Wednesday, December 6, 2017

OUR DIGITAL MAGAZINE http://www.ketaketionline.com/

PLEASE LOG ON OUR DIGITAL MAGAZINE

TELL AND LISTEN TO STORIES EVERYDAY

TELL AND LISTEN TO STORIES EVERYDAY

Notice for Young Adult Talents


Notice for Young Adult Talents
======================
We are going to organise script writing workshop. Interested friends please send mesage at Mob. Number 9801077515
Free entrance for all participants
=====================
Children's Literature Foundation Nepal (CLFN) Family

Amit Offir is a bestselling author

Amit Offir is a bestselling author from Israel. He is a lecturer, business consultant and international expert in creating communication through the art of drawing. Among his books are "The Beetle that Wants to Be", "Even Dragons Get Scared", "24/8 - The Secret for being Mega-Effective by Achieving More in Less Time", " How I Sold 1 Million Books!", "Travel The World and Make Money", "Get Wealthy and Get What You Want!" and many more.  Originally, he writes in Hebrew language. He has so far written over a hundred books mostly on child creativity development and career motivation for youths and adults. This time, we met him in person and asked him 3 questions on behalf of Ketaketi Online.
“Three Questions”
Below are his views and opinions:
What do you have to say about yourself?  
I am basically a writer and the purpose of my writing is to provide the readers inspiration and motivation which will lead them to having a successful career and a life full of fulfillment. I am almost 40 now and I had started writing books from the early age of 21. I have written various kinds of books and they are of different fields. I have devoted myself to expressing my emotions and experience through writing. 
What is the relation between Child Literature and drawing?

These two are very much connected to one another. Literature has words that describe something and through drawing or cartoons, it can be better defined or explained for people to get an idea of their mind and thoughts.

What have you written that has been published?

I have so far written over 100 books but they are from different fields. Through writing, I can learn much more and also explore. Writing gives me joy and pleasure as well as inner satisfaction. I hope that my books will be translated into Nepali language and will be published in Nepal so that the Nepali people can also be able to enjoy my art and learn from my traveling experience from around the world. Right now I am working on my next book that is going to be about my visit in Nepal and my climb to the Everst Bace Camp.  

वरिष्ठ साहित्यकार सुशीला देउजासँग ३ प्रश्न

सुशीला देउजा २४ फागुनमा जन्मनुभएको हो । उहाँका आमा लक्ष्मी देवी खाण, पिता तु¨ध्वज खाण, पति वीरेन्द्र बहादुर देउजा, छोराहरु सर्यात देउजा, सुवीर देउजा हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ ।
सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, ‘उत्कृष्ट लेखक सम्मान, २०७२, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट लगायत पुरस्कार तथा सम्मानहरु उहाँले प्राप्त गर्नुभएको छ । 
उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नया“ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा  (कथा संग्रह र यात्रा संस्मरण, २०६४),  दोभान  (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु       (कथा संग्रह, २०७०) र भगवान्को रुप (सचित्र बालकथासङ्ग्रह, २०७१) गरी ७ कृतिहरु प्रकाशित छन् । यस पटकको ३ प्रश्नमा वरिष्ठ साहित्यकार देउजासँग केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : 


प्रश्न १. आफ्नो साहित्य लेखनका बारेमा केही बताइदिनुस न ।

साहित्य लेखन मेरो जीवनको अभिन्न अंग जस्तै बनेको छ । भावुक मनलाई सानासाना घटनाले पनि तर¨ित पार्छ र लेख्न उक्साउँछ । यो विधा त्यो विधा भन्ने नै छैन । मलाई जुनसुकै विधामा पनि कलम चलाउन मन लाग्छ । जस्तै कथा, कविता, यात्रा संस्मरण, लघुकथा, लेख, बालकथा आदि ।

प्रश्न २. तपाईं त ठूला पाठकका लागि लेख्ने लेखक बालसाहित्य लेखनमा कसरी आउनुभयो ?
 
