Tuesday, May 29, 2018

बालिका छँदाको अनुभूति संस्मरण पठाउनु हुन सादर निवेदन

महोदय,
यस प्रतिष्ठानले नारी लेखकहरुको संस्था गुन्जन सँगको सहकार्यमा बालिका छँदाको अनुभूति नामक ग्रन्थ प्रकाशन गर्न लागेको हुँदा आफ्नो १४ वर्षसम्मको अनुभव संस्मरण बढीमा एक हजार शब्द सम्ममा लेखेर आगामी असार मसान्त भित्र पठाइदिनुहुन निवेदन गर्दछु ।
रचना पठाउने ठेगाना 
पोस्ट बक्स २५८५९ काठमाडौं
इमेल : childacademy43@gmail.com
==========
अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपाल

कार्तिकेय बालप्रतिभा पुरस्कार यस वर्ष पनि वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने बालबालिकालाई दिइने निर्णय

वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने बालबालिकालाई वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो बालप्रतिभाको उपाधिसहित गोल्डमेडल प्रदान गरी नगद दश हजार सहित पुरस्कृत गरिनेबारे जरुरी सूचना

विगत १८ वर्षदेखि प्रदान गरिँदै आइएको कार्तिकेय बालप्रतिभा पुरस्कार यस वर्ष पनि वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने बालबालिकालाई दिइने निर्णय आज कोषका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेको छ । यस पटक कोषले ३ जना सर्वोत्कृट पढन्ते पढाकु हिरोहरुलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हुँदा आफूले पढेका पुस्तक सूचीसहित कोषमा इमेल पत्राचार गर्न निवेदन गर्दछौं । कोष परिवारले छानिएका सम्बन्धित बालबालिका र अध्ययनरत विद्यालयसँग परामर्श गरी छनोटको प्रक्रिया अगाडि बढाउने छ । पुरस्कृत हुने बालबालिकालाई यस वर्ष १० हजार नगदसहित 'वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो' प्रतिभाको उपाधिसहित गोल्डमेडल पनि प्रदान गरिने भएको छ ।

कार्तिकेय बालप्रतिभा पुरस्कार कोष बालाहित्य लेखक कार्तिकेयको लेखकस्व संकलन गरी वरिष्ठ शिक्षासेवी मोहन कार्कीसँगको सहकार्यमा स्थापना भएको हो । लेखक कार्तिकेय र शिक्षासेवी कार्कीको सहकार्यमा विगत लामो समयदेखि प्रदान गरिँदै आइएको यस पुरस्कार कोषको प्रमुख लक्ष्य बालबालिका माझमा पठन संस्कृतिको विकास गर्नु हो । यसका लागि कोषले बालबालिका माझमा थुप्रै कार्यक्रमहरुको आयोजना गरिसकेको छ । कोषको शैक्षिक प्रोत्साहन सहयोग र बालप्रतिभा पुरस्कारबाट १ सय बालबालिकाहरु पुरस्कृत र १ हजार बढी बालबालिकाहरु शैक्षिक प्रोत्साहन सहयोगबाट सम्मानित भई लाभान्वित भइसक्नुभएको छ । कोषको शैक्षिक प्रोत्साहन सहयोगमा दाता भई बालबालिकालाई एक वर्षको पढाईका लागि तथा बालसाहित्य पुस्तकहरु प्रकाशन गरी निःशुल्क वितरणमा सहयोग गर्ने आदरणीय दाताहरुको सूची पनि लामो भइसकेको छ । जसमध्ये प्रा.डा. अच्युतमणि आचार्य, गीता केशरी, गोपाल पराजुली, रामकाजी कोने, मोहन कार्की, पारस श्रेष्ठ , जलेश्वरी श्रेष्ठ, रञ्जुश्री पराजुली, भगवती पौडेल, शीतल लामा, करुणा खड्गी, शीला खड्गी, सुशीला देउजा, उन्नती बोहरा शीला, सुरेश मास्के, मधुसूधनप्रसाद घिमिरे, एन.टी. लामा, दयाराम थापा, मनी जोशी, प्रयास नेपाल परिवार, तेज सुब्बा, मदरहुड केयर नेपाल, स्व. भुवनेश्वरी सत्याल, स्व. नगेन्द्र शर्मा, स्व. डा. केदार कर्माचार्य, स्व. दुर्गादेवी घिमिरे आदि आदि रहनुभएको छ ।
सम्पूर्ण सहयोगी दाताहरुप्रति बालसाहित्य प्रतिष्ठान नेपाल परिवार र कार्तिकेय बालप्रतिभा पुरस्कार कोष परिवार हार्दिक आभार प्रकट गर्दछ ।

सम्पर्क
इमेल childacademy43@gmail.com
फोन नं. ९८०१०७७५१५ यो नम्बरमा म्यासेज गर्नुहुन अनुरोध छ । कोषबाट तपाईंलाई फोन गरिने छ ।

