Saturday, December 5, 2015

२५ हजार राशिको बालसाहित्य लेखन प्रतियोगिताको सूचना

केटाकेटी अनलाइनको १५औं वार्षिकोत्सवका अवसरमा केटाकेटी अनलाइन बालसाहित्य प्रतियोगिता, २०७३ मा सहभागी हुनुहुन सबैलाई हार्दिक आब्हान गर्दछौं । प्रतियोगिताका विधाहरुः कथा, कविता, गीत, उपन्यास, लोककथा, दन्त्यकथा, नियात्रा, अनुवाद र संस्मरण । (प्रतियोगितामा सहभागी हुने रचनाको उमेर समूह-- कविता र गीतको ३ देखि ७ वर्षसम्म । कथा, उपन्यास, लोककथा, दन्त्यकथा, अनुवाद र संस्मरणको ९ देखि १५ वर्षसम्म)रचना पठाउने ठेगाना: इमेल ketaketionline@gmail.com, रचना आइपुग्नु पर्ने अन्तिम मिति : २०७३ कार्तिक २३ गते । पुरस्कृतहरुको नाम घोषणा : २०७३ पुष २३  गते । पुरस्कार वितरण : २०७३ माघमा ।(सर्वोत्कृष्ट भई पुरस्कृत हरेक विधाको रचनाकारको एउटा पुस्तक प्रकाशन गरिदिएर लेखकत्व प्रदान गरी पुरस्कृत गरिने छ । लेखकत्व २५ हजार बराबरको हुने छ । लेखकत्व कर कट्टा गरिने छ । उत्कृष्ट रचना प्राप्त भएको विधामा मात्र पुरस्कार वितरण गरिने छ ।१. शुरुमा प्राप्त भएको एउटा रचना (गीत, कविता, कथा, संस्मरण) र उपन्यासको एक भागको अध्ययन गरी प्राप्तमध्ये राम्रा लेखकहरुको लागि लेखन छलफल कार्यक्रमको आयोजना गरी ती लेखकहरुलाई एउटा कृति तयार गर्न लगाइने छ । यसरी कृति तयार गर्ने लेखकलाई घोषणा गरिए अनुसारको पारिश्रमिक कृति प्रकाशित भएको एक महिनाभित्र प्रदान गरिने व्यवस्था गरिएको छ । यो प्रतियोगिता राम्रो लेख्ने तर विविध कारणले कृति प्रकाशन गर्ने अवसर पाउन नसकेका लेखकहरुलाई हौसला दिने उद्देश्यले आयोजना गरिएको हो । सबै उमेर समूहका लेखकहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । रचना पठाउँदा आफ्नो मोबाइल नम्बर अनिवार्य रुपमा लेखी पठाउनुहोस् । विस्तृत जानकारीका लागि केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयलाई ९८४१४७७५१५ नम्बरमा फोन गर्नुहोस् ।