जग बलियो भए मात्र घर बलियो हुन्छ । भोलिको सुन्दर समाज भनेको आजका बालबालिका हुन् । आज बालबालिकालाई असल शिक्षा दिन सके भोलि आदर्श नैतिकवान्, शिक्षित र बिकसित र सुन्दर समाज निर्माण हुन सक्छ । त्यसको लागि आज देखि नै बालबालिकालाई असल शिक्षाको मलजल दिएर हुर्काउनु जरुरी छ । जसका लागि असल बालसाहित्यको आवश्यकता छ । त्यस अभियानमा मेरो पनि केही योगदान दिन सक्छु कि भनी मैले पनि बालसाहित्यको क्षेत्रमा कलम चलाउने प्रयास गरेकी हुँ ।

प्रश्न ३. चार भाषामा एकैपटक प्रकाशित हुन लागेको तपाईंको  नयाँ बालचित्रकथाकृति बाघ र बाबाको वारेमा केही भनिदिनुस् न । यो कस्तो किसिमको किताब हो ? 
 
सबभन्दा पहिला त यो बालबालिकालाई पढ्न रमाइलो लाग्ने किताब हो । कलाकार अविन श्रेष्ठ र प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यले यो किताब अत्यन्त सुन्दर बनेको छ । 
बाघ र बाबा कथामा बालबालिकालाई दुःखमा परेकालाई सहयोग गर्न आव्हान गरिएको छ । उनीहरुलाई जनावरलाई पनि माया गरौं उनीहरुले पनि हामीलाई माया गर्छन् भनी भन्न खोजेकी छु  । तर यी सबै कुरा कथाबाट नै भनेकी छु ।
साथै यो कृति नेपाली, अंग्रेजी, मैथिली र नेपाल भाषा गरी चारवटा भाषामा प्रकाशित हुँदैछ । प्रकाशक बालसाहित्य प्रतिष्ठानका अनुसार एकैपटक एउटै किताबमा चार भाषा समावेश गरी प्रकाशित नेपाली बालसाहित्यको यो पहिलो कृति हो रे । यसरी पहिलो कृतिका लेखक आफू हुन पाउँदा पनि खुसी भएकी छु । यस अवसरमा म मेरो कथालाई विभिन्न भाषामा अनुवाद गर्ने अनुवादकहरु र सम्पादक संयोजकप्रति आभार प्रकट गर्दछु । जसमा श्री महेश पौड्याल (अंग्रेजी), डा. रामदयाल राकेश (मैथिली), श्री नरेशवीर शाक्य (नेपाल भाषा) र सम्पादक संयोजक कार्तिकेय रहनुभएको छ ।

दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ ...

जलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको    छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
५० वर्षको उमेर पूरा भएपछि साहित्य लेख्न शुरु गर्नु भएर पनि आफ्नो लेखनमा नयाँ जोश र जागर भर्न सफल लेखिका श्रेष्ठसँग यस पटकको ३ प्रश्नमा केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न १. तपाईंले साहित्य लेख्न किन ढिलो शुरु गर्नु भयो ?
मैले आफू ५० वर्षको उमेर पुगेपछि साहित्य लेख्न शुरु गरे पनि मसँग साहित्यिक मन र विद्रोही भावना सानै देखि थियो । म सम्झन्छु बच्चामा म भाइलाई धेरै मलाई किन थोरै भनेर आमासँग झगडा गर्थें । आमाको पिटाइ र हप्काइ बढी खाने छोरी थिएँ म । त्यतिबेला मेरा दिदीबहिनीहरु चित्त बुझाएरै बसेका हुन्थे तर म समान हुनुपर्छ भन्ने कुरामा दृढ थिएँ । यसरी एकातिर समाजको छोराछोरीप्रतिको विभेदको चलनले गर्दा म असन्तुष्ट थिएँ भने अर्कोतिर जब मेरो श्रीमान् बाहिर जानुभएको समयमा मेरो नागरिकताले छोरीहरुसँग सम्बन्धित सरकारी काम भएन त्यसपछि मलाई यो विभेदको संस्कारले झन् बढी पीडा दियो । जसले यो आक्रोश पोखिन मात्र बाँकी थियो । जुन २०५३ सालतिर चितवन जंगल लजमा मैले आफ्नै संयोजनमा सम्पन्न गरेको साहित्यिक बनभोजमा पोख्ने मौका पाएँ । त्यतिबेला मनमा दबिएका भावना पोख्दै गर्दा मेरा आँखा रसाएका थिए । हो, वास्तवमा त्यही गोष्ठी मेरो लेखनका लागि उर्जा बन्न पुग्यो । मैले त लेखकहरुका लागि यी विषय पनि हुन सक्छन् भनेर अनुभव साटेकी थिएँ । तर सहभागी सबैले तपाईं नि लेख्न सक्नुहुन्छ लेख्नुस् भनेर हौसला दिनुभयो । यसरी त्यो कार्यक्रबाट फर्केर आएको चार महिनामा मैले चारवटा कथा लेख्न पुगें । यसरी मेरो साहित्य लेखनको यात्रा शुरु हुन पुग्यो ।
अर्को कुरा ममा सानैदेखि साहित्य र साहित्यकारप्रतिको लगाव धेरै थियो । म सम्झन्छु, किशोरावस्थामा म साथीहरुलाई म त साहित्यकारसँग विवाह गर्ने हो भन्दा मेरा सहपाठीहरु साहित्यकार त झोले हुन्छन्, तिमीलाई दुई छाक खान नि दिन नसक्लान् नि भन्थें । तर, किन किन मेरो मनमा साहित्यकारसँग विवाह गर्ने ठूलो इच्छा थियो । साहित्यकारप्रति ठूलो श्रद्धा थियो । जुन इच्छा वरिष्ठ कवि द्धारिका श्रेष्ठसँग विवाह भएर पूरा पनि भयो । विवाहको समयमा केटी हेर्न आउँदा केटा कवि साहित्यकार पनि हो भन्ने कुराकाट म धेरै प्रभावित भएको थिएँ ।
जहाँसम्म साहित्य लेख्न ढिलो शुरु गर्नुको कारण छ, विद्यालय पढ्दा अलिअलि लेख्ने गर्थें तर घर व्यवहारको जिम्मेवारीले थिचेर त्यो निरन्तर रुपमा आउन सकिरहेको थिएन । छोरीहरु हुर्किएपछि मैले आफूलाई स्वतन्त्र महसुस गरें अनि साहित्य लेखनमा रमाउन थालें । साहित्य लेखनमा रमाउन परिवारको सहयोग, साहित्यकारको संगत, चराजस्तै स्वतन्त्र उड्ने मन र सबैप्रति सहिष्णु मन पनि चाहिने रहेछ भन्ने मलाई लाग्न थालेको छ । त्यसैले साहित्य लेख्न चराजस्तै उड्ने मन चाहिन्छ ।