Wednesday, April 18, 2018

वि.सं. २०७४ मा प्रकाशित २ प्रति बालपुस्तक पठाउन अनुरोध

सूचना ... सूचना ... सूचना ...
========

वि.सं. २०७४ मा प्रकाशित २ प्रति बालपुस्तक पठाउनुहुन अनुरोध गर्दछौं । २०७५ भदौ २५ गतेभित्र प्राप्त कृतिहरुको अध्ययन
गरी उत्कष्ट कृतिलाई वर्षका उत्कृष्ट बालसाहित्य पुस्तक पुरस्कार प्रदान गरिने छ । साथै वर्षको बालसाहित्य नामक पुस्तक पनि प्रकाशित गरिने छ ।
पुस्तक पठाउने ठेगाना :
--------------
बालसाहित्य प्रतिष्ठान नेपाल
पोस्ट बक्स २५८५९, काठमाडौं, नेपाल ।
काठमाडौं, कालोपुल, सिफलचौर
फोन : ९८४९०२९७७३
(काठमाडौं उपत्यकामा रहनुभएका लेखकहरुले काठमाडौं, कालोपुल, सिफलचौरस्थित केटाकेटी मिडिया, 'केटाकेटी न्युज मासिक बालपत्रिका' को कार्यालयमा साहित्यिक भलाकुसारी गर्दै बालसाहित्यकार उमा तिम्सिनाजीलाई भेटेर दिन सक्नुहुनेछ । उहाँको फोन नम्बर ९८४९०२९७७३ हो ।
कामको हतारो भएको अवस्थामा सिफलचौरको पीपल बोट अगाडि रहेको स्टेशनरी पसलमा पनि छोड्न सक्नुहुनेछ ।)

Monday, March 19, 2018

'बालसाहित्य लेखक–चित्रकार परिचय कोश- २०७४ ' का लागि निम्न महानुभावहरुको परिचय प्राप्त भएको छ

'बालसाहित्य लेखक–चित्रकार परिचय कोश- २०७४ ' का लागि निम्न महानुभावहरुको परिचय प्राप्त भएको छ । छुट्नुभएका लेखक–चित्रकारज्यूलाई प्रतिष्ठानको इमेल ठेगाना childacademy43@gmail.com मा यथाशक्य छिटो आफ्नो परिचय (तस्बिरसहित) पठाउनुहुन
अनुरोध गर्दछौं ।
=======
१. जलेश्वरी श्रेष्ठ २. वसुश्री पाण्डे ३. गंगा कर्माचार्य पौडेल ४. रन्जुश्री पराजुली ५. लक्ष्मी उप्रेती ६. विजय चालिसे ७. विनय कसजू ८. गंगा कसजू ९. प्रमोद प्रधान १०. टंक चौलागाईं ११. तुलसीहरि कोइराला १२. चन्द्रप्रसाद न्यौपाने १३. ऋषिराम पाण्डे १४. अविन श्रेष्ठ १५. पल्पसा मानन्धर १६. अर्पिता शाक्य १७. दीपक गौतम १८. दीपक थामी १९. सुमन महर्जन २०. अनुराधा २१. माया ठकुरी २२. उन्नती बोहरा शीला २३. मुक्तिनाथ शर्मा नेउपाने २४. यमुना पराजुली अधिकारी २५. इल्या भट्टराइ २६. महेश पौड्याल २७. रमा अधिकारी २८. सबनम सुब्बा थापा २९. विजय सापकोटा ३०. दीपशिखा घिमिरे ३१. माधव तिमल्सिना ३२. भाग्यशाली अधिकारी ३३. तिलकप्रसाद सापकोटा ३४. कमलादेवी गौतम ३५. पुण्यप्रसाद प्रसाई ३६. कल्पना प्रधान (जानुकादेवी रेग्मी) ३७. परशु प्रधान ३८. चन्द्रमा पौड्याल ३९. गायत्री बिष्ट ४०. रोशन पोखरेल ४१. सूर्य बी.सी. ४२. सहदेव रायमाझी ४३. विनिता पौडेल ४४. गोपीकृष्ण ढुंगाना ४५. शान्ता गौतम ४६. नरेन्द्रकुमार नगरकोटी ४७. शशी थापा पण्डित ४८. श्रीबाबु कार्की उदास ४९. इन्द्रकुमार श्रेष्ठ 'सरित्' ५०. पुण्यबहादुर कार्की ५१. नारायण तिवारी ५२. माधव सयपत्री (माधवप्रसाद उपाध्याय) ५३. रामकुमार पाँडे ५४. रमेशप्रसाद तिमल्सिना ५५. टंकबहादुर आलेमगर ५६. विष्णु प्र. पौडेल (विष्णुकुमार) ५७. अमर कुमार प्रधान ५८. डा. देवीप्रसाद सुवेदी ५९. शर्मिला खड्का (दाहाल) ६०. यम बास्तोला ६१. विवेक आचार्य ६२. छायादत्त न्यौपाने ६३. त्रिवेणीकुमार यादव ६४. शुषमा मानन्धर ६५. समन श्रेष्ठ ६६. तारा केसी ६७. राजुराम मुनकर्मी ६८. आनन्द तिवारी ६९. हिरण्यकुमारी पाठक ७०. रश्मी रिमाल ७१. नेत्र तामाङ ७२. ज्ञाननिष्ठ ज्ञवाली ७३. सुशीला देउजा ७४. सुशीला प्रधानाङ्ग ७५. देवकी केसी ७६. दुर्गा शिवाकोटी ७७. रामदेव पाण्डे ७८. अरुणबहादुर खत्री ७९. रामसुन्दर देउजा ८०. नवीनचन्द्र घिमिरे ८१. रमेशचन्द्र घिमिरे ८२. विजयराज आचार्य ८३. इन्द्रप्रसाद अधिकारी (आइ.पी. अधिकारी) ८४. विन्दु अधिकारी ढकाल ८५. जितेन्द्रलाल श्रेष्ठ (जितेन्द्र रसिक) ८६. विष्णुप्रसाद खतिवडा ८७. रामकुमार पण्डित क्षेत्री ८८. मन्जु ज्ञवाली ८९. गोपाल कुमार मैनाली ९०. जनार्दन बराल ९१. रामविक्रम थापा ९२. पुष्करराज भट्ट ९३. डा. विश्वदीप अधिकारी ९४. अच्युतप्रसाद घिमिरे ९५. यशोदा अधिकारी ९६. घनबहादुर थापा ९७. हरिप्रसाद चौलागाईं ९८. गोविन्दप्रसाद घिमिरे वेदमणि ९९. श्यामकृष्ण खुलीमुली १००. राधिका दाहाल १०१. दामोदर न्यौपमने १०२. छविरमण सिलवाल १०३. मुक्ति उपाध्याय बराल १०४. त्रिभुवनचन्द्र वाग्ले १०५. खेमलाल पोखरेल १०६. शिशुपाल शर्मा १०७. स्नेहलता राई १०८. मुन्नि सापकोटा १०९. डा. कविता लामा ११०. प्रकाश सिलवाल १११. के.के. कर्माचार्य ११२. सोनाम तामाङ ११३. देव महर्जन ११४. नम्रता सिंह ११५. राजुबाबु शाक्य सारब ११६. कृष्णगोपाल श्रेष्ठ ११७. मृगाजा बज्राचार्य ११८. नगेन्द्र शर्मा ११९. सुभद्रा गौतम १२०. श्रीराम राई १२१. अञ्जना राजवंशी १२२. केशु बिरही १२३. शारदा पराजुली १२४. विन्दु सुवेदी १२५. सुषमा मानन्धर १२६. कुशुम शर्मा १२७. शान्ता हिताङ १२८. ज्वाला ढकाल १२९. सजनी नौबागे १३०. अनुष्का पौडेल १३१. भगवती पौडेल १३२. चिराग भण्डारी १३३. वसन्तकुमार नेपाल १३४. विनयकुमार शर्मा नेपाल १३५. भाभा शर्मा १३६. आभा शर्मा १३७. दिनमान गुर्मछान १३८. डा. तारानिधि भट्टराई १३९. कार्तिकेय १४०. डा. सुमनराज ताम्राकार १४१. इन्द्रकुमार श्रेष्ठ सरित १४२. प्रतिभा केसी १४३. सूर्यप्रसाद लाकोजू १४४. राजेन्द्रभक्त जोशी १४५. केदार श्रेष्ठ १४६. यशु श्रेष्ठ । छुट्नुभएका लेखक-बालचित्रकारहरुलाई यथाशीघ्र आफ्नो परिचय पठाउनुहुन अनुरोध गर्दछौं ।

