Wednesday, June 24, 2020

आज म त्यो किशोर मित्रसँग कुराकानी गर्न आएको छु


- कार्तिकेय
कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो कुराकानीको सम्बन्ध भाषा सिकाइसँग मात्र छैन, कल्पनाशीलताको विकास सोचाइको विस्तारसँग पनि साथै यसको महत्वपूर्ण पक्ष भनेको कक्षामा शिक्षकसँगको घरमा आफ्ना परिवारका सदस्यसँग सामिप्यता बढाउन पनि कुराकानी एउटा महत्वपूर्ण माध्यम हो  
त्यसैले आज तिमीसँग कुराकानीबारकोे आफ्नो एउटा संस्मरण सुनाउन आएको छु कुराकानी अभिव्यक्तिको माध्यम हो यसबाट तिमीले आफ्नो मनको कुरा भन्न अरुको मनको कुरा सुन्न सक्छौ यति मात्र होइन यसले तिम्रो आत्मविश्वास बढाउँछ समाजमा आफ्नो कुरा राख्न अरुको कुरा सुन्न पनि प्रेरित गर्दछ  
आफ्नो विचार भन्ने अरुको विचार सुन्ने बानीले तिमीलाई सबैसँग घुलमिल हुन मित्रता गर्न मद्धत मिल्दछ मित्रताले जीवनको स्वस्थ प्रतिस्पर्धा वा भनौं संघर्षका लागि तयार गर्दछ धैर्यवान् हुन पनि सिकाउछ  
यसरी अरुको कुरा सुन्दै आफ्नो कुरा भन्दै जाने बानीले विस्तारैविस्तारै आफ्ना मनका कुरा लेख्न अरुका कुरा साहित्य पढ्न पनि रुचि जगाउँछ जसले गर्दा सिकाइको क्षितिज फराकिलो हुँदै जान्छ अनि सोचाइको दायरा बढ्दै जान्छ अन्ततः ज्ञानको दायरा पनि बढ्छ जसको सीधा प्रभाव तिम्रो व्यक्तित्वमा पर्दछ तिमी अरुको दुःखमा सह्रदयी हुने, मिलनसार मिहिनेती बन्नेछौ यी गुणले तिमीलाई जीवनभरि असल, सफल सुखी मान्छे बन्न सघाइरहने छन्  
सम्झन्छु, कक्षा मा पढ्दाको समयका मेरा अत्यन्त प्रिय गुरुको सुमधुर सम्झना उनी कक्षामा धेरै कुराकानी गर्थे उनको आधा कक्षा कुराकानीमै सकिन्थ्यो तर पनि हाम्रा लागि उनी प्रिय गुरु थिए हामी उनीसँग भावनात्मक रुपमा गाँसिएका थियौँ उनले पढाएका पाठको उत्तर मजाले लेख्न सक्थ्यौँ तिनै मेरा गुरुले एकदिन मलाई भनेका कुरा आज मलाई एउटा किशोरको गुनासोले सम्झायो
प्रिय किशोर मित्र तिम्रो जवाफ आज आफ्नै जीवनको घट्नाको स्मरणबाट दिँदैछु विश्वास यसले तिमी मबिच कुराकानी गर्ने थप विषयहरु उद्घाटित हुनेछन्  
त्यो दिन विद्यालयको चौरमा एक्लै उभिएको थिएँ अलि पर पाँच जना साथीहरु समूहमा बसेर बात मार्दै खाँदै थिए कताबाट हो, अचानक गुरु मेरो नजिक आए  
के भयो ? के सोचिरहेका छौ कार्तिकेय ?” गुरुले अकस्मात् प्रश्न गरे  
केही होइन गुरु !” मैले कुराकानीलाई टार्ने कोसिस गर्दै भनेँ  
लौ बस आज सँगै चौरमा बसेर खाजा खाऔँ ” गुरुले मायालु स्वरमा  भने  
अप्ठ्यारो मान्दै चौरमा बसेँ   
कार्तिकेय मैले बुझेको छु तिमी किन साथीहरुको समूहमा हेरेर टोलाएका छौ सरले कुराकनी सुरु गर्दै भने  
त्यस्तो केही होइन गुरु ! आज मेरो साथी नआएर एक्लै भएको मात्र  हुँ मैले गाह्रो मान्दै भनेँ  
हेर कार्तिकेय आज तिमीलाई एउटा कुरा भन्छु तर यो कसैको लागि गाली होइन सबैका लागि ताली हो हुनसक्छ तिम्रा लागि पनि यो कुराकानीको नयाँ विषय हुनसक्छ !” गुरुले कुराकानी सुरु गर्दै भने  
