Thursday, July 9, 2020

नेपाली बालसाहित्यमा बालउपन्यास चाहियो, किन ?

कार्तिकेय 
उपन्यास सबै भन्दा लोकप्रिय साहित्यिक विधा हो । गद्यमा रचना गरिने यो आख्यान विधा अन्य विधाको तुलनामा सबैभन्दा लोकप्रिय र शक्तिशाली पनि मानिन्छ । उपन्यासमा व्यापक पाठकको रुचि देखिन्छ । पाठकको आकर्षणका हिसाबले हेर्ने हो भने पनि उपन्यासको स्थिति बलियो देखिन्छ । उपन्यासमा वर्णन गरिने परिवेश, चरित्र र घट्ना आदि जीवनसँग सम्बद्ध रहने गर्दछन् । जसका कारणले उपन्यासको पाठकसँगको सामिप्यता गाढा रहेको हुन्छ । 
वास्तवमा जीवन र जगत्को व्यापक अभिव्यक्ति दिने साहित्यिक रचना उपन्यासको प्राण नै कलात्मक भाषा हो अर्थात् त्यो नै लेखकको आफ्नो शैली हो । उपन्यासको पुस्तक पठनदेखि चलचित्रको पर्दासम्म फैलिन सक्ने मास अडियन्सका कारणले गर्दा पनि आधुनिक साहित्यमा यसले ठुलो लोकप्रियता ओगटेको देखिन्छ । तर बिडम्बना नै मान्नुपर्छ यस मामिलामा नेपाली बालसाहित्य गरिब छ । उपन्यास प्रकाशनका हिसाबले नेपाली बालसाहित्य कंगाल नै छ भन्दा पनि हुन्छ । यही कारणले गर्दा नेपाली बालसाहित्य मूल धारको नेपाली साहित्यभन्दा पछाडि छ ।


 बालसाहित्यले मूलधारको साहित्यसँग काँधमा काँध मिलाएर हिँड्न नसक्नुको अन्य थुप्रै कारणमध्ये एउटा प्रमुख कारण यो पनि हो । अब उपन्यासको चर्चातिर नै फर्कौँ, उपन्यासमा समग्र जीवनको चित्रण गरिने भएकाले यो वृहत् आख्यान हो । यसमा आफ्नो
लेखकसँगग आदरणीय उपन्यासकार डायमन शमशेर राणा 
जसले उपन्यास लेखेर नै धेरै लेखकस्व र ख्याति आर्जन गरेका थिए ।
माटोमा बाँचिरहेका
, बाँच्नका लागि संघर्ष गरिरहेको जीवनको जीवन्त चित्रण हुने गर्दछ । यसले उनीहरु बाँचिरहेको समाज, संस्कृति र भूगोलको मौलिकता बोकेको हुन्छ । यसले आफ्नो राष्ट्रिय पहिचान पनि बोकेको हुन्छ । बालसाहित्यमा लेखिने उपन्यासको हकमा त आफ्नो सभ्यता र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यो विधाको महत्व अझ उच्च रहेको देखिन्छ । तर नेपाली बालसाहित्यमा उपन्यास प्रकाशनको कमीले गर्दा यो पक्षमा त झन् केही काम हुनसकेको छैन । यही र यस्तैयस्तै कारणले गर्दा नै नेपाली बालसाहित्यले हाम्रा बालबालिकाहरु बाँचिरहेको विविध परिवेश, उनीहरुको विविधतायुक्त जीवन शैली, समाज, संस्कृति र समग्र जीवन र जगत्लाई प्रस्तुत गरेर नेपाली माटोको मौलिक कालजयी रचना दिन सकेको छैन । 


उपन्यास नै एउटा नयाँ सबैको प्रिय, राष्ट्रले नै स्वामित्व लिने पात्र जन्माउन सक्ने विधा हो । तर त्यही विधाको विकासका लागि काम हुन सकिरहेको छैन । काम हुनु जरुरी देखिन्छ । यही कारणले गर्दा हामीले नेपाली बालसाहित्यमा बढीभन्दा बढी लेखकलाई बालउपन्यास लेख्न प्रोत्साहित गर्नु जरुरी छ । उनीहरुको प्रयासलाई हौसलाको उर्जा दिनु जरुरी छ ।