Respected Author Manorama Jafa

Manorama Jafa is author of over 100 children’s books, and over 600, stories,
articles and research papers on children’s literature. Some of her books have also been published in Japan, Singapore, Holland and Italy. She has served as Consultant to the Children’s Book Trust, New Delhi for about 20 years. From 1976 she has continued to direct Writers’ Workshops on writing, for different age groups and for children with special needs, in English and Hindi, in New Delhi and several other cities in India. A large number of present day writers have benefited from her workshops. She has also written a book titled Writing for Children and pioneered a movement for better books for children in India. She has also directed writers’ workshops in Singapore, Thailand, Nepal, Bangladesh, Sri Lanka and Republic of Korea.
Manorama Jafa has also written for adults. Her short stories in Hindi have been published in several magazines, and a collection published by Kitab Ghar, Delhi. Her first Hindi novel DEVIKA won Sahityik Kriti Samman from Hindi Academy, Delhi (2008).She has published nine novels.
She is founding  Secretary General of Association of Writers & Illustrators for Children (AWIC)/ the Indian Section of the International Board on Books for Young People (IBBY). She is editor of AWIC’s quarterly journal WRITER & ILLUSTRATOR since 1981. In 1996-2000, she was elected Member of the Executive Committee of IBBY, and in 1998 to 2000 served as the Chairperson of the Jury for the prestigious IBBY-Asahi   Reading Promotion Award. She was Member of the Jury for the UNESCO Prize for Children’s and Young People’s Literature in the Service of Tolerance and Peace from 1999 to 2001.
In September 1998 she was the chairperson of the World Congress on Children’s Books   (26th Congress of IBBY) held in New Delhi.  
In 1991 she was the Chairperson of the Jury for the International Children’s Film Festival held in Isfahan, Iran. She  developed a project Books for children in Afghanistan and got picture books prepared in PASHTO and DARI  languages and presented these books to Minister of Education, Government of Afghanistan, in Kabul in July 2005 and again 2006.
Some of her other projects are: publication of an illustrated dictionary for children in Hindi language (1989). She is Director of AWIC Literacy Project since 1995. This project has published alphabet books in eight Indian languages – Hindi, English, Bangla, Tamil, Telugu, Oriya, Urdu and Gujarati. A number of children’s books, developed from the work of participants of Writers’ Workshops have also been published. She has participated in a large number of seminars and conferences in India and many other countries from 1972 onwards.
In 1997, she founded Khaas Kitaab Foundation, an NGO dedicated to developing literature for children with special needs. The Foundation has produced high quality books in English language, several of which have also been taken for publication by other publishers in different languages, as also by some publishers in Japan, Italy and Holland.
In recognition of her contribution to children’s literature, Bharatiya Bal Kalyan Sansthan (Uttar Pradesh) gave her an Award in 1992. In 1997, the All India Juvenile Literary Conference, Calcutta, awarded her the Surama Hom Roy Award. In December 2000 she received Manga Devi Award for Children’s Literature from Sri Venkateswara Balakutir,Guntur (Andhra Pradesh). The American Biographical Institute nominated her Woman of the Year (1997) and the International Biographical Centre (IBC) Cambridge, England, nominated her International Woman of the Year (1997-1998), and again in December 1999 IBC nominated her among 2000 outstanding scholars of the 20th century. In 2014 she was awarded Padma Shri by the President of India for her contribution to children’s literature. In 2016, Imperial Majesty of Japan conferred the highest civilian award of Japan : “Order of the Rising Sun”.

