Wednesday, April 18, 2018

वि.सं. २०७४ मा प्रकाशित २ प्रति बालपुस्तक पठाउन अनुरोध

सूचना ... सूचना ... सूचना ...
========

वि.सं. २०७४ मा प्रकाशित २ प्रति बालपुस्तक पठाउनुहुन अनुरोध गर्दछौं । २०७५ भदौ २५ गतेभित्र प्राप्त कृतिहरुको अध्ययन
गरी उत्कष्ट कृतिलाई वर्षका उत्कृष्ट बालसाहित्य पुस्तक पुरस्कार प्रदान गरिने छ । साथै वर्षको बालसाहित्य नामक पुस्तक पनि प्रकाशित गरिने छ ।
पुस्तक पठाउने ठेगाना :
--------------
बालसाहित्य प्रतिष्ठान नेपाल
पोस्ट बक्स २५८५९, काठमाडौं, नेपाल ।
काठमाडौं, कालोपुल, सिफलचौर
फोन : ९८४९०२९७७३
(काठमाडौं उपत्यकामा रहनुभएका लेखकहरुले काठमाडौं, कालोपुल, सिफलचौरस्थित केटाकेटी मिडिया, 'केटाकेटी न्युज मासिक बालपत्रिका' को कार्यालयमा साहित्यिक भलाकुसारी गर्दै बालसाहित्यकार उमा तिम्सिनाजीलाई भेटेर दिन सक्नुहुनेछ । उहाँको फोन नम्बर ९८४९०२९७७३ हो ।
कामको हतारो भएको अवस्थामा सिफलचौरको पीपल बोट अगाडि रहेको स्टेशनरी पसलमा पनि छोड्न सक्नुहुनेछ ।)