त्यस्तो कुरा के भएको  गुरु ?” मैले जिज्ञासा राख्दै सोधेँ
कार्तिकेय ! अहिले स्कुल जीवनमा मात्र होइन, तिमी बाँचुन्जेल तिमीलाई टाढा राख्न चाहने यस्ता ससाना समूह बन्दै जानेछन् तर, त्यो बेला जहिले तिमीले सम्झनु, तिमीले पनि तिनीहरुलाई सम्झेर हेरेर आजको जसरी नै समय खेर फाल्ने होइन आफूलाई सिर्जनशील काममा व्यस्त राखिरहनु आफ्नो लक्ष्य प्राप्तिका लागि परिश्रम गरिरहनु पर्छ जस्तै : आजकै दिन अहिलेको समयमा पनि तिमीले ती साना कक्षाका भाइबहिनीलाई खाजा बाँड्न मिसहरुलाई सहयोग गर्न सक्छौ अरुलाई सहयोग गरेर समय विताउनु पनि सिर्जनशीलता हो खासगरी तिमी अहिले भएको जस्तो तनावको अवस्थामा यो झन राम्रो काम हो ...” त्यो दिन गुरुले मलाई ढाप मार्दै मलाई यस्तैयस्तै धेरै कुरा भने  
के तपाईंलाई पनि आफू पढ्ने स्कुलमा यस्तो महसुस हुन्थ्यो   गुरु ?” मैले उत्सुक हुँदै गुरुलाई प्रश्न गरेँ किनकि कुराकानी गर्दागर्दै उनीसँगको मेरो सामिप्यता गाढा भइसकेको थियो  
अवश्य, पनि त्यो दिन देखेर भोगेर आएको मान्छे हुँ त्यहाँ मिठो खाजा खुवाउन सक्ने एउटा साथी भएजस्तै कुनै कुनै स्वार्थले बनेको समूहले तिमीलाई जीवनका आगामी दिनमा पनि यसरी नै विचलित बनाउन कोसिस गर्नेछन् तर त्यो दिन तिमीले आज हामीबिच भएको कुराकानीलाई समझनु ” गुरुले मुसुक्क हाँस्दै भने पनि मुसुक्क मुस्कुराएँ  
प्रिय किशोर मित्र !
तिमीलाई नढाँटी भनूँ, तिमीले आज स्कुलमा आज भोगेको जस्तै मैले पनि भोगेर आएको हुँ आज मैले काम गर्ने क्षेत्रमा, भोलि तिमीले काम गर्ने क्षेत्रमा पनि तिमीमाथि यसरी नै पिडा दिने कार्य हुनेछ, गरिने तर यसबाट तिमी आफ्नो लक्ष्यमा कहिल्यै विचलित नहुनु सम्झनु कुनै समूहमा तिमी अटाउन नसक्नु भनेको तिमी उनीहरुभन्दा खास छौ उनीहरुभन्दा महत्वपूर्ण छौ जसले तिमीलाई उनीहरुभन्दा अग्लो फरक विशेषताको बनाउने तर यति याद गर्नू आफ्नो कर्म आफैँलाई नढाँटी, आफैँलाई नछली लगनशील भएर गर्नु आफ्नो पहिलो प्राथमिकताको कर्तव्य दृढतापूर्वक निर्वाह गर्नु आफ्नो लक्ष्य प्राप्तिका लागि इमान्दार कोसिस गर्नू तिमी विद्यार्थी हौ दत्तचित्त भएर आफ्नो अध्ययन क्षमतालाई बलियो बनाएर ज्ञान लिनु यो नै तिम्रो पहिलो प्राथमिकताको कर्तव्य हो लेखक हुँ लेखनका नयाँनयाँ आयामहरुसँग परिचित हुन पढिरहनु केही नयाँ लेखिरहन कोसिस गरिरहनु मेरो पहिलो प्राथमिकताको कर्तव्य हो यो कुरा तिमीले कहिल्यै नबिर्सौँ मित्र, त्यो समूहभन्दा बाहिर ठुलो संसार तिम्रो क्षमताको कदर गर्न कुरेर बसिरहेको
यति गर्न सक्यौ भने तिमीले त्यो समूहमै मिसिएर नै केही सिक्नुपर्छ भन्ने पनि हुँदैन त्यो भिडभन्दा बाहिर रहेर नै तिम्रो अलग्गै परिचय बन्नेछ अनि अझ महत्वपूर्ण कुरा तिमीले आत्महत्यासम्बन्धी कुरा कल्पनामा पनि सोच्ने छैनौ जीवनको महत्व आफैँ बुझ्दै जानेछौ जीवनको सुन्दरता तिमी माझमा उद्घाटित हुँदै जानेछन् अनि तिमीलाई आफ्नो जिन्दगी निकै प्यारो लाग्न थाल्नेछ ।  
हस् धन्यवाद जय नेपाल
जय किशोर प्रतिभा  