प्रश्न २. तपाईं केटाकेटी छँदाको अनुभव बताइदिनुस् न ।
म केटाकेटी छँदा दुःखी थिएँ । बुबाले कान्छी आमा ल्याएर अलग्गै बस्नुभएको थियो । बुबाको माया नपाउँदा आमाको स्वभाव चिढचिढे थियो । हामीसँग रिसाइ रहनु हुन्थ्यो । वास्तवमा आमा र बुबा दुवैको माया मैले चाहे जति पाउन सकिनँ । दाजुभाइलाई मात्र स्कुल पढ्न पठाउने चलन थियो । एकदिन आमासँग दुई रुपियाँ पैसा मागें र आफैं गएर विद्यालयमा भर्ना भएँ । त्यसरी मैले पढ्न शुरु गरेपछि मेरा बहिनीहरु र मेरो टोलका छोरीहरु सबै स्कुल भर्ना हुन गए । यसरी विस्तारै छोरीलाई नि पढाउनु पर्छ भन्ने सोचाइ त शुरु भयो । तर, म सम्झन्छु त्यतिबेला म जिद्दी भएर हो कि वा सही कुरामा पछि नहट्ने भएर पनि होला आमा र हजुरबुबाको बढी पिटाइ मैले नै खाने गर्थें । तर पनि मैले हिम्मत हारिनँ, पढ्दै गएँ पढ्दै गएँ र आज साहित्यकार भएरै छाडें । आज सानो ठूलो जे होस् साहित्यकारको रुपमा परिचय बनाएकी छु । यसका लागि मलाई मेरो श्रीमान्ज्यूको पनि ठूलो सहयोग रहेको छ । उहाँले राम्ररी साहित्यको महत्त्व बुझ्नुहुने भएर नै कहिले पनि मलाई लेखनमा बाधा गर्नु भएन ।
प्रश्न ३. अहिले के लेख्दै हुनुहुन्छ ?
म कथा, बालकथाहरु लेख्दैछु । एउटा कथा संग्रह र नेपाल भाषाका रमाइला लोककथाहरुलाई पुनर्कथन गरी एउटा चित्रकथाको गरी दुईवटा किताब निकाल्ने तयारी गर्दैछु । साथै बालकथा संग्रह पनि निकाल्ने योजना छ । वास्तवमा मलाई कुनै पनि विषयले असाध्यै धेरै प्रभावित गरेपछि त्यो विषयमा लेख्न मन लाग्छ । त्यो विषयमा नलेखुन्जेलसम्म मनमा छटपटी भइरहन्छ । लेखिसकेपछि आनन्द लाग्छ । मेरा लागि साहित्य लेखन एउटा नशा जस्तै बनेको छ । साहित्य लेख्नु, साहित्यकार मित्रहरुसँग रमाउनु, विभिन्न साहित्यकारहरुको स्मृतिमा पुरस्कारहरु स्थापना गरी साहित्यकारहरुलाई सम्मान गर्न पाउनु यी सबै कुरा मेरा लागि प्रिय छन् । त्यही भएर अहिले म यही क्षेत्रमा नै रमाइरहेकी छु । हरेक दिन भेट्न आउनुहुने कोही न कोही साहित्यकारज्यहरुसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा जाँदाको भेटघाट र छलफल नै मेरो लेखनका उर्जा हुन् ।

‘बालिका छँदाको अनुभूति' सुन्ने –सुनाउने कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक २७ गते सोमवार ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ‘बालिका छँदाको अनुभूति सुन्नेसुनाउने कार्यक्रम’ सम्पन्न भयो । महिला लेखकहरुको संस्था ‘गुञ्जन’ र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजना तथा बुकआर्ट नेपाल र केटाकेटी अनलाइनको सहकार्यमा सम्पन्न भएको यस कार्यक्रम महिला नेतृ तथा साहित्यकार शान्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकारहरु गीता केशरी, इन्दिरा दली, जलेश्वरी श्रेष्ठ, माया ठकुरी र वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न यस कार्यक्रम गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले अग्रज महिलाहरुको बालिका छँदाको अनुभूति वर्तमान पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बालिका छँदाको अनुभूति सुन्ने–सुनाउने यस कार्यक्रममा इन्दिरा दली, गीता केशरी, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा शीला, डा. अरुणा उप्रेती, सुशीला देउजा, भागीरथी श्रेष्ठ, डा. गार्गी शर्मा, सुस्मिता नेपाल, सन्ध्या पहाडी, लक्ष्मी उप्रेती, रजनी ढकाल, उर्मिला पन्त पाण्डेय, सावित्री थापा, गंगा कर्माचार्य पौडेल, रश्मी असफल, ललिता दोषी, गंगा लिगल, रुकु कार्की, शान्ति सापकोटा, सरु सुवेदी, मञ्जु ज्ञवाली र ज्ञानू अधिकारीलगायतले आआफ्नो अनुभूति सुनाउनुभएको थियो ।
साथै कार्यक्रममा उपस्थित हुन असमर्थ लेखकहरुले पनि आफ्नो अनुभूति एक हजार शब्दभित्र लेखी प्रतिष्ठानको इमेल childacademy43@gmail.com मार्फत् पठाउनु हुन बालसाहित्य प्रतिष्ठानले अनुरोध गरेको छ ।

Author ANURADHA Says

'Mero Kathako Alien' is my first chapter book. I had written this story many years ago. However, during that time publishers were not ready to publish chapter books very willingly. It is finally published and I am very happy.
Mero Kathako Alien is a science based fantasy story about a girl named Juni and her alien friend who is actually a character from her story that comes alive. Together, they do a lot of adventurous things.
The beautiful illustrations in the book are by Suman Maharjan. The story is edited by Nayan Raj Panday dai and it is published by Kathamandu Publication.
 