Wednesday, July 8, 2020

नेपाली बालसाहित्यमा सुशीला देउजा र ‘महिमा’ बालउपन्यास

सुशीला देउजा
सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह र यात्रा संस्मरण, २०६४), दोभान (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु (कथा संग्रह, २०७०), भगवानको रुप (सचित्र बालकथासङ्ग्रह, २०७१), बाघ र बाबा (बालचित्रकथाकृति, २०७४), पेटको आगो (लघुकथासंग्रह, २०७५) र महिमा (बालउपन्यास, २०७५) गरी ९ कृतिहरु प्रकाशित छन् । उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४, सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट उत्कृष्ट लेखक सम्मान, २०७२ लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ । उहाँले त्रिविविबाट स्नातक गर्नुभएको छ । वास्तवमा नेपाली बालसाहित्यमा सुशीला देउजा नयाँ नाम होइन । उहाँ यस क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । 


यसअघि नेपाली बालसाहित्यमा पहिलो प्रयासस्वरुप एउटै कृतिमा चार भाषा समावेश गरी उहाँको बाघ र बाबा बालचित्रकथाकृति प्रकाशित भएको थियो । उक्त कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ पनि प्राप्त गर्नु भएको थियो । उक्त कृतिमा एकदिन एउटा बाघ दौडिँदै आएर बाबाको कुटी छेउमा भ्वाक्क पछारिन्छ । त्यसपछि बाबाले बाघको उपचार गर्छन् । अनि बाघले पनि बाबालाई आपत परेको बेलामा सहयोग गर्छ । उक्त किताबमा रहेका सुन्दर चित्रहरु वरिष्ठ चित्रकार अविन श्रेष्ठले बनाउनुभएको हो । चारवटा भाषामा एकैचोटि एउटै किताबमा प्रकाशित यो नेपालको पहिलो बालचित्रकथाको किताब हो । अनुवादकहरु डा. रामदयाल राकेश (मैथिली), नरेशवीर शाक्य (नेपाल भाषा) र महेश पौड्याल (अङ्ग्रेजी) ले यस किताबमा काम गर्नुभएको छ । यस कृति बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित भएको हो । 

 वास्तवमा अहिले नेपाली बालसाहित्यमा बालउपन्यासको अत्यन्त ठुलो अभाव रहेको छ । यो अभावलाई पूरा गर्न नसकिएको अवस्था छ । यस्तो अवस्थामा लेखक देउजा नयाँ बालउपन्यास महिमा लिएर हामी माझमा आउनुभएको छ । उहाँलाई हार्दिक स्वागत र बधाई छ । प्रस्तुत बालउपन्यास महिमा लेखक देउजाको पहिलो बालउपन्यास हो । हराएका बुवा खोज्न एउटी छोरीले गरेकी संघर्षको कथा नै महिमा उपन्यासको मूल कथा हो । बुवालाई असाध्यै माया गर्ने छोरी महिमाका माध्यमले लेखक देउजाले ग्याजेटमा रमाइरहेको वर्तमान पुस्तालाई परिवारको महत्वबारे केही कुरा भन्नुभएको छ । वास्तवमा यस उपन्यासकी नायिका महिमा मार्फत् लेखिका देउजाले आमाबुवाप्रति सहिष्णु बन्न र आफ्नो कर्तव्यप्रति सजग हुन बालबालिकालाई आव्हान गर्नुभएको छ ।

ग्याजेटमा रमाएर आफ्नै घरमा पनि आमाबुवाबाट पूरै अलग भई जीवन निर्वाह गर्नतर्फ अग्रसर भइरहेको वर्तमान नयाँपुस्ताका लागि महिमा एउटा फरक कथा हो । यस कथाका माध्यमले आफूसँग हुँदा महत्व नदिइएका आमाबुवाको महत्व उहाँहरु हामीमाझ नहुनुभएपछि कति धेरै हुन्छ भन्ने कुरालाई मार्मिक ढंगले भनिएको छ । प्रकाश रञ्जितको चित्रकलाले किताबलाई अझ आकर्षक बनाएको छ । पहिलो प्रयासमा यति राम्रो बालउपन्यास रचना गर्ने लेखिका देउजालाई बधाई छ ।

