहाँबाट जा भनेजस्तै लाग्ने गरी हेरे । म बेतोडसँग दौडिदै आफ्नो दुनोट पसलमा पुगें । आमाबुवा असिपसिन हुँदै काम गरिरहनुभएको थियो । मैले केही भन्न सकिनँ । केही सोध्न पनि सकिनँ । बुवाले पत्रिकामा पोको पारेर दुर्इवटा दुनोट दिनुभयो । मैले पकापक खाएँ । अनि म हतार-हतार कोठातिर हिडें ।
कोठामा पुगेपछि मैले फेरि एकपल्ट आफैलाई प्रश्न गरें - म कसरी छ्या ! भएँ हँ ?
अहँ मैले फेरि उत्तर पाउँन सकिनँ ।
अहिले म गुन्द्री ओछ्याएर पढ्न बसेकी छु । मनमा धेरै कुरा सोचिरहेको छु । खै किन हो किन आज मैले पढ्नै सकेकी छैन । गृहकार्य पनि गर्न सकेकी छैन । अल्छी मान्दै हाई गर्दै मैले भित्तामा हेरें । भित्तामा आमा, बुवा र मेरो हाँसिरहेको फोटो झुन्ड्याइएको थियो । त्यो फोटोमा बुवाआमा मोटोघाटो हुनुहुन्थ्यो । गाउँबाट लखेटिएपछि बुवाआमाले यहाँ धेरै दुःख गर्नु पर्यो । शरीर सुक्यो । पातलो हुनु भयो । अनि म पनि दुनोट पसलेकी छोरी भएँ ।
यति कुरा सम्झँदा म रोइसकेकी थिएँ । मेरो आँखाबाट बर्र आँशु खस्यो । म घुक्क घुक्क रोएँ । एकछिन पछि हत्केलाले आँशु पुछ्दै मैले एकटकसँग झोलामा हेरें । त्यसपछि किताब निकालेर पढ्न थालें । आज मैले अरु दिनकोभन्दा बढी पढें । आमाले खाना खान आऊ भनेर तीनपल्ट बोलाउँनु पर्यो । आमा पनि छक्क पर्नु भयो ।
खै के भएर हो अचेल म असाध्यै सोच्ने गर्छु यस्तो किन भयो ? त्यस्तो किन भएन ? म घरी घरी आफैले आफैलाई प्रश्न गरिरहन्छु । साथीहरु भन्छन् - म कक्षामा गुरुलाई प्रश्न सोधेर हैरान गर्छु रे । तर मलाई त्यस्तो लाग्दैन । म त जान्न चाहन्छु । हरेक कुरा जान्न चाहन्छु । मेरो मनले मलाई यही कुरा भनिरहन्छ । अनि मुखबाट आफै प्रश्नहरु निस्कन्छन् ।
आमा बिरामी हुनु भएकीले आज म अलि ढिलो विद्यालय पुगेकी थिएँ । म विद्यालयमा पुग्दा त्यहाँको वातावरण अलि भिन्न थियो । थुप्रै साथीहरु जम्मा भएर रमीता हेरिरहेका थिए । मैले पनि चनाखो भएर हेरें । विद्यालयमा नेपाली लुगा दौरा, सुरुवाल र ढाका टोपी लगाएका दुर्इजना पाहुनाहरु आउँनुभएको रहेछ । एउटा कक्षा कोठाभित्र बसेर हेड सरकी छोरी रीता, श्याम सरको छोरा रुपक र घनु साहुका छोरा हरि जाँच दिइरहेका थिए । के को जाँच रहेछ भनेर मलाई खुबै खुल्दुली भयो । सबै साथीहरु रमीता हेर्नमा मस्त थिए । म लुसुक्क छिरेर हेड सरको छेउमा पुगें । हेड सरले ती पाहुनालाई केही कुरा भनिरहनु भएको थियो । मैले ध्यान दिएर सुनें । उहाँ ती तीनजना विद्यार्थी विद्यालयका सबैभन्दा जान्ने टप विद्यार्थी हुन् त्यसैले यिनीहरुलाई छानेर जाँच दिन लगाएको हुँ भन्ने कुरा गरिरहनु भएको थियो । मलाई त्यो कुरा सुन्दा नमज्जा लाग्यो । मैले केही बोल्न सकिनँ । मनभरि धेरै प्रश्नहरु आए । ठीक त्यतिबेला टङ् घन्टी लाग्यो । पाहुनाहरुले जाँच दिने विद्यार्थीको कपि लिए । उनीहरु कपि लिएपछि हिँड्ने सुरसार गर्न थाले त्यसपछि मलाई खपिनसक्नु भयो । मैले हतार-हतार झोलाबाट कपि निकालें । त्यो कपिमा एउटा प्रश्न लेखें र दौडँदै गएर त्यो अलि पाको देखिने पाहुनालाई दिएँ । उनले मेरो प्रश्न हेरे । अनि मलाई हेरे । मेरो टाउको बिस्तारै सुमसुम्याएर उनले भने - नानी तिम्रो प्रश्नको उत्तर हामी भोलि आउँदा लिएर आउँछौं है !