Respected Author Manorama Jafa among University Students

March 8, 2018, Kathmandu
Veteran Indian writer of children's literature Manorama Jafa spoke to post-graduate 

students at the Central Department of English, Tribhuvan University on March 7, 2018 Wednesday. At an event jointly organised by Children's Literature Foundation Nepal (CLFN) and Creative Literary Forum (CLF) Tribhuvan University, Smt. Jafa underscored the need to orient young scholars towards children's literature. Recalling her experience with children for several decades, she highlighted the benefit of children's literature, which is threefold: instructive, entertaining and therapeutic. She also argued that the present is the time for realistic and new story, and ancient tales can do little good to modern children.

During the occasion, the first CLF Nepal-Manorama Jafa Children's Literature Award, instituted by CLFN in her honour, was given to Mr. Gopal Parajuli, senior writer of children's literature. Speaking on the occasion, veteran culturist Satya Mohan Joshi highlighted the need to turn towards our own scriptural sources for children's literature. Citing the example of the story of Nachiketa from Kathopanishad, he argued that children's literature is as old as our civilization is, and there is a need to rediscover and adapt it for the new child.

The event was attended by CLFN President Kartikeya, Vice-president Mahesh Paudyal, Founder Jaleshwari Shrestha, authors Laxmi Upreti, Dr. Hari Adhikary, senior artist Ashok Man Singh, CLF president Anup Joshi and others, including faculties at the various departments of Tribhuvan University. More than 250 students of the university attended the symposium. CLFN honoured Smt. Jafa with a letter of appreciation, while artist Ashok Man Singh presented her a portrait of herself, which he himself sketched out.

Wednesday, December 6, 2017

OUR DIGITAL MAGAZINE http://www.ketaketionline.com/

PLEASE LOG ON OUR DIGITAL MAGAZINE

TELL AND LISTEN TO STORIES EVERYDAY

TELL AND LISTEN TO STORIES EVERYDAY

Notice for Young Adult Talents


Notice for Young Adult Talents
======================
We are going to organise script writing workshop. Interested friends please send mesage at Mob. Number 9801077515
Free entrance for all participants
=====================
Children's Literature Foundation Nepal (CLFN) Family

Amit Offir is a bestselling author

Amit Offir is a bestselling author from Israel. He is a lecturer, business consultant and international expert in creating communication through the art of drawing. Among his books are "The Beetle that Wants to Be", "Even Dragons Get Scared", "24/8 - The Secret for being Mega-Effective by Achieving More in Less Time", " How I Sold 1 Million Books!", "Travel The World and Make Money", "Get Wealthy and Get What You Want!" and many more.  Originally, he writes in Hebrew language. He has so far written over a hundred books mostly on child creativity development and career motivation for youths and adults. This time, we met him in person and asked him 3 questions on behalf of Ketaketi Online.
“Three Questions”
Below are his views and opinions:
What do you have to say about yourself?  
I am basically a writer and the purpose of my writing is to provide the readers inspiration and motivation which will lead them to having a successful career and a life full of fulfillment. I am almost 40 now and I had started writing books from the early age of 21. I have written various kinds of books and they are of different fields. I have devoted myself to expressing my emotions and experience through writing. 
What is the relation between Child Literature and drawing?

These two are very much connected to one another. Literature has words that describe something and through drawing or cartoons, it can be better defined or explained for people to get an idea of their mind and thoughts.

What have you written that has been published?

I have so far written over 100 books but they are from different fields. Through writing, I can learn much more and also explore. Writing gives me joy and pleasure as well as inner satisfaction. I hope that my books will be translated into Nepali language and will be published in Nepal so that the Nepali people can also be able to enjoy my art and learn from my traveling experience from around the world. Right now I am working on my next book that is going to be about my visit in Nepal and my climb to the Everst Bace Camp.  

वरिष्ठ साहित्यकार सुशीला देउजासँग ३ प्रश्न

सुशीला देउजा २४ फागुनमा जन्मनुभएको हो । उहाँका आमा लक्ष्मी देवी खाण, पिता तु¨ध्वज खाण, पति वीरेन्द्र बहादुर देउजा, छोराहरु सर्यात देउजा, सुवीर देउजा हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ ।
सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, ‘उत्कृष्ट लेखक सम्मान, २०७२, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट लगायत पुरस्कार तथा सम्मानहरु उहाँले प्राप्त गर्नुभएको छ । 
उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नया“ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा  (कथा संग्रह र यात्रा संस्मरण, २०६४),  दोभान  (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु       (कथा संग्रह, २०७०) र भगवान्को रुप (सचित्र बालकथासङ्ग्रह, २०७१) गरी ७ कृतिहरु प्रकाशित छन् । यस पटकको ३ प्रश्नमा वरिष्ठ साहित्यकार देउजासँग केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : 


प्रश्न १. आफ्नो साहित्य लेखनका बारेमा केही बताइदिनुस न ।

साहित्य लेखन मेरो जीवनको अभिन्न अंग जस्तै बनेको छ । भावुक मनलाई सानासाना घटनाले पनि तर¨ित पार्छ र लेख्न उक्साउँछ । यो विधा त्यो विधा भन्ने नै छैन । मलाई जुनसुकै विधामा पनि कलम चलाउन मन लाग्छ । जस्तै कथा, कविता, यात्रा संस्मरण, लघुकथा, लेख, बालकथा आदि ।

प्रश्न २. तपाईं त ठूला पाठकका लागि लेख्ने लेखक बालसाहित्य लेखनमा कसरी आउनुभयो ?
 