I write for children because I love doing so. It's therapy for me. By writing for them, I am actually writing for myself. From an early age I was introduced to the world of books and I have been in love with books ever since. My mother, who herself is a writer, really pushed me into writing stories for children. At first I was hesitant but slowly I enjoyed writing. I was even more motivated to write when I realized that there are not enough good Nepalese children literature in the market. I hope my books will make children as happy as I used to be reading books when I was little.
 
The current situation of Nepalese Children's Literature is very promising. There are a lot of talented people writing and illustrating for children's books. And there are quite a number of publications who are aware of what a good children book should be like.
However, a lot of work needs to be done in order to develop a reading culture in Nepal, especially for children's literature. This is a joint effort by parents, schools, children and people who work in the field of book and book publishing. And the starting point towards this effort is the publication of good children literature.

हार्दिक समवेदना

हाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै यस अवसरमा उहाँले हामीलाई देखाउनु भएको न्यानो मायाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहन गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं ।
दाजु, केटाकेटी अनलाइन परिवार, बालसाहित्य प्रष्ठिान नेपाल परिवार र केटाकेटी मिडिया परिवार हजुरको गुनप्रति सधैं नतमस्तक भइरहने छ । 
हार्दिक हार्दिक हार्दिक समवेदना छ हजुरमा सम्पूर्ण नेपाली बालसाहित्य प्रेमीहरुको तर्फबाट पनि ।
Sun, 11/19/2017 - 18:44

हाम्रा आदरणीय बालसाहित्य लेखक कविताराम

विक्रम सम्वत् २००४ माघ ११ गते ओखलढुङ्गा, रामबजारमा जन्मनुभएका रामबहादुर श्रेष्ठ नै नेपाली बालसाहित्यका वरिष्ठ लेखक डा. कविताराम हुनुहुन्छ । साहित्यकार कवितारामका नामले एउटा अलग्गै पहिचान बनाउन सफल डा. रामबहादुर श्रेष्ठ अर्थात् कविताराम बुबा नन्दराम र आमा मनमायाका सुपुत्र हुनुहुन्छ । उहाँले वि.सं. २०१८ सालदेखि साहित्य लेखन शुरु गर्नु भएको हो । उहाँले अस्वीकृत साहित्य आन्दोलन र लेखनका माध्यमले नेपाली साहित्यमा पनि एउटा विशिष्ट पहिचान बनाउनु भएको छ । 
बालसाहित्य लेखक कवितारामको बालसाहित्य यात्रा वि.सं. २०३६ सालबाट शुरु भएको हो । उहाँको प्रथम प्रकाशित बालसाहित्य कृति ‘वनदेवी’ हो । यो रुखबिरुवा संरक्षण गरौं र पशुपन्छीलाई बचाऔं भन्ने आव्हानसहित लेखिएको कृति हो । 
आफू बालक छँदा बालसाहित्यका रमाइला किताबहरु पढ्न नपाएकाले आफू बालसाहित्य लेखनमा लागेको डा. कवितारामको भनाइ छ । उहाँ भन्नुहुन्छ, नेपाली बालसाहित्यमा वर्तमान युगको आवश्यकता अनुसारको बालसाहित्य प्रकाशन हुन नसकिरहेको देखेपछि म आफैँ बालसाहित्य लेखनमा होमिएको हुँ । हो, वास्तवमा कवितारमले नेपाली बालसाहित्य लेखनमा विज्ञान बालसाहित्यको बलियो जग बनाउने काम गर्नु भएको छ । उहाँले रचना गर्नु भएका विज्ञान बालउपन्यासहरु बालबालिका माझमा लोकप्रिय छन् । 
आदरणीय लेखक कवितारामले पहिलो बालउपन्यास ‘वनदेवी’ प्रकाशन भएपछि ‘पानीको थोपा’ बालउपन्यास प्रकाशित भयो । यो अत्यन्त रोचक उपन्यास हो । यसमा पानीको थोपाको यात्रालाई रमाइलोसँग प्रस्तुत गरिएको छ । यसपछि उहाँको ‘कमिलाको कथा’, ‘अनौठो यात्रा’, ‘मावलीको यात्रा’, बुद्विबंगाराको फोन (भाग १, २ र ३) र ‘सृष्टि पुराण’ आदि बालउपन्यासहरु र ‘जुजुहिरा’ र ‘अब हारिन्नँ’ जस्ता बालचित्रकथाकृतिहरु र बालकथा कसरी लेख्ने ? आदि पुस्तकहरु प्रकाशित भएका छन् । उहाँले लेख्नुभएका चर्चित बालउपन्यासहरुको अंग्रेजी संस्करण पनि प्रकाशित छन् ।

