Saturday, October 6, 2018

BRAILLE BOOKS PUBLISHED BY CLFN

BRAILLE BOOKS PUBLISHED BY CLFN

===
NEPALI CHILDREN'S STORIES BRAILLE EDITION
------------
6 Braille Books Launching
यस कार्यक्रममा ६ वटा ब्रेललिपिमा बालकथाका पुस्तकहरु विमोचन हुने कार्यक्रम रहेको छ । विमोचन हुने कृतिका लेखकहरु क्रमशः श्री मनोरमा जफा (हाँस्ने सुगा र अरु बालकथा), श्री जलेश्वरी श्रेष्ठ (पिंकी र पुतलीहरु र अरु बालकथा), श्री गंगा कर्माचार्य पौडेल (को ठूलो ?) र श्री कार्तिकेय लिखित ३ ब्रेलबुकहरु १. म चोर होइन र अरु बालकथा २. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा, र ३. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा रहेका छन् । यी हरेक कृतिहरुमा ६/६ वटा कथाहरु रहेका छन् ।
विमोचन हुने यी कृतिहरुमध्ये ५ वटा लेखक कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे (देवनायकी रामानुजदासी) को स्मृतिमा निःशुल्क वितरणका लागि प्रकाशित गर्नुभएको हो भने को ठूलो ? कृति हेमगंगा प्रतिष्ठानले निःशुल्क वितरणका लागि प्रकाशित गरेको हो ।
कार्यक्रममा विमोचित कृतिका लेखकहरुले कथावाचन गर्नुहुनेछ भने दृष्टिविहीन प्रतिभा सरिता अधिकारीले विमोचित कृतिबारे समीक्षा गर्नुहुने कार्यक्रम रहेको छ ।
यी कृतिहरु देशका विभिन्न स्थानमा रहेका ६७ वटा ब्रेल लिपिमा पढाइ हुने विद्यालयहरुको पुस्तकालयमा पठाउने व्यवस्था गरिएको छ । ब्रेलसम्पादनमा श्री निर कुमार मगरले सघाउनु भएको हो भने ब्रेलबुक प्रकाशन संयोजक बालसाहित्य प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष संगीत, सिर्जना र फरक क्षमताका बालबालिबालिकाको सिर्जनात्मक विकास विभाग प्रमुख श्री रमेश सुवेदीको विशेष सहयोग रहेको छ ।
यस ब्रेलबुक प्रकाशनमा सहयोग गर्नुहुने कार्तिकेय ट्रस्टका संस्थापक/अध्यक्ष श्री मोहन कार्की Mohan Karki, प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्य Achyut Acharya, मनकामना आवासीय उच्च मावि, हरिऔंन, सर्लाहीका संस्थापक श्री एन. टि. लामा N. T. Lama, श्री करुणा खड्गी Karuna Khadgi, प्र.अ., कुम्भेश्वर स्कूल, ललितपुर, श्री रुद्र अधिकारी Rudra Mani Adhikari, प्रिन्सिपल, क्यामेलिया उच्च मावि, कालिमाटी, काठमाडौं र अंग्रेजी अनुवादका लागि श्री महेश पौड्याल Mahesh Paudyal, कभर आर्टका चित्रकारहरु श्री अविन श्रेष्ठ Abin Shrestha, श्री राजुबाबु शाक्य सारब, श्री सोनाम तामाङ Tamang Sonam, डिजाइनर रश्मी खागी Rashmi Khagi र यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने बालसाहित्य प्रतिष्ठानका संस्थापक लेखक श्री जलेश्वरी श्रेष्ठ Jaleswari Shrestha, लेखक श्री गंगा कर्माचार्य पौडेल Ganga Karmacharya Paudyal, नमूना मच्छिन्द्र स्कूलको भिजुयल्ली इम्याएर शाखा Ma Dibyaपरिवार र कार्तिकेय ट्रस्ट परिवारप्रति हार्दिक आभारी छौं ।








No comments:

Post a Comment