जग बलियो भए मात्र घर बलियो हुन्छ । भोलिको सुन्दर समाज भनेको आजका बालबालिका हुन् । आज बालबालिकालाई असल शिक्षा दिन सके भोलि आदर्श नैतिकवान्, शिक्षित र बिकसित र सुन्दर समाज निर्माण हुन सक्छ । त्यसको लागि आज देखि नै बालबालिकालाई असल शिक्षाको मलजल दिएर हुर्काउनु जरुरी छ । जसका लागि असल बालसाहित्यको आवश्यकता छ । त्यस अभियानमा मेरो पनि केही योगदान दिन सक्छु कि भनी मैले पनि बालसाहित्यको क्षेत्रमा कलम चलाउने प्रयास गरेकी हुँ ।

प्रश्न ३. चार भाषामा एकैपटक प्रकाशित हुन लागेको तपाईंको  नयाँ बालचित्रकथाकृति बाघ र बाबाको वारेमा केही भनिदिनुस् न । यो कस्तो किसिमको किताब हो ? 
 
सबभन्दा पहिला त यो बालबालिकालाई पढ्न रमाइलो लाग्ने किताब हो । कलाकार अविन श्रेष्ठ र प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यले यो किताब अत्यन्त सुन्दर बनेको छ । 
बाघ र बाबा कथामा बालबालिकालाई दुःखमा परेकालाई सहयोग गर्न आव्हान गरिएको छ । उनीहरुलाई जनावरलाई पनि माया गरौं उनीहरुले पनि हामीलाई माया गर्छन् भनी भन्न खोजेकी छु  । तर यी सबै कुरा कथाबाट नै भनेकी छु ।
साथै यो कृति नेपाली, अंग्रेजी, मैथिली र नेपाल भाषा गरी चारवटा भाषामा प्रकाशित हुँदैछ । प्रकाशक बालसाहित्य प्रतिष्ठानका अनुसार एकैपटक एउटै किताबमा चार भाषा समावेश गरी प्रकाशित नेपाली बालसाहित्यको यो पहिलो कृति हो रे । यसरी पहिलो कृतिका लेखक आफू हुन पाउँदा पनि खुसी भएकी छु । यस अवसरमा म मेरो कथालाई विभिन्न भाषामा अनुवाद गर्ने अनुवादकहरु र सम्पादक संयोजकप्रति आभार प्रकट गर्दछु । जसमा श्री महेश पौड्याल (अंग्रेजी), डा. रामदयाल राकेश (मैथिली), श्री नरेशवीर शाक्य (नेपाल भाषा) र सम्पादक संयोजक कार्तिकेय रहनुभएको छ ।

दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ ...

जलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको    छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
५० वर्षको उमेर पूरा भएपछि साहित्य लेख्न शुरु गर्नु भएर पनि आफ्नो लेखनमा नयाँ जोश र जागर भर्न सफल लेखिका श्रेष्ठसँग यस पटकको ३ प्रश्नमा केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न १. तपाईंले साहित्य लेख्न किन ढिलो शुरु गर्नु भयो ?
मैले आफू ५० वर्षको उमेर पुगेपछि साहित्य लेख्न शुरु गरे पनि मसँग साहित्यिक मन र विद्रोही भावना सानै देखि थियो । म सम्झन्छु बच्चामा म भाइलाई धेरै मलाई किन थोरै भनेर आमासँग झगडा गर्थें । आमाको पिटाइ र हप्काइ बढी खाने छोरी थिएँ म । त्यतिबेला मेरा दिदीबहिनीहरु चित्त बुझाएरै बसेका हुन्थे तर म समान हुनुपर्छ भन्ने कुरामा दृढ थिएँ । यसरी एकातिर समाजको छोराछोरीप्रतिको विभेदको चलनले गर्दा म असन्तुष्ट थिएँ भने अर्कोतिर जब मेरो श्रीमान् बाहिर जानुभएको समयमा मेरो नागरिकताले छोरीहरुसँग सम्बन्धित सरकारी काम भएन त्यसपछि मलाई यो विभेदको संस्कारले झन् बढी पीडा दियो । जसले यो आक्रोश पोखिन मात्र बाँकी थियो । जुन २०५३ सालतिर चितवन जंगल लजमा मैले आफ्नै संयोजनमा सम्पन्न गरेको साहित्यिक बनभोजमा पोख्ने मौका पाएँ । त्यतिबेला मनमा दबिएका भावना पोख्दै गर्दा मेरा आँखा रसाएका थिए । हो, वास्तवमा त्यही गोष्ठी मेरो लेखनका लागि उर्जा बन्न पुग्यो । मैले त लेखकहरुका लागि यी विषय पनि हुन सक्छन् भनेर अनुभव साटेकी थिएँ । तर सहभागी सबैले तपाईं नि लेख्न सक्नुहुन्छ लेख्नुस् भनेर हौसला दिनुभयो । यसरी त्यो कार्यक्रबाट फर्केर आएको चार महिनामा मैले चारवटा कथा लेख्न पुगें । यसरी मेरो साहित्य लेखनको यात्रा शुरु हुन पुग्यो ।
अर्को कुरा ममा सानैदेखि साहित्य र साहित्यकारप्रतिको लगाव धेरै थियो । म सम्झन्छु, किशोरावस्थामा म साथीहरुलाई म त साहित्यकारसँग विवाह गर्ने हो भन्दा मेरा सहपाठीहरु साहित्यकार त झोले हुन्छन्, तिमीलाई दुई छाक खान नि दिन नसक्लान् नि भन्थें । तर, किन किन मेरो मनमा साहित्यकारसँग विवाह गर्ने ठूलो इच्छा थियो । साहित्यकारप्रति ठूलो श्रद्धा थियो । जुन इच्छा वरिष्ठ कवि द्धारिका श्रेष्ठसँग विवाह भएर पूरा पनि भयो । विवाहको समयमा केटी हेर्न आउँदा केटा कवि साहित्यकार पनि हो भन्ने कुराकाट म धेरै प्रभावित भएको थिएँ ।
जहाँसम्म साहित्य लेख्न ढिलो शुरु गर्नुको कारण छ, विद्यालय पढ्दा अलिअलि लेख्ने गर्थें तर घर व्यवहारको जिम्मेवारीले थिचेर त्यो निरन्तर रुपमा आउन सकिरहेको थिएन । छोरीहरु हुर्किएपछि मैले आफूलाई स्वतन्त्र महसुस गरें अनि साहित्य लेखनमा रमाउन थालें । साहित्य लेखनमा रमाउन परिवारको सहयोग, साहित्यकारको संगत, चराजस्तै स्वतन्त्र उड्ने मन र सबैप्रति सहिष्णु मन पनि चाहिने रहेछ भन्ने मलाई लाग्न थालेको छ । त्यसैले साहित्य लेख्न चराजस्तै उड्ने मन चाहिन्छ ।

प्रश्न २. तपाईं केटाकेटी छँदाको अनुभव बताइदिनुस् न ।
म केटाकेटी छँदा दुःखी थिएँ । बुबाले कान्छी आमा ल्याएर अलग्गै बस्नुभएको थियो । बुबाको माया नपाउँदा आमाको स्वभाव चिढचिढे थियो । हामीसँग रिसाइ रहनु हुन्थ्यो । वास्तवमा आमा र बुबा दुवैको माया मैले चाहे जति पाउन सकिनँ । दाजुभाइलाई मात्र स्कुल पढ्न पठाउने चलन थियो । एकदिन आमासँग दुई रुपियाँ पैसा मागें र आफैं गएर विद्यालयमा भर्ना भएँ । त्यसरी मैले पढ्न शुरु गरेपछि मेरा बहिनीहरु र मेरो टोलका छोरीहरु सबै स्कुल भर्ना हुन गए । यसरी विस्तारै छोरीलाई नि पढाउनु पर्छ भन्ने सोचाइ त शुरु भयो । तर, म सम्झन्छु त्यतिबेला म जिद्दी भएर हो कि वा सही कुरामा पछि नहट्ने भएर पनि होला आमा र हजुरबुबाको बढी पिटाइ मैले नै खाने गर्थें । तर पनि मैले हिम्मत हारिनँ, पढ्दै गएँ पढ्दै गएँ र आज साहित्यकार भएरै छाडें । आज सानो ठूलो जे होस् साहित्यकारको रुपमा परिचय बनाएकी छु । यसका लागि मलाई मेरो श्रीमान्ज्यूको पनि ठूलो सहयोग रहेको छ । उहाँले राम्ररी साहित्यको महत्त्व बुझ्नुहुने भएर नै कहिले पनि मलाई लेखनमा बाधा गर्नु भएन ।
प्रश्न ३. अहिले के लेख्दै हुनुहुन्छ ?
म कथा, बालकथाहरु लेख्दैछु । एउटा कथा संग्रह र नेपाल भाषाका रमाइला लोककथाहरुलाई पुनर्कथन गरी एउटा चित्रकथाको गरी दुईवटा किताब निकाल्ने तयारी गर्दैछु । साथै बालकथा संग्रह पनि निकाल्ने योजना छ । वास्तवमा मलाई कुनै पनि विषयले असाध्यै धेरै प्रभावित गरेपछि त्यो विषयमा लेख्न मन लाग्छ । त्यो विषयमा नलेखुन्जेलसम्म मनमा छटपटी भइरहन्छ । लेखिसकेपछि आनन्द लाग्छ । मेरा लागि साहित्य लेखन एउटा नशा जस्तै बनेको छ । साहित्य लेख्नु, साहित्यकार मित्रहरुसँग रमाउनु, विभिन्न साहित्यकारहरुको स्मृतिमा पुरस्कारहरु स्थापना गरी साहित्यकारहरुलाई सम्मान गर्न पाउनु यी सबै कुरा मेरा लागि प्रिय छन् । त्यही भएर अहिले म यही क्षेत्रमा नै रमाइरहेकी छु । हरेक दिन भेट्न आउनुहुने कोही न कोही साहित्यकारज्यहरुसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा जाँदाको भेटघाट र छलफल नै मेरो लेखनका उर्जा हुन् ।

