Saturday, December 5, 2015

२५ हजार राशिको बालसाहित्य लेखन प्रतियोगिताको सूचना

केटाकेटी अनलाइनको १५औं वार्षिकोत्सवका अवसरमा केटाकेटी अनलाइन बालसाहित्य प्रतियोगिता, २०७३ मा सहभागी हुनुहुन सबैलाई हार्दिक आब्हान गर्दछौं । प्रतियोगिताका विधाहरुः कथा, कविता, गीत, उपन्यास, लोककथा, दन्त्यकथा, नियात्रा, अनुवाद र संस्मरण । (प्रतियोगितामा सहभागी हुने रचनाको उमेर समूह-- कविता र गीतको ३ देखि ७ वर्षसम्म । कथा, उपन्यास, लोककथा, दन्त्यकथा, अनुवाद र संस्मरणको ९ देखि १५ वर्षसम्म)रचना पठाउने ठेगाना: इमेल ketaketionline@gmail.com, रचना आइपुग्नु पर्ने अन्तिम मिति : २०७३ कार्तिक २३ गते । पुरस्कृतहरुको नाम घोषणा : २०७३ पुष २३  गते । पुरस्कार वितरण : २०७३ माघमा ।(सर्वोत्कृष्ट भई पुरस्कृत हरेक विधाको रचनाकारको एउटा पुस्तक प्रकाशन गरिदिएर लेखकत्व प्रदान गरी पुरस्कृत गरिने छ । लेखकत्व २५ हजार बराबरको हुने छ । लेखकत्व कर कट्टा गरिने छ । उत्कृष्ट रचना प्राप्त भएको विधामा मात्र पुरस्कार वितरण गरिने छ ।१. शुरुमा प्राप्त भएको एउटा रचना (गीत, कविता, कथा, संस्मरण) र उपन्यासको एक भागको अध्ययन गरी प्राप्तमध्ये राम्रा लेखकहरुको लागि लेखन छलफल कार्यक्रमको आयोजना गरी ती लेखकहरुलाई एउटा कृति तयार गर्न लगाइने छ । यसरी कृति तयार गर्ने लेखकलाई घोषणा गरिए अनुसारको पारिश्रमिक कृति प्रकाशित भएको एक महिनाभित्र प्रदान गरिने व्यवस्था गरिएको छ । यो प्रतियोगिता राम्रो लेख्ने तर विविध कारणले कृति प्रकाशन गर्ने अवसर पाउन नसकेका लेखकहरुलाई हौसला दिने उद्देश्यले आयोजना गरिएको हो । सबै उमेर समूहका लेखकहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । रचना पठाउँदा आफ्नो मोबाइल नम्बर अनिवार्य रुपमा लेखी पठाउनुहोस् । विस्तृत जानकारीका लागि केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयलाई ९८४१४७७५१५ नम्बरमा फोन गर्नुहोस् ।

Saturday, July 4, 2015

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट अन्जना राजवंशी, महेश पौड्याल र गङ्गा पौडेल पुरस्कृत

Anjana
Ganga

 गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना
 राजवंशी      (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।
यो पुरस्कार वरिष्ठ लेखक गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा वि. सं. २०६९ मा साहित्यकार÷समाजसेवी जलेश्वरी श्रेष्ठज्यूको सहयोगमा २ लाखको अक्षयकोश स्थापना गरी शुरु गरिएको हो । वि. सं. २०६९ मा पहिलो पटक यो पुरस्कार साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको थियो । 
यो पुरस्कार किशोर साहित्यको उत्कृष्ट पाण्डुलिपिलाई हरेक वर्ष प्रदान गरिन्छ । यस वर्ष वि. सं. २०७०, ०७१ र ०७२ सालमा पुरस्कृत तिन प्रतिभाहरुलाई एउटै मन्चमा आगामी २०७२ असोजमा पुरस्कृत गरिने कोषबाट जानकारी प्राप्त भएको छ । साथै यही समारोहमा साहित्यकार गोपाल पराजुलीलाई किशोर साहित्य विशेष सम्मान पनि प्रदान गरिने भएको छ ।
पुरस्कृत कृतिको पाण्डुलिपिलाई पुरस्कार कोषको सम्पादन र संयोजनमा अन्तिम रुप दिई व्यवसायिक प्रकाशन संस्थाबाट प्रकाशन गरिने छ । कृतिका लेखकलाई लेखकस्व प्रदान गरिन्छ । यस पुरस्कारबाट पुरस्कृत लेखकलाई नगद रु ११ हजार १ सय ११ र ताम्रपत्र सहित  पुरस्कृत गरिने गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले जनाएको छ । कोषका संस्थापक जलेश्वरी श्रेष्ठ, पहिलो वर्ष पुरस्कृत स्रष्टा लक्ष्मी उप्रेती र पुरस्कार बितरण समितिका संयोजक कार्तिकेय सम्मिलित तिन सदस्यीय मूल्याङ्न समितिले यो निर्णय गरेको हो ।
Mahesh
                                                       जलेश्वरी श्रेष्ठ 
                                                          संस्थापक