म अक्क न बक्क भएँ । उनीहरु घुइयाँ गाडी चढेर हिडे ।
साथीहरु सबैले ऐ भन न तैले के प्रश्न लेखेर दिइस् भन्दै वरिपरि जम्मा भएर घेरे । हेड सरले राता राता आँखा पार्दै हेर्नु भयो । सबै कक्षा कोठातिर दौडिए । श्याम गुरुले त मलाई खाउँला झै गरी हेर्नु भयो ।
त्यो दिन मैले केही भन्न सकिनँ । साथीहरुलाई पनि केही जवाफ दिन सकिनँ । टङ टङ घन्टी लाग्यो । सबैजना झोला बोकेर दौडिदै घरतिर लागे । म पनि सँधै जस्तै फेरि दौडिदैं घर गएँ ।
भोलिपल्टको कुरा हो । त्यो दिन पनि म रोएकी थिएँ । विद्यालय जान बस चढ्न लागेका साथीहरुले खै किन हो मलाई ठुस्किएर हेरे । मैले मुसुक्क हाँसेर हेरें । उनीहरुले गजक्क परेर हेरे । उनीहरुले पनि मलाई 'छ्या !' भनेर भने जस्तै लाग्यो । त्यसपछि मेरा आँखा त्यतिकै रसाए । म बाटैमा रोइदिएँ । अनि हत्केलाले आँशु पुछ्दै दौडदै विद्यालयको चौरमा पुगें ।
आज पनि साथीहरुले भन न हो तैले के प्रश्न लेखेकी थिइस् भनेर सोधेका मात्र के थिए । श्याम गुरु कक्षामा टुप्लुक्क आइपुग्नु भयो । सबैजना चुपचाप लागे । उहाँले कराउँदै चर्को स्वरमा भन्नु भयो - ल आशा कुमारी चौधरी हेड सरकोमा जाने रे ।
ला बित्यास पर्यो, तेरो प्रश्नले तँलाई गोदाउँने भो आशा - सबै साथीहरुले मलाई हेर्दै मनमनै त्यही भनेजस्तै लाग्यो । मुटु ढुकढुक भयो । म बिस्तारै नियाउरो अनुहार बनाएर हेड सरको कोठामा पुगें । म त्यहाँ पुग्दा हेड सरले राता राता आँखा पारेर हेरिरहनु भएको थियो । मैले डराएर वरिपरि केही देखिनँ । त्यतिकैमा कसैले माया गरेर बोलाएको सुनें -
आशा, तिमी पनि जाँच दिने हो ?
मैले बिस्तारै टाउको उठाएर आवाज आएतिर हेरें । आम्मै, ती दौरा सुरुवालवाला हिजो आएका पाहुना पो रहेछन् । मैले आँखाभरि आँशु पार्दै टाउको हल्लाएर 'हो' भनें । दुइ हात जोडेर नमस्ते पनि गरें ।
जाँच न हो कसलाई डर लाग्दैन र ! हेड सरले प्रश्नपत्र झिकेर दिनु भयो । हेडसरको हातबाट प्रश्नपत्र लिदा मेरो हात थर्र काम्यो । ती पाहुनाले आज फेरि मेरो कपाल मुसारेर मलाई हौसला दिए । यसरी मैले आफूले जानेसम्मको कुरा सबै लेखेर जाँच दिएँ ।
कपि बुझाएपछि म दौडदै कक्षा कोठामा गएँ । साथीहरु मलाई अचम्म मानेर हेरिरहेका थिए । कक्षामा गुरुआमाले पढाइरहनु भएको थियो । म चुपचाप गएर बसें । मेरो मनमा के के कुरा खेलिरहेको थियो । छेउमै बसेकी शान्ताले मलाई कोट्याउँदै खुसुक्क सोधी - भन्न हो, तैले त्यो पाहुनालाई के प्रश्न लेखेर दिएकी थिइस् । उनीहरुलाई त उत्तर नै नआएर त्यसको जवाफ पछि लिएर आउँने छौं भने नि !