यसरी नेपाली बालसाहित्यमा किशोर पाठकहरुलाई लक्षित गरी उनीहरुमा रमाइलो साहित्यका माध्यमले वैज्ञानिक चेतना भर्न कवितारामको कलम अत्यन्त सफल भएको देखिन्छ । उहाँले बालसाहित्यलाई ज्ञानविज्ञानसम्म जोड्न लेखनका माध्यमबाट पुर्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘जनकवि दुर्गालाल राष्ट्रिय बालसाहित्य पुरस्कार’ बाट पनि पुरस्कृत गरिएको छ । 
वास्तवमा लेखनबाहेक बालबालिकामाझमा पठन संस्कृतिको विकासका लागि समर्पित व्यक्तित्व हुनुहुन्छ डा. कविताराम । उहाँले आफूलाई लेखकस्वस्वरुप प्राप्त भएको रकम र विभिन्न पुरस्कारबाट प्राप्त भएको रकमहरु जम्मा गरी कविताराम बालसाहित्य पुरस्कार, बालसाहित्य प्रवद्र्वन पुरस्कार, कविताराम बालप्रतिभा पुरस्कारलगायत विभिन्न पुरस्कारहरु स्थापना गर्नु भएको छ । जुन पुरस्कारहरु विगत लामो समयदेखि प्रदान गरिआइएको देखिन्छ । केटाकेटी अनलाइन पत्रिकाले पनि कविताराम बालसाहित्य प्रवद्र्वन पुरस्कार प्राप्त गरेको थियो । 
यसरी बालसाहित्य लेखक कवितारामले बालसाहित्यमा वैज्ञानिक चेतना प्रदान गर्ने स्थापित लेखकको छवि बनाउँदै बालबालिकाको पठन संस्कार बढाउन पुरुस्कार स्थापना, कथावाचन र लेखन शिविरहरुका माध्यमबाट विशिष्ट योगदान गर्नु भएको छ ।

Monday, July 10, 2017

सफलता शिक्षा सदनमा बालसाहित्यको रमाइलो

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

सफलता शिक्षा सदनमा अध्ययनरत बालबालिकामाझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रममा
सम्पन्न भएको छ । गत असार २४ गते शनिवार शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा आयोजित कार्यक्रममा कथावाचक कार्तिकेयले ‘डस्टर उड्यो’, ‘फर्सी बहादुरको कथा’, ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाएका थिए । कथावाचक कार्तिकेयले बालबालिकालाई कथा सुनाउँदै जाँदा बालबालिकाहरु दङ्ग परेका   थिए । 

कार्यक्रममा उनीहरुले कथामा भएका पात्रको कल्पना गर्दै थरीथरीका चित्र बनाएका थिए ।
यसरी शनिवारको विदाको दिन सफलता शिक्षा सदनमा पढ्दै ह्याप्पी लाईफ होममा आश्रित २२ बालबालिकाले कथावाचनको रमाइलोमा २ घन्टा समय बिताएका थिए । उनीहरुलाई यो अवसर समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालले प्रदान गरेको थियो । प्रतिष्ठानले फरक परिवेशका बालबालिका माझमा माउन्ट एभरेष्ट कथावाचन अभियान चलाइरहेको छ । यस अभियानले हालसम्म देशको ३७ जिल्लामा कथावाचन गरिसकेको कुरा प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले बताए । 
यसरी २४ गते शनिवार ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सकिएपछि मीठो खाजा खाँदै बुकआर्ट नेपालबाट उपहार प्राप्त बालपुस्तकहरु आफ्नो दराजमा सजाएर बालबालिकाहरु सहयोगी सबैप्रति कृतज्ञ भए ।