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक २७ गते सोमवार ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकारहरु गीता केशरी, इन्दिरा दली, जलेश्वरी श्रेष्ठ, माया ठकुरी र वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न यस कार्यक्रम गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले अग्रज महिलाहरुको बालिका छँदाको अनुभूति वर्तमान पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बालिका छँदाको अनुभूति सुन्ने–सुनाउने यस कार्यक्रममा इन्दिरा दली, गीता केशरी, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा शीला, डा. अरुणा उप्रेती, सुशीला देउजा, भागीरथी श्रेष्ठ, डा. गार्गी शर्मा, सुस्मिता नेपाल, सन्ध्या पहाडी, लक्ष्मी उप्रेती, रजनी ढकाल, उर्मिला पन्त पाण्डेय, सावित्री थापा, गंगा कर्माचार्य पौडेल, रश्मी असफल, ललिता दोषी, गंगा लिगल, रुकु कार्की, शान्ति सापकोटा, सरु सुवेदी, मञ्जु ज्ञवाली र ज्ञानू अधिकारीलगायतले आआफ्नो अनुभूति सुनाउनुभएको थियो ।
साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन बालसाहित्य प्रतिष्ठानले अनुरोध गरेको छ ।

Author ANURADHA Says

'Mero Kathako Alien' is my first chapter book. I had written this story many years ago. However, during that time publishers were not ready to publish chapter books very willingly. It is finally published and I am very happy.
Mero Kathako Alien is a science based fantasy story about a girl named Juni and her alien friend who is actually a character from her story that comes alive. Together, they do a lot of adventurous things.
The beautiful illustrations in the book are by Suman Maharjan. The story is edited by Nayan Raj Panday dai and it is published by Kathamandu Publication.
 
I write for children because I love doing so. It's therapy for me. By writing for them, I am actually writing for myself. From an early age I was introduced to the world of books and I have been in love with books ever since. My mother, who herself is a writer, really pushed me into writing stories for children. At first I was hesitant but slowly I enjoyed writing. I was even more motivated to write when I realized that there are not enough good Nepalese children literature in the market. I hope my books will make children as happy as I used to be reading books when I was little.
 
The current situation of Nepalese Children's Literature is very promising. There are a lot of talented people writing and illustrating for children's books. And there are quite a number of publications who are aware of what a good children book should be like.
However, a lot of work needs to be done in order to develop a reading culture in Nepal, especially for children's literature. This is a joint effort by parents, schools, children and people who work in the field of book and book publishing. And the starting point towards this effort is the publication of good children literature.

हार्दिक समवेदना

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।
दाजु, केटाकेटी अनलाइन परिवार, बालसाहित्य प्रष्ठिान नेपाल परिवार र केटाकेटी मिडिया परिवार हजुरको गुनप्रति सधैं नतमस्तक भइरहने छ । 
हार्दिक हार्दिक हार्दिक समवेदना छ हजुरमा सम्पूर्ण नेपाली बालसाहित्य प्रेमीहरुको तर्फबाट पनि ।
Sun, 11/19/2017 - 18:44

हाम्रा आदरणीय बालसाहित्य लेखक कविताराम

विक्रम सम्वत् २००४ माघ ११ गते ओखलढुङ्गा, रामबजारमा जन्मनुभएका रामबहादुर श्रेष्ठ नै नेपाली बालसाहित्यका वरिष्ठ लेखक डा. कविताराम हुनुहुन्छ । साहित्यकार कवितारामका नामले एउटा अलग्गै पहिचान बनाउन सफल डा. रामबहादुर श्रेष्ठ अर्थात् कविताराम बुबा नन्दराम र आमा मनमायाका सुपुत्र हुनुहुन्छ । उहाँले वि.सं. २०१८ सालदेखि साहित्य लेखन शुरु गर्नु भएको हो । उहाँले अस्वीकृत साहित्य आन्दोलन र लेखनका माध्यमले नेपाली साहित्यमा पनि एउटा विशिष्ट पहिचान बनाउनु भएको छ । 
बालसाहित्य लेखक कवितारामको बालसाहित्य यात्रा वि.सं. २०३६ सालबाट शुरु भएको हो । उहाँको प्रथम प्रकाशित बालसाहित्य कृति ‘वनदेवी’ हो । यो रुखबिरुवा संरक्षण गरौं र पशुपन्छीलाई बचाऔं भन्ने आव्हानसहित लेखिएको कृति हो । 
आफू बालक छँदा बालसाहित्यका रमाइला किताबहरु पढ्न नपाएकाले आफू बालसाहित्य लेखनमा लागेको डा. कवितारामको भनाइ छ । उहाँ भन्नुहुन्छ, नेपाली बालसाहित्यमा वर्तमान युगको आवश्यकता अनुसारको बालसाहित्य प्रकाशन हुन नसकिरहेको देखेपछि म आफैँ बालसाहित्य लेखनमा होमिएको हुँ । हो, वास्तवमा कवितारमले नेपाली बालसाहित्य लेखनमा विज्ञान बालसाहित्यको बलियो जग बनाउने काम गर्नु भएको छ । उहाँले रचना गर्नु भएका विज्ञान बालउपन्यासहरु बालबालिका माझमा लोकप्रिय छन् । 
आदरणीय लेखक कवितारामले पहिलो बालउपन्यास ‘वनदेवी’ प्रकाशन भएपछि ‘पानीको थोपा’ बालउपन्यास प्रकाशित भयो । यो अत्यन्त रोचक उपन्यास हो । यसमा पानीको थोपाको यात्रालाई रमाइलोसँग प्रस्तुत गरिएको छ । यसपछि उहाँको ‘कमिलाको कथा’, ‘अनौठो यात्रा’, ‘मावलीको यात्रा’, बुद्विबंगाराको फोन (भाग १, २ र ३) र ‘सृष्टि पुराण’ आदि बालउपन्यासहरु र ‘जुजुहिरा’ र ‘अब हारिन्नँ’ जस्ता बालचित्रकथाकृतिहरु र बालकथा कसरी लेख्ने ? आदि पुस्तकहरु प्रकाशित भएका छन् । उहाँले लेख्नुभएका चर्चित बालउपन्यासहरुको अंग्रेजी संस्करण पनि प्रकाशित छन् ।