साथीको खासखुसमा गुरुआमाको कर्के नजर पर्यो । ऊ पक्क परी । म ध्यानमग्न भएर पढाइमा एकोहोरिएँ ।
एक घन्टापछि पाले काका कक्षा कोठामा आउँनु भयो । उहाँले कराउँदै भन्नु भयो - ल आशा, तिमी हेड सरकोमा जाने रे ।
साथीहरु यो पल्ट झन डराए । उनीहरुले मलाई माया गरेर दयालु पाराले हेरे । उनीहरुको मनमा पटक पटक हेड सरकोमा जानु पर्ने गरी गल्ती हुने त्यस्तो प्रश्न आशाले के सोधी छे ती पाहुनालाई भन्ने जिज्ञासा प्रश्नै प्रश्न भएर दौडिरहेको मैले महसुस गरें ।
म हेड सरको राता आँखा र डरलाग्दो हेरार्इ सम्झदै डराउँदै कार्यालय कोठामा पुगें । पाहुनाले मलाई पुलुक्क हेरें । उनले मलाई एउटा लामो पाना कागज दिदै भने - ल यो लगेर तिमीले विद्यालयको मुख्य सूचना पाटीमा टाँस्नु । मैले पुलुक्क हेड सरतिर हेरें । उहाँले रिसाएर झर्किदै गम त्यहाँ छ त्यो पनि लिएर जा भन्नु भयो । छेउमा बसेका पाहुनाहरु मुसुमुसु हाँसिरहेका थिए ।
मैले त्यो कागज बोकेर आउदैँ गर्दा के रहेछ भनेर यसो हेरें । आम्मै, कागजमा मैले सोधेको प्रश्न नै लेखेको देखेर एकछिन त म छक्क परें । तर अचम्म मानेर पढ्दा पढ्दै त्यसको अन्तिम हरफ पढेपछि म एकदमै खुसी भएँ ।
मैले रमाउँदै त्यो कागज सूचना पाटीमा टाँसिदिएँ । सूचना पाटीमा टाँसिएको कुरा पढ्दै साथीहरुले एकै स्वरमा भने,
तिमीहरुकी साथी आशाले हामीलाई सोधेको प्रश्नमा यस्तो लेखेकी थिइन् -
साथीहरु सबैले मलाई छ्या ! दुनोट पसलेकी छोरी भन्छन् । म कसरी छ्या भएँ ? अनि आज जान्ने विद्यार्थीहरुसँग तपाईंले जाँच लिएको रे, के कक्षामा प्रथम हुनेभन्दा जान्ने अरु कोही हुन्छ ?
हुँदैन भने खै मैले जाँच दिन पाएको त ?
हुन्छ भने कसरी हुन्छ ? झर्को नमानी उत्तर दिनुस् न है
आशा चौधरी
भाइबहिनीहरु, उनको यही प्रश्न पढेपछि हामीले उनलाई जाँच दिने मौका दियौं । जाँचमा उनी पासमात्र होइन पहिला नै भइन् । त्यसैले अब उनलाई देशभरिका उत्कृष्ट विद्यार्थीहरु पढ्न पाउने सरकारको राष्ट्रिय विद्यालयमा पढ्ने मौका दिएका छौं । यो विद्यालयका तीन हजार सातसय विद्याथीमध्येबाट यो पल्ट उनी मात्र छानिएकी छिन् ।
- धन्यवाद
अहिले अझ धेरै साथीहरु जम्मा भएर त्यो सूचना पढिरहेका छन् । म साथीहरु तिर हेर्दै मुसुक्क हाँसे । आज म हाँस्दा सबै हाँसेझै लाग्यो मलाई ।
आज मैले एउटा अठोट गरेकी छु - मलाई अब वाहा ! दुनोट पसलेकी छोरी भनेर चिनिनु परेको छ ।
के म त्यो दिन ल्याउँन सक्छु ?
मलाई पो.ब.नं. २५८५९ काठमाडौंमा पत्र लेखेर भन्नुस् न है !
माया गर्ने साथी आशा ।
Saturday, September 18, 2010
बालकथावाचन र पुरस्कार बितरण
भेनस अंग्रेजी माध्यमिक विद्यालय, जोरपाटीमा बालकथावाचन र पुरस्कार बितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक समय पोखरेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बालबालिका निम्ति साहित्य लेख्ने लेखकहरु धुब्र घिमिरे, तेजप्रकाश श्रेष्ठ, कार्तिकेय घिमिरे र यशु श्रेष्ठले कथावाचन गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार एवं लेखक, गोरखापत्र संस्थानका अध्यक्ष विजय चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अन्तर विद्यालय बास्केट बल प्रतियोगितामा विजयी छात्र र छात्रा समूहका प्रथम र द्घितीय हुने समूहलाई पुरस्कार स्वरुप ट्रफ्री प्रदान गरिएको थियो । कार्यक्रममा खेलमा सबैभन्दा बढी अंक ल्याउँन सफल भई बेस्ट स्कोरर हुन सफल छात्रतर्फ सुरज श्रेष्ठ र छात्रातर्फ रमूना गिरीलाई उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार बितरण गर्दै समारोहका प्रमुख अतिथि चालिसेले बालबालिकाहरुले देश बनाउँने लक्ष्यका साथ पढ्नु पर्ने, विदेश जाने लक्ष्यले पढ्नु नहुने विचार व्यक्त गर्नुभएको थियो । उहाँले साहित्य, संगीत, गायन र कलालगायत जुनसुकै आफूले राम्रो गर्नसक्ने माध्यमबाट देश बनाउँने लक्ष्यमा बालबालिकाहरु अग्रसर हुनुपर्छ भन्नु भएको थियो । काठमाडौं/ असोज १ गते
Subscribe to:
Posts (Atom)