Thursday, February 25, 2010

ग्लोबल स्कुलमा रमाइलो बालकथावाचन

ग्लोबल सामुदायिक स्कुल, गोठाटार, काठमाडौंमा रमाइलो बालकथावाचनको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा 'बालअधिकारको प्रबर्धनका लागि बालसाहित्य' भन्ने अभियान लिएर देशका बाइस जिल्लामा कथावाचन गर्न पुगिसक्नुभएका बालसाहित्यलेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको थियो । उहाँले आफ्ना चर्चित कथाहरु डस्टर उड्यो र फर्सीबहादुरको कथा वाचन गरी सुनाउँदा बालबालिकाहरुले हाँस्दै र नाच्दै 'नमस्ते फर्सी बहाहादुर' भनेर निकै रमाइलो गरेका थिए ।
कार्यक्रममा नौदेखि तेह्र वर्षसम्मका सयजना बालबालिकाहरुले भाग लिएका थिए ।
बालसाहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको यो कार्यक्रम यही फागुन २२ गते शनिवार दिउँसो १२ बजे रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीमा गरिब, असहाय बालबालिकाहरुलाई शैक्षिक छात्रबृति प्रदान गर्न हुन गइरहेको घिमिरेको बालनाटक 'पाँच रुपियाँ' को च्यारिटी शोको प्रचारप्रसारका लागि गरिएको महोत्सबका संयोजक लक्ष्मीप्रसाद बास्तोलाले बताउँनुभएको छ ।