यसरी नेपाली बालसाहित्यमा किशोर पाठकहरुलाई लक्षित गरी उनीहरुमा रमाइलो साहित्यका माध्यमले वैज्ञानिक चेतना भर्न कवितारामको कलम अत्यन्त सफल भएको देखिन्छ । उहाँले बालसाहित्यलाई ज्ञानविज्ञानसम्म जोड्न लेखनका माध्यमबाट पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘जनकवि दुर्गालाल राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पनि पुरस्कृत गरिएको छ । 
वास्तवमा लेखनबाहेक बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि समर्पित व्यक्तित्व हुनुहुन्छ डा. कविताराम । उहाँले आफूलाई लेखकस्वस्वरुप प्राप्त भएको रकम र विभिन्न पुरस्कारबाट प्राप्त भएको रकमहरु जम्मा गरी कविताराम बालसाहित्य पुरस्कार, बालसाहित्य प्रवद्र्वन पुरस्कार, कविताराम बालप्रतिभा पुरस्कारलगायत विभिन्न पुरस्कारहरु स्थापना गर्नु भएको छ । जुन पुरस्कारहरु विगत लामो समयदेखि प्रदान गरिआइएको देखिन्छ । केटाकेटी अनलाइन पत्रिकाले पनि कविताराम बालसाहित्य प्रवद्र्वन पुरस्कार प्राप्त गरेको थियो । 
यसरी बालसाहित्य लेखक कवितारामले बालसाहित्यमा वैज्ञानिक चेतना प्रदान गर्ने स्थापित लेखकको छवि बनाउँदै बालबालिकाको पठन संस्कार बढाउन पुरुस्कार स्थापना, कथावाचन र लेखन शिविरहरुका माध्यमबाट विशिष्ट योगदान गर्नु भएको छ ।

Monday, July 10, 2017

सफलता शिक्षा सदनमा बालसाहित्यको रमाइलो

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

सफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रममा
सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका   थिए । 

कार्यक्रममा उनीहरुले कथामा भएका पात्रको कल्पना गर्दै थरीथरीका चित्र बनाएका थिए ।
यसरी शनिवारको विदाको दिन सफलता शिक्षा सदनमा पढ्दै ह्याप्पी लाईफ होममा आश्रित २२ बालबालिकाले कथावाचनको रमाइलोमा २ घन्टा समय बिताएका थिए । उनीहरुलाई यो अवसर समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालले प्रदान गरेको थियो । प्रतिष्ठानले फरक परिवेशका बालबालिका माझमा माउन्ट एभरेष्ट कथावाचन अभियान चलाइरहेको छ । यस अभियानले हालसम्म देशको ३७ जिल्लामा कथावाचन गरिसकेको कुरा प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले बताए । 
यसरी २४ गते शनिवार ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सकिएपछि मीठो खाजा खाँदै बुकआर्ट नेपालबाट उपहार प्राप्त बालपुस्तकहरु आफ्नो दराजमा सजाएर बालबालिकाहरु सहयोगी सबैप्रति कृतज्ञ भए ।

Thursday, July 6, 2017

Story Telling and Brail Book Distribution Program



Story Telling and Brail Book Distribution Program With Visually Impired Children- Story Teller Jaleshwori Shrestha-

Mount Everest Story Telling Express at Bandipur, Tanahu बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला

कविवर द्वारिका श्रेष्ठका पूजनीय मातापिता बुद्धि–रेशमको स्मृतिमा जलरिका साहित्य प्रतिष्ठान र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला गत असार ९ र १० गते सम्पन्न भयो । तालिममा विभिन्न विद्यालयका २२ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कथावाचन तथा लेखनको तालिम बालसाहित्य लेखक तथा देशका ३७ जिल्लामा कथावाचन गरिसक्नुभएका कथावाचक कार्तिकेय घिमिरेले र चित्राङ्कनको तालिम प्रतिभाशाली युवा चित्रकारहरु सुमन महर्जन र सोनाम तामाङले दिनुभएको थियो ।
भानु माध्यमिक विद्यालय, बन्दीपुर, तनहूँमा आयोजित कार्यक्रम उक्त विद्यालयका प्रधानाध्यापक दीप बहादुर खत्रीले संयोजन गर्नुभएको थियो ।
कार्यशालामा बालबालिकाहरुले रचना गर्नुभएको कथा र उहाँहरुले नै बनाउनुुभएको चित्र समावेश गरी ‘बन्दीपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशित गरिने बुकआर्ट नेपाल प्रकाशनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।