यी कथा\जीवनीहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है


Children's Literature Foundation Nepal (CLFN)
''Children's Literature for the Promotion of Child Rights.''
बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन)
''बालअधिकारको प्रवर्द्धनका लागि बालसाहित्य''

आदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् है

1.'राम श्याम दुवै बेस्सरी रोए ' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya https://www.youtube.com/watch?v=kwS3Z4UFEmM

2. The New Year: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=RQvtk_gVYhQ

3. Vacation Time: Storytelling by Susannah Aldred

4. Frog's Democracy: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=M3vWcJkaYUA

5. 'मनको मन्दिर' कथावाचक: कार्तिकेय | Storytelling by Kartikeya 
https://www.youtube.com/watch?v=_Bv0H0lsD9g

6. Storytelling Mom Puppy Missing

7. 'भ्यागुताको प्रजातन्त्र' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya 
https://www.youtube.com/watch?v=qCSDO0rZJkM

8. You all clap: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=8CFGetVQYHg

9. We are all one: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=VmilyolaKRQ

10. 'परीगाउँको कथा' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya 
https://www.youtube.com/watch?v=npsX3SqOJl8

11. Our Drivers in Tears: Why?: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=oosAI_8JvVM

12. 'डस्टर उड्यो ' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya
https://www.youtube.com/watch?v=0WcGw3eW3OU

13. 'छि: कस्तो नराम्रो हिरो ' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya https://www.youtube.com/watch?v=rD-vhmnC9LY

 14. What a Nasty HERO: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=BCE2UXbXDmg

15. ताली बजाउनू है' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya 
https://www.youtube.com/watch?v=fB2rB8ejHwM

16. 'परीको कल्पना' कथावाचक : कार्तिकेय | Storytelling by Kartikeya
https://www.youtube.com/watch?v=76z4hZalSAI

17. Fairy's Imagination: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=SQhNC7L9O_E

18. Krishna, a Real Hero: Storytelling by Susannah Aldred 
https://www.youtube.com/watch?v=N5eqYEoC5TM&t=59s

19. देवु लुइँटेलको कविता वाचन | Debu Luitel Recite Her Poem


आदरणीय अभिभावकज्यूहरु, यी प्रेरक जीवनीहरु आफ्ना बालबालिकाहरुलाई सुन्ने मौका दिनुहोस् है   

@ राष्ट्रिय विभूति लक्ष्मीप्रसाद देवकोटाको जीवनकथा

@ Author Jaleswari Shrestha | लेखक जलेश्वरी श्रेष्ठ

@ राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको जीवनी | Biography of Pasang Lhamu Sherpa https://www.youtube.com/watch?v=9JgXqG07AKU

@ राष्ट्रिय विभूति गौतम बुद्धको जीवनी | Biography of Gautam Buddha 
https://www.youtube.com/watch?v=IGCYUtrNcmw

@ जे.के. रोलिङको जीवनकथा | Life Story of JK Rowling

@ विश्वका धनी बिल गेट्सको जीवनकथा LIFE STORY

@ अल्बर्ट आइन्स्टाइनको जीवनकथा

@ अब्राहम लिङ्कनको जीवनकथा

@ विश्वप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोको जीवनकथा

@ Our Great Singer NARAYANGOPAL

@ Our great socialworker Dayabir Singh Kansakar


@ Our great poet Motiram Bhatta

@ Our first poet Bhanubhakta Acharya

Please keep in touch with us. Like and Share our Pages:
Blog: http://clfnnepal.blogspot.com/

Friday, June 19, 2020

Kartikeya Ghimire


Kartikeya Ghimire has been actively involved in writing and promoting children’s literature in Nepal for the last two decades. He has also been managing and operating www.ketaketionline.com, https://www.youtube.com/channel/UCAWF0F7xkzN8cB7p_YvkyPA/featured the first online magazine for children dedicated to the promotion of Nepalese children’s literature internationally. He also chairs the Children’s Literature Foundation Nepal (CLFN), Ketaketi Media and the Children’s Journalist Group Nepal.
An independent journalist by profession, Ghimire picks up themes from the day-to-day experiences of Nepalese children – their joys and sorrows, their dreams and frustrations – in his stories.
Born to Chandranath Ghimire and Durgadevi Ghimire in a poor agricultural family in Sarlahi, Ghimire has seen the face of poverty and hardship from a very close distance. Amidst scarcity, he struggled through his studies and earned himself a master’s degree in Journalism and Mass Communication. He was barely nine when he turned his hand to literary writing. Now a prolific author , he has been continuously reaching out to Nepalese children, sometimes as an author, and occasionally as an editor or a storyteller. His utter commitment to the promotion of Nepalese children’s literature in spite of a number of personal huddles, is highly praiseworthy.
Ghimire’s stories appeal directly to the emotions of the young readers and permeate through their minds. The lives and experiences of his characters are lives and experiences that everyone can relate to. His plots evolve out of the waves of feelings that touch every one of us, though we seldom care to reflect on them, or to record them. Hence his literature is an archive, where we find the experiences of our lovely, youthful past safely treasured. This makes him an author of universal hue.