उहाँले यस उपन्यास तयारी गर्दाको क्रममा बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरुलाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावबारे सचेत भई यो उपन्यास तयार गरेको सम्झना साझा गर्नुभएको छ । कृतिमा समावेश लेखकको भनाइ मन्तव्यका क्रममा लेखिका देउजा भन्नुहुन्छ “वास्तवमा असल बालसाहित्य सिर्जना गर्न धेरै मिहिनेत गनुपर्ने रहेछ । यो त सुरुवात मात्र हो । बालबालिकाको संगतले मैले धेरै कुरा सिकेकी छु ।” 

 साँच्चै महिमा कृति प्रकाशनअगाडि चेल्सी स्कुलका बालबालिकाहरु माझ गरिएको पाण्डुलिपिमाथि छलफल कार्यक्रम र बालबालिकाबाट प्राप्त सुझावहरुले लेखक मनलाई झकझक्याएको छ । लेखिका देउजाको यो उत्साह र जागरले भविष्यमा उहाँका अन्य उपन्यासहरु पनि पढ्न पाइनेछ भन्ने विश्वास राख्दै उहाँलाई यस कृतिको सफलताको शुभकामना छ । अन्त्यमा महिमा उपन्यास पढ्नुहुन सम्पूर्ण बालबालिकाहरुलाई आव्हान छ । वि.सं. २०७६ चैतमा प्रकाशित असी पृष्ठको यस सचित्र बालउपन्यासको मूल्य रु. २०५ रहेको छ ।

बालअधिकार अवरधारणाकी प्रणेत्री एग्लान्टाइन जेब

Eglantyne Jebb's Life Story

WONDERLAND: Children's Novel, Presented by Nayan

Sunday, July 5, 2020

आफूले रचना गरेको कथाको किताब प्रकाशनका लागि छनोट भएपछि समीर कोजु भन्नुहुन्छ


समीर कोजु (जन्म-२०५९/०९/०६)
कथा साहित्यको एउटा रमाइलो विधा हो । कथाले मलाई बाल्यकालदेखि नै उत्साहित बनायो । धेरै कथाहरू पढेपछि म मेरो आफ्नै कथा लेख्न उत्सुक थिएँ मेरो उत्सुकता पूरा गरेकोमा बालसाहित्य प्रतिष्ठान नेपाललाई धन्यवाद छ । लेखक कार्तिकेयको भक्तपुरका बालबालिकाका लागि कथावाचन तथा लेखन कार्यशालामा सहभागी भएपछि मैले रचना गरेको कथा आज किताब प्रकाशनका लागि छनोट भएकोमा म अत्यन्त खुसी भएको छु । 
कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष/संरक्षक आदरणीय मोहन कार्की र बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक आदरणीय प्रा.डा. अच्युतमणि आचार्यप्रति आभारी छु । साथै भक्तपुरमा भएको कार्यक्रमको संयोजक रश्मी खागी दिदीलाई पनि धन्यवाद दिन चाहन्छु । 
मेरो कथाले अप्रत्यक्ष रूपमा यस युगमा विद्यार्थीहरू बीच इलेक्ट्रोनिक उपकरणहरूले ल्याएको नकारात्मक प्रभावको आलोचना गर्दछ । मलाई यो कथा लेख्न प्रेरित गर्ने मेरा आमाबुवा र स्कूललाई धन्यवाद दिन चाहन्छु । म आशा गर्दछु कि तपाईंले यस कथाबाट आनन्द लिनुहुनेछ ।
Teenage talent Sameer Koju is very happy to be selected for the publication of his story. Every year, Children's Literature Foundation Nepal (CLFN) has been training 300 above children and adolescent talents in storytelling and creative writing. The talents participating in this training are happy to write children's literature. We are trying to arouse the interest of the new generation in Nepali children's literature and make them enter the field of writing as well. But the influx of new writers into forceful writing is not satisfactory. We need to work harder for the arrival of new writers and painters in this field.
Because the arrival of a new generation will further develop our children's literature. Therefore, we all need to work together for the arrival of new talents in children's literature writing.