Thursday, July 6, 2017

Story Telling and Brail Book Distribution Program



Story Telling and Brail Book Distribution Program With Visually Impired Children- Story Teller Jaleshwori Shrestha-

Mount Everest Story Telling Express at Bandipur, Tanahu बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला

कविवर द्वारिका श्रेष्ठका पूजनीय मातापिता बुद्धि–रेशमको स्मृतिमा जलरिका साहित्य प्रतिष्ठान र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला गत असार ९ र १० गते सम्पन्न भयो । तालिममा विभिन्न विद्यालयका २२ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कथावाचन तथा लेखनको तालिम बालसाहित्य लेखक तथा देशका ३७ जिल्लामा कथावाचन गरिसक्नुभएका कथावाचक कार्तिकेय घिमिरेले र चित्राङ्कनको तालिम प्रतिभाशाली युवा चित्रकारहरु सुमन महर्जन र सोनाम तामाङले दिनुभएको थियो ।
भानु माध्यमिक विद्यालय, बन्दीपुर, तनहूँमा आयोजित कार्यक्रम उक्त विद्यालयका प्रधानाध्यापक दीप बहादुर खत्रीले संयोजन गर्नुभएको थियो ।
कार्यशालामा बालबालिकाहरुले रचना गर्नुभएको कथा र उहाँहरुले नै बनाउनुुभएको चित्र समावेश गरी ‘बन्दीपुरका बालबालिकाका कथा’ नामक कृति प्रकाशित गरिने बुकआर्ट नेपाल प्रकाशनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Friday, May 5, 2017

विद्यालयका बालबालिकासँग लेखक सुशीला देउजा

विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमको वैशाख २०७४ को दोस्रो कार्यक्रम क्यामेलिया क्रियटिभ क्लब सिएलएफएन बालसाहित्य छलफल क्लब केटाकेटी अनलाइन पत्रिकाको सहकार्यमा सम्पन्न भयो उक्त कार्यक्रममा बालसाहित्य लेखक सुशीला देउजाको कृतिमाथि विद्यालयका बालबालिकाहरुसँग अन्तरक्रिया सम्पन्न भएको थियो  

कार्यक्रममा सुशीला देउजा लिखित सचित्रबालकथाकृति भगवान्को रुपको अध्ययन गरेर बालबालिकाहरुले उक्त कृतिमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए साथै उनीहरुले लेखकसँग अन्तरक्रिया पनि गरेका   थिए
अन्तरक्रियामा सहभागी नौ देखि १३ वर्ष उमेरका बालबालिकाहरुले रमाइलो कथा, सुन्दर चित्रहरु भएको यो किताब पढ्दा रमाइलो लागेको प्रतिक्रिया दिएका थिए  
कार्यक्रममा लेखकहरु सिर्जना शर्मा हिरण्यकुमारी पाठकले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो कार्यक्रममा बोल्दै लेखक देउजाले बालबालिकालाई कस्तो साहित्य मनपर्छ भन्ने कुरा बालबालिकाहरुबाट नै जान्न पाएकोमा आयोजकवर्ग बालबालिकाप्रति आभार प्रकट गर्नुभएको थियो  
लेखक सुशीला देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यामेलिया स्कूल तथा कलेजका निर्देशक रुद्र अधिकारी, कार्यक्रम संयोजक द्रोण कोइराला, लेखकहरु सिर्जना शर्मा, हिरण्यकुमारी पाठक, कार्तिकेय लगायत व्यक्तित्वहरुले रचना वाचन गर्नुभएको थियो कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै निर्देशक अधिकारीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढीभन्दा बढी पुस्तक पढ्न प्रेरित गर्न आव्हान गर्नुभएको थियो