Monday, July 10, 2017

सफलता शिक्षा सदनमा बालसाहित्यको रमाइलो

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

सफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रममा
सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका   थिए । 

कार्यक्रममा उनीहरुले कथामा भएका पात्रको कल्पना गर्दै थरीथरीका चित्र बनाएका थिए ।
यसरी शनिवारको विदाको दिन सफलता शिक्षा सदनमा पढ्दै ह्याप्पी लाईफ होममा आश्रित २२ बालबालिकाले कथावाचनको रमाइलोमा २ घन्टा समय बिताएका थिए । उनीहरुलाई यो अवसर समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालले प्रदान गरेको थियो । प्रतिष्ठानले फरक परिवेशका बालबालिका माझमा माउन्ट एभरेष्ट कथावाचन अभियान चलाइरहेको छ । यस अभियानले हालसम्म देशको ३७ जिल्लामा कथावाचन गरिसकेको कुरा प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले बताए । 
यसरी २४ गते शनिवार ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सकिएपछि मीठो खाजा खाँदै बुकआर्ट नेपालबाट उपहार प्राप्त बालपुस्तकहरु आफ्नो दराजमा सजाएर बालबालिकाहरु सहयोगी सबैप्रति कृतज